नुवाकोटको नाटेश्वरी रोडाढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन आदेश
काठमाडौं । उच्च अदालत पाटनले नुवाकोटको नाटेश्वरी रोडा ढुङ्गा उद्योग सञ्चालनमा रोक नलगाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मोहम्मद साविर हुसैन र विष्णुप्रसाद कोइरालाको संयुुक्त इजलासले अाइतबार भूकम्पपीडितको आवास पुनःनिर्माणमा समेत असर पर्ने हुनाले सो उद्योग सञ्चालनमा रोक नलगाउन जिल्ला प्रशासन कार्यालय, नुवाकोटको नाममा अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “खानी सञ्चालन तत्काल रोक लगाउँदा भूकम्पपीडित समेतलाई नकारात्मक असर पर्नसक्ने देखिएकाले मुद्दाको अन्तिम किनारा नलाग्दासम्म सो उद्योग सञ्चालनमा रोक नलगाउनु ।” अधिवक्ता हुतराज कोइरालाले सो उद्योग सञ्चालनमा रोक लगाउँदा भूकम्पपीडितको आवास निर्माणमा कठिनाइ हुने उल्लेख गर्दै उद्योग सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासनको निर्णय रोक्न अन्तरिम आदेशको माग गरिएको थियो । आदेशमा इजाजत लिएर सञ्चालनमा आएको सो उद्योगले खासगरी नुवाकोटको लिखु, पद्मकन्या र शिवपुरी गाउँपालिकाका भूकम्पपीडितलाई आवास निर्माणका लागि सहुलियत दरमा रोडा, ढुङ्गा र बालुवा दिने उद्देश्य भएकाले पनि रोक लगाउनुपर्ने नदेखिएको उल्लेख छ । रासस
व्यवसायी राकेश अग्रवाल पक्राउप्रति नेउवा महासंघको ध्यानाकर्षण
काठमाडौं । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । बक्यौता रकम तिर्न लगाउने राज्यसँग अनेक विधि, प्रक्रिया र कानून हुँदाहुँदै पनि सरकाले सो माध्यम नअपनाएकोमा महासंघको ध्यानाकर्षण भएको हो । साथै, यस्तो विषयमा गम्भीर भएर सोच्न महासंघ नेपालले सरकार समक्ष आग्रह गरेको छ । लगानीको वातावरण निर्माण सहित लगानी आकर्षणका लागि सरकार तथा निजी क्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तराष्ट्रिय मंचमा समेत पहल भैरहेको छ । वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्यले लगानीको वातावरणमा सहयोग नपुर्याउने हुँदा मुलुकले अवलम्वन गरेको विधि, प्रक्रिया र कानून अनुसार नै सरकार अगाडी बढ्नुपर्नेमा महासंघले जोड दिएको छ ।
गरिबी निवारण कोष र चौधरी फाउण्डेसनबीच समझदारी, हस्तकलाका उत्पादनलाई बजार प्रबद्र्धन गर्ने
काठमाडौं । विपन्न वर्गका हस्तकला उत्पादक कालीगढहरुको उत्पादनको दिगो विकास र बजारसम्मको पहुँच स्थापना गर्न गरिवी निवारण कोष र चौधरी फाउण्डेसनले सहकार्य गर्ने भएका छन् । कोषद्धारा विभिन्न जिल्लामा गठन भएका उत्पादन समूहका सदस्यहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु उत्पादनलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रबद्र्धन गर्ने उद्देश्यले कोष र फाउण्डेशनबीच बुधवार एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझादारीमा कोषकातर्फवाट कार्यकारी निर्देशक नहकुल केसी र फाउण्डेसनको तर्फवाट प्रवन्ध निर्देशक निर्वाण चौधरीले हस्ताक्षर गरेका हुन् । कोषमार्फत गठन भएका उत्पादन समूहका सदस्यहरु मार्फत उत्पादित हस्तकलाका सामग्रीहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमाबजार प्रबद्र्धन, साझा सुबिधा केन्द्रको संस्थागत विकास गर्नुका साथै हस्तकलाकर्मी तथा कलिगढहरुको सीप तथा क्षमता अभिवृद्धि गरी राष्ट्रको दिगो तथा समावेशी आर्थिक विकासको चाहना र आवश्यकतालाई संयुक्त रुपमा योगदान गर्नु समझदारीको उद्देश्य रहेको छ । कोषले कोषमार्फत गठन भएका साझा सुबिधा केन्द्र, उत्पादन समुहतथा कलिगढहरुको विवरण फाउण्डेसनलाई उपलब्ध गराउने छ कोषसँग रहेका नमुना उत्पादनहरुको प्रदर्शन तथाबजार प्रवद्र्धनकालागि फाउण्डेसनलाई उपलब्ध गराउने छ । यसैगरी फाउण्डेसनले कोषद्वारा गठन भएकाउत्पादन समूहका सदस्यहरु मार्फत उत्पादित हस्तकलाका सामाग्रीहरुको बजार प्रबद्र्धन गर्न सहयोग गर्नेछ । फाउण्डेसनले उक्त बस्तुहरुको “उन्नति बजार” माबिक्री स्टलमार्फत बिक्रीएवं प्रवद्र्धनमा सहयोग गर्नेछ । कोषले सहयोग गरेकाउत्पादन समूहका सदस्यहरुले तयार गरेको वस्तु बिक्री गर्दा “नेपालको” र अंग्रेजीमा“नेपाल को” ब्रान्ड नामको प्रयोग गरिनेछ । यसैगरी, फाउण्डेसनले हस्तकलाका सामान खरिद गर्दा साझा सुबिधा केन्द्र वाउत्पादन समूहसँग अनिवार्य रुपमा सम्झौता गर्नेछ । साथै खरिद मूल्य समसामयिक तथा पारदर्शी हुने उक्त पत्रमा उल्लेख गरिएको छ । “कोषद्धारा गठन भएका उत्पादन समूहका सदस्यहरु मार्फत उत्पादित हस्तकलाका सामग्रीहरुलाई अझ सुदृढ एवं व्यवस्थित बजार प्रबद्र्धन गर्नुपर्ने आवश्यकता भएको र चौधरी फाउण्डेसनले यस्तै प्रकारका क्रियाकलापमार्फत विभिन्न समुदायमा गरिबी न्यूनीकरणका लागि काम गर्दै आईरहेको हुँदा आपसी सहकार्यको लागि यो समझदारी गरिएको छ,” उक्त समझदारी पत्रमा भनिएको छ ।