पूर्णागिरिको मेलासँगै व्यापार बढ्यो
भीमदत्तनगर, २ वैशाख । भारतको उत्तराखण्डस्थित पूर्णागिरिमा मेला सुरु भएसँगै कञ्चनपुरको भीमदत्तनगर र ब्रह्मदेव बजारमा व्यापारिक कारोबार दोब्बरले बढेको छ । फागुनदेखि जेठ महिनासम्म लाग्ने मेला अवधिमा यहाँस्थित सिद्धनाथ मन्दिरमा आउने भारतीय दर्शनार्थीका कारण व्यापार बढेको हो । “दैनिक २० हजारभन्दा बढी भारतीय तथा नेपाली दर्शनार्थी सिद्धबाबाको दर्शनका लागि आउने गरेका छन्,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष माधवप्रसाद जोशीले भने, – “किनमेलका कारण व्यापार बढेको छ ।” यहाँका व्यापारीले तीन महिनाको मेलामा कमाएको पैसाले बाँकी नौ महिना घरखर्च धान्ने गरेका छन् । अरु समय दैनिक रु चार÷पाँच हजारको बिक्री हुने गरेकामा अहिले दैनिक रु २० देखि रु ३० हजारसम्म बिक्री हुने गरेको महेन्द्रनगर बजारका व्यापारी इन्द्रबहादुर बम बताउछन् । मेलाका कारण भीमदत्तनगर भन्दा सीमावर्ती ब्रह्मदेव बजारमा व्यापार फष्टाएको छ । सीमावर्ती भारतको टनकपुरदेखि करिब ५० किलोमिटर उत्तरमा पूर्णागिरि माताको तीर्थस्थल रहेको छ । यहाँ फागुपूर्णिमादेखि जेठ महिनासम्म मेला लाग्छ । पूर्णागिरिको दर्शनपछि यहाँस्थित सिद्धनाथ बाबाको मन्दिरमा दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यताका कारण बर्सेनि हजारौँ भारतीय दर्शनार्थी यहाँ आउने गर्छन् । दर्शनार्थीका लागि मुख्य समस्या यातायातको रहेको छ । उनीहरु सहजै सिद्धनाथ मन्दिरसम्म पुग्न सक्दैनन् । “आउजाउ गर्न यातायातको असुविधा रहेछ,” – पहिलोपटक पूर्णागिरि दर्शनका लागि भारतको इलाहावादबाट आउनुभएका राधेराम गुप्ताले भन्नुभयोे – “यातायातको साधन उपलब्ध नहुँदा कतिपय दर्शनार्थी ब्रह्मदेव बजारबाटै घर फर्के ।” महेन्द्रनगरदेखि १३ किलोमिटर टाढा ब्रह्मदेव बजारमा सिद्धनाथ बाबाको मन्दिर रहेको छ । यातायात असुविधाकै कारण कतिपय दर्शनार्थी त्यहाँको मन्दिरमा दर्शन गरी घर फर्किन्छन् । थोरै दर्शनार्थी मात्र महेन्द्रनगरस्थित सिद्धनाथ मन्दिरसम्म पुग्ने गरेका छन् । पूर्णागिरि दर्शन गर्न जाने नेपालीको सङ्ख्यासमेत उल्लेख्य छ । भारत उत्तराखण्ड राज्य चम्पावत जिल्लाको टनकपुर गाविसस्थित शिवालिक चुचुरोमा पूर्णागिरि मन्दिर रहेको छ । रासस
हिउँ चितुवामा स्याटेलाइट झुन्ड्याइयो
