कपडा उद्योगीलाई सरकारको राहतः भन्सार घट्यो, ५ प्रतिशत ब्याज अनुदान र निर्यातमा अनुदान पनि
काठमाडौं । सरकारले कपडा उद्योगीहरुलाई बिशेष राहत दिने निर्णय गरेको छ । मंसिर २४ गते सोमबार बसेको मन्त्रिपरिषदले कपडा उद्योगका लागि आयात गरिने मेसिनरी, स्पेयर पार्टस् र केमिकलहरुको आयातमा १ प्रतिशत मात्रै भन्सार लिने निर्णय गरेको हो । यसअघि त्यस्ता समान आयातमा १ देखि १५ प्रतिशतसम्म भन्सा शुल्क लाग्दै आएको थियो । त्यस्तै, सरकारले कपडा उद्योगहरुले लिएको र अब लिने बैंक ऋणमा ५ प्रतिशत ब्याज अनुदान दिने निर्णय पनि गरेको छ । त्यस बाहेक ५० प्रतिशत मूल्य अभिवृद्ध गरि निर्यात गर्ने उद्योगहरुलाई कुल निर्यातको ५ प्रतिशत नगद अनुदान दिने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, सरकारी निर्णयबाट खरिद हुने कपडाहरु स्वदेशी उद्योगीबाट मात्रै खरिद गरिने निर्णय पनि सरकारले गरेको प्रवक्ता गोँकुल बास्कोटाले बताए ।
हेटौँडा सिमेन्ट उद्योग ३३अाैँ वर्षमा प्रवेश, वार्षिक २० करोड नाफा कमाउन सफल
काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगले आफ्नो ३३ औँ वार्षिकोत्सव मनाएको छ। लामो समयदेखि घाटा बेर्होदै आएको हेटौँडा सिमेन्ट उद्योग हाल निरन्तर प्रगति पथमा लम्किरहेको छ । थप क्षमता सुधारका लागि १ सय करोड बजेट आवश्यक पर्ने प्रशासन विभागका प्रमुख गणेश कोइरालाले बताएका छन् । वि सं. २०७१ साल यता उद्योगले वार्षिक रु १८ देखि २० करोड मुनाफा आर्जन गरिरहेको छ । वि.सं. २०३२ सालमा स्थापना भएको यस उद्योगले ०४२ देखि उत्पादन शुरु गरेको हो । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा हेटौँडा उपमहानगरपालिका-९ सुचारू गरेकाे थियाे । जर्मन मोडलको उत्पादन प्रविधि रहेको उक्त उद्योगमा सिमेन्ट उत्पादनका दृष्टिले विश्वमै उत्कृष्ट रहेको बताउँदै अत्यधिक मुनाफा कमाउने उद्देश्य नभएकाले र गुणस्तरमा कुनै सम्झौता नहुने कार्यरत कर्मचारीले जानकारी दिएका छन् । ४ सय जना कर्मचारी रहेका उक्त हेटौँडा सिमेन्टका भवन देखि र प्रविधिसम्म पुरानो भएता पनि गुणस्तर तथा आम उपभोक्ताको विश्वसनीयताकै कारण यहाँसम्म आइपुगेको बताएका छन्र । ८३ करोड रूपैयाँ घाटामा रहेको उद्योग हाल ५१ करोड रूपैयाँमा रहेपनि निरन्तर यस क्षेत्रमा रहेको बताएका छन् । उद्योग सञ्चालक समितिका अध्यक्ष न्यौपानेले सरकारले आफूहरुको योजनामा साथ दिए सम्भाव्यताका आधारमा एक हजार २०० देखि दुई हजार ५०० टनसम्म उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । हाल दैनिक ७५० टन सिमेन्ट उत्पादन गर्दै आएको र वर्षमा २७ लाख बोरा उत्पादन गर्ने क्षमता भए पनि २१ लाख बोरा उत्पादन गरिरहेको बताएका छन् । रासस
बैंकहरुको ब्याजदर बढेपछि उद्योग वाणिज्य महासंघको आपत्ति
काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदरमा नबढाउने भद्र सहमतिलाई तोडेर प्रतिस्पर्धामा उत्रिएसँगै बैंकहरुले मुद्दति निक्षेपमा १३ प्रतिशतसम्म ब्याज दिने निर्णय गरेपछि उद्योगीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आपत्ति जनाएको छ । एफएनसीसीआईले बिहीबार विज्ञप्ती जारी गर्दै यसरी बैंक तथा वित्तीय संस्थाहरुले उद्योग व्यवसाय धरासायी बन्ने र यसले सरकारले तोकेको आड प्रतिशत आर्थिक वृद्धि र वार्षिक ५ लाख रोजगारी वृद्धि गर्ने लक्ष्य पूरा गर्न सम्भव नहुने दाबी समेत गरेको छ । महासंघले यस्तो अवस्थाले प्रतिस्पर्धात्मक क्षमता ह्रास हुन गई उद्योग व्यवसाय क्षेत्रमा नकारात्मक प्रभाव परी उद्योग क्षेत्रमा लगानी समेत निरुत्साहित हुन गएको भन्दै नेपाल सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई गम्भीर हुन आग्रह गरेको छ ।