पोखरामा ११ हजार तिरेर बेलुनमा उड्न पाइने, ८ जनासम्म अट्ने दुर्इअाेटा बेलुन ल्याइयाे

पोखरा ।  पर्यटकीय नगरी पोखरामा साहसिक खेलको विस्तार भएको छ । बोटिङ, बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङ लगायतका सेवा पाइने पोखरामा शनिबारदेखि हट एयर वेलुनमा उडेर पोखरा वरपरको दृष्यावलोकन गर्न पाइने भएको हो । को रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि लगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका हुन् । बेलुन प्रालि नेपालले ५० लाख खर्चेर इटालीबाट ल्याएको उक्त्त बेलुनलार्इ शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यसको उद्घाटन गरेका थिए ।  उक्त बेलुनमा ६ देखि ८ जनासम्म चढ्न मिल्नेछ । नेपालीका लागि प्रतिव्यक्ति ११ हजार रुपैंया शुल्क तेकिएको उक्त सेवाका लागि विदेशी नागरिकले भने १६० डलर तिर्नुपर्ने बेलुन प्रालिका प्रबन्ध निर्देशक प्रवीण महर्जनले जानकारी दिए । उनका अनुसार प्रत्येक यात्रुको रु २० हजार डलरको बीमा गरिएको छ । उद्घाटन कार्यक्रममा प्रदेश सरकारले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भन्दै मुख्यमन्त्री गुरुङले पर्यटनविना समृद्धि प्राप्त नहुने उल्लेख गरे । प्रदेश सरकारले जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य लिएको उनको भनार्इ थियो ।

कपाललाई कसरी स्वस्थ्य बनाउने ? हरेक दिन कपाल धुनेले बारम्बार स्याम्पु प्रयोग नगरौं

काठमाडौं। कपाललाई कसरी स्वस्थ्य बनाउने हर कोहीको चाँसोको बिषय हो। कपाललाई स्वस्थ्य बनाउन खानपानदेखि स्यहार-सुसारसम्ममा ध्यान दिनुपर्छ । यस तालिकाभित्र तेलले मसाज गर्ने, धुने कुरा पनि समेटिन्छन्। कपाल सफा राख्ने कुरा गर्दा हप्तामा कतिपटक धुने भन्ने प्रश्न उठ्छ । कोही हप्तामा एक पटक कपाल नुहाउँछन् त कोही ३-४ पटक । हप्तामा यति नै दिन नुहाउनुपर्छ भन्ने कुनै नियम त छैन । तर, सफा हुने नाममा बारम्बार सेम्पु दल्दा कपाललाई नोक्सानी पनि पुग्न सक्छ। हरेक व्यक्तिहरुको कपाल फरक प्रकृतिको हुन्छ । त्यसै कुनै पनि रुटिन पछ्याउनुभन्दा अगाडि तपाईंले थुप्रै पक्षहरुलाई ध्यान दिनुपर्छ । कपालमा जिनको प्रभावलाई नजरअन्दाज गर्न सकिन्न । त्यसैले तपाईंले त्यतिबेलासम्म कपालमा प्रयोग गरिरहनुपर्छ जबसम्म सही रुटिन प्राप्त हुँदैन । यो जरुरी छैन कि जुन प्रोडक्ट र विधिले अरुको कपाललाई फाइदा गरेको छ, त्यसले तपाईंलाई पनि फाइदा गरोस । कम्तिमा एक हप्ता एउटा रुटिन फलो गर्न सकिन्छ । त्यसमा चित्त बुझेन भने अर्को रुटिनमा जानुपर्छ। तीन दिनमा एक पटक कपाल धुनु ती व्यक्तिहरुका लागि उपयुक्त हुन सक्छ जसको दिनचर्या अलिकति सुस्त छ । हरेक विहान उठेर वर्कआउट गर्ने व्यक्तिहरुको कपाल चिपचिपे हुन्छ । उनीहरुका लागि यो रुटिन सही हुँदैन । यसैगरी तपाईंको खानपानको आदतले पनि कति चाँडो चाँडो कपाल धुनुपर्छ भन्ने बताउँछ । तर, सबैलाई हुने एउटा समस्या हो, बढ्दो उमेरसँगै कपाल रुखो हुनु। यस्तोमो नियमितरुपमा सेम्पु प्रयोग गर्नुको साटो कन्डिसनिङ गर्नु उपयुक्त हुन्छ। कपालमा आईरहने सानोतिनो तेलको परवाह नगरौं सामान्यतया हामी कपाल चिपचिपे हुनुको दोष स्काल्प (कपालको जरासहितको छाला) बाट स्वत निस्कने तेललाई दिन्छौं । अनि यो तेललाई कम गर्नका लागि हामी विभिन्न प्रोडक्टहरु प्रयोग गर्छौं । यसपछि हामी कपाललाई पोषित गर्नका लागि अर्गानिक, महत्वोपूर्ण तेल मसाज पनि गर्छौं । यो एउटा चक्र जसरी घुमिरहन्छ । तर, सत्य के हो भने स्काल्पले उत्पादन गर्ने तेल कपालका लागि सबैभन्दा उपयुक्त हुन्छ । त्यसैले यस्ता उत्पादनहरुबाट टाढै बस्न राम्रो हुन्छ। सल्फेट्सबाट टाढा रहनुहोस् सेम्पु र कन्डिसनरमा सल्फेट्स हुन्छ । यसले तपाईंको स्काल्प र कपालबाट फोहोर तथा तेललाई हटाएर त्यसलाई सफा गर्छ । तर, सल्फेट्सको समस्या के हो भने यसले स्काल्पको प्राकृतिक तेल र पसीना तथा फोहोरयुक्त चिपचिपमा अन्तर भेट्दैन । सल्फेट्सले प्राकृतिक तेललाई पनि स्काल्पबाट अवशोषित गर्छ । त्यसैले सकेसम्म सल्फेट-फ्री सेम्पू र कन्डिसनर प्रयोग गरौं । बारम्बारको स्याम्पु प्रयोग नगरौं बारम्बार सेम्पु दल्नाले कपालको प्राकृतिक तेल नष्ट हुन्छ । त्यसैले सँधै सेम्पु दल्नुका साटो कहिलेकाहीँ पानीले मात्रै कपाल सफा गर्न पनि सकिन्छ । कपाल भिजाउने र औंलाले मसाज गरेर फोहोर सफा गर्नुस । त्यसपछि सफा पानीले कपाल पखाल्नुपर्छ । कन्डिसनरको प्रयोग गर्न सकिन्छ, तर ध्यानमा राखौं कि यसलाई कपालको आधा भागबाट सुरु गरेर तलसम्म लगाउनुपर्छ ।  ब्युटिसियन दिकी शेर्पासँगको कुरामा आधारित

