कसरी अभिभावकलाई आफ्नो समस्या बताउने र बुझाउने ?
काठमाडौं। धेरै बुवाआमाहरुले आफ्नो बच्चाहरुको मनको कुरा बुझ्न सकिरहेका हुँदैनन। छोराछोरीहरुले आफ्नो समस्या भएका कुराहरु भन्दा पनि उनिहरुले त्यसमा खासै ध्यान दिईेएको पनि पाईदैन। बुवाआमालाई आफ्नो कुरा बुझाउन धेरैलाई हम्मे हम्मे पर्ने गर्छ। सबैभन्दा पहिला सबैको अभिभावक एकै किसिमका हुँदैनन। कसैको कुरा नभनी बुझ्ने हुन्छन् भने कसैले जति भने पनि बुझदैनन्। यो ब्यक्ती ब्यक्तीमा फरक पर्न जान्छ। कोही अभिभावक आफ्नो कुरा पनि बच्चाको अगाडि खुलेर राख्दैनन् र बच्चाहरुलाई पनि आज विधालयमा के गर्यौ, खाजा के खायौ, घरमा के गर्यौ भनेर पनि सोध्दैनन। यस्तो हुँदा अभिभावक र छोराछोरी बिच दुरी बढ्दै जान्छ जसको कारणले आफुलाई आईपर्ने समस्याको बारेमा बच्चाहरुले खुलेर अभिभावकलाई भन्न झक्झकाउँछन्न। जो आभिभावक बच्चाहरुलाई धेरै बोल्न दिदैनन् र आफ्नो मात्रा कुरा सुन्न भन्छन्, यस्ता अभिभावकलाई छोराछोरीले कुरा बुझाउन निकै नै अफ्ठेरो हुने गर्छ।जुन बच्चा आफ्नो आमाबुवाको धेरै सम्मान गर्छ, उहाँहरु बोल्दा बोली फर्काउन सक्दैन, सोझो छ त्यस्ता ब्यक्तीलाई आफ्नो बुवाआमालाई सम्झाउन गार्हो हुन्छ। मनमा जे आयो त्यही बोल्नेहरुलाई यस्तो कुरामा खासै समस्या पर्दैन। जसलाई आफ्नो समस्या अभिभावकलाई भन्न गार्हो हुन्छ उनीहरुले यि कुरालाई अप्नाए आफ्नो कुरा अभिभावकलाई राम्रोसँग राख्न सक्छन्। के गर्ने ? बुझन् नखोज्ने आमाबुवालाई सम्झाउनको लागि तपाईंले सबैभन्दा पहिला तपाईंको ब्यक्त गर्ने शैलीमा परिवर्तन ल्याउन जरुरी छ। तपाईंलाई मानसिक पिडा छ वा अरु कुनै समस्या छ भने सबैभन्दा पहिला आफ्नो मिल्ने साथीहरुसँग कुरा गर्नुहोस् अझै घर आईरहने साथीसँग आफ्नो कुरा राख्नुहोस् धेरै समयमा अभीभावकहरुले तपाईको कुरा नसुनेर तपाईंको साथीको कुरा सुन्ने गर्छन्। अथवा बिधालयामा आफ्नो शिक्षकसँग कुरा गर्नुहोस् किनभने आमाबुवाले शिक्षकको कुरामा पनि विश्वाश गर्नेगर्छन्। के नगर्ने ? १। सिधै मलाई त डिप्रेसन छ भनेर कहिले पनि नभन्नुहोस्। यसो भन्दा प्राय आमाबुवाले तँलाई किन के चिन्ता परेको छ, हामीले सबै गर्देको छौ, तेरो काम पढ्ने हो तँ पढ् र भनेर भन्नुहुन्छ। २। यदी आफ्नो बुवाआमा त्यस्तै नबुझ्ने हुनुहुन्छ भने सर्वप्रथम त तपाईंलाई के कस्तो समस्या भईरहेको छ त्यसको एउटा लिस्ट तयार पार्नुहोस्। लिस्ट बनाउँदा लक्षणहरु लेख्नुहोस् र त्यस लक्षणले आफुलाई कस्तो असर गरेको छ त्यो सबै लेख्नुहोस् र ति लक्षणहरु किन सामान्य होईनन् त्यो पनि लेख्नुहोस्। उदाहरणको लागि- यदी तपाईंलाई निन्द्रा लागेको छैन भने तपाईंलाई कति दिन देखी कति समय निन्द्रा लागेको छैन त्यसकुरालाई स्पस्ट पार्नुहोस्। निन्द्रा सामान्य रुपमा धेरैलाई लागिरहेको हुँदैन तर तपाईलाई निन्द्रा नलाग्नु सामान्य होईन भनेर स्पस्ट पार्नुहोस्। एक दिन-दुई दिन निन्द्रा नलाग्नु सामान्य हुनसक्छ तर २-३ हप्ता सम्म निन्द्रा नलाग्नु सामान्य हुनसक्दैन। ३। मलाई डिप्रेसन छ भनेर भन्नु भन्दा पनि मैले चिन्ता लिनु पर्ने बिषय केही पनि छैन त्यै पनि म चिन्ता लिईरहेको हुन्छु भनेर भन्नुहोस्। म भित्रै देखी खोक्रो महसुस गरिरहेको छु तर थाहा छैन किन भईरहेको छु भनेर भन्नुहोस्। त्यसो भनेपछी बुवाआमाले भन्ने बाटो केही पनि हुँदैन।
घरेलु काममा रमाउँदै महिला श्रमिक, कस्तो काम गर्छन् ?
