बारामा दोस्रो खाना महोत्सव सम्पन्न, धरहरामा सेल्फि लिनेको घुईचो(फाेटाेफिचर सहित)
काठमाडाैं । ‘सडक मै खाऔ“, सडक मै रमाऔ“’ भन्ने मुल नाराका साथ प्रदेश नम्बर २ को बारामा आयोजित दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ सफलतापुर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । होटल व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्मा लामिछानेले पहिलो भन्दा यसबर्षको महोत्सव सब्य र भब्य रुपमा सम्पन्न भएको बताए । ‘यसबर्ष हामीले सबै क्षेत्रको सहयोग पायौ, त्यसकारण पनि होला अघिल्लो महोत्सवभन्दा यसबर्ष व्यवस्थित ढंगले सम्पन्न भयो’ अध्यक्ष शर्माले भने । महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न बिभिन्न उप–समितिमार्फत काम भएको थियो । खानाका विभिन्न स्टल यसबर्ष पहिलोभन्दा दोश्रो महोत्सवमा झन्डै दोब्बर स्टल राखिएको थियो । ३ दिनसम्म चलेको महोत्सवमा बिभिन्न परिकारका खानाको स्टल देख्न सकिन्थ्यो । यसबर्ष खानाका स्टलमा बिशेष परिकार जस्तै केरा, च्याउ र माछाको मम राखिएको थियो । त्यसबाहेक पनि लोकल कुखुराको मासु र ढिडो, घुङ्गि, पिजा, बर्गर, चाउमनिको पनि परिकार राखिएको थियो । यस्तै महोत्सवमा चार तारे ईच्छा होटलको पनि स्टलसहित दशै लक्षित बिभिन्न लत्ता कपडाका साथै गार्मेन्टको स्टल देख्न सकिन्थ्यो । मध्यरातसम्म तात्यो बारा दोस्रो बारा खाना तथा दशै महोत्सव २०७५ मा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाएका छन् । ३ दिने महोत्सवमा नेपालका चर्चित गायक राजनराज सिवकोटी, रामजि खाड, दुर्गा खरेल, कमल के. क्षेत्री, सम्झना लामिछाने मगर, दिनेश काफ्ले, विकास पाण्डे, प्रदिप त्रिपाठी, सुनिल पण्डित, देवेन्द्र कार्की, संतोष देउजा लगायतले मध्यरातसम्म आफ्नो प्रस्तुती देखाए । हजारौ दर्शकको उपस्थितिमा सिमराको एयरपोर्ट रोडमा राष्ट्रिय स्तरका कलाकारहरुले धमाकेदार प्रस्तुती देखाउदा बाराको माहोल नै तातिएको थियो । ‘चाडपर्वको समयमा आफ्नै जिल्लामा आएर बिभिन्न खानाको परिकारसंगै संगितमा झुम्न पाउदा निकै खुशि लागेको छ’ काठमाण्डौबाट महोत्सव हेर्न सिमरा आएका डुमरवाना निवासी किशोर साहले भने । महोत्सवमा बिभिन्न समुदायको नृत्यसमेत प्रस्तुत गरिएको थियो । साथै पनाम ब्याण्डसहित स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती देखाएका थिए । ३ दिनमा ५० हजार दर्शक ३ दिनको अवधीमा ५० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव हेर्न बारासहित छिमेकी जिल्ला पर्सा, रौतहट, मकवानपुरबाट समेत दर्शकहरु सिमरा आएका थिए । महोत्सव स्थल सिमराको एयरपोर्ट रोड बेहुलीझै सिंगारिएको थियो । महोत्सवको पुर्व संध्यामा कार्यक्रम बारा खाना तथा दशै महोत्सव २०७५ को पुर्व संध्यामा साईकलिङ कार्यक्रम आयोजना गरिएको थियो । विश्व पर्यटन दिवसको अवसर पारेर संघले आयोजना गरेको कार्यक्रममा झन्डै डेढ सय जनाले साईकलिङ गरेका थिए । