विदेश जादै हुनुहुन्छ, निःशुल्क सिमकार्ड लिन नभुल्नु होस्

काठमाडौं । श्रम स्वीकृति र पासपोर्टकोलाई आधार बनाइ वैदेशिक रोजगारीमा जाने नेपालीलाई सिमकार्ड वितरण गरिरहेको छ । हाइल्याण्ड इन्टरनेशनल प्रा.लि., नक्सालले विगत तीन वर्षदेखि विभिन्न देशको टेलिकमसँगको सहकार्यमा तथा नेपाल सरकारको स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई निःशुल्क सिमकार्ड प्रदान गर्दै आएको हो । मलेसिया ओमान र कतारका सिमकार्ड एयरपोट र श्रम कार्यालय ताहचलले दैनिक दुई सय सिमकार्ड वितरण गर्दै आएको छ । वैदेशिक रोजगारमा जाने श्रमिकको सहजताका लागि ध्यानमा राखेर विगत तीनवर्ष देखि हाइल्याण्ड इन्टरनेशनल प्रा.लि.ले निःशुल्क सिमकार्ड वितरण गर्दै आएको कम्पनीका अप्रेशन म्यानेजर विनोद लामाले बताए । वैदेशिक रोजगारमा जाने श्रमिकको श्रम स्वीकृतिपत्र र पासपोर्टलाई आधार बनाइ सिमकार्ड प्रदान गर्ने जानकारी दिए । नेपाल सरकारको स्वीकृति बमोजिम वैदेशिक रोजगारीमा जाने नेपाललाई गत्तव्य स्थलको सिमकार्ड वितरण गर्ने यो नै पहिलो तथा एक्लो कम्पनी हो । हालसम्म कुनै पनि देशका सिमकार्ड विक्री तथा वितरणका लागि नेपाल सरकारले अन्य संस्थालाई स्वीकृति नदिएको श्रम स्वीकृति कार्यालय ताहचलले जानकारी दिएको छ । दैनिक ताहचलबाट मात्र कतार, ओमान, मलेसियाको सिमकार्ड कम्तीमा एक सय वटा वितरण हुँदै आएको श्रम कार्यालय ताहचलमा ३ वर्षदेखि सिमकार्ड वितरण गर्दै आएका माधव पौडेलले जानकारी दिए । उनले भने ‘शुरुवातका समय दैनिक तीन सयसम्म सिमकार्ड वितरण हुन्छ ।’ विशेषगरी कतारको भोडाफोन, क्यूटेल र मलेसियाको सेलकम तथा ओमानको ओमानटेल नाममो सिमकार्डको वितरण गरिरहेको वितरक माधव पौडेलले जानकारी दिए । पछिल्लो समय सबैभन्दा बढीमात्रामा कतारको भोडाफोनको सिमकार्ड वितरण हुने गरेको कम्पनीले जानकारी दिएको छ । वैदेशिक रोजगारका लागि जाने क्रममा गन्तव्य मुलुकको विमानस्थल पुगेपछि सहजता हुन्छ ।

