चौंरीदेउराली गाउँपालिका जसको अधिकांश बजेट कृषि र स्वास्थ्यमा

काभ्रेपलाञ्चोक जिल्लामा पर्ने चौंरीदेउराली गाउँपालिका नेपालको संघीय संरचनाअनुरुप वि.सं. २०७३ सालमा स्थापना भएको एउटा रमणीय स्थानीय तह हो । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवंं प्राकृतिकरुपले पनि फरक विशेषता बोक्न सफल छ । ९९ दसमलव ५४ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाको पूर्वमा रामेछापको सुनपाति र दोरम्बा गाउँपालिका, पश्चिममा काभ्रेको भुम्लु गाउँपालिका, उत्तरमा लिसंखुपाखर गाउँपालिका र दक्षिणमा भने सुनकोशी पारीको तेमाल गाउँपालिका रहेको छ । वि.सं. २०६८ को जनगणना अनुसार यस पालिकामा ४ हजार ६ सय ६४ घरपरिवारको वसोवास रहेको छ भने यहाँको जनसंख्या चाहिँ २० हजार ८ सय २९ रहेको छ । चारओटा मुख्य देउराली रहेको यस पालिकाका सबै गाउँवस्तीहरुलाई चौंरी थुमका आधारमा पुकारिँदै आएको ऐतिहासिक तथ्य पाइन्छ । यस पालिकाको नामकरण पनि त्यही चौंरी र देउराली शब्दलाई जोडेर गरिएको छ । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भइरसले यो गाउँपालिकामा पनि सामान्य असर पुर्यायो । यहाँका केहि नागरिकलाई पनि कोरोनाको संक्रमण भएको थियो । महामारीको समयमा गाउँपालिकाले ३० बेडको क्वारेन्टिन बनाएको थियो भने नजिकैको धुलिखेल अस्पतालमा आइसोलेसन कक्षको व्यावस्था मिलाएको थियो । कोरोनाले यहाँको शिक्षा क्षेत्र साथै विकास निर्माणका काममा भन नराम्रै असर पुर्यायो । सारा नेपाल लकडाउन भएको समयमा गाउँपालिका भित्रका सबै विद्यालय बन्द गर्नुपरेको थियो । हाल भने गाउँपालिकामा कोरोनाको प्रभाव घट्दै गएको छ र यहाँको जनजीवन पनि सामान्य बन्दै गएको छ । स्वास्थ्यको पहुँच सबै नगरिकसम्म पुगोस् भन्ने हेतुले गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा ६ करोड रुपैयाँ बराबरको अस्पतालको निर्माण गरेको छ । गाउँपालिकाले आफ्नो क्षेत्रमा ‘एक घर एक धारा’ को अभियानै चलाएको छ । चौंरी खेलाको पानी लिफ्टीङ गरेर खानेपानीको व्यावस्था मिलाएको गाउँपालिकाले सडक निर्माणको कामलाई पनि तिव्रता दिएको छ । विकास निर्माणको सम्भावना धेरै रहेको यस गाउँपालिकाका सबै वडामा सडक तथा विद्युत पुगिसकेको छ । व्यापक मात्रामा पर्यटकिय क्षेत्रहरु रहेको यस गाउँपालिकामा युवा रोजगारको लागि भनेर प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरिएको छ । उद्यम विकासको लागि कोटाको दर्ता भइरहेको छ भने युवालाई करारमा भर्ना पनि गरिँदै आएको छ । कोरोनाकाल पछि गाउँपालिकाले कृषि र स्वास्थ्यमा धेरै बजेट छुट्याएको छ । धान, गहुँ तथा मकै राम्रैसँग उत्पादन गरिरहेको यस पालिकाका कतिपय युवाहरु भने तरकारी खेती, माछापालन, बाख्रापालन, मौरीपालन लगायतका पेशा अँगालिरहेका छन् । यसका साथै गाउँपालिकाले फलफुलका विउ उत्पादन र पशुपालनमा पनि जोड दिँदै आएको छ । गाउँपालिकाले कृषकलाई तरकारीको विउमा ५० प्रतिशत अनुदान दिदै आएको छ । यहाँ खासै ठुला उद्योगहरु भने रहेका छैनन् । यस गाउँपालिकामा निर्माण भई सकेको अस्पताल, सडक तथा खेल मैदानमा प्रदेशले भुमिका खेलेको भएपनि