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएको साईकलिङमा बारासहित छिमेकी जिल्ला मकवानपुरबाट समेत साईकल यात्रुहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरीका डिआईजीदेखि शिक्षकसम्मले साईकिङ गरेका थिए । जीतपुरसिमरा उप–महानगरपालिका वडा नम्बर ७ स्थित जीतपुरको गढिमाई मन्दिरबाट शुरु भएको साईकलिङ अमलेखगञ्जको हात्तिसारमा पुगेर अन्त्य भएको थियो । साईकल यात्रुहरुले गढिमाई मन्दिरबाट झन्डै २२ किलोमिटर दुरीमा रहेको हात्तिसार सहजै तय गरेका थिए । ९ बर्षदेखि ६५ बर्षसम्मका बृद्धले साईकलिङ गर्दा कार्यक्रमको माहोलनै तातिएको थियो । यसअघि विश्व पर्यटन दिवसको अवसरमा आयोजित ३ दिने कार्यक्रमको पहिलो दिन काठमाण्डौबाट सिमरा आउने पहिलो बिमानका सम्पुर्ण यात्रुहरुलाई फुलमाला लगाएर सम्मान गरिएको थियो भने दोश्रो दिन पर्यटन प्रवद्र्धनमा युवाहरुको भुमिकाको बिषयमा अन्र्तकृया कार्यक्रम आयोजना गरिएको थियो । धरहरामा सेल्फि लिनेको घुईचो महोत्सव स्थल सिमरामा काठमाण्डौको झल्को दिने धरहरा राखिएको थियो । महोत्सवको आकषर्ण स्वरुप लामो समयदेखि मेला महोत्सव गर्दे आएको हाम्रो समन क्याम्प सिमराले कार्यक्रम स्थलमा धरहरा राखेको हो । कार्यक्रम स्थलमा धरहरासंगै बिभिन्न रंगले रंगिएको रंगोली बनाईएको थियो । महाभुकम्पले भत्काएपछि सम्झना स्वरुप महोत्सवमा राखिएको धरहरामा सेल्फि लिनेको तिनै दिन घुईचो लागेको थियो । खाना महोत्सव महोत्सवमा आयोजकको रुपमा होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २, प्रर्वधकको रुपमा नेपाल पर्यटन बोर्ड, काठमाण्डौ, मुख्य सहयोगीको रुपमा जीतपुरसिमरा उप–महानगरपालिका, बारा, सह–आयोजकको रुपमा नेपाल मत्स्य व्यवसायी संघ बारा, सामुदायीक बिकाशसिल क्लब सिमरा बारा, नव दुर्गा युवा क्लब सिमरा बारा रहेको थियो । यसैगरी महोत्सवको मुख्य प्रायोजकको रुपमा गार्खा ब्रूअरीको उत्पादन टुर्बग र कलाकार व्यवस्थापनमा साङ्गितक कला मञ्च बारा रहेको थियो ।
आइआइएम एस कलेजद्धारा दशै कार्निभल आयोजना
काठमाडाैं । आइआइएम एस कलेजद्वारा प्रत्येक वर्ष आयोजना गर्दै आएको दशै कार्निभल यस वर्ष राष्ट्रिय स्तरमा दशै कार्निभल तथा नेपाल फुड फेस्टिभलको रुपमा ‘यूनाईटिङ नेपाल थ्रु अ प्लेट’ को नाराका साथ सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा नेपालका ७ वटै प्रदेशका पारम्पारिक भोजनहरुलाई समावेश गराइनुका साथै विभिन्न स्टलहरुबाट विविध मनोरोञ्जक खेलहरु खेलाइएको थियो । फुड स्टलहरुमा राखिएका परिकारहरुमा तराइको भक्का, नेवारी