बलिउडका निर्माता करण जोहर आइसोलेशनमा

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक रहेका करण जौहर १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना देखिए पछि करण आइसोलेशनमा बसेका छन् । रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमेकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बसेको ट्वाटमार्फत जानकारी दिएका हुन् । “परिवारका सबै सदस्य र अन्य सहयोगीहरूको कोरोना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर, हाम्रा आसपासका सबै मानिसको सुरक्षाका लागि १४ दिनसम्म हामी सबैजना आइसोलेसनमा बस्दैछौं” उनले भने ।

अमेरिकन आइडलको उत्कृष्ट २ मा दिवेश पोखरेल

काठमाडौं । नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता अर्थात उत्कृष्ट २ मा स्थापित गरेका छन् । अर्थरगनको नामले अमेरिकन आइलमा आफूलाई स्थापित गरेका पोखरेल फाइनल राउन्डमा उपविजेता भएका हुन् । विजेता उपाधि  २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज भएकी छिन् । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । त्यस्तै पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै अमेरिकन आइडलमा सहभागि सबै प्रतियोगीले आफ्नो घरबाट प्रस्तुती प्रस्तुत गर्दै आएका हुन् । यसअघि २२ वर्षिय दिवेशले गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए ।  ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा दाेस्राे विजेता घाेषित भएका हुन् । सम्बन्धित समाचार : अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश

अनेसास महिला पुरस्कार स्रष्टा पाठकलाई

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको ‘अनेसास भवन भट्ट विशिष्ट महिला पुरस्कार’ यो वर्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठकलाई प्रदान गर्ने भएको छ । संस्थाका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले एक हजार अमेरिकी डलर राशिको सो पुरस्कार दिने निर्णय गरेको छ । साहित्यकार पाठकका ‘मोहचक्र’, ‘शून्यवत’, ‘अग्नि दह’ र ‘दुस्वप्न’ कथा कृतिहरु, ‘अव्यक्त¬’ र आधा दर्जन बालकथा कृतिहरु प्रकाशित छन् । यसअघि सो पुरस्कार साहित्यकार गीता खत्रीलाई प्रदान गरिएको थियाे ।