अन्य क्षेत्रमा भने प्रदेश सरकारको खासै प्रभावकारी भुमिका देखिएको छैन । गाउँपालिकाले विकास निर्माणको काम गर्दा सामान्य समस्या आई पर्ने गर्दछन् । सरकारी जमीनको अभाव र निजी जमिनको क्षेत्र बढि भएकाले सडको निर्माण गर्नु पर्दा समस्याहरु देखा पर्ने गरेको छ । यस गाउँपालिकालाई केन्द्र सरकारले भने राम्रै सहयोग पुर्याएको पाइन्छ । विकास निर्माणको काममा यो वर्ष २३ करोड ६४ लाख रुपैयाँ बजेट गाउँपालिकामा पठाएको छ । जनप्रतिनिधीहरु तर्फ कुरा गर्नु पर्दा यस गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम हुनुहुन्छ भने उपाध्यक्ष चाहिँ तारा कुमारी चौलागाईं हुनुहुन्छ ।

युवाले राम्रो प्रोजेक्ट ल्याउँछन् भने सुलभ दरमा ऋण दिन्छौं- अध्यक्ष धितालसँगको कुराकानी

नेपालको गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो ‘अजिरकोट गाउँपालिका’ । यस गाउँपालिकाको क्षेत्रफल १ सय ९८ दसमलव ५ वर्ग कि.मि रहेको छ भने यहाँको जनसंख्या भने २४ हजार ८ सय २ रहेको छ । ५ ओटा वडा रहेको यस गाउँपालिकाको सिमाना पूर्वमा सुलीकोट गाउँपालिका, पश्चिममा मलम्जुङ्ग जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र दक्षिणमा सिरानचोक गाउँपालिकासम्म रहेको छ । थोरै समथर टारहरु र अधिकांश पहाड हरियाली वातवरण र स्वास्थ्य हावापानी रहेको यो गाउँपालिकाको मुख्य नदीको रुपमा दरौंदी र चेपे रहेका छन् । सांस्कृतिक दृष्टिले समेत सबै जात, जाती, वर्ग र समुदायको संयुक्त बसोवास यो गाउँपालिकामा रहेको छ । यार्सागुम्बा, रथविरथ, पाँचऔले, नटामासी, कडुकी, सदुवा, निरमासी जस्ता औषधीजन्य जडीबुटी यो गाउँपालिका भित्र पाइन्छ । प्रकृतिक सम्पदा र मानवीय साधन स्रोतको समुचित परिचालन गरेको यो गाउँपालिका सफा, सुन्दर र समृद्ध पनि रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु केके रहेका छन्, जनप्रतिनिधि निर्वाचित हुनु भन्दा अघि र भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन्, युवालाई रोजगारीको अवसर गाँउपालिकाले कसरी सृजना गरिरहेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष फणिन्द्र प्रसाद धितालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर तथा हालको अवस्ता कस्तो छ नि ? हाम्रो गाउँपालिकामा कोरोनाले सामान्य असर पुर्याएको छ । गाउँपालिकाका केहि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको थियो । हामीले गाउँपालिकामा सामुदायिक भवनलाई क्वारेन्टिन बनाएका थियौं । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणको काममा पनि नराम्रो असर पुर्यायो । लकडाउनको समयमा गाउँपालिका भित्रका सबै विद्यालयहरु बन्द भएका थिए । तर हाल गाउँपालिकाको सबै विद्यालय सञ्चालनमा आइसकेको छ । सर्वसाधारणहरु पनि सामान्यरुपले जीवनयापन गरिरहेका छन् । