बीमा प्राधिकरणमा सिएसहित ३६ जनालाई रोजगारीको अवसर
काठमाडौं । नेपाल बीमा प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशन पदसम्मका लागि कर्मचारीकाे माग गरेको छ । प्राधिकरणले आजै सार्वजनिक सूचना जारी गर्दै आन्तरिक प्रतियोगिता र खुला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना गर्न दरखास्त माग गरेको हो । अधिकृत द्धितीयस्तरको उप निर्देशक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट दुई जना र खुला प्रतियोगिताबाट एक जनाको लागि आवेदन माग गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नियुक्त हुने गरी उप निर्देशक पदकै एक जना चार्टर्ड एकाउन्टेन्ट माग गरिएको छ । सूचना प्रविधि अर्थात आइटीका लागि पनि उपनिर्देशक पदकै लागि एक जनाको लागि दरखास्त आह्वान गरिएको छ । प्रसासन तर्फ सहायक निर्देशक पदका लागि १५ जनाको दरखास्त आह्वान गरिएको छ । सहायक निर्देशक तर्फ नै कानुन तर्फ २ जना माग भएको छ । सहायक निर्देशक पदका लागि तीन जना चार्टर्ड एकाउन्टेन्ट आह्वान गरिएको छ । सूचना प्रविधि तर्फ पनि एक जना सहायक निर्देशक पदका लागि कर्मचारी माग गरिएको छ । प्रशासन तर्फै सहायक प्रथम पदका लागि १० जनाको आवेदन खुला गरिएको छ । उप निर्देशक पदका लागि न्युनतम २१ वर्ष अधिकतम ४५ वर्ष उमेर समुहका नेपाली नागरिकले आवेदन दिन पाउने छन् । त्यस्तै सहायक निर्देशक पदका लागि २१ वर्ष देखि ३५ वर्ष उमेर समुहकाले आवेदन दिन सक्ने छन् । प्राधिकरणका कर्मचारीको हकमा उमेरको हद लाग्ने छैन । सहायक निर्देशक र उप निर्देशक पदमा आवेदन दिनमा लागि तोकिएको विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेको हुनु पर्नेछ । उपनिर्देशक पदका लागि आवेदन दिने सँग ५ वर्षको अनुभव समेत हुनु पर्नेछ । सहायक प्रथम श्रेणीका लागि कम्तिमा तोकिएको विषयमा स्नातक गरेको हुनु पर्नेछ । इच्छुक आवेदकले पुस २४ गतेसम्म आवेदन दिन सक्ने छन् । [pdf id=370952]
पोर्चुगल पठाइदिने भन्दै २७ लाख ठगी गर्ने भक्तपुरका सञ्जिव आचार्य पक्राउ
काठमाडौं । विदेशमा आकर्षक तलब प्राप्त हुने लोभमा फस्दा नेपालीहरु दैनिकजसो नै ठगिँदै आएका छन् । प्रहरीमा भने न्यून उजुरी पर्ने गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केही व्यक्तिलाई पक्राउ गर्दै आए पनि ठगीको क्रम नरोकिएको विभिन्न घटनाले पुष्टि गरेको छ । पोर्चुगल पठाइदिने नाममा २७ लाख ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीबाट चार व्यक्ति ठगिएका छन् । झापाको कन्काइ नगरपालिका–७ स्थायी घर भई भक्तपुरको गठ्ठाघर बस्ने ३८ वर्षीय सञ्जिव आचार्यले यसरी विदेश पठाउने नाममा ठगी गरेको पाइएकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । घिमिरेले उमेश अधिकारीसमेत गरी चार जनालाई वर्किङ भिषामा पोर्चुगलमा आकर्षक तलब प्राप्त हुने लोभ देखाएर ठगी गरेको खुल्न आएको छ । आचायले पोर्चुगल जान रु १२ लाख लाग्ने बताएर ठगी गरेकोे खुलेको छ । यसरी पोर्चुगल गएपछि मासिक रु एक लाख कमाइ हुने भनी प्रलोभनमा पारी पटकपटक गरेर पीडितबाट रु २७ लाख असुलेको खुलेको छ । आचार्यलाई थप कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौँमा बुझाइएको छ । प्रहरीले बैंकिङ कसुर गरेको आरोपमा नुवाकोटको ओखरपौवा घर भइ काठमाडौंको तारकेश्वर बस्ने २९ वर्षीय श्रीराम घिमिरेलाई पनि बालाजुबाट पक्राउ गरेको छ । उनीमाथि चार लाख ५० हजार बिगो बराबरको बैंकिङ कसुर गरेको आरोप छ । रासस
एनआइसी एशिया लघुवित्तमा काम गर्ने अवसर, यी ५ पदका लागि माग्यो कर्मचारी
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । संस्थाले सुपरभाइजर शाखा प्रमुखका लागि ६ जना, वरिष्ठ सहायक शाखा प्रमुखका लागि ५ जना, सहायकका लागि १० जना, कनिष्ठ सहायकका लागि केही र प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो । कम्पनीले शाखा प्रमुखका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले पाैष ३ गतेभित्र आवेदन दिन सक्नेछन् ।