१ महिना देखी फोन गर्न एक दिन हिँड्नुपर्ने बाध्यता

हुम्ला। हुम्लाको उत्तरी गाउँपालिकामा मोवाइल फोनको टावर बिग्रदा एक महीनादेखि सेवाग्राही मर्कामा परेका छन् । सो टावर बिग्रँदा नाम्खा गाउँपालिका, वडाकर्मी, यालवाङ, याङ्गार, मुचु, गारीलगायतका गाउँका सेवाग्राही मर्कामा परेको नाम्खा माहामाया आधारभूत विद्यालयका शिक्षक दत्तबहादुर शाहीले बताए। नमस्ते नेपालको टावरले काम नगर्दा नाम्खाका स्थानीयवासीले सञ्चो, बिसञ्चो खबरसँगै अन्य अति आवश्यक कुराकानी गर्न नपाएको त्यस क्षेत्रका स्थानीयवासीले गुनासो गरेका छन् । घरबाट धेरै टाढा भएकाले घर परिवारको खबर आदानप्रदानका लागि एक दिनको बाटो हिँडेर सिमकोट गाउँपालिकाको डाँडाफया आउनुपर्ने बाध्यता रहेको शिक्षक शाहीले गुनासो गरेका छन्। यसको मर्मतको लागि पटकपटक नेपाल टेलिकम शाखा हुम्लालाई हारगुहार गर्दा कुनै सुनुवाइ नभएको उक्त गाउँपालिका अध्यक्ष विष्णु लामाले बताए। मोबाइलमा कहिलेकाहीँ टावर देखाए पनि नेटवर्कले काम नगर्दा ब्यालेन्समात्र सकिने गरेको शिक्षक शाहीको भनाइ रहेको छ । त्यस क्षेत्रका स्थानीयवासीले फोनमा कुरा गर्नका लागि एक दिनको पैदल यात्रा डाँडाफया पुग्नुपर्ने बाध्यता रहेको छ । हिउँद लागेसँगै चिसो बढेका कारण पावर नपुगेर त्यति काम नगरेको नेपाल टेलिकम शाखा हुम्लाका प्रमुख रामबहादुर खातीले बताए। रासस

भूकम्प पीडित र इन्जिनियर्स एशोसिएसनबीच सेतु बनेका सुवास चन्द्र बराल

३५ सय स्वंमसेवकलाई परिचालन गर्ने काम त्यत्ति सजिलो पक्कै थिएन । अझ त्यसमाथि भूकम्पले क्षति पुर्याएका हरेक घरमा पुग्ने र त्यसको र्यापिड भिजुअल असिस्मेन्ट गर्ने काम पनि आफैंमा चुनौतीपूर्ण थियो । जो सुकै व्यक्तिले यो जिम्वेवारी लिन सक्ने अवस्था थिएन । नेपाल इन्जिनियर्स एशोसियसनलाई २०७२ सालको भूकम्प पछिको आफनो स्वयंमसेवी अभियानलाई मूर्त रूप दिने योग्य व्यक्तिको खाँचो थियो । यो अभियानले ई. सुवास चन्द्र बरालको नेतृत्व पायो । कठिन र चुनौतीपूर्ण यो जिम्मेवारीलाई ई.बरालले सफल नेतृत्व दिए । बरालको नेतृत्वमा इन्जिनियरहरूले काठमाडांै उपत्यकासहित १४ वटै भूकम्प अति प्रभावित जिल्लाका ८० हजार घरको निःशुल्क रूपमा निरीक्षण गरी उनीहरूलाई प्राविधिक सल्लाह दिने काम गरेका थिए । बरालकै भनाईमा यसले सर्वसाधारण नेपालीहरूमा इन्जिनियरहरूको छवि उकास्न महत्वपूर्ण भूमिका खेल्यो । उनी भन्छन्—‘२०७२ बैशाखको भूकम्पले जुन मुभमेन्ट भयो । यो नेपाल इन्जिनियर्स एशोसिएनमा एउटा कोशेढुङ्गाकै रूपमा स्थापित भएर बसेको छ । त्यसअघि समाजसँग ठ्याक्कै नेपाल इन्जिनियर्स एशोसिएशन जोडिने मौका पाएको थिएन । यो अभियानबाट भूकम्पले पारेको क्षतिपछि हामीलाई नयाँ अनुभव पनि दिलायो ।’ त्यसपछिको निर्माणमा नेपालमा दक्ष इन्जिनियरिङको अभाव हुन्छ भनेर नै एशोसिएशनकै नेतृत्वमा इन्जिनियरलाई तालिम दिने काम भएको बराल बताउँछन् । जसमा मुलुक भरका करिब १२ सय इन्जिनियरले सुरक्षित निर्माण सम्बन्धि तालिम पाएका थिए । र्यापिड भिजुवल एसिसमेन्ट र तालिम दुबैको नेतृत्व गर्ने जिम्वेवारीले ई. बराललाई थप परिपक्क र आफनो पेशाप्रति प्रतिवद्ध भएर लाग्न ऊर्जा दियो । ‘त्यतिबेला लिइएको नेतृत्वले समाजमा हामीे केही न केही योगदान गर्न सक्छाैं भन्ने मान्यतालाई स्थापित गर्याे’, उनले भने । पेसाले जलविद्युत् इन्जिनियर बरालले झण्डै २ दशक मुलुकको कुना काप्चामा पुगेर जलविद्युतको विकासमा योगदान गरिसकेका छन् । हाल विभिन्न जलविद्युत् परियोजनाहरूमा परामर्शदाताको भूमिका निर्वाह गरिरहेका बराल नेपाली इन्जिनियरहरू उद्यमशील पनि बन्नु पर्दछ भन्ने उदाहरण दिन क्रियाशील छन् । बराल भन्छन, ‘म आफ्नो व्यवसायिक तहमा निरन्तर जलाविद्युत् क्षेत्रको विकासमा सक्रिय छु र थुप्रै जलविद्युत् योजनाहरूमा परामर्श सेवा पनि दिईरहेको छु ।’ बरालले यस्ता विभिन्न क्रियाकपाप र जिम्मेवारीबाट नेतृत्वदायी भूमिका, व्यवस्थापकीय कौशलता, व्यवसायिक दक्षता र परिपक्कता हासिल गरिसकेका छन् । उनले नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औं कार्यकारणी परिषद्का लागि प्रदेश नं ३ को सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बराल आधारभूत रूपमा इन्जिनियरहरूको सशक्तिकरण, इन्जिनियरिङ पेशालाई जिम्मेवार, मर्यादित र थप व्यवसायिक बनाउनका लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । पूर्वधार विकासको आवश्यकता र माग बढि रहेको नेपाल जस्तो मूलुकमा समृद्धिको कुरा गरिरहदाँ इन्जिनियर विनाको समृद्धि परिकल्पना गर्न सकिदैन । त्यसैले नेपालमा इन्जिनियरको भविष्य राम्रो रहेको बराल बताउँछन् । उनी भन्छन्—‘हाम्रो देश विकासको चरणमै रहेकोले यहाँ हरेक प्रकारका इन्जिनियरको सम्भावना छ । समृद्धिको कुरा नारामा मात्रै रह्यो भनेचाहिँ यसले इन्जिनियरहरूलाई केही समस्यामा पार्ला । नत्र समृद्धितर्फ नै अगाडि बढ्ने हो भने अझै धेरै इन्जिनियरहरू चाहिन्छ ।’ भर्खरै मात्र प्रादेशीक संरचनामा जान लागेको नेपाल ईन्जिनियर्स एशोसिएसनको प्रदेश समितिको नेतृत्वका लागि चुनावी मैदामा रहेका बरालले, एउटा सिँगै संस्थाको नेतृत्व गर्दैगर्दा त्यस मार्फत ईन्जिनियरीङ्ग पेशामा व्यप्त समस्या समाधानमा आफू सम्पूर्ण रुपमा लागि पर्ने बताउाछन् । “विगतका सबै जिम्बेवारीहरु, सफल र चुस्त तबर सम्पन्न गरेको छु । चिन्नु हुने साथीहरु यस बारेमा जानकार नै हुनुहुन्छ र निर्वाचनमा सहयोगका लागि तयार पनि हुनुहुन्छ । जति सक्दो धेरै ईन्जिनयरहरु माझ आफू, आफ्नो क्षमतार र आफ्नो बिगतका बारे चिनाउने प्रयासमा छु । एक “स्वमंसेवी” संस्थाका आफ्नै सीमाहरु हुन्छन्, कुनै कार्यकारी पदको निर्वाचनमा झै, “ठूला र महत्वकांक्षी” नाराहरुको पक्षमा म छैन पनि ।” तसर्थ बराल आफूले चुनौतीपूर्ण जिम्वेवारीहरुमा सफलता प्राप्त गरेका विगतको अनुभवबाट पनि, ईन्जिनियर्स एशोसिएसनको झण्डै ८० प्रतिशत हिस्सा ओगट्ने प्रदेश नं ३ को नेतृत्व लिने चुनौति स्वीकार गरेको बताउछन् ।