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के-के छन् नि ? गाउँपालिकाको भवन निर्माण गरेका छौं । २ करोड रुपैयाँको बजेटमा वडा भवन निर्माण भएको छ । सबै वडा कार्यालय भवनको निर्माण गरेका छौं । टोलटोल सामुदायिक बस्तीमा ३५ ओटा भवनको निर्माण गरेका छौं । गाउँपालिका भित्र रहेका सबै टोलमा सडक पुगेको छ । यतिमध्ये पनि यहाँका ठूला योजनाको रुपमा सडक विकासलाई नै लिन सकिन्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका आफैंमा एउटा पर्यटकीय क्षेत्र पनि हो । पर्यटनको लागि बजेट पनि छुट्याएका छौं । गत साल ६० लाख रुपैयाँ बजेट छुट्याएका थियौं । हामीले गाउँपालिका भित्र मठ मन्दिरको पनि निर्माण गरेका छौं । गाउँपालिका भित्र होमस्टेको स्थापना पनि भइरहेको छ । भुमेथान मन्दिर पनि धार्मिक दृष्टिकोणले महत्वपुर्ण छ । नागपोखरी गाउँपालिका आफैंमा भ्युटावर छ । मुख्य पर्यटक गन्तव्यको रुपमा नागपोखरीलाई नै राखेका छौं । काठमाडौं बाट मात्र ४ घण्टामै हाम्रो गाउँपालिका आउन सकिन्छ । गाउँपालिकाबाट गणेश हिमाल पनि देख्न सकिन्छ । गाउँपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? कृषि विकास गर्नकै लागि भनेर हामीले पशुपालन र तरकारी खेतिमा जोड दिएका छौं । यहाँका धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् । १ करोड २० लाख रुपैयाँ बजेट कृषि विकासका लागि छुट्याएका छौं । कृषिलाई आधुनिकिकरण गर्न लागिपरेका छौं । कम्पोष्ट मल बनाउने, भकारो सुधार गर्ने, पशुपालन गर्ने किसानलाई अनुदान दिने पनि भनेका छौं । सकभर किसानलाई जमीन बाँझो नराख्न आग्रह गरेका छौं । किसानको लागि भनेर हामीले अनुदानको पनि व्यवस्था मिलाएका छौं । धान, मकै कोदो, गहुँ, आलु, आदी हाम्रो गाउँपालिकामा उत्पादन हुने गरेको छ । खेती गर्ने किसानको लागि सिँचाईको राम्रो व्यवस्था छ । कृषि पकेट क्षेत्र पनि छुट्याएका छौं । हामीले गाउँपालिकामा हुने उत्पादन अनुसार पकेट क्षेत्र छुट्याएका छौं । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? विकास निर्माणको कामहरु प्रभावकारी नै भइरहेको छ । जनप्रतिनिधिको रुपमा गाउँपालिकामा आइसकेपछि गरेका विकास निर्माणको काम प्रभावकारी नै भएका छन् । विकास राम्रो भएकाले जनताहरु मसँग खुसी छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । निर्वाचित हुनु भन्दा अगाडि गाउँपालिकाका सबै ठाउँमा सडक पुगेको थिएन । कच्ची सडक धेरै थिए । यातायात सञ्चालन गर्न पनि कठीन थियो । मानिसहरु यातायात सञ्चालन नभएको कारण धेरै हिँडेर आफ्नो गन्तव्यसम्म पुग्नुपर्ने अवस्था थियो । वडा भवनको निर्माण भएको थिएन । बजेटको आकार सानो थियो । स्वास्थ्य सेवा तर्फ पनि नागरिकको राम्रो पहुँच थिएन । कर्मचारीहरु थेरै थिए । खानेपानीको राम्रो व्यवस्था थिएन । म निर्वाचित भएर आईसके पछि गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक आदिमा परिवर्तन आएको छ । विकास निर्माणको काम गरेका छौं । सडक निर्माणको काम भईनै रहेको छ । स्वास्थ्य सेवा सञ्चालन भएको छ । मेगा प्रोजेक्टको रुपमा ‘एक घर एक धारा’ रहेको छ । विद्युत थोरै ठाउँ वाहेक सबै वडामा पुगेको छ । विद्यालय भवनको निर्माण भएका छन् । गुणस्तरीय शिक्षा सिकाई प्रकिया अगाडि बढाई रहेका छौं । त्यसैले पहिलेको तुलनामा अहिले धेरै फरक र परिर्वतन आइसकेको छ । तपाईं निर्वाचित भएको ३ बर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक