मृत्यु संस्कार अब ५ दिन, १३ दिनसम्म विधिलाई छोट्याइँदै

काठमाडौं १२, मंसिर । संस्कार सुधार समाज नेपालले अन्तिम संस्कार विधि लामो भएको भन्दै त्यसलाई ५ दिनमा झार्नुपर्ने जनाएको छ । काजकिरियालाई समय सान्दर्भिक बनाउनुपर्छ भनेर अभियानमा लागेको समाजले शनिबार पाँच दिने अन्त्य पद्धती पुस्तक सार्वजनिक गर्दै काजकिरिया अवधिलाई शास्त्रसम्मत घटाउने विकल्प प्रस्तुत गरेको हो । ‘मृत्यु संस्कार सुधार हो हाम्रो संकल्प, दस दिनको ठाउँमा तीन दिने विकल्प’ नाराका साथ लागेको समाजले काजकिरिया अवधि पाँच दिनमा झार्नुपर्ने अभियानलाई देशब्यापी बनाइरहेको छ । १३ दिनको काजकिराको सबै विधि पाँच दिनमा नै भ्याइने र कुनै पनि विधिलाई छोड्नु नपर्ने पनि उल्लेख छ । यस अघि पनि पाँच दिनको मृत्युसंस्कारको अभ्यास भइसकेको र समाजमा सकारात्मक सन्देश प्रवाह भइसकेको उल्लेख छ । अन्नपूर्णपोष्ट दैनिकबाट ।

सिप्रदीको २४औं वर्कशपको उद्घाटन सम्पन्न, वृक्षारोपण कार्यक्रमको आयोजना

काठमाडौं, १० मंसिर । भारतीय अटोमोबाइल कम्पनी टाटाको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले आफ्नो २४ औं वर्कशपको उद्घाटन सम्पन्न गरेको छ । कम्पनीले वर्कशपको रुपमा बागडोल वर्कशपको उद्घाटन एक विषेश कार्यक्रमबीच सम्पन्न गरेको छ । सोही अवसरमा पर्यावरणीय महत्वलाई ध्यानमा राखी कम्पनीले वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको छ । वर्कशप उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स् ग्राहक सेवा इन्टरनेशनल बिजनेस हेड गणेश सेट्टी तथा टाटा मोटर्स् ग्राहक सेवा, सार्कका क्षेत्रीय प्रबन्धक अन्सुमन सामन्तको लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । उद्घाटनको क्रममा सिप्रदी ट्रेडिङ्गका सिओओ राजेशप्रसाद गिरीले बागडोल वर्कशपको बारेमा जानकारी दिदैं कमर्सियल गाडीहरुको लागि आफ्नो कम्पनीले देशभर छरिएका विभिन्न वर्कशपहरुद्वारा छिटो, छरितो एवं भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिभिल बैंक सातौँ वर्षमा, गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने

काठमाडौं, १० मंसिर । शुक्रबारदेखि सिभिल बैंक लिमिटेड सातौँ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरका दिन पारेर बैंकले वित्तिय साक्षरताको लागि प्रभातफेरी आयोजना गरेको छ । साथै, बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ । बैंकको वार्षिकोत्सव देखि १ हप्तासम्म देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरताका विभिन्न चेतना मूलक कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । साथै सो सप्ताह भित्रै देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति पनि प्रदान गरिने कुरा बैंकले जनाएको छ । इन्टरनेशनल लिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरिसकेको यस बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपछी बैंकको चुक्ता पुँजी ५ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ । यस बैंकले समाज प्रति आफ्नो जिम्मेवारी वहन गर्दै आफ्नो सेवाको परिधी र व्यवसाय वृद्धी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर मर्हजनले बताएका छन् ।