कोलगेटमा भेट्टियो क्यान्सर विकास गर्ने रसायन
काठमाडौं। भर्खरै निक्लिएको अनुसन्धानको रिपोर्टले कोलगेटमा ट्राईक्लोसा नाम गरेको घातक पदार्थ भएको देखाएको छ। यस पदार्थले समग्र स्वास्थ्यमा असर गर्नुको साथै क्यान्सर पनि विकास गर्न सक्ने क्षमता रहेको छ। टोक्सिकोलजी पत्रिकामा रासायनिक अनुसन्धानले भर्खरै प्रकाशित गरेको अध्ययन अनुसार ट्रिकोल्सानको उच्च मात्रामा प्रयोग हुँदा क्यान्सर लाग्ने कोशिकाहरु बढाउँदछ। यस अध्ययनले मात्र नभएर यस अगाडिको अध्ययनले पनि उक्त पदार्थ स्वास्थ्यको लागि हानिकारक रहेको पाईएको थियो। ट्रिक्लोसानले छालाबाट शरीरमा प्रवेश गरेर शरीरको हार्मोनमा असन्तुलन ल्याउने गर्दछ। २००८ मा २५१७ मानिसमा गरिएकोको टेस्टको नतिजा अनुसार ६ बर्ष देखी माथिको ७५ प्रतिसतको पिसाबमा ट्रिक्लोसान पाईएको थियो। यधापी अध्ययनले यस्तो देखाउँदा देखाउँदै पनि कोलेगेटले अझै पनि आफु स्वोस्थ टुथपेस्ट रहेको र यसले मानिसको स्वास्थ्यलाई कुनै पनि हानी नगरने दाबी गर्दै आएको छ। संसारमा प्रयोग हुने टुथपेस्टमा कोलेगेट प्रसिद्द टुथपेस्टमा पर्दै आएको छ।
अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटीमा हाजिरजवाफ प्रतियोगिता
काठमाडौं। अन्तराष्ट्रिय नर्सिङ सप्ताहको अवसरमा नेपाल मेडिसिटी अस्पतालले बुधबार आन्तरिक हाजीरी जवाफ प्रतियोगिताको आयोजना गरेको छ । विभिन्न विभागमा कार्यरत ४० नर्सहरुले प्रतियोगितामा सहभागिता जनाएका छन् । नर्सिङ क्षेत्र र यस सम्बन्धित प्रश्नहरु राखीएको यस प्रतियोगिताका सहभागी मध्ये आस्मा प्रधानले प्रथम स्थान, श्रृजना श्रेष्ठले दोश्रो स्थान तथा रोमी महर्जनले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् । आम नागरिक र समुदायसंग कुनै न कुनै प्रकारले नर्सहरुको सम्बन्ध र योगदान रहने भएकाले स्वास्थ्य समस्या समाधानका लागि नर्सहरुको भूमिका महत्वपूर्ण रहेको विषयलाई मध्यनजर गर्दै नेपाल मेडिसिटी अस्पतालले बैशाख २५, २७, र २९ गते विशेष कार्यक्रमको आयोजना गरिरहेको छ । प्रत्येक वर्ष मे महिनाको ६ देखी १२ तारिखसम्म मनाइने सप्ताहव्यापी नर्सिङ दिवसको यस वर्षको नारा ‘नर्सिङः द ब्यालेन्स अफ माइन्ड, बडि एण्ड स्पिरीट‘ रहेको छ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिन मे १२मा पर्ने भएकाले यस दिनलाई नर्सिङ दिवसका रुपमा संसरभर मनाउने गरिन्छ । नर्सहरु स्वास्थ्य सेवामा पूर्ण आत्मविश्वासका साथ नेतृत्व तहमा पूुग्न सक्ने वातावरण निर्माण गर्न नेपाल मेडिसिटी अस्पतालले विभिन्न प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
एनआईसी एशियाका ग्राहकलाई ब्लुक्रस हस्पिटलमा १० प्रतिशत छुट
काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रालि, त्रिपुरेश्वर बीच सम्झौता भएको छ । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवम् क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा १०%सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोषकुमार राठी र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रालिका बोर्र्ड सेक्रेटरी रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।