काम के–के रहेका छन् नि ? सम्झिन लायक काम धेरै रहेका छन् । मठ मन्दिरको निर्माण गरेका छौं । खेलकुदको विकासको लागि खेल मैदान निर्माण गरेका छौं । खानेपानीको राम्रो व्यवस्था मिलाएका छौं । सडक नुगेको ठाउँमा सडक पुर्याएका छौं । स्वास्थ्य चौकी सबै वडामा सञ्चालन गरेका छौं । गाउँपालिकाको भवनको निर्माण भएको छ । सडको कालोपत्रे भइरहेको छ । कतैकतै भने कालोपत्रे हुने क्रममा रहेको छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय भई रहेको छ । योजनाको माग र अनुगमनको बारेमा नीति गत प्रस्टता हुनु पर्छे भनेर प्रदेश सरकारलाई भनेका छौं । विकास निर्माणको काममा पनि प्रदेश सरकारसँग हामी समन्वय गरिनैरहेका छौं । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के-के आई पर्छन् नि ? नीतिगत काममा सामान्य समस्या छ । विकास निर्माणका काममा पनि यदाकदा समस्या आउँछन् । जनताको अपेक्षा, इच्छा धेरै छ त्यसैले अलिअलि समस्या आउनु त सामान्य कुरा नै हो । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट राम्रै सहयोग मिलिरहेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाहरुलाई लक्षित गर्दै १० लाख रुपैयाँ बजेट छुट्याएका छौं । युवाले राम्रो प्रोजेक्ट ल्याएका वेला सुलभ दरमा ऋण पनि उपलब्ध गराएका छौं । हाम्रो गाउँपालिकाका धेरैजसो युवाहरु कृषि पेशामा आवद्ध रहेका छन् । युवाहरुले पशुपालन, खेति, कुुखुरा पालन पनि गरेका छन् । युवालाई अनुदानको पनि व्यवस्था हामीले मिलाएका छौं । केहि युवाहरुलाई भने विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? ठुलो उद्योग त हाम्रो पलिकामा छैन । यहाँ गरिने प्रमुख पेसा भनेको खेती किसानी नै हो । केही कृषकहरुले भने कुखुरा पालन, बाख्रा पालनजस्ता कामहरु पनि गरिरहेका छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? सामान्य ठुङगा, गिटी, बालुवा जस्ता कुराहरु बाट कर संकलन हुने गरेको छ । पसल कर संकलन हुने गरेका छ । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु । तपाईंले गरेको कार्य प्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म सन्तुष्ट नै छु । विकास निर्माणको काम पनि प्रभावकारी भएकोले होला नगारिकहरु पनि म सँग सन्तुष्ट नै रहेको पाउँछु । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मैले काम गरेको अवधिमै गाउँपालिकालाई विकसित बनाउने योजना छ । सकेसम्म गाउँपालिकामा सबै सडकलाई ग्राबेल गर्ने हो । स्वास्थ्य, शिक्षा राम्रो बनाउने हो । कृषिलाई आधुनिकारण गर्ने योजना पनि मेरो रहेको छ । यसका साथै पूर्वाधार विकामा पनि हामीले जोड दिएका छौं । जन्ताको इच्छा र चाहाना पुरा गर्ने मेरो योजना रहेको छ ।

गाउँपालिकामा ‘एक घर एक धारा’ भन्ने अभियानै चलाएका छौंं – अध्यक्ष गुरुङ्ग

