अमेरिकामा एसियाका १६ भन्दा बढी राष्ट्र सम्मिलित ग्लोबल इकोनोमिक फाउण्डेसन गठन
वासिड.टन डिसी । अमेरिकाको राजधानी वासिड.टन डिसी मेट्रो क्षेत्रमा बसोबास गर्ने एसियन समुदायबीच समाजिक र सास्कृतिक एकिकरणको प्रयास सुरु भएको छ । एसियनहरुको सास्कृतिक सो आयोजना गर्दै ग्लोबल इकोनोमिक फाउण्डेसनले उक्त जानकारी दिएको हो । एसियाका १६ भन्दा बढी राष्ट्रका समुदायबीच आप्रवासन, शिक्षा, संस्कृति आदि विषयमा सहकार्य गर्न ग्लोबल इकोनोमिक फाउण्डेसन गठन भएको छ, संस्थाका अध्यक्ष इन्दिरा कुमारले भनिन, सास्कृतिक सहकार्यसगै आप्रवासीका साझामा मुद्दामा अगाडि बढने छौ । एसियन आप्रवासीबीच कैयन साझा मुद्दा भएपनि संगठिन हुन नसक्दा अमेरिकी सपना पुरा गर्न कठिनाई भएकोले फाउण्डेसन गठन गरिएको उनले बताइन् । एसियाका पाँच राष्ट्र नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरियाको सास्कृति प्रस्तुत गरिएको उक्त कार्यक्रमलाई अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कार्कीले शुभकामना दिएका थिए । एसियन आप्रवासीको उत्थान र विकासका सर्मपित हुने संस्थाको अठोट सह्रानिय छ । यो नौलो प्रयास सार्थक बनोस, कार्कीले भने । आफूले अमेरिकामा भएका विभिन्न कार्यक्रम मध्ये यो नौलो एवं नयाँ सोचको भएको बताए । कार्यक्रममा एसियाका नेपाल, भारत, थाईल्याण्ड, जापान, कोरिया, श्रीलंका, पाकिस्तान, बंगलादेश, मंगोलिया, फिलिपिन्स लगायतका १६ राष्टर्को सहभागिता थियो ।
मेगा बैंकले स्याङ्जाको भीरकोटमा रोप्यो विभिन्न जातका ३०० वटा बिरुवा
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिकाको वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा वृक्षारोपण गरेको हो । भीरकोट नगरपालिकाका मेयर छायाँराम खनाल, उपमेयर सिमा कर्माचार्य, संचारकर्मी, सामाजिक कार्यकर्ता, शिक्षक र विद्यार्थीको सहभागितामा रुद्राक्ष, कपुर, चाँप, पारिजात, अम्रिसो लगायत विभिन्न जातका ३०० वटा बिरुवा रोपिएको थियो । वृक्षारोपणले विद्यालयलाई हराभरा बनाउन मद्दत गर्नेका साथै हरित कम्पाउन्ड बनाउन मद्दत मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवीन्द्र अधिकारीले विश्वास व्यक्त गरेका छन् । यसैगरी, मेगा बैंकले एक कार्यक्रमबीच भीरकोट नगरपालिकाकै रिजु दोबाटास्थित महालक्ष्मी प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । असहाय र जेहेन्दार २३ जना विद्यार्थीहरुलाई बैंकले स्कूल पोशाक वितरण गरेको हो । बैंकले विद्यालयको कामलाई सहज होस् भन्ने उद्देश्यले एउटा स्टील दराज पनि सहयोग गरेको छ । कार्यक्रममा भीरकोट नगरपालिकाका मेयर छायाँराम खनालले यस बैंकले ग्रामीण क्षेत्रमा बैंकिङ पहुँच बढाउन खेलेको भूमिकाको प्रशंसाका साथै खुशी व्यक्त गरेका छन् ।
थाई एयरवेजद्धारा अायाेजित रक्तदान कार्यक्रममा १२० जनाभन्दा बढीले गरे रक्तदान
काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिमिटेडले साउन १५ गते(मंगलबार)का दिन रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले २६ वर्ष अघि १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर कार्यक्रमलाई हरेक वर्ष आयोजना गर्दै आएको छ । नेपालमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको थाई एयरवेजले आफ्नो ५०औं वार्षिक उत्सव यस वर्ष मनाउँदै छ । उक्त रक्तदान कार्यक्रममा मिस नेपाल २०१८ को उपाधि विजेताहरुको समेत सहभागिता रहेको थियो । उक्त कार्यक्रममा १२० जनाभन्दा बढी व्यक्तिहरुले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । अधिकतम संख्यामा उपस्थित सहभागीहरुले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, काठमाडौंका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अरुण मास्के र टीमको नेतृत्वमा निःशुल्क कार्डिएक चेक–अप, ब्ल्ड सुगर टेस्ट, ईसिजि र ईकोे स्क्रिनिङ्गको लाभ उठाएको छ । ट्राभल एजेन्ट, जनमानस, शुभ–चिन्तकका साथै थाई एयरवेजका परिवारहरुको उक्त रक्तदान तथा कार्डियो हेल्थ चेक–अप कार्यक्रममा सहभागिता रहेको थियो ।