सुनौलो ताराको ग्रान्ड फिनाली आज, डिशहोमबाटै प्रसारण हुने

काठमाडाैं । सुनौलो ताराको ग्रान्ड फिनाली कार्यक्रम आज डिशहोमको  रियालीटी टिभीकाे च्यानल नं. १०२ बाट  ८ः३० वजे प्रसारण हुनेछ । नेपालमा नै पहिलो पटक निम्न आर्थिक अवस्था भएका बालबालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गरेको थियो । डिशहोमले नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थाका ४०० भन्दा बढी बालबालिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्ने मञ्चको रुपमा सुनौलो तारा कार्यक्रम गरेको थियो । डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिबार देखी प्रशारण शुरु भई यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण भएको थियो । शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रम लाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुने सहभागीहरुलाई क्रमशः नगद रु ५ लाख, ३ लाख र १ लाख डिशहोमले प्रदान गर्नेछ साथमा अन्य आकर्षक पुरस्कारहरु पनि विजेताले प्राप्त गर्ने डिशहोमले जानकारी दिइएको छ ।

‘मारुनी’ अब डिशहोमको सिनेमाघरमै, यसरी हेर्न सकिन्छ

काठमाडौं । चलचित्र ‘मारुनी’ अब डिशहोमको सिनेमाघर बाटै हेर्न पाइने भएको छ । कम्पनीका अनुसार वैशाख ३१ गतेबाट डिशहोमको सिनेमाघर (च्यानल नं. ८८८)मा उक्त चलचित्र हेर्न पाइने छ । पुनम गौतमले निर्माण गरेकी यो चलचित्र हरेक दिन १० शो हेर्न पाइने कम्पनीले जनाएको छ । उक्त शो हेर्नको लागि वा चलचित्र खुलाउन ९८०११९०९९० मा फोन गर्नुपर्ने छ । त्यसपछि, ३२५०० वा ३२५८० मा एसएमएस पठाएर वा डिशहोम ग्राहक केन्द्रमा फोन गरेर वा नजिकको बिक्रेतालाई सम्पर्क गर्नुपर्ने कम्पनीले जनाएको छ ।

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाको आवेदन, को कसले दिए ?

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा १० जनाले आवेदन दिएका छन् ।  सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि गत मंगलबारसम्मका लागि अन्तिम समय तोकेको थियो । उक्त समय भित्रमा अध्यक्ष पदका लागि अभिनेता भुवन केसी, राजेश थापा, अर्जुनकुमार डंगोल, दयाराम दाहाल, ध्यानबहादुर राई, परशुराम चौधरी, सोहित मानन्धर, राजेन्द्रकुमार उप्रेती, भगवती कुमारी मैनाली र दिपक श्रेष्ठले आवेदन दर्ता गराएका छन् । व्यवसायिक कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताको आधारमा अध्यक्ष चयन गरिने मन्त्रालयले उक्त सूचनामा प्रकाशित गरे । तर विगतमा भने राजनीतिक चलखेलमा नियुक्ति हुने गरेका छन् । आवेदन दिने निर्देशक दयाराम दाहाल अध्यक्षका बलियो दावेदारको रुपमा छन् । त्यस्तै दाहाल बाहेक भुवन केसी, सोहित मानन्धर र अर्जुन कुमार पनि अध्यक्षका लागि बलियो दावेदार मानिन्छन् । अहिले नै अध्यक्ष को बन्छ भनेर भन्न सकिने अवस्था रहेको छैन । गत मंसिर २९ गते बोर्डका अध्यक्ष केशव भट्टराईको असामयिक निधन भएपछि उक्त पदले खाली रहेको छ ।