गण्डकी प्रदेश अन्तर्गतको लमजुङ जिल्लामा पर्ने ‘दुधपोखरी गाउँपालिका’ एउटा सुन्दर गाँउपालिकाको रुपमा परिचित छ । सामुद्रीक सतहदेखि ४ हजार ३ सय मिटरको उचाईमा अवस्थित यो गाउँपालिकाको नाम भने यसै क्षेत्रमा रहेको दुधपोखरी कुण्डबाट साभार गरिएको हो । हिमालको काखमा रहेको दुधपोखरी धाम लमजुङको मात्र नभई देशकै पवित्र तीर्थस्थलको रुपमा पनि प्रसिद्ध छ । १ सय ५५ दशमलव ३३ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस गाउँपालिकामा ६ ओटा वडा रहेका छन् भने यहाँको कूल जनसंख्या १० हजार ९ सय ७५ रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलेको छ भन्नेलगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाले पुर्याएको असर वारे केही बताइदिनुहोस् न विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले हाम्रो गाउँपालिकामा पनि निक्कै असर पुर्यायो । सो वेला नियमित औषधि खानुपर्न विरामीहरुलाई निःशुल्क औषधी वितरण गरेका थियौं । गाउँपालिका भित्रका सबै वडामा क्वारेन्टिन स्थापना गरेका थियौं । गाउँपालिकाभित्र ५ बेडको आइसोलेसन कक्ष व्यवस्थित तरीका बाट निर्माण गरेका थियौं । विदेश र बाहिरी जिल्लाबाट आएकालाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । कोरोनाले शिक्षाका साथै विकास निर्माणका काममा पनि असर पुर्यायो । तर अहिलेको अवस्था भने सामान्य भइसकेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के छन् नि ? गाउँपालिका भित्र ठुलो योजनाको रुपमा खानेपानी योजना रहेको छ । ३ करोड रुपैयाँ बराबरको बजेटमा यो योजनातर्फ काम भइरहेको छ । विद्युतको योजना पनि छ । करिब २ करोड रुपैयाँको बजेटमा विद्युतको काम पनि भई रहेको छ । करिब ७ करोड रुपैयाँ बजेट सडक निर्माणका लागि छुट्याएका छौं । शैक्षिक विकासको लागि १ करोड रुपैयाँ बजेट छ भने स्वास्थ्य क्षेत्रमा १ करोड २० लाख रुपैयाँ बजेट छ । गाउँपालिकामा गरिएका विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् जस्तो लाग्छ ? गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणका कामहरु प्रभावकारी नै छन् । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भईसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? म निर्वाचित भएर आईसकेपछि गाउँपालिकामा धेरै परिर्वतन आएको छ । निर्वाचित हुनुभन्दा अगाडि गाउँपालिकाको सबै ठाउँमा सडक पुगेको थिएन । खानेपानीको राम्रो व्यवस्था थिएन । बजेटको आकार सानो थियो । स्वास्थ्य सेवातर्फ सर्वसाधारणको पहुँच खासै थिएन । कर्मचारीहरु थेरै थिए । नीति नियम कानुन राम्रो थिएन । विद्यालयका भवनहरु व्यवस्थित थिएनन् । म निर्वाचित भएर आइसकेपछि गाउँपालिकाको स्वास्थ्य, शिक्षा, खानेपानी, सडक लगायतका क्षेत्रमा व्यापक परिवर्तन आएको छ । विकास निर्माणका निक्कै काम गरिसकेका छौं । सडक निर्माणको काम भईनै रहेको छ । प्रथामिक स्वास्थ्य सेवा सञ्चालन भएको छ । गाउँपालिका भित्र ३० वटा विद्यालयहरु छन् । विद्यालय भवनको निर्माण भएको छ । ‘एक घर एक धारा’ अभियानै चलाएका छौंं । यिनै तथ्यहरुले पनि मेरा कुरालाई पुष्टि गर्छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? रोजगारी दिनको लागि गाउँपालिकामा ठुला ठुला कलकारखाना रहेको छैन । तर सिप अनि क्षमताअनुसार युवालाई कृषि विकास र पशुपालनमा लगाएका छौं । विकास निर्माणको काममा पनि धेरै युवाहरुलाई लगाएका छौं । युवाको