झन्झटमुक्त बनाउने ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टू पे’

काठमाडौं । यदि तपाईं भिजा कार्ड प्रयोग गर्नुहुन्छ ? कार्ड प्रयोग गरेर कारोबार गर्नुहुन्छ ? र, कहिलेकाहीँ कार्ड घरमै छुटेर वा हराएर कारोबार गर्नबाट वञ्चित हुनुभएको छ ? अब झन्झटमुक्त हुनुस्, ग्लोबल आइएमई बैंकले ‘भिजा स्क्यान टू पे’ ल्याएको छ । ग्लोबल आइएमई बैंकले भिजा कार्डबिना नै स्क्यान गरी कारोबार गर्न सकिने सुविधासहितको प्रडक्ट ल्याएको हो । बैंकले ग्लोबल स्मार्ट प्लस मोबाइल एपबाटै भिजा कार्डको प्रयोग गरी कारोबार गर्ने प्रणालीको सुरुवात गरेको हो । संसारका अन्य देशहरूमा विगत ४/५ वर्षदेखि भिजा स्क्यान टू पे प्रडक्टको प्रयोग हुँदै आएको छ । ग्लोबल आइएमई बैंकले पनि त्यहि बेला नै नेपालमा पनि प्रयोगमा ल्याउने अभ्यास गरेको थियो । तर, विभिन्न कारणले साढे २ वर्षपछि उक्त प्रडक्ट लञ्च गर्याे । ठूलो मेहेनत र प्रयासपछि नेपाली बैंकिङमा पहिलोपटक भिजा स्क्यान टू पे प्रडक्ट ल्याएको ट्रान्जिक्सन बैंकिङ प्रमुख प्रकाश पौडेल बताउँछन् । अब मोबाइल एपमा फिजिकल भिजा कार्ड अपडेट हुने र सोही भिजा कार्डको माध्यमबाट कारोबार गर्न सकिने उनको भनाइ छ । अब फिजिकल कार्ड बोक्नु पर्ने झण्झट र कार्ड बिना नै स्क्यान गरेर भुक्तानी गर्न मिल्ने उनले बताए । ‘विगत साढे दुई बर्षदेखिको अथक मेहनत पछि नेपाली बैंकिङमा पहिलोपटक यो प्रडक्ट ल्यायौं, अब प्लास्टिकको भिजा कार्डलाई भर्चुअलको माध्यमबाट कारोबार गर्न सकिन्छ, सधैं कार्ड बोक्नु पर्ने झन्झट हट्यो,’ उनले भने । भिजा स्क्यान टू पे प्रडक्टले बैंकको कारोबारलाई मात्रै नभई देशको भुक्तानी प्रणालीमा समेत टेवा पुर्याउनेछ । फिजिकल कार्ड स्वाइप र चलाउनु पर्ने बाध्यताको अन्त्य हुँदा कारोबार समेत पारदर्शी हुने पौडेलले बताए । पछिल्लो समय क्यूआरको माध्यमबाट कारोबार गर्नेको संख्या उच्च छ । सोही मासलाई मध्येनजर गर्दै ग्लोबल आइएमई बैंकले आफ्नो भिजा कार्डलाई भर्चुअल बनाएको उनको भनाइ छ । ‘यदि भिजा कार्ड घरमै छुट्यो, बिर्सियो, हरायो भने चिन्ता लिनु पर्दैन किनकी उक्त भिर्जा कार्ड बैंकको ग्लोबल स्मार्ट प्लस मोबाइल एपमा अपडेट हुन्छ, कार्ड घरमै बिर्सेर वा हराए पनि मोबाइल एपबाटै भिजा कार्ड स्क्यान गरी भुक्तानी गर्न सकिन्छ,’ उनले भने । साथै, फिजिकल कार्ड हुँदा चोरी हुने वा स्क्यामिङ हुने सम्भावना बढी छ । तर, डिजिटलमा फड्को मारेसँगै कार्ड कपी, चोरी, स्क्यामिङबाट पनि मुक्त हुने उनले बताए । साथै, सबै ठगीलाई कम गर्न बैंकले आफ्नो प्रणालीलाई निगरानीमा राखेको उनको भनाइ छ । बैंकको भिजा कार्ड प्रयोग गरिरहेका ग्राहकहरूको मोबाइल एपमा उक्त कार्ड अटोमेटि अपडेट हुने उनले बताए । बैंकमा गएर अपडेट गराउनु पर्ने बाध्यता पनि नरहेको उनको भनाइ छ । ‘भिजा कार्ड प्रयोग गरिराख्नु भएका ग्राहकहरूको मोबाइल एपमा अटोमेटिक अपडेट हुन्छ, यसलाई सूचारु गर्न बैंकमा आउनु पर्दैन, आजदेखि नै उहाँहरूको एपमा अपडेट भइसकेको छ,’ उनले भने । हाल यस प्रडक्टलाई स्वदेशमा मात्रै कार्यान्वयनमा ल्याएको भएपनि आगामी दिनमा विदेशमा समेत विस्तार गर्ने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय भुक्तानी नेटवर्क कम्पनी भिजासँग सहकार्य गरेको हुँदा छिट्टै क्रस ब्रोर्डर गर्ने उनको भनाइ छ । डिजिटल बैंकिङमा सधैं अग्रणी भूमिका निर्वाह गर्दै आएको ग्लोबल आइएमई बैंकले आफ्ना सबै सेवालाई डिजिटल बनाइरहेको छ । यसअघि पनि थुप्रै डिजिटल प्रडक्ट ल्याइसकेको बैंकले ‘इनोभेसन’मा सधैं मेहेनत गर्ने उनको भनाइ छ । भिजा स्क्यान टू पेमा ग्लोबल आएमईले लिड गरेको भएपनि आगामी दिनमा अन्य बैंकहरूले ल्याउन सक्नेछन् । ‘सामाजिक सञ्जालबाटै बैंकिङ गर्न, स्मार्ट फोन नहुँदा पनि डिजिटल बैंकिङ अभ्यास गर्न सुरु गर्याैं, मिस्डकल बैंकिङ कारोबार गर्न सिकायौं, कर्जा लिन बैंकमा नआउनु पर्ने गरी सेवा दियौं, डेबिट कार्डमा फोटो राखेर सेवा दियौं,’ उनले भने, ‘संसारमा भुक्तानी प्रणालीमा नयाँ–नयाँ प्रडक्ट आउँदा नगदरहित समाजको परिकल्पनालाई यस प्रडक्टले पनि टेवा पुर्याउने छ ।’ साथै, बैंकले ‘इनोभेसन’मा अग्रणी भूमिका खेलेको हुँदा आगामी दिनमा ग्राहकमैत्री सेवा बनाउन भुक्तानी र डिजिटलमा समय सापेक्षा सेवा विस्तार गर्ने उनको भनाइ छ । ग्लोबल आइएमई बैंकको ‘भिजा स्क्यान टु पे’ स् कार्डको प्रयोग बिनै पेमेन्ट गर्न सकिने

