यसकारण सफल भइन् मिस नेपाल श्रृंखला
काठमाडौं । यतिखेर मिस वल्र्डमा मिस नेपाल श्रृंखला खतिवडाको निरन्तरको सफलतासँंगै सफलताका कारणहरु खोज्न थालिएको छ । चीनमा हुने मिस वल्र्डमा नेपालकोतर्फबाट सहभागी भई हाल चीनमा रहेकी मिस नेपाल २०१८ श्रृंखलाका सफलताका कारणहरु केके होलान् भनेर खोजीनीति सुरु भएको छ । मिस नेपाल श्रृंखलाले चीनमा जारी मिस वर्ल्ड अन्तरगत मल्टिमिडिया दुई वटा अवार्ड हात पारिसकेकी छन् । खतिवडाले ब्यूटी विद अ पर्पस र मल्टी मिडियाको अवार्ड हात पारिसकेकी छन् । यससँगै अन्तिम ३० मा उनको स्थान सुरक्षित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा श्रृंखलाले एक सय १९ देशका प्रतिस्पर्धीहरुलाई उछिन्दै सो महत्वपूर्ण अवार्ड जितेकी थिइन् । नेपालकी प्रतियोगीले यो अवार्ड जितेको पहिलो पटक हो । बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वर्ल्डको आधिकारिक इन्टाग्राम पेजमा जनाइएको छ । मिस नेपाल श्रृंखलालाई नजिकबाट चिनेका गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल श्रृखलाको सफलताको एउटा कारण उनको बौद्धिकता रहेको बताउँंछन् । श्रृखंला उनको कम्पनी गोर्खा इको प्यानलका व्राण्ड एम्वेसडर हुन् । ईन्जिनियर दुवाल भन्छन्, ‘अरु मिस नेपालहरु सायद शाररीक सौदयर्तामा केन्द्रित होलान्, तर मिस नेपाल श्रृखंलासँंग थप बौद्धिकता पनि तीक्ष्ण छ ।’ श्रृंखलाको सफलताको एउटा वलियो आधार व्युटी विद पर्पाेज (उद्देश्यसहितको सौदर्य) रहेको उनी बताउँंछन् । मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी उनले मकवानपुरको विकट क्षेत्रको चेपाङ बस्तीमा गोर्खा इको प्यानलको प्रयोग गरी बनाइरहेको स्वास्थ्य चौकी भबनलाई बृतचित्र बनाई लगेकी थिइन् । आफ्नो पहलमा स्वास्थ केन्द्र स्थापना गरेर स्थानीय बालबालिकाहरूको उपचारमा सहयोग पुयाएको अभियानलाई उनले बृतचित्रमा समेटेकी छिन् । यही मंसिर २२ गते शनिवार ९ डिसेम्बरका दिन चीनको सान्यामा सञ्चालन हुने मिस वल्र्ड–२०१८ मा सहभागिता जनाउन चीनमा रहेकी श्रृंखला आफैंले पनि आफनो सफलताको कारण आफूले लगेको व्युटी विद् पर्पाेज भनिरहेकी छिन् । मिस वल्र्ड अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली श्रृंखलाले मिस वल्र्डको उपाधि नै जित्न सक्ने अनुमान गरिरहेका छन् । व्युटी विथ पर्पाेज (उद्देश्यसहितको सौदर्य) भन्ने नाराकासाथ हरेक वर्ष हुने मिस वल्र्ड प्रतियोगितामा नेपाली सहभागी मिस नेपालहरुले यसरी नै कुनै न कुनै उद्देश्य लिएर जाने गर्दछन् । प्रतिस्पर्धीहरुको मूल्यांकनको एउटा आधार उनीहरुले लिएर गएको यही व्युटी विथ पर्पाेज पनि हुने गर्दछ । प्रोगितामा प्रत्येक देशबाट प्रतियोगी सुन्दरीहरुले आआफनो उद्देश्य ल्याउने गर्दछन् । यो वर्ष हुने प्रतियोगितामा विश्वभरका एक सय २० वटा देशहरुका सुन्दरीहरुले सहभागिता जनाउने बताइएको छ । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले आर्किटेक्ट इन्जिनियर श्रृखलाले इन्जिनियरिंग अध्ययन संस्थान, पुल्चोक इन्जिनियरिंग क्याम्पसबाट स्नातक गरेकी हुन् ।
