नेपाल चलचित्र कलाकार संघको भवन शिलान्यास

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको भवन चन्द्रागिरी नगरपालिकाको स्यूचाटारस्थित खड्का गाउँको थानेटारमा शिलान्यास गरिएको छ । एक समारोहका बीच शहरी बिकाश मन्त्री कृष्णगोपाल श्रेष्ठले भवनको शिलान्यास गरेका हुन् । कार्यक्रममा मन्त्री श्रेष्ठले कलाकार संघले पनि आफ्नै भवन निर्माण गर्न लागेकोमा खुसी ब्यक्त गरे । ‘मेरो क्षेत्रमा कलाकारहरुले आफ्नो संस्थाको भवन निर्माण गर्न लाग्नु भएको छ । मेरो लागि त्यो भन्दा खुसीको कुरो अरु के हुन सक्छ र’ मन्त्री श्रेष्ठले भने ‘तपाईहरु के कति सक्नुहुन्छ गर्दै गर्नुस् । पुरा गर्ने जिम्मा मेरो भयो ।’ मन्त्री श्रेष्ठले कलाकार राष्ट्रका गहना भएकोले उनीहरुको काममा सघाउनु सबैको दाईत्व रहेको बताए । कलाकार संघको ३३ वर्षको इतिहासमा आज हामी चलचित्रकर्मीका लागि ऐतिहासिक र महत्त्वपूर्ण शुभ दिन बन्न पुगेको छ । पूर्व अध्यक्षहरु, कार्यसमितिका मित्रहरु लगायतको प्रयास र विशेष महत्त्वपूर्ण योगदान तथा भवन निर्माण कोष खडा गर्ने अध्यक्ष रामकेशर बोगटी लगायत कोष सहयोगी सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु, संघका अध्यक्ष खड्काले भनेका छन्- ‘उक्त रकमबाट दुई दिन अगाडि मात्रै जग्गा खरिद गरि भवन शिलान्यास गरिएको हो ।’ कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले सबैको सहयोगबाट संघको भवन शिलान्यास हुन सफल भएको बताए । उनले आगामL दिनमा पनि सबै पक्षको सहयोगको अपेक्षा रहेको भनाई राखेका थिए । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, बरिष्ठ हास्य अभिनेता हरिबंश आचार्य, कृष्ण मल्ल, रमेश बुढाथोकी, दिनेश डिसी, मदु कुमार श्रेष्ठ, शम्भु निरौला, कृष्ण ढुंगाना, चलचित्रकर्मी महासंघका अध्यक्ष खगेन्द्र राई, चलचित्र संघका अध्यक्ष मदुसुधन प्रधानलगायतको कार्यक्रममा उपस्थितl रहेको थियो ।

हलिउड चलचित्र ‘अनहिन्ज्ड’ डिशहोम सिनेमाघरमा

काठमाडाैं । डिशहोमको सिनेमाघर ईन्टरनेशनलमा पुस ६ गतेदेखि हलिउड चलचित्र “अनहिन्ज्ड” रिलिज हुँदैछ । याे चलचित्र दर्शकले पुस ६ गतेदेखि दैनिक ६ शो हेर्न सक्नेछन् । जुन बिहान ७ र १० बजे, दिउँसो १ र ४ बजे बेलुकी ७ बजे र १० बजेकाे समयमा हेर्न पाइने छ । सिनेमाघर ईन्टरनेशनल च्यानल नंं ९९९ ले भाषा छनौट गरेर हेर्ने सुविधा पनि थप गरेको छ । अर्थात हलिवुड चलचित्र “अनहिन्ज्ड” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने छानेर हेर्न सक्नेछन् । दैनिक ६ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिवुड चलचित्र “अनहिन्ज्ड” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ । डिशहाेमले नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा शुरुवात गरेको हाे ।

‘खुकुरी म्युजिक नेसन’ प्रतियोगिता हुँदै, विजेताले ११ लाख रूपैयाँसहित विभिन्न अवसर पाउने