ललितपुर । वैदेशिक रोजगारीमा गएका श्रीमान फर्किएर पनि नआउने र उताबाट पैसा पनि नपठाउँदा अञ्जना पाठकले घरेलु श्रमिकका रुपमा काम गर्न थालेकी थिइन् । त्यतिबेला काम गर्दा अरुको भान्सामा काम गर्ने, भाँडा माझ्ने र लुगा धुने भन्दै धेरैले त्यो कामलाई अपहेलना गर्थे । समाजले सम्मान नगरेपनि बाध्यताले गर्दा उनले काम छाड्न सक्नुभएन र निरन्तरता दिइरहिन् । सामाखुशी र आसपासका परिवारमा काम गर्दागर्दै उनी श्रमिक सङ्गठनमा संलग्न भइन् । त्यतिबेला भन्दा अहिले मजदूर एक भएकाले मजदूरका अधिकार स्थापित हुँदै गएको उनको अनुभव छ । धेरै दिदीबहिनी विदेशमा घरेलु श्रमिकका रुपमा गएर दुःख पाएर फर्किरहँदा उनी भने खुशी भएर स्वदेशमै काम गर्छिन । आफ्ना दिदीबहिनी र साथीलाई समेत घरेलु श्रमिकका रुपमा काम गर्न उनी सल्लाह दिन्छिन् । उनले भनिन्, “विदेशको कानून फरक भएकाले दुःख भए पनि यहाँ काम गर्दा त्यस्तो समस्या पर्दैन ।” घरेलु श्रमिकका रुपमा काम गर्न विदेशमा भन्दा स्वदेशमा सजिलो भएको अञ्जनाले बताइन् । दिनभर काम गरेपनि बिहान साँझ आफ्ना सन्तानसँग टाढा हुनु पर्दैन । उनी एकै दिनमा दुई तीन वटा घरसम्म काम गर्छिन् । कुनै घरमा भान्साको काम मात्रै त कतै बालबालिका र कतै ज्येष्ठ नागरिकको हेरचाह गर्छिन् । उनी भन्छिन्, “विदेशिका आमाबुबा र छोराछोरी हेर्नु भन्दा थोरै पैसामा भए पनि नेपालीका घरपरिवारमा काम गरौं भनेर विदेशबाट फर्किएकालाई सम्झाउँछु ।” विदेश जानका लागि एक दशक पहिले काठमाडौँ आएकी मनिषा घिमिरे अहिले बसुन्धाराको एउटा घरमा काम गर्छिन् । अरुको लहैलहैमा उनी साउदी अरब जाने योजना बनाउँदै थिइन् । घरेलु श्रमिकका रुपमा गएका मानिसको त्यहाँ हत्या भएको सुनेपछि डराएर स्वदेशमै केही गर्ने योजना बनाइन् । नजिकैका घरबाट बोलाएपछि उनी बिहान साँझ यो काम गर्न थालिन् । अहिले भने पूरै समय एउटा परिवारका लागि काम गर्छिन् । यही कामबाट कमाएरै मनिषाले छोरालाई पढाएकी छिन् । । विदेशमा बगाउने पसिना यहीँ बगाउँदा राम्रो कमाउन सकिने उनको अनुभव छ । उनले भनिन्, “यहाँ पनि १८ घण्टा काम गर्दा उता बराबर कमाउन नसकिएला, तर परिवार पाल्न सक्ने कमाइन्छ ।” काठमाडौँ उपत्यकालगायतका शहरी क्षेत्रमा एकल परिवार बढ्दै जाँदा वा कामकाजी महिला बढ्दा घरेलु श्रमिकको सङ्ख्या बढ्दै छ । काम अनुसारको पारिश्रमिक नपाए पनि धेरै श्रमिकले यही कामबाट जीविकोपार्जन समेत गरिरहेका छन् । पहिले सम्मान नभएको कामका रुपमा लिइएको घरेलु श्रमलाई विस्तारै परिवार र समाजले स्वीकार गर्न थालेको घरेलु श्रमिक बताउँछन् । शर्मिला खत्री मैतीदेवीमा एउटी वृद्धाको स्याहार गर्छिन् । त्यस घरका श्रीमान