हिमालयन बैंकको ६४ लाख हकप्रद सेयर जारी गर्दै, ६४ करोड रुपैयाँको लगानी अवसर
काठमाडौं ५, कात्तिक । हिमालयन बैंकले प्रति साधारण सेयर एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यो बैंकले यहि कात्तिक २६ गतेदेखि खुला गर्ने हकप्रद सेयर ३० गते बन्द हुने सुचना जारी गरेको छ । बैंकले जारी गरेको यो हकप्रद सेयरमा प्रति साधारण सेयर एक सयका दरले ६४ करोड २७ लाख ३५ हजार रुपैयाँको लगानी अवसर रहेको छ । बैंकले सात सेयर बराबार एक (७ः१)को अनुपातमा हकप्रद सेयर जारी जारी गरेको छ । बैंकको हाल कायम चुत्ता पूँजी चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार को सात सेयर बराबार एक सेयरको अनुपातमा ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद जारी गरेको छ । यो बैंकले कात्तिक ९ गतेसम्म नेपाल स्टक एक्चेन्जमा कारोबार भइ कायम साविक शेयरधनीहरुको लागि सेयर निष्कासन गर्न सूचना जारी गरेको पनि उल्लेख छ । यो बैंकको प्रति शेयर बजारमा १६ सय १९ रुपैयाँमा कारोबार भइरहेको छ ।
सोल्टी होटल ५० औं बर्षमा, पोखरा र नेपालगञ्जमा चार तारे होटल बनाउँदै
काठमाडौं, ४ कात्तिक । सोल्टी होटलले पोखरा र नेपालगञ्जमा ४ तारे होटल सञ्चालनमा ल्याउने भएको छ । होटलको ५० औैं बार्षिकोत्सवका अवसरमा आयोजीत पत्रकार सम्मेलनमा सोल्टी होटलका अध्यक्ष प्रभाकर शमसेर राणाले पोखरा र नेपालगञ्जमा चार तारे होटल सञ्चालन गर्न लागेको जानकारी दिएका हुन् । नेपालगञ्जमा आगामी बैशाखबाट सञ्चालन गर्न लागिएको होटलमा ५५ करोड लगानी हुनेछ । ८१ कोठा रहेको होटलले मध्यपश्चिम तथा सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको अध्यक्ष राणाले बताए । त्यस्तै, पोखरामा निर्माण गरिने अर्काे ४ तारे होटलमा ६० करोेड लगानी हुनेछ । रिसोर्टका रुपमा निर्माण गरिने पोखराको होटलका लागि जग्गा खरिद भैसकेको पनि उनले जानकारी दिए ।
कसमस डेभलपमेन्ट बैंकले १७ हजार कित्ता हकप्रद सेयर लिलामी गर्दै
काठमाडौं, ४ कात्तिक । कसमश डेभलपमेन्ट बैंकले १७ हजार २५ कित्ता हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकले सार्वजनिक सूचना प्रकाशित गर्दै शिलबन्दी गरेर सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । गत साउन ११ देखि भदौ २९ गतेसम्म निष्काशन गरिएको हकप्रद सेयर मध्ये बिक्रि नभएका सेयर लिलाम गर्न लागिएको बैंकले जनाएको छ । बैंकले संस्थापक समुहको ४८१९ कित्ता र साधारण समुहको १२०७ कित्ता सेयर बिक्रि खरिदका लागि कात्तिक १७ गतेभित्र सिभिल क्यापिटलमा आवेदन दिन सकिने जनाएको छ । न्युनतम १०० रुपैंयाँ मुल्य राखेर आवेदन दिन सकिने बैंकले जनाएको छ ।