तिम्रो कला साधनाको गुन तिर्न सकौं, राष्ट्रकवि ।।
मुक्तकहरु १.हरेक जनको हृदयमा थियौ राष्ट्रकवि सत्कर्मले दीर्घ जीवन जियौ राष्ट्रकवि ।। नेपाली यो कला जगत् उर्वर पारी गयौ शालीन तिमी अमर कृति दियौ राष्ट्रकवि ।। २.अन्धकार चिर्न जति महत्व छ रवि साहित्य जगत् उर्वर पा¥यौ धन्य राष्ट्रकवि ।। तिम्रो कला साधनाको गुुन तिर्न सकौँ जन्म सार्थक पार्यौ उच्च बनाएर छवि ।। ३. आधा गौरी आधा माधव भइ तिमी जियौ जाने बेला सुुन्दर कृति ऋतम्भरा दियौ ।। शास्त्रीयता स्वच्छन्दता वाद दुुबै मिलाई काव्य जगत् उर्वर पार्ने तिमी रत्न थियौ ।। ४. देवकोटा लेखनाथ समको एकाकार तिमी काव्यशक्ति देख्दा देवकै उपहार तिमी ।। आदर्श र अनुुकरणीय व्यक्तित्व हौ सरल सरस जिन्दगीको एउटै सार तिमी ।। ५. पिइरहूूँ लाग्ने साँच्चै तिम्रो काव्य धारा वियोगमा रोइरहेछन् नेपाली जन सारा ।। गाउँछ गीत नेपालीको ज्योति चम्काएर साहित्य आकाशका तिमी थियौ धुुव्र तारा ।। नुवाकोट, हालः पोखरा–११
दुुई गजलः तीजको रमझम+सम्झिएर
लेखक १. तीजको रमझम तीजको रमझम आएपछि सम्झिएर रुन्छु बैनी प्रेमपूर्ण विगत सम्झि पागल जस्तै हुन्छु बैनी ।। निष्ठुरी त्यो कालचक्र परेपछि तिमी माथि अश्रुधारा थामिदैनन् रुमाल त्यै ले धुन्छु बैनी ।। देह छैन तर तिम्रो आत्मा साथ सधैँ फोटो हेर्दै सपनिमा तिम्रो स्वर सुन्छु बैनी ।। सगैँ खाए खेलेको पल कति रमाइलो हुन्थ्यो बेहोसीमा मर्छु भन्दै विद्युत् रेखा छुन्छु बैनी ।। तिहारको रमझम सप्तरङ्गी टीका फूल सम्झि निधार छाम्दै मखमली माला उन्छु बैनी ।। २. सम्झिएर सम्झिएर विगत दर खाएपछि आँसु बग्छ ।। तीजको लहर लहरिदै आएपछि आँसु बग्छ लुकाएर राख्छु भन्छु आँसु आँखा भित्र भित्रै गाउँका दिदी बैन्ले तीज गीत गाएछि आँसु बग्छ ।। खुसी लुट्यो आशा टुट्यो पापी रैछ दैव सबले रातो सिन्दुर पोते लाएपछि आँसु बग्छ ।। पापिनीको बात,एक्लो रात,घात पाएँ सबै बैँसमै अन्धकारले जीवन छाएपछि आँसु बग्छ ।। कति सुन्दर जीवन जीउने सपना संगालेथेँ सहाराहीन भई दुःख पाएपछि आँसु बग्छ ।। नुुवाकोट, तारकेश्वर गापा १
राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकवि भौतिक रुपमा हामी माझ नभएपनि उनले राष्ट्रका लागि गरेका योगदानहरु हामीसँगै रहेको बताए । राष्ट्र, राष्ट्रियता, नेपाल, नेपाली र राष्ट्रिय स्वाभिमानको एउटा चेतना जगाउने अगुवा व्यक्तित्वको रुपमा राष्ट्रकविलाई आफुले बुझेको उनले बताए । उनले राष्ट्रका लागि गरेको योगदानलाई सरकारले संस्थागत ढंगले चिरस्थायी बनाउन महत्वपूर्ण निर्णय गर्ने बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकविको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताए । राष्ट्रकविको निधनले नेपाली साहित्यमा मात्रै नभएर नेपाललाई नै अपुरणीय क्षति पुगेको उनले बताए । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले राष्ट्रकविले देखाएको बाटोमा सबैले लाग्नुपर्ने बताए । पूर्वप्रधान सेनापति राजेन्द्र क्षतिले राष्ट्रकविका गीत र रचनाले सबैलाई राष्ट्रियता र राष्ट्रप्रति जागरुक गराएको बताएका छन् । राष्ट्र र राष्ट्रिय स्वाधिनताको भावनाले सबैलाई उच्च सम्मान दिने रचनाहरु राष्ट्रकविले जन्माएको उनले बताए । सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो । राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार राष्ट्रपति घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्टि गरिएको हो । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।