लागि कार्यक्रम पनि छुट्यााएका छौं । युवालाई तालिम, सिप लगायत दिनको लागि १ करोड रुपैयाँ बजेट छुट्याएका छौं । गाउँपालिकाले कृषि विकासका क्षेत्रमा के–कसरी काम गर्दै आएको छ ? हामीले कृषि क्षेत्रको विकासका लागि भनेर धेरै काम गर्दै आइरहेका छौं । यहाँका धेरैजसो नागरिकहरु खेती गर्छन् । हामीले कृषि विकासको लागि अनुदानको व्यवस्था मिलाएका छौं । यहाँ कृषि प्राविधिकहरु पनि रहेका छन् । मकै, धान, कोदो जस्ता उत्पादन गाउँपालिकामा हुने गरेको छ । केहि विउहरु निःशुल्क रुपमै वितरण गर्दै आएका छौं । बेमौसमी तरकारीको विउ गाँउपालिकाले निःशुल्क उपलब्ध गराउँदै छ । हाम्रो गाउँपालिकामा आलुको उत्पादन मनग्गे हुने गरेको छ । आलुको विउ हामीले ५० प्रतिशत अनुदानमा दिएका छौं । कृषकको लागि कृषि सम्बन्धि तालिमको योजना बनाएका छौं । गाँउपालिकाले सकेसम्म कृषिलाई आधुनिकिकरण गर्ने सोच बनाएको छ । कृषकहरुले पशुपालन पनि गर्ने गरेका छन् । तपार्इंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिका ठुला व्यापारीक कम्पनीे त छैनन् नै तर उद्योगको रुपमा भने कृषि उद्योग रहेको छ । कृषकले कुखुरा, भेडा, भैँसी पालन गरेका छन् । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषिलाई नै जोड दिन्छु । पशुपालनमा पनि जोड दिन्छु । तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा गाँउपालिकालाई फरक र अरु गाउँपालिकाका भन्दा विकसित बनाउने योजना रहेको छ । तर सिमित बजेट छ । गाँउपालिकामा रहेका हरेक स्वास्थ्य चौकी सञ्चालन भएका छन् । शिक्षासम्मको पहुँच सबैलाई सहज होस् भन्ने मेरो योजना रहेको छ । गाँउपालिकाका नागरिकको अवश्यकता पनि पुरा गर्ने सोच बनाएका छौं । स्वास्थ्य अनि शिक्षा क्षेत्रलाई राम्रो बनाउने योजना छ । तपाईंले गरेको कार्य प्रति तपाई कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? म सन्तुष्ट नै छु । मैले गरेको कममा जनताको गुनासो आउने गरेको छैन । नगारिकहरु सन्तुष्ट भएकोले पनि होला म पनि सन्तुष्ट भएको । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? खासै ठुलो समन्वय त भएको छैन भन्दा पनि हुन्छ । प्रदेश सरकारबाट समपुरक बजेट आउने गरेको छ । विकास निर्माणको काममा सामान्य सहयोग मिलेको भएपनि ठुलो योजना तथा कार्यक्रमहरु प्रदेश सरकारले ल्याउन सकेको छैन । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य समस्या आई पर्छ । विकास निर्माणका काममा पनि समस्या आउँछ । जनताको अपेक्षाको तुलनामा बजेटको आकार भने सानो छ । विकासनिर्माणका धेरै कामहरु गर्न बाँकी नै छ । धेरै ग्रामीण भुभाग रहेकोले गाउँपालिकामा जनसंख्या थोरै छ । नेपाल सरकारले जनसंख्याको आधारमा बजेट पठाउने गरेको छ । स्थानिय स्रोत साधनको कमी छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? जनसंख्याको आधारमा बजेट आउने गरेको छ । समपुरक बजेट पठाउने गरेको छ । केन्द्रबाट हामीले सोचे अनुसारको बजेट आउने गरेका छैन । विकास निर्माणको काममा केन्द्रले धेरै सहयोग पुर्याएको छैन । ठुला कार्यक्रम र योजना केन्द्र सरकारले ल्याउन सकेको छैन ।