एनसेल र धुलिखेल अस्पतालको टेलिमेडिसिन कार्यक्रम : स्वास्थ्य सेवा प्रणालीको डिजिटल रूपान्तरणमा क्रान्ति

काठमाडौं । एनसेल र धुलिखेल अस्पतालसँगको सहकार्यमा संचालनमा रहेको एनसेल टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम देशको स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने भएको छ । यो कार्यक्रमको सफलतासँगै बाग्मती प्रदेश सरकारले पनि टलिमेडिसिन सेवालाई अन्य अस्पताल र स्वास्थ्य केन्द्रमा पनि रेप्लिकेट अर्थात लागु गरेको छ । एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) पहल अन्तर्गत सन् २०१९ मा प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बन्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यका साथ यो कार्यक्रम शुरु गरिएको थियो । पहलको कार्यान्वयनसँगै ग्रामीण भेगका १५,००० भन्दा बढी घरधुरीका ८० हजार भन्दा बढी स्थानियवासीहरुले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका छन् । सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पताल अन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रहरु मार्फत कार्यक्रम संचालनमा रहेको छ । स्थानियहरुले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवा पाईरहेका छन् । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने, ‘यो कार्यक्रमले हामीले समुदायको विकासमा कसरी योगदान पुर्याएका छौं भन्ने उजागर गर्दछ । यसको अर्थ एनसेल नेपाल र नेपालीको सेवा र विकासमा योगदान पुर्याउन प्रतिवद्ध छ । डिजिटल राष्ट्र निर्माण र इको–सिस्टमको रूपान्तरणमा योगदान पु¥याउँदै, प्रविधि र डाटामा आधारित स्वास्थ्य सेवा विधिहरू प्रयोग गरी गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्न पाउँदा अत्यन्तै खुसी छौं ।’ यो कार्यक्रमको छुटै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो । जम अन्तर्गत कार्यक्रम संचालन भएका क्षेत्रका जन समुदायका स्थानियहरुले व्यक्तिगत स्वास्थ्य सेवा पाउछन् । सामुदायिक स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानिय मानिसहरुको स्वास्थ्य सम्बन्धी नियमित जाँच र समयमा नै आवश्यक स्वास्थ्य उपचार गर्दछन् र साथै उनीहरुको स्वास्थ्यमा सुधार गर्नका लागि तथ्याङ्कमा आधारित भई आवश्यक कार्यहरु पनि गरिन्छ । एनसेलको धुलिखेल अस्पतालसँगको यो संयुक्त पहलले देशको स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण छाप छोड्न सफल भएको छ । धुलिखेल अस्पतालका अनुसार काभ्रेको धुलिखेल नगरपालिका र पाँचखाल नगरपालिकाले पीएचपीलाई रेप्लिकेट गरेको छन् भने अन्य नगरपालिकाहरुले यसको कार्यान्वयन गर्न चासो राखेका छन् । यसैगरी, चारवटा सामुदायिक स्वास्थ्य केन्द्रहरुमा टेलिमेडिसिन सेवाको सफल संचालनपछि बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालसँगको सहकार्यमा दुईवटा ग्रामीण अस्पताल र तीनवटा स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवाको सोही मोडललाई कार्यान्वयनमा ल्याएका छन् । धुलिखेल अस्पतालका पब्लिक हेल्थ एन्ड कम्यूनिटी प्रोग्राम डाईरेमक्टर डा. विराज कर्माचार्यले भने, ‘एनसेल र