मल्टिमिडिया अवार्ड जितेर श्रृंखला खतिवडा मिस वर्ल्डको फाइनलमा
काठमाडौं। मिस वर्ल्डको यात्रामा रहिरहेकी मिस नेपाल श्रृंखला खतिवडा टप ३० मा पर्न सफल भएकी छिन्। मिस मल्टिमिडिया अवार्ड जितेर उनी उत्कृष्ट ३० मा परेकी हुन्। यस् अघि उनी हेड टु हेड च्यालेन्जको दोस्रो चरणमा भने सिंगापुरकी प्रतिस्पर्धी भेनिसा पेहसँग पराजित भएकी थिईन्। पराजित भएसङै खतिवडा अन्तिम ३० मा पुग्न असफल बनेको भनेर धेरै नेपालीहरु निरास बनेका थिए। तर श्रृंखलाले सबैलाई आँफु उत्कृष्ट ३० मा पर्ने सम्भावना रहेको अाफ्नो सोसल मिडिया मार्फत जानकारी गराएकी थिईन्।
अंधेरी नगरी चौपटी राजा : नेपालको वास्तविकता
काठमाडौं। प्रसिद्द भारतीय साहित्यकार भारतेदु हरिचन्दको सर्वाधिक लोकप्रिय नाटक “अंधेरी नगरी चौपटी राजा” को नेपाली अनुवाद मंसिर ७ गते देखी अनामनगरको मण्डला थिएटरमा मञ्चन भईरहेको छ। उक्त भारतीय नाटकलाई पूर्ण रुपमा नेपाली परिवेशमा भावनुवाद गरिएको छ । नाटकका नेपाली अनुवाद निर्देशन भने संगित सापकोटा र आसिस घिमिरेले गरेका हुन्। नाटकको पहिलो मञ्चन दर्शकद्धारा एकदमै रुचाईेएकोले उक्त नाटक यो दोस्रोपटक मञ्चन गरिएको हो। नाटकलाई दुई भागमा बाँडिएको छ। पहिलो भागमा ‘अँधेरी नगरी’ का जनताको दिनचर्या देखाइएको छ भने दोस्रो भागमा चाहिँ ‘चौपट राजा’ को शासन शैलीमाथि व्यङ्ग्य हानिएको छ। नाटकले नेपालको हरेक क्षेत्रेको जातजातीलाई समेटेको छ। सुमधुर संगितबाट शुरु हुने नाटकले १ घण्टासम्म लगातार तपाईंलाई बेस्सरी हसाउँछ र बिस्तारै गम्भिर बनाउँदै लैजान्छ। १ घण्टा ३० मिनेटको उक्त नाटकले हास्य शैलीमा गम्भीर सन्देश बोकेको छ। गम्भीर बिषयलाई पनि हास्यशैलीमा प्रस्तुत गर्नसक्नु नाटकको सबल पक्ष रहेको छ। अल्छिपन र मुर्खताले निम्ताउने नतिजा र सासक कमजोर हुँदा जनताले खेप्नुपर्ने दु:खलाई नाटकले मुख्य बिषयको रुपमा उठाएको छ। नाटकले पदको लागि जे पनि गर्ने हाम्रा विवेकहीन नेताहरुलाई व्याङ्ग्यात्मक चोटीलो प्रहार गर्दै जुन जोगी आए पनि कानै चिरेको वास्तविकतालाई ठ्याक्कै उतारेको छ। नाटकको सबैभन्दा बलियो पक्ष उसको संगित रहेको छ। कथामा परिस्थिती अनुसार बज्ने समय प्रतिकुल धुनले हरेक भावनालाई उर्जागर गरेको छ। धुनले तपाईंलाई एकैछिनमा हसाउँछ भने एकैछिन मै तपाईंको मनलाई अमिलो बनाउँछ। संगितिक पाटोले नाटकलाई उच्च स्तरमा पुर्याउन मद्त गरेको छ र यस कुरालाई तपाईंले बुझ्न नाटक हेर्न जानै पर्छ। नाटकको अर्को सबल पक्ष भनेको कलाकारहरुको अभिनय रहेको छ। कलाकारहरुको अभिनय क्षमताले नाटकलाई पूर्ण रुपमा न्याय दिएको छ। क्याप मोसन पिक्चर्स र कलाशी प्रोडक्सनको प्रस्तुति रहेको यो नाटक मंसिर २२ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ः३० बजे मञ्चन हुनेछ । अतिरिक्त शो शनिबार १ बजे पनि राखीएको छ । नाटकमा जीवन भट्टराई, श्रवण राना, सञ्जित प्रताप मल्ल, स्लिम जीवन, आरजेश रेग्मी, सागर दाहाल,बारात लिम्बू, दीपेन्द्र शाही, पुष्कर कार्की, प्रकु पाण्डेलगायतको अभिनय हेर्न सकिन्छ ।