खाजा, दुप्का, सुदुर पश्चिमको छाच तथा पाल्पाली खानामा दर्शकहरुको आकार्षण थियो । कार्यक्रमको थप आकर्षण विभिन्न सञ्कृति झल्काउने प्रस्तुतिहरु दुर्गा नाच, कुमारी, घिमे नाच, लाखे नाच, मारुनि नृत्य, कौडा नाच, हुडकेली नाच तथा विद्यार्थीहरुका विविध सांगीतिक प्रस्तुतिहरु रहेका थिए । कार्यक्रममा विद्यार्थीहरुद्वारा नेपालका विभिन्न जनजातीहरुका सस्कृति र भेषभुषा चिनारी गराउने उद्देश्यले कल्चरल र्याप वाल्क गरेका थिए । कार्यक्रमको अन्ततिर विशेष प्रस्तुतिका रुपमा केन्जल एण्ड व्याण्ड तथामंकी टेम्पल व्याण्डको वेजोड प्रस्तुतिहरुले ठूलो संख्यामा विहानै देखि उपस्थिति भिडलाई थप उर्जा दिदै सांगितिक माहोललाई नय ाँउचाईमा पु¥याएको थियो । कार्यक्रममा काठमाडौं क्षेत्र नं. ७ का सभासद रामविर मानन्धरको विषेश उपस्थिति रहेको थियो । कार्यक्रममाउपस्थितदर्शककाअनुसार उक्तकार्यक्रम परम्परा र आधुनिकताको एक सफल सम्मीश्र्रण रहेको वताएका थिए ।
मिस्टर नेपाल वर्ल्ड २०१८ को विजेता चितवनको बिकल्प श्रेष्ठ
काठमाडौं। २००१ बाट नेपालमा सुरु हुदै आएको मिस्टर वर्ल्डको फ्रेनचाईज शो नेपालमा होटल अन्नपूर्णमा मिस्टर नेपाल २०१८ समपन्न भएको छ। एक्पोस नेपालबाट आयोजना गरिएको र सुजुकी टाईटल स्पोन्सर रहेको मिस्टर नेपाल को फाइनल असोज १३ गते भएको कार्यक्रममा १८ जना सहभागिता थिए जस मध्ये मिस्टर नेपाल लगाएत ८ वटा टाइटलमा सहभागी बिजेता भएको छन जसमा मिस्टर नेपाल वर्ल्ड २०१८ बिकल्प श्रेष्ठ, मिस्टर नेपाल युनिभर्स एम्बास्डर २०१८ सुसान महर्जन, मिस्टर नेपाल म्यान अफ द यियर सन्दिप केसी, मिस्टर नेपाल ईन्टरनेसनल २०१८ प्रदिप न्यौपाने, मिस्टर नेपाल मेन याटिट्युड २०१८ चन्दन चौधरी, एक्पोस नेपाल टुरिसम एम्बास्डर २०१८ सागर परियार,एक्पोस नेपाल युथ एम्बास्डर सबिन बराल र एक्पोस नेपाल स्पोर्टस एम्बास्डर दिपेस श्रेष्ठले हात परेका छन्। मिस्टर नेपाल का सी. इ.ओ अर्चना बस्नेतले कार्यक्रम अहिले सम्मको सबैभन्दा राम्रो र उत्कृष्ट साथै निष्पक्ष नतीजा भएको र यस्तो कार्यक्रमले समाजमा रहेको प्रतिभा बाहिर आउने र समाज मा परिबर्तन गर्न यस्तो कार्यक्रमले मदत गर्ने साथै चितवनबाट आउनु भइ बिजेता हुनु भएकोमा मिस्टर नेपाल को बिजेता बिकल्प श्रेष्ठ लाइ धन्यबाद ज्ञापन गरिन्। त्यस्तै मिस्टर नेपाल का बिजेता बिकल्प श्रेष्ठलाइ सुजुकी को चाबी दिदै सुजुकी का मार्केटिंग म्यानेजर नबराज कोइरालाले समाजमा लुकेको को प्रातिभालाई बिश्व सम्म पुर्याउन पाउँदा हामीलाई धेरै खुसी लागेको बताए । नेपालको सान रहेको मिस्टर नेपाल जस्तो कार्यक्रममा निरन्तर सहयोग गर्दै अगाडी बढने कोइरालाले बताए। यसपालीकोको मिस्टर नेपाल बिजेताले मिस्टर वर्ल्ड २०१९ मा सहभागी हुन पाउनेछन।