इसेवाले फेरी ल्यायो काठमाडौंमा घर जित्ने योजना, असोजदेखि शुरु

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले फेरी पनि काठमाडौंमा घर जित्ने योजना सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन इसेवाले ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिएको हो । यो अभियान आगामी २०८० असोज १ गतेबाट सुरु भएर २०८१ असार ३१ गतेसम्म जारि रहने कम्पनी स्रोतले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो । साथै, यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउन का लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जानकारी गराएको छ । “मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले, नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन् । अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, “यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं। साथै ईसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ। यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो। यो योजना मार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुशी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन लगनशील भई काम गरिरहेको छ।” एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, ‘ईसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु।’ ‘इसेवा र ईसेवा मनि ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए । ‘यो अभियान मार्फत देशको अर्थतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने र रेमिट्यान्स सेवाको गुणस्तर र विश्वसनीयतालाई उकास्नेछ भन्ने हाम्रो विश्वास छ,’ इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने । त्यस्तै, ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले यो अभियानमा विश्वका बिभिन्न देशबाट नेपालमा पैशा पठाएर देशलाइ यतिठुलो आर्थिक योगदान पुर्‍याउनु हुने ति सहयोगी हातहरु मध्ये केहिलाई १० महिने यस अभियान मार्फत हामी विशेष रुपमा सम्मान गर्ने बताए । यसका साथै ईसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ् राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्स सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले बताएको छ । ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ईसेवा मनि ट्रान्स्फरले सेवाग्राहीलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका दुई करोड भन्दा बढी जनसंख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