सहयोग माग्दै घरघरमा अाउनेसँग होशियार ! माग्नेहरू चाेर हुन सक्छन्

चितवन। सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएका छैनन् ? यदी आएका छन् भने समयमै चनाखो हुनुहोस् है १ साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् । यहाँको एक दम्पति परिवारले पाउनु सम्मको सास्ती पाएका छन् । समयमै साबधानी अपनाउन नसक्दा दम्पति परुवारको २ लाख रुपैयाँ नगदसहित ७ लाख बराबरको धनमाल चोरी भएको छ । चितवन प्रहरीले यस्तै नाटकीय शैलीमा चोरी गर्ने ४ अभियुक्तहरुलाई शनिबार सार्वजनिक गरेको छ । गएको मंसिर ७ गते भरतपुर महानगरपालिका–८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा डाँका चोरी गरी फरार भएका तीन जना र उनीहरुको सामान खरिद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वर्डा नम्बर २ घर भई हाल चितवनको भरतपुर महानगरपालिका वर्डा नम्बर ९ बस्ने बर्ष ५० को रामचन्द्र थापा, मकवानपुर राक्सिराङ्ग गाउँपलिका वर्डा नम्बर ८ बस्ने वर्ष ३२ को रामकुुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका वर्डा नम्बर ७ आग्रा चौबास बस्ने वर्ष ४८ को सन्तबहादुर थिङ र चितवन रत्ननगर नगरपालिका वर्डा नम्बर १० बस्ने बर्ष ३७ को कृष्ण ढकाललाइ प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएका मध्य घटनाका मूख्य अभियुक्त भनिएका रामचन्द्र थापालाइ असइ सिताराम खतिवडाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पोखरा बसपार्क नारायणगढबाट, थिङलाई काठमाडौंको कलंकीबाट , मोक्तानलाई मकवानपुरको मनहरीबाट साथै ढकाल लाई आफ्नै पसलबाट पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार घट्नाका मुख्य योजनाकार थापा बिं.सं. ०६६ साल जेठ २७ गते राती चितवनको साविक कविलास गाविसस्थित घुमाउनेमा पेस्तोल देखाई धनमाल लुटिएको आरोपमा डाँका र हातहतियार खरखजाना मुद्धामा साँढे ७ वर्ष कारागार कार्यालय चितवनमा थुनामा बसी कैद भुक्त गरी छुटेका व्यक्ति हुन् । यस्तै, अर्का अभियुक्त रामकुमार मोक्तान भने मकवानपुरमा डाँका मुद्धामा २०६७ सालमा पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरी २०७२ सालमा छुटेका व्यक्ति हुन् । यस्तै, कृष्ण ढकाललाई प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका ढकालको साथबाट प्रहरीले १९ हजार ५ सय रुपैयाँ र सुनको सिक्री दुई थान, बेरुवा औंठी एक थान, मुन्द्रा २ जोर, लेडिज औंठी एक थान बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद २० को दफा २४४ को अपदफा २ (घ) अनुसारको कसुर, दफा २४४ को उपदफा ३ (ख) बमोजिम ५ वर्षदेखि १० वर्ष सम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । पक्राउ परेका सबैलाई डाँका र चोरीमा मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ । यस अगाडि