श्रीमती नै कार्यालय गएदेखि फर्किएर आउँदासम्म वृद्धालाई खाना र औषधि खुवाउने, लुगा धुनेलगायतका काम गर्नुहुन्छ । श्रीमान्ले अर्को विवाह गरेपछि उनले यो घरमा काम शुरु गरेकी थिइन् । कतिपय महिला श्रीमानलाई आर्थिक रुपमा सहयोग गर्ने उद्देश्यले घरेलु श्रमिकका रुपमा काम गरेका छन् भने धेरैले श्रीमानले अर्को विवाह गर्दा, आर्थिक सहयोग नगर्दा वा श्रीमान नकमाउँदा काममा लागेका छन् । श्रीमान आर्थिक सहयोग नगर्दा पनि महिलाले खान बस्नदेखि सन्तानको शिक्षा यही कामबाट पूरा गरिरहेका छन् । रासस
एकमात्र यस्तो विद्यालय जहाँ एउटा कोठामा ४ वटा कक्षा सञ्चालन हुन्छ
धादिङ । एउटा कोठामा पनि सबै विद्यार्थीलाई पढाउन नहुने भएपछि भिन्दाभिन्दै सेक्सन बनाएर पढाइ गर्ने गरेको र यसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि बढी हुने गरेको तथ्य सुन्ने गरिएको छ । तर धादिङको एउटा विद्यालयमा एउटा कोठामा चारवटा कक्षा सञ्चालन भइरहेको भन्ने सुन्दा अचम्म लाग्न सक्छ । कुचुक्क परेको सानो कोठा । सबै चेपाङ समुदायका बालबालिका नाङ्गै खुट्टा विद्यालय आउने गर्छन् । कक्षामा विद्यार्थी चारतिर फर्केर बस्छन् । दुई शिक्षक एकैपटक कोठामा जान्छन् । आफ्नो विषय पढाएर फर्कन्छन् । धादिङको बेनीघाटरोराङ गाउँपालिका वडा नं २ चोतेस भन्ने दुर्गम गाउँमा अवस्थित बागेश्वरी आधारभूत विद्यालयमा यसरी चार कक्षा एउटै कोठाबाट वर्षौंदेखि पढाइ भइरहेको छ । तर शिक्षामा लगानी गर्नेको ध्यान जान सकेको छैन । विद्यालयमा जम्मा एउटा कोठा छ, बालकक्षादेखि कक्षा तीनसम्म पढाइ हुन्छ । दुई शिक्षक सँगै जान्छन् । विद्यार्थी तिनतिर फर्काएर पढाउछन् । यो विद्यालयको नियमित कार्य भएको छ । कक्षाकोठाको अभावका कारण एकै ठाउँमा सबै कक्षाका बालबालिकालाई राखेर अध्ययन अध्यापन गराउनुपर्ने बाध्यता रहेको बताउँदै, एकै कोठा धेरै कक्षा विद्यार्थी राख्दा सिकाइ क्रियाकलाप प्रभावकारी नहुने शिक्षक बुद्धिमाया तामाङको भनाइ छ । विद्यालयमा राज्यले निर्धारण गरेको न त भूकम्प प्रतिरोधी भवन नै छ न त अपाङ्गतामैत्री लैङ्गिकमैत्री कक्षाकोठा नै छ । विद्यालय हाता साँघुरो छ, न खेल मैदान न त शौचालय नै छ । भएको भवन पनि कच्ची छ, बाल शिक्षादेखि कक्षा ३ सम्म ५५ जना विद्यार्थी रहेको यस विद्यालयमा सरकारी दरबन्दीको शिक्षक छैनन् । सबै चेपाङ बालबालिकामात्र अध्ययन गर्न आउने उक्त विद्यालयमा गाउँपालिकाको अनुदानमा एक जना शिक्षक राखिएको छ भने अन्य एक जना गाउँलेले नै स्रोत जुटाएर शिक्षक राखेका छन् । जीर्ण भवन, शिक्षकको अभाव र शौचालयको अभावले यस विद्यालयका बालबालिकाले निकै दुःख खेपिरहनुपरेको छ । रासस