धुलिखेल अस्पतालको यो सहकार्यले दुरदराजका समुदायहरुलाई स्वास्थ्य सेवाको पहुँच प्रदान गर्ने पद्धतिमा एउटा क्रान्ति नै ल्याएको छ । बाग्मती प्रदेश सरकारले धुलिखेल अस्पतालको सहकार्यमा रामेछापको मन्थली अस्पताल, रसुवाको जिवजिवे ग्रामिण अस्पताल, सिन्धुलीको लाम्पनटर प्राथमिक स्वास्थ्य केन्द्र, धादिङ्को सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र र नुवाकोटको खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रमा टेलिमेडिसिन सेवा रेप्लिकेट गरेको छ । यी अस्पतालहरु र स्वास्थ्य केन्द्रहरुका लागि धुलिखेल अस्पतालले एक हब अस्पतालको रुपमा रही सेवा प्रदान गर्दैछ र यसले १ लाख ५० हजार भन्दा बढी स्थानियहरुलाई टेलिमेडिसिन सेवाको लाभ दिनेछ ।’ अत्याधुनिक टेलिमेडिसिन किट मार्फत दुरदराजमा रहेका स्थानियहरुले आफ्नो नजिकैको स्वास्थ्य केन्द्रमार्फत आफ्नै गाउँठाउँमा धुलिखेलमा रहेका विषेशज्ञ डाक्टरहरुबाट स्वास्थ्य सबन्धी परामर्श लिन सक्छन् । उनीहरुलाई धुलिखेल अस्पताल वा नजिकैको अन्य कुनै अस्पतालमा गई रहनु पर्ने आवश्यकता रहन्न ।  

कक्षा ८ का विद्यार्थीले पनि नयाँ सिम पाउने, टेलिकमले थप्यो निःशुल्क सुविधा

काठमाडौं । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड लिएर चलाउँदा उपलब्ध हुने विभिन्न निःशुल्क सुविधा थप हुने भएको छ । त्यसैगरी कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । टेलिकमका अनुसार रिचार्ज गर्दा पाइने बोनस सुविधा समेत थप गरिएको छ । टेलिकमका अनुसार हाल ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत ३०० एमबी डाटा चलाउन, ४० मिनेट कल गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध भइरहेको छ । तर अब सो सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । यी सबै सुविधा ३० दिन सम्म प्रयोग गर्न सकिने छ। पहिले जस्तै यसमा १० रुपैयाँ ब्यालेन्स समेत उपलब्ध हुने टेलिकमले जनाएको छ । यस्तै कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रुपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि १० रुपैयाँ ब्यालेन्स हुने टेलिकमले जनाएको छ । यस्तै विभिन्न दरका एमपोस तथा फिजिकल रिचार्ज कार्डमार्फत प्रिपेड तथा पोस्टपेड मोबाइलमा रिचार्ज गर्दा डाटा बोनस पनि उपलब्ध गराइने भएको छ । अब १०० रुपैयाँको रिचार्ज गर्दा समेत डाटा बोनस उपलब्ध हुनेछ । यस अनुसार एमपोसमार्फत १०० रुपैयाँ देखि १९९ को रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० देखि ४९९ को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० वा सो भन्दा माथिको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुने टेलिकमले जनाएको छ । त्यसैगरी फिजिकल रिचार्जमार्फत १०० रुपैयाँको रिचार्ज गर्दा १ दिनका लागि १ जीबी, २०० को रिचार्ज गर्दा प्रतिदिन १ जीबीका दरले २ दिनका लागि २ जीबी र ५०० तथा १००० रुपैयाँको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिनका लागि ८ जीबी डाटा बोनसको रुपमा उपलब्ध हुनेछ । टेलिकमका अनुसार यी सबै नयाँ सुविधा आगामी पुस १ देखि प्रारम्भ हुनेछ र फागुन ३० सम्म उपलब्ध हुनेछ ।