पनि चितवनमा यस्तै प्रकृतिको चोरी का घट्ना सार्वजनिक भएको थियो । गत असोज १२ गते माडी नगरपालिकामा पाहुना बनेर एक परिवार लुटिएका थिए । यस घटनाका आरोपित दुई पुरूष तत्कालै पक्राउ परी मुद्दा चलाइएकोमा हाल उनीहरु पुर्पक्षका लागि थुनामा कारागार चलान भएका छन् । गोपाल भनिने कालु परियार र हरि गोले पुर्पक्षका लागि थुनामा गएका छन् । असोज १२ गते शुक्रबार माडी नपा वडा नं ६, कल्याणपुर वडा कार्यालय नजिक भीमबहादुर सुनारको घरमा पाहुना बनेर करिब १५ तोला सुनका गरगहना, २ थान मोबाइल लुटेर राति नै फरार भएका थिए । यसरी लुटिए सुबेदी परिवार गएको मंसिर ७ गते बेलुका अन्दाजी ७ बजे भरतपुर महानगरपालिका ८ गौरीगञ्जस्थित तारानाथ सुवेदी स-परिवारका साथ घरमा खाना खाइरहेका हुन्छन् । त्यत्तिकैमा नाम, थर वतन खुल्न नसकेको , मुखमा मास्क लगाएको एक जना ब्राह्मण क्षेत्री जस्तो देखिने व्यक्ति, दुई जना मंगोलियन जस्तो देखिने युवाहरू सरासर छिर्छन् । त्यहाँ पुगेका उनीहरुले घरमुली तारा नाथलाइ प्रश्न राख्छन् तपाईहरुको घरमा को–को हुनुहुन्छ । सुबेदीले उनीहरुको कुनै प्रतिक्रिया जनाउदैनन् । त्यसपछि उनीहरुले सुबेदी परिवारलाई हामीलाई बचाइदिनुस्, हाम्रो पछाडी प्रहरी लागेको छ । सुरक्षा दिनुहोस् भन्दै हारगुहार गर्छन् । सुबेदी परिवार समेत उनीहरुको कुरालाई नकार्दैनन् । कहीँ कतै झगडा परेर सहयोग मागेका होलान् भनी उनीहरु लाई आश्रय र खाना समेत खुवाउन्छन् । तर, उनीहरु पछि चोर भएर निस्कन्छन् । घरमुली तारानाथ भन्छन्, ‘छोटो दिन हुँदा रात झम्मक भइसकेको थियो । तीन जना केटाहरु हस्याङफस्याङ गर्दै दौडिँदै आए । घरमा बूढीआमा, पाहुना, छोरी ज्वाइँ, भुराभुरी सबै थियौँ । साँझको बेलामा ज्यान जोगाइदिनुपर्‍यो भन्दै आएपछि हामीले पनि नाइँ भनेनौं । उनीहरुले १० बजेसम्म बसेर हामी निस्कन्छौँ भने । त्यसपछि हामीले बेलुकी खाना पकाएर दियौँ । एक जनाले खाना खाए । हामी सबै एउटै कोठामा बसेर गफ गर्दै थियौँ । वरपर सबैै चकमन्न भइसकेको थियो । त्यसक्रममा उनीहरुले चक्कु, हथौठा लगायत हतियारहरु देखाए । एकाएक हतियार देखाएपछि हामी अचम्मित भयौँ । हतियार देखाउँदै उनीहरुले तिमीहरुसँग नगद ५ लाख रुपैयाँ छ, त्यही लिन आएको हो , ले भने । म सँग जम्मा २ लाख मात्रै थियो । मैले २ लाख छ भनेँ । उनीहरुले जसरी पनि ५ लाख पुर्‍याइ लैजाने हो, के के छ निकाल भने । त्यसपछि घरमा भएको गरगहना, बहिनी ज्वाइँसँग भएको गहना र ना. ४१. प. २०७६ नम्बरको मोटरसाईकल समेत गरी ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल डाँका चोरी गरी फरार भए । प्रहरीले उनीहरुले लगेको मोटरसाईकल भोलिपल्टै भोजाडबाट नियन्त्रणमा लिईसकेको छ । लुटेराले जाने क्रममा रातीको अन्दाजी २ बजे हामीलाई भित्र राखेर चाबी लगाएर निस्के ।’ उनले भने । घटनाको अर्को दिन पीडित परिवारले प्रहरीलाई खबर गरेपछि मात्र घटनाको अनुसन्धान शुरु भएको थियो ।