पोखरा फाइनान्सको निःशुल्क आँखा शिविर सम्पन्न

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा गोरखा, पालु·टारस्थित श्री भवानी मा.वि. को प्रा·णमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको थियो । उक्त शिविरमा करिव २४० व्यक्तिहरुले आँखाको जाँच गराउनुको साथै विशेषज्ञको सल्लाहमा चस्मा तथा औषधि समेत वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख रविचन्द्र गुरुङले जानकारी दिएका छन् ।

अत्याधिक खुट्टा गन्हाउने मानिसले जान्नै पर्ने कुरा

काठमाडौं। गर्मीयाममा मात्र होईन जाडोयाममा पनि धेरै मानिसको खुट्टा गनाउने हुन्छ र यो एउटा टाउको दुखाइ विषय हो। तपाईमध्ये कतिपयले कार्यालय वा विभिन्न व्यक्तिसँग भेटघाटमा जाँदा जुत्ता खोल्नपर्ने समस्याले हैरानी व्यहोर्नुभएको होला । यदी तपाईको खुट्टा अत्याधिक गनाउँछ भने जुत्ता र मोजा लगाउन बन्द गर्नुपर्छ । सकेसम्म खुट्टा खुल्ला राख्नुपर्छ । लामो समयसम्म जुत्ता मोजा लगाइराख्दा छालामा परेका साना साना चिराहरु दुख्छन् र तिनीहरूमा संक्रमण हुन सक्छ । यस्तो बेलामा मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउनु पर्छ । नुन पानीले फंगसलाई बढ्नबाट रोक्छ । यसले छालामा आउने पसिनालाई पनि केही कम गर्छ । हरेक दिन तातो पानीले खुट्टा भिजाउँदा छाला केही नरम हुन्छ र फंगस हटाउने क्रीम छालाको भित्री तहसम्म सजिलो तरिकाले पुग्छ । नुन पानीमा भिजाउने क्रम ३–४ हप्तासम्म गरिरहनु पर्छ । खाने सोडाको प्रयोग तपाईंको खुट्टा अत्याधिक गनाउँछ भने सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो । एक चम्चा खाने सोडामा अलिकति तातो पानी मिसाएर खुट्टाको औंलाको कापमा लगाई केही बेर राखिदिने । एकछिनपछि खुट्टा सफासँग धुने र सुख्खा बनाउने । त्यसपछि अलिकति पाउडर लगाउँदा राम्रो हुन्छ। जुत्ता सुख्खा पारेर लगाउने खुट्टा गनाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु राम्रो हुन्छ । छालाको जुत्ता सकभर प्रयोग नगर्नुहोस् । विशेष गरी गर्मीको याममा त जुत्ताभन्दा चप्पल र स्लिपर जुत्ता लगाए नै बेश हुन्छ । जुत्तालाई सकेसम्म सुख्खा राख्नुपर्छ । जुत्ता सुकाउन जुत्तालाई भित्रपट्टि सफा कपडा वा कागजले हावा खेल्ने ठाउँमा खोलेर राख्नुपर्छ । तुना बाँध्ने जुत्ता छ भने तुना खोलेर सकेसम्म हावा खेल्ने ठाउँमा राखिदिनुपर्छ । सम्भव भएमा जुत्ता बेला बेलामा घाममा सुकाउनाले पनि राम्रो हुन्छ । सूतीको मोजाको प्रयोग मोजा गनाउने समस्या हुने व्यक्तिले सकेसम्म सूतीकै मोजा प्रयोग गर्नुपर्छ । सूतीको मोजा पनि सकेसम्म हरेक दिन फेर्नुपर्छ । यस्तो समस्या हुनेले मोजा धुँदा सफा गरेर साबुन लगाएर घाममा सुकाउनु पर्छ, ताकी त्यसमा फंगसका कुनै चिन्ह नरहुन् । साथै पसिनाको गन्ध पनि जाओस् र खुट्टा नगनाओस् । खुट्टा सुख्खा राख्ने हिलो उछि«न नदिन र निको पार्न खुट्टा सुख्खा राख्नु अनिवार्य र मुख्य उपाय हो । नुहाइ सकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ र १०–१५ मिनेट घाममा राख्नु पर्छ । मोजा, जुत्ता लगाउनै पर्ने भएमा खुट्टामा पाउडर लगाएर काप कापमा पाउडर दलेर मात्र मोजा लगाउनु पर्छ । यसले पसिना आउन कम गर्छ र पसिना कम आएपछि फंगस पनि केही कम हुन्छ । मरेको छाला हटाउने यो समस्या भएमा डल्लो र फोका उठ्ने केही मात्रामा कम भएपछि देखापर्ने साना र सेता छाला हटाउनु पर्छ । किन भने यसबाट फेरि संक्रमण हुन सक्छ । नुहाउने बेलामा खुट्टालाई राम्रोसँग भिजाएर एउटा व्रसले वा खस्रो सूतीको कपडाले पुछेर खुट्टा सफासँग धुनुपर्छ । विशेष गरी खुट्टाको कापमा राम्रोसँग सफा गर्नुपर्छ र खुट्टा धोइसकेपछि सुख्खा हुने गरी पुछ्नु पर्छ। चप्पलको प्रयोग स्वीमिगं पुलको वरिपरी, व्यायाम गर्ने ठाउँमा र बाथरूममा चप्पलको प्रयोग गर्दा राम्रो हुन्छ किन भने यस्तो ठाउँबाट फंगस सर्ने बढी सम्भावना हुन्छ ।

नेपालमा पहिलोपटक बेहोस नपारी मस्तिष्कको शल्यक्रिया

काठमाडौँ। नेपालमा पहिलोपटक बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालका चिकित्सकले छारे रोग भएका २२ वर्षीय सर्फराजको मस्तिष्कबाट ट्युमर निकाल्न सफल भएका छन् । अस्पातलले बेहोस नपारी उनको मस्तिष्कको शल्यक्रियाबाट बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा सुरेश विक, डा भुषणकालु श्रेष्ठ, डा शिखा श्रेष्ठ, डा सुरज थुलुङ, डा सुरेश सापकोटा, डा सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए । बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने सम्भावना रहन्छ। रासस