आर्थिक क्रान्ति….हावा… क्रान्ति

मेरो सरकार देश विकास गर्छु भन्छ आर्थिक क्रान्ति गर्छु भन्छ हरेक चोटि आउछ जनताको घर दैलोमा र सपनाँंग भोट साट्दै सुनिश्चि गर्छ……सिंहदरबारको अखडा कृषकलाई मल दिन्छु भन्छ वेरोजगारीलाई जागिर दिन्छु भन्छ शहरका मान्छेलाई घर भाडा छुट भन्छ गाउका मान्छे, मान्छेनै होइन भन्छ उत्पदन बढाउने कुरा गर्छ तर गाडी, लुगा, धान, मकै जौ, कोदो…… नुनदेखि सुनसम्म हल्लादेखि सल्लाहसम्म कि उत्तर कि दक्षिणबाट आयात गर्छ आर्थिक क्रान्ति गर्छु भन्छ उ कहिल्यै सार्वजनिक बस चडदैन् कहिल्यै ग्यास, पेटेलपम्पको लाईनमा बस्दैन कहिल्यै जनता भएर बाच्दैन उसलाई सोझा जनता ठग्न पाए पुगो उ वर्षमा एक दिन टोपी लगाएर रास्ट्रियताको कुरा गर्छ ट्वीटमा फोटो हाल्छ एउटा चाउचाउ बाडेर राहतको कुरा गर्छ फेसबुकमा फोटो हाल्छ, अनि……… गमलामा धान रोपेर मनाउछ धान दिवस मनाउँछ यूट्वमा भिडियो पोष्ट गर्छ फगत यस्तै छ मैले सोचि सोचि ध्यान दिएर जिताएको देश विकास गर्ने आर्थिक क्रान्तिको सरकार आर्थिक क्रान्ति…. आर्थिक क्रान्ति ….हावा… क्रान्ति [email protected]  

सम्झनामा असार पन्ध्र

गजल १  तिमी रोप्थ्यौ म साउथेँ छुट्टै पल थियो । मिठो लाग्ने तिम्रो हातको चिसो जल थियो ।। त्यो क्षण सम्झना भो आज दुबै कता कता ? मेला छुट्ने बेला आँखा आँसु भल थियो ।। पाए माग्थेँ म त्यही बालापन जिन्दगीको नपाइने समयको निर्मम छल थियो ।। लेखक गाउँ गाउँ झै छैन अचेल जमिन रुखो भाछ रसायनिक होइन छर्ने कम्पोस्ट मल थियो ।। हिलो खेल्दै रम्थ्यौँ आँप, लिचि खाइन्थ्यो कति पोको पार्न मखमली तिम्रै सल थियो ।। सरल, सहज लाग्थ्यो जीवन आज जटिल लाग्छ समस्याको हलमा रमाइलो छलफल थियो ।। गजल २ असार पन्ध्र सँगै हिलो खेलेको सम्झन्छु खाजा खान सँगै रोटी बेलेको सम्झन्छु ।। सुख दुःख जीवन यस्तै भनी मन बुझाउँदै घाम, पानी हुरीसँगै झेलेको सम्झन्छ ।। मेला जाने बेला बाइक स्टार्ट नभएर दुबै मिलि वर्कसपसम्म ठेलेको सम्झन्छु ।। मनका धनी परिश्रमी, लगनशील हामी तर साहुले गरिब भन्दै पेलेको सम्झन्छु ।। घाम–पानीले लुकामारी गथ्र्यो घरिघरि घाममा आँगनभरी मकै रेलेको सम्झन्छु ।।   दाङसिङ,नुवाकोट हाल पोखरा–११ [email protected]

पाठक सर, के मलाई चिन्नु भो ?

पाठक सर के मलाई चिन्नु भो ? म तपाईंको विद्यार्थी के छ खवर ? तपाईंलाई थाहा छ ? तपाईंले दिनुभएको डिग्रीको सर्टिफिकेट कतै काम लागेन नि ! तपाईंले पढाएको पाठ कक्षा कोठा बाहिर निस्किन नपाउँदै झुटो हुन्छ नि ! जमाना बदलिएको छ पाठक सर बाहिर हेर्नुस् त किन बदलिनु हुन्न तपाईं आजकल पनि मेरो जीवनसँग फिटिक्कै मेल नखाने अंक गणितनै कति सजिलै पढाइरहनु भएको छ है… संस्कृत हटाएर अंग्रेजी मात्र पढाइरहनु भएको छ है… नैतिक शिक्षा किन पढाउनु हुन्न ? आफ्नै देशको भुगोल बिर्साएर लिम्पियाधुरा, कालापानी र लिपुलेक बिनाको नक्शा किन कोर्न लगाउनु हुन्छ विद्यार्थीलाई हँ ? अनि त्यस्तो नक्सामा किन पूरा नम्बर दिनुहुन्छ हँ ? भो आफ्नै देशको भुगोल बिर्सिएर तपाईंको सर्टिफिकेट चाहिएन तपाईं बुढो हुनु भो अवकाश लिनुस् कि बन्द गर्नुस् साना–साना नानीहरुलाई गलत शिक्षा दिन… [email protected]