दक्ष कामदारका लागि अब एपबाटै जागिर, विदेशिने दिनकाे अन्त्य

काठमाण्डौँ । ‘अरबान्स नेपाल’ ले नेपालमै पहिलो लोकल होम सर्भिस एप लन्च गरेको छ । शुक्रबार काठमाण्डौँको होटल सोल्टीमा आयोजित एक कार्यक्रममा उक्त एप लन्च गरिएको हो । विशेषगरी दैनिक जीवनमा घर तथा कार्यालयमा हुने मर्मत संभारको समस्याहरुलाई मध्यनजर गर्दे यो एप लन्च गरिएको हो । अरबान्स नेपाल एउटा यस्तो एप हो जसमार्फत उपभोक्ताले आफुलाई चाहिएको दैनिक सेवाको लागि दक्ष कामदार हायर गर्न सक्नेछ, जसले सहुलियत र १५ दिनको ग्यारेन्टीका साथ सेवासुविधा उपलब्ध गराउनेछ । आफूले खोजेको बेला समाधान गर्ने ब्यक्ति नपाउने कारणलाई विशेष महत्व राख्दै, अब अनलाइनबाटै हरेक सुविधाहरु १ क्लिकमा नै घर आँगन अगाडि प्लान लिई अरबान्स नेपाल बजारमा पाइला चालेको दाबी आयोजकले गरेको छ । कार्यक्रममा अरबान्स नेपालका सिईओ तथा संस्थापक सविल खानले स्वदेशमै रोजगारीको माहोल बनाउछु भन्ने नाराका साथ आफूहरुले यो एप लन्च गरेको जानकारी दिए । खानले भने दैनिक १ हजार २ सय भन्दा बढी युवा खाडी मुलुकमा कामको सिलसिलामा पलायन हुनु पर्ने अवस्था छ । जसमध्ये ७० भन्दा बढी नेपाली रातो बाकसमा मुत्युकको रुपमा फर्कन्छन् । जब हाम्रै देशमा हामीलाई चाहिने सुविधाको माग छ भनेर सिटिभिटिबाट हजारौ दक्ष कामदारहरु दिक्षित भएर निस्कन्छन भने देशमै रोजगारको प्लेटफर्म हामी आफैले बनाउनु पर्दछ । उनले भने  किन परिवारको साथ छोडेर अर्काको देशको ४० डिग्रि घाममा आफनो पसिना बगाउने र ज्यान जोखिममा हाल्ने ? अरबान नेपाल त्यो प्लेटफर्म बनिसकेको छ । टुटलको जस्तै कमिशन मोडलमा आफु आफ्नै मालिक जस्तै काम गर्ने विकल्प आफै छान्ने सिस्टम बनाइएको छ । जसले गर्दा विचौली तथा दलालहरुले कुनै पनि मौका पाउने छैनन् , खानले भने । उनले अन्तिममा भने सरकारलाई दोष दिन छाडौ, हामी युवाले हाम्रै युवाहरुको लागी सोचौं, कसैको भरमा नबसौं ।उक्त कार्यक्रमको पूर्व सन्ध्यामा अरबान्स नेपालले युथ माइग्रेशन एण्ड इट्स् इम्प्याक्ट इन द इन्टरप्रिनरशिप कल्चर इन नेपाल विषयक प्यानल डिसकसन पनि गरेको थियो । उक्त प्यानल डिसकसनमा चौधरी ग्रुपका एक्जुकिटिभ डाइरेक्टर करुण चौधरी, ल्याटिडो लेदरका सञ्चालक विलाल अहमेद साह, टुटलका को–फाउण्डर सिक्सिड भट्ट सँगै प्रोप्रटि ३६० डिग्रिका सञ्चालक सन्तोष प्रधानले टिप्पणी गरेका थिए भने क्लियर भिजनकी प्रकृति भट्टराई बस्नेत मोडरेटर बनेकी थिइन् । साथै, अरबान्स नेपालले नेपालमै बसेर केही गर्न खोज्ने युवाहरुलाई लक्षित गरेर नेपालीले नेपालकै लागी गर्छु भन्ने नारा लिएको युट्यूबमा क्याम्पेन गर्न लागेको जानकारी पनि उक्त अवसरमा दिइयो ।

अपराधमा विदेशी नागरिकको संलग्नता बढ्दो, वर्कपर्मिटमा काम गर्नेको तथ्यांक छैन राज्यसँग