मा स्याटेलाइट झुन्ड्याइसकिएको छ । पहिलो पटक २०७० मङ्सिर १० गते लेलेपको खम्बाछेनमा स्याटेलाइट झुन्ड्याइएको थियो जसले डेढ वर्षसम्म उसको गतिविधि देखाएको थियो । गत वर्ष दुई महिनाको पर्खाइपछि दोस्रो पटक स्याटेलाइट लगाइएको थियो । यसले एक महिना भन्दा बढी निरन्तरताको सङ्केत दिन सकेन । स्थानीयवासीको अनुभव र सक्रियताले गर्दा पासो थापेको दुई दिनमै पासोमा परेको र वैशाख १५ गते स्याटेलाइट जडान गरिएको बताइएको छ । अब अन्तिम एउटामा समेत पासो लगाई स्याटेलाइट जडान गर्ने तयारीमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत हेमराज आचार्यको भनाइ छ । नेपालकै जनशक्तिबाट गरिएकाले आफूहरु पनि उत्साही रहेको आचार्यले बताए । स्याटेलाइटका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रविधिज्ञ फिरुलाल थारु, भेटनरी सहायक पुरुषोत्तम पाण्डे र विश्व वन्यजन्तु कोष नेपालका समुन्द्र सुब्बा बाहेक अरु सबै स्थानीयवासी रहेका छन् । वन मन्त्रालयले २०७० भदौ १९ गते चार वटालाई स्याटेलाइट लगाउन कञ्चनजङ्घा संरक्षण क्षेत्रलाई अनुमति दिएको थियो । पहिलो पटक परेको हिउँ चितुवा नेपाल र भारत दुवै देशमा विचरण गरेको अध्ययनले देखाएको छ । याङ्मा क्षेत्रमा स्याटेलाइट लगाएर चीनको तिब्बतमा गए/नगएको बारे अध्ययन गर्ने प्रयास भइरहेको छ । हिउँ चितुवा विचरण गर्ने स्थानमा खाल्टो खनेर पासो थाप्ने र त्यसमा परेको सङ्केत पाएपछि बेहोस बनाएर स्याटेलाइट जडान गर्ने गरिएको छ । यसको एक महिनादेखि क्यामेरा ट्र्याप राख्ने र जनावरको गतिविधि अध्ययन गर्ने काम हुने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले बताए । चार हजार मिटरमाथिको क्षेत्रमा बस्ने यसलाई हिमालको रानी पनि भनिन्छ । यसको अध्ययन वर्षको दुई पटक चैत–जेठ तथा असोज–कात्तिक महिनामा मात्रै गर्न सकिन्छ । हिमाली क्षेत्रमा हिउँ परिरहने भएकाले अध्ययन गर्न निकै कठिन हुने गरेको बताइन्छ । रासस
सप्तरीको शम्भुनाथमा एकमहिने मेला सुरु
राजविराज, २ वैशाख । सप्तरीको प्रसिद्ध मन्दिरमध्ये शम्भुनाथ नगरपालिकामा रहेका शम्भुनाथ मन्दिरमा बुधबारबाट एकमहिने मेला सुरु भएको छ । नयाँ वर्षको सुरुवातसँगै यो मन्दिरमा प्रत्येक बर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजन पूजापाठका लागि आउने गरेको स्थानीयवासी श्रवण चौधरीले बताए । उनका अनुसार यहाँ एक महिनासम्म ठूलो मेला लाग्ने गरेको र यस मेलामा सप्तरीसहित सुनसरी, मोरङ र सिरहाबाट पूजापाठ तथा मेला भर्नका लागि आउने गरेको बताइएको छ । एक महिनासम्म लाग्ने मेलामा पूजाआजा गर्नाले वर्षभरि सुख, शान्ति र घरपरिवारमा अमनचयन प्राप्ति हुने जनविश्वास रहिआएको छ । यहाँको मेलामा एक महिनासम्म विभिन्न सांस्कृतिक कार्यक्रम हुनुका साथै नाचगान, रम्लिला लगायतका कार्यक्रम हुने गरेको छ । यस्तै सप्तरीको हनुमाननगर योगनी माई नगरपालिका–२ सकरदहीमा दुईदिने मेला सुरु भएको छ । रासस