धेरै छाेराछाेरी हुने बुबाअामा धेरै धनी हुने, विवाहित छाेरीले पनि अाम्दानीकाे १०% अामाबुबालार्इ दिनैपर्ने

काठमाडौं । जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गर्न प्रस्तावित ऐनमा ‘सार्वजनिक पदधारण गरेको व्यक्तिले आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम ज्येष्ठ नागरिक आफ्ना बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएकाे छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले ऐनमा अन्तर्राष्ट्रिय वा अन्तर सरकारी सङ्घ/संस्था वा प्रचलित कानूनबमोजिम आफ्नो मासिक पारिश्रमिकबाट १० प्रतिशत रकम बाबुआमाको नाममा रहेको बैँक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । नयाँ व्यवस्था लागू भएसँग धेरै छाेराछाेरी हुने बुबाअामा धनी र सुखी हुने भएका छन् । नयाँ व्यवस्था अनुसार एउटा मात्र छाेरा वा छाेरी हुने बुबाअामाकाे वृद्ध अवस्थामा अाम्दानी कम हुने भएकाे छ । प्रत्येक आर्थिक वर्षको अन्तिममा आफ्नो आम्दानीको १० प्रतिशत आमाबाबुलाई बुझाएको बारे सम्बन्धित निकायमा जानकारी गराउनुपर्ने ऐनमा व्यवस्था छ । ज्येष्ठ नागरिकलाई हेरचाह र संरक्षणका लागि स्थानीय तहले ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्न सक्ने व्यवस्था पनि गरिएको छ । त्यसैगरी कुनै पनि सार्वजनिक पदधारण गरेका व्यक्तिले ऐनबमोजिम कसुर गरेमा निजलाई अन्य व्यक्तिलाई हुने सजायमा ३० प्रतिशत थप सजाय हुनेछ । पछिल्लो पटक आफ्ना वृद्ध बाबुआमालाई पालनपोषण गर्नुको सट्टा भएको सम्पत्ति छोराछोरीले आफ्ना नाममा गराएर आमाबाबुलाई हेला गर्ने संस्कार बढ्दै गएका कारण पनि ऐन ल्याउनुपरेको सहसचिव राई बताउछन्। बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई मासिक कमाइको १० प्रतिशत बैंक ब्यालेन्स गरिदिनुपर्नेछ । जागिर गर्नेले मात्रै भन्दा पनि मासिक रूपमा केही न केही कमाइ गर्ने सबैले आफ्नो बुबाआमालाई कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने उद्देश्यले २०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐनमा यातायात र स्वास्थ्य उपचारमा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको अहिलेसम्म पूर्ण कार्यान्वयन हुनसकेको छैन । धेरै बाबुआमा सन्तान भएर पनि आश्रममा आश्रित जीवन बाँच्नुपरेको छ । नयाँपुस्तामा देखिएको व्यक्तिवादी सोचसँगै मौलाएको एकल परिवार (श्रीमान, श्रीमती, छोरा/छोरी)को संरचनाभित्र जन्म दिने बाबुआमा नअटाएको देखिन्छ । अग्रज समाज नेपालका अध्यक्ष महाप्रसाद पराजुली ज्येष्ठले नागरिकसम्बन्धी ऐन कार्यान्वयन नभएकाले अब संशोधन भएर कार्यान्वयनमा आउनेमा शङ्का व्यक्त गरे ।  विसं २०६८ को जनगणनाअनुसार ज्येष्ठ नागरिकको जनसङ्ख्या (६० वर्ष पुगेका) २५ लाख अर्थात् कूल जनसङ्ख्याको ८.१३ प्रतिशत छ । हाल विश्वमा ६० वर्ष नाघेका ज्येष्ठ नागरिक करीब ८० करोड छन् । यो सङ्ख्या सन् २०५० सम्ममा दुई अर्ब नाघ्ने अनुमान गरिएको छ । देशभर हाल करीब ८० वृद्धाश्रम रहेका छन् । पछिल्लो समयमा संयुक्तभन्दा एकल परिवारको संस्कृति मौलाउँदै गएको सन्दर्भमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी संविधानमा व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिकले पैतृक सम्पत्तिमा छोराछोरीको हकदाबी नलाग्ने, आमाबाबु जीवित रहुञ्जेल पैतृक सम्पत्ति छोराछोरीको नाममा नामसारी गर्न नपाइने र बाबुआमाविरुद्धमा कुनै बहानामा उजुरी गर्न नपाइने माग गर्दै आएका छन् । त्यति मात्र हाेइन,  बाबुआमालाई हेला गर्ने, दुःख दिने छोराछोरीलाई जेल सजायसमेत हुने गरी सरकारले कानूनी व्यवस्था गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राख्न मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको छ ।