काठमाडौं । खुकुरीले नेपाली संगीतको विरासतलाई निरन्तरता प्रदान गर्न तथा अँग्रेजी नयाँ वर्ष २०२१ को शुभारम्भ गर्न “खुकुरी म्युजिक नेसन” प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । यस अभियानमा नेपालका ख्याति प्राप्त स्थापित कलाकारहरुका साथै उदयमान कलाकारहरुको प्रस्तुति रहनेछ, जसले नेपाली संगीत र नेपाली कलाकारहरुको उत्थान, प्रवद्र्धन एवं प्रोत्साहनमा सहयोग पुर्याउनेछन् । खुकुरी रमले आफ्नो वेबसाइट मार्फत् एउटा प्रतियोगिता संचालन गर्नेछ, जहाँ आवेदकहरुले आफू भित्र रहेको सांगीतिक प्रतिभाको भिडियो अपलोड गरेर प्रस्तुत गर्न सक्नेछन् । प्रतियोगिताको निर्णायकहरुमा चर्चित स्टारहरु-विपुल क्षेत्री, समृद्धी राई र सबिन राई (नेपाली लोकप्रिय ब्याण्ड सबिन राई एण्ड द फारोबाट) रहनेछन् । यसरी भिडियो अपलोड गर्ने प्रतिभाहरु मध्येबाट टप १६ प्रतियोगीहरुको नाम यही २०२१ जनवरी १ तारिखमा आयोजना हुने खुकुरी देशको संगीतको प्रत्यक्ष सांगीतिक कार्यक्रमबाट उद्घोष गरिनेछ । जनवरी १ तारिखमा सम्पन्न हुने सांगीतिक कार्यक्रममा ख्याति प्राप्त नेपाली कलाकारहरु कबवेब, समृद्धी राई, विपुल क्षेत्री, सबिन राई एण्ड द फारो, द एक्स ब्याण्ड र द इलिमेन्ट्सले पनि प्रस्तुति दिने छन् । हालको कोभिड परिस्थितिको कारणले गर्दा खुकुरी देशको संगीत कार्यक्रममा प्रत्यक्ष उपस्थिति रहने छैन तर यो कार्यक्रम नेपालमै पहिलो चोटी यसप्रकारको कार्यक्रम हुनेछ, जुन बृहत् अनलाइन कन्सर्ट गरेर गरिनेछ र २०२१ फेब्रुअरी २१ मा गरिने घोषणासँगै नेपाली संगीतमा नयाँ नेपाली संगीत स्टारको उदयहुनेछ भने ती विजेताले ११ लाख रूपैयाँ बराबरको खुकुरी म्यूजिकलसँगको करार प्राप्त गर्नेछ अनि विभिन्न कलाकारहरुको साथमा नेपालमा आफ्नो प्रस्तुतिको अवसर पनि उसलाई हुनेछ । यो कार्यक्रमको बारेमा बताउँदै खुकुरी रमको तर्फबाट कार्यक्रम मैनेजर श्रीदाशाहले भनिन् “खुकुरी रम नेपाली संगीत र यहाँको साँगीतिक प्रतिभाहरुमा गर्व गर्दछ । हामीले वर्षैभरी विभिन्न सांगीतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै त्यस्ता कार्यक्रमहरुलाई साथ दिएका छौं, र खुकुरी देशको संगीत पनि, हामीले उदयमान नेपाली कलाकारहरु लाई उनीहरुको आफ्नो प्रतिभा प्रस्तुत गर्नका लागि एक उपयुक्त मञ्च हुने अपेक्षा राखेका छौं । कोभिड-१९ बाट उत्पन्न जटिल अवस्था हामीहरु सबैका लागि कठिन बनेको छ, संगीत उद्योग पनि त्यसको मारमा परेको छ । तर यसो भन्दैमा राम्रो संगीतसिर्जनागर्ने आकाँक्षालाई यसबाट रोकिनु दिनु हुँदैन । यसर्थ, हामी नेपालीकलाकारहरुसँग मिलेर नेपाली संगीतको उत्सवमनाउने दिशामा अग्रसर भएका छौं तर यसपटक परिस्थिति यस्तै भएकोले भर्चुअल विधि अपनाएका छौं ।” खुकुरी देशको संगीतलाई २०२१ को भव्य एवं विशाल साँगीतिक कार्यक्रम बनाउने तयारी गरिएको छ र योविभिन्न साँस्कृतिक पृष्ठभूमिबाटआएका थरी थरीका प्रतिभाहरुद्वारा प्रस्तुत हुने संगीतको विभिन्न विधाहरुको एक भव्यशो बन्नेछ । विभिन्न समुदायका व्यक्तिहरुले उनीहरुको संगीतमाउनीहरुको साँस्कृतिक प्रभावलाई कसरी दर्शाउँछन्, नेपाली संगीत कसरी मनाउँछन् र अन्ततःगर्वका साथ नेपालीको उद्घोष कसरी गर्छन् भनेर हेर्न वास्तवमै अभूतपूर्व मज्जाआउनेछ । यो प्रतियोगिता नेपाल लगायत विदेशमा रहेका सबै नेपालीहरुका लागि खुला गरिएको छ ।