एनसेलले ‘हामी तपाईंकै लागि’ थिममा १८औं वार्षिकोत्सव मनाउँदै

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आइतबार आफ्नो सेवा सञ्चालनको १८औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले आम नेपाली जनसमुदायलाई विश्वस्तरीय दूरसञ्चार सेवाहरूमार्फत जोड्दै प्रविधि र कनेक्टिभिटीको पहुँचले दिने लाभ १८ वर्षदेखि निरन्तर प्रदान गर्दै आएको छ । सन् २००५ सेप्टेम्बर १७ मा एनसेल स्थापना भएको थियो। पहिले ‘मेरो मोबाइल’ ले आफनो सेवा सञ्चालनमा ल्याउँदै यात्रा सुरु गरेको थियो । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवम् प्रबन्ध निर्देशक जाब्बीर कायुमोमले एनसेलको १८ वर्षको उल्लेखनीय यात्राका बारेमा आफ्नो उत्साह र भावनाहरू प्रकट गर्दै भने, ‘१ करोड ६० लाखभन्दा बढी नेपाली नेपालको अर्थतन्त्रको अभिन्न अंग बन्न पाएकोमा हामी गर्व गर्छौं । एनसेल सधैं नेपाल र नेपालीलाई गुणस्तरीय सेवाले जोड्न प्रतिबद्ध छ र अब हामी देशको दूरसञ्चार आवश्यकता र प्रविधि विकासलाई सम्बोधन गर्न अझै जिम्मेवार बनेका छौं । बहुसंख्यक नेपालीका लागि पाउन कठिन हुने सेवा र सुविधामा सहज पहुँच सुनिश्चित गराउने अब हाम्रो भिजन हुनेछ । ‘एनसेल हामी तपाईंकै लागि हो र अझै धेरै वर्ष निरन्तर यात्राका लागि प्रतिबद्ध छौं ।’ एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवका अवसरमा विभिन्न योजना अगाडि सारेको छ । एनसेलले आफ्नो १८औं वार्षिकोत्सवका अवसरमा सामुदायस्तरमा लागू हुने सामाजिक पहल ‘एटिन फर एटिन’ अर्थात १८ का लागि १८ कार्यक्रम सुरु गरेको घोषणा गरेको छ । यसअन्तर्गत एनसेलले ७ वटै प्रदेशका गैरनाफामूलक संस्थाहरूबाट आ–आफ्नो स्थानीय समुदायलाई हित गर्ने कुनै पनि सामुदायिक विकास परियोजनाका लागि आवेदन दिन आह्वान गरेको छ । इच्छुक संस्थाले एनसेलको वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् । निश्चित मापदण्ड र प्रक्रिया पुर्‍याएर छानिने त्यस्ता सिएसआर आयोजनाका लागि कम्पनीले प्रतिपरियोजना १० लाख रुपैयाँ प्रदान गर्नेछ । त्यस्तै कम्पनीले आफ्नो ब्रान्डको वाचा ‘आज, भोलि सधैँसँगैअन्तर्गत रही हामी तपाईंका लागि’ थिमको घोषणा गरेको छ । यस थिमअन्तर्गत एनसेलले सामाजिक कार्य अगाडि बढाउन र नेपालमा सामुदायस्तरमा सार्थक प्रभाव पार्न श्रृंखलाबद्ध विभिन्न क्रियाकलाप, सहकार्य र कार्यक्रम घोषणा गरेको छ । एनसेलले आफ्नो वार्षिक उत्सव मनाइरहेका बेला ग्राहकसँग खुनियाली बाँड्न आकर्षक अफर पनि न्याएको छ । प्रत्येक ग्राहक बिजेता बन्ने यस ‘एभ्री कस्टमर इज अ विनर’ अफरमा सबै ग्राहकले २८ दिन सम्म केही न कही गिफ्ट पाउनेछन । यस अफरमा *१७११७# डायल गर्ने ग्राहकहरूले दैनिक, साप्ताहिक र बम्पर उपहारहरू प्राप्त गर्न योग्य बन्छन्। दैनिक उपहारमा ग्राहकले एनसेलका सेवा कुनै पनि शुल्क बिना प्राप्त गर्न सकछन्। प्रत्येक साता एनसेलका १ हजार ग्राहकले एक सय रुपैयाँ ब्यालेन्स पाउनेछन् र अफरको अन्त्यमा सात जना भाग्यशाली ग्राहकले ७ वटा स्कुटर पाउनेछन्। साप्ताहिक र बम्पर उपहार प्राप्त गर्न ग्राहकले अफर अवधिभरि एनसेल सेवा प्रयोग गरेको हुनुपर्छ र एनसेलबारे रचनात्मक नारा एनसेल एप या एनसेल वेबसाइटमार्फत एनसेलसँग पठाउनुपर्नेछ । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी ‘सिएनआर र बिम हामी तपाईंकै लागि’ अन्तर्गत एनसेलले राष्ट्रिय प्यारालम्पिक समिति, नेपालसँग सहकार्य घोषणा गरेको छ। जसअन्तर्गत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा नेपालको प्रतिनिधित्व गर्ने प्यारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्नेछ। यस सहकार्यअन्तर्गत एनसेलले राष्ट्रिय खेलाडीको समग्र तालिम र विकासका लागि उनीहरूलाई आवश्यक पर्ने आहार र पोषण वर्षभरि सुनिश्चित गर्न सहयोग प्रदान गर्नेछ । दिगो विकासका लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने कम्पनीको प्राथमिकता अनुरुप एनसेलले लामो समयदेखि सिएमआरलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । विगत १८ वर्षमा एनसेलले शिक्षा, वातावरण र स्वास्थ्य लगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनाहरूमा १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । सबैभन्दा ठूलो करदातामध्ये एकका रूपमा, एनसेलले अर्थतन्त्रमा प्रभावकारी योगदान पुयाउँदै आएको छ र आफ्नो स्थापनाकालदेखि आर्थिक वर्ष २०७८/७९ सम्ममा कर र शुल्कवापत २ खर्ब ८३ अर्ब रुपैयाँभन्दा बढी तिरिसकेको छ । कम्पनीले ‘तपाईंकै लागि’ थिम अन्तर्गत १८औं वार्षिकोत्सवका अवसरमा अन्य कार्यक्रम पनि आयोजना गरिने जनाएको छ। मानव विकास सूचकांक न्युन भएका क्षेत्रमा स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, लैनचौर मैदानमा मैत्रीपूर्ण फुटबल खेल, ग्राहकसँग अन्तरक्रिया गर्न सेलिबेटीहरुको एनसेल सेन्टरमा भ्रमणलगायत कार्यक्रम आयोजना गरिनेछन्।

हरितालिका तीज र संविधान दिवस लक्षित टेलिकमको ‘चाडपर्व अफर’

काठमाडौं । यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अफर भाद्र ३१ गतेदेखि प्रारम्भ हुनेछ र आगामी असोज ६ गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत ४९ रुपैयाँमा १ दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ । त्यसैगरी ९८ रुपैयाँमा ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक उपलब्ध हुनेछ । यसबाहेक, १९९ रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डाटा प्याक र २९४ रुपैयाँमा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा प्याक उपलब्ध हुने कम्पनीले जनाएको छ । यस्तै, ३९९ रुपैयाँमा १५ दिन सम्म प्रयोग गर्न सकिने ३० जीबी डाटा प्याक उपलब्ध हुने बताइएको छ । यही अफर अन्तर्गत ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिन सम्म चलाउन सकिने समयावधि तोकिएको छ । यस प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।