सांकेतिक फोटो काठमाडौं । पछिल्लो समय अपराधिक क्रियाकलापमा विदेशी नागरिकको संलग्नता बढ्दो क्रममा छ । नेपालमा पर्यटक भीसामा आउने र यहीँ बसेर गैरकानुनी कार्यमा संलग्न विदेशी नागरिकको संख्या बढ्दो क्रममा देखिएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार गत आर्थिक वर्ष गैरकानुनी कार्यमा संलग्न ८ सय ५७ जना विदेशी नागरिक पक्राउ परेका छन् । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ७ सय ३७ जना र आर्थिक वर्ष २०७३/७४ मा ५ सय ५५ जना विदेशी नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले नेपालमा आएर गैरकानुनी कार्य गर्ने गरेपनि आधिकारिक रुपमा कति विदेशीले नेपालमा लामो समय बस्छन् भन्ने यकिन तथ्यांक राज्यको कुनै पनि निकायसँग छैन । केही विदेशी नागरिक नेपालमा लुकेर काम गर्ने तथा गैरकानुनी काममा समेत संलग्न हुने गरेको पाइएको छ । विदेशी नागरिकले वर्क पर्मिट नलिई नेपालमा कुनै पनि प्रकारको काम वा पेशा व्यवसाय गर्न पाउदैनन् । नेपालमा काम गर्नको लागि वर्क पर्मिट दिने जिम्मेवारी श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले पाएको छ । तर, विभागसँग पनि अहिले कति विदेशी नागरिकले वर्क पर्मिट पाएर काम गरिरहेका छन् भन्ने छैन । कसैले श्रम स्वीकृति माग्न आए दिने गरेको विभाग अहिले कति विदेशी नागरिक काम गरिरहेका छन् भन्ने तथ्यांक दिन भने सक्दैन । विभागका सूचना अधिकारी सूर्यप्रसाद उपाध्याय कुन वर्ष कति विदेशीले श्रम स्वीकृति (वर्क पर्मिट) पाए भन्ने तथ्यांक मात्रै रहेको बताउँछन् । ‘कुन वर्ष कति विदेशीले वर्क पर्मिट प्रश्नमा सूचना अधिकारी उपाध्यायले भने । विभागका अनुसार गत मंसिर मसान्तसम्ममा १ हजार ६० जना विदेशी नागरिकले वर्क पर्मिट लिएका छन् । यो संख्या नयाँ वर्क पर्मिट लिने र नवीकरण गराउने सम्मको हो । गत साउनमा नयाँ र नवीकरण गरी वर्क पर्मिट लिने विदेशीको संख्या २ सय ४१ छ । यस्तै भदौमा ३ सय ४२ जना, असोजमा १ सय ५८ जना, कात्तिकमा १ सय ७१ जना र मंसिरमा १ सय ४८ जना विदेशीले नयाँ वर्क पर्मिट तथा नवीकरण गराएका छन् । अहिले नेपालमा कार्यरत विदेशी नागरिकको संख्या यति नै हो त भन्ने प्रश्नमा विभागका अधिकारीहरु जवाफ दिन सक्दैनन् । उनीहरु आफै ‘वर्क पर्मिटट लिएकाहरु केही उनीहरुकै देश गइसके होलान्, केही काम गर्दै होलान्, वा अन्य अवस्था पनि हुन सक्छ’ भन्ने विभागका अधिकारीहरुको भनाइ छ । बढ्दै अपराधको ग्राफ नेपालमा पर्यटक भीसामा आउने र गैरकानुनी कार्यमा संलग्न हुने विदेशीको संख्या बढ्दो छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापाका अनुसार विदेशी नागरिकहरु अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसार जस्ता गैरकानुनी कार्यमा संलग्नता बढ्दो छ । यस्तो गैरकानुनी कार्यमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिकालगायत देशका नागरिकको संलग्नता बढी देखिएको प्रहरीको भनाइ छ । प्रहरीले अघिल्लो साता मात्रै शंकास्पद गतिविधि गरेको अभियोगमा एकैपटक १ सय २२ जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पर्यटक भीसामा नेपाल आएर लुकेर बस्ने तथा वर्क पर्मिट लिएर बसेकाहरु पनि गैरकानुनी क्रियाकलापमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।