फागुनमा कनेक्ट आईपीएस मार्फत १ खर्ब १० अर्ब रुपैयाँको कारोबार, माघको भन्दा ६ अर्ब बढी

काठमाडौं। पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा बृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार फागुन महिनामा हालसम्मकै उच्च कारोबार भएको हो । उक्त तथ्यांक अनुसार गत महिनाको तुलनामा फागुन महिनामा मात्र ६ अर्ब १७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको तथ्यांक अनुसार फागुनको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो । यो अबधिमा १६ लाख पटक कनेक्ट आईपीएसको प्रयोेग भएको छ । माघ महिनामा १५ लाख ४५ हजार पटक प्रयोग भएको थियो । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो ।

अब लगानीकर्ताले साउनदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने, मोबाइल एपसहितको नयाँ प्रणाली ल्याउँदै ब्रोकर

काठमाडौं । अब दोश्रो बजारका लगानीकर्ताले मोबाइलबाटै सेयर कारोबार गर्न पाउने भएका छन् । ब्रोकरले मोबाइल एपलिकेशनसहितको यो प्रणाली ल्याउने भएसँगै लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने भएका हुन् । धितोपत्र व्यवसायीको छाता संगठन स्टक ब्रोकर्स एशोसियशन अफ नेपालले सम्बन्धित पक्षहरुको उचित सहयोग प्राप्त भएमा लगानीकर्ताले आगामी साउन १ गतेदेखि मोबाइलबाटै सेयर किनबेच गर्न पाउने बताएको छ । साथै, संस्थाले नयाँ कारोबार प्रणाली (टीएमएस) ल्याउने प्रकृया अगाडि बढाएको छ । एशोसिएशनले संयुक्त पहलमा दशभन्दाबढी राष्ट्र राष्ट्रहरुमा प्रयोग भईरहेको कारोबार प्रणाली ल्याउने सम्झौतागरि उक्त प्रणाली लोकरलाईजेशन/कष्टोमाईजेशन गर्ने काम तीर्व गतिमा अघि बढेको बताएको छ । कारोबारमा निहित जोखिम व्यवस्थापन गर्न र लगानीकर्ताले कारोबार गर्दा व्याहोर्नु पर्ने दुःख अत्य गर्न संस्थाले नयाँ प्रणाली ल्याउन लागेको हो । मल्टी एसेट, मल्टी एक्स्चेञ्ज ट्रेडिङ्ग प्लायटफर्म रहेको उक्त प्रणालीमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सी लगायत विभिन्न उपकरणहरुको कारोबार एक वा एक भन्दा बढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने छ । साथै मोबाइल एपलिकेशन सहितको यो प्रणालीले लगानीकर्ताहरुलाई कारोबार गर्न सहजता प्रदान गर्ने संस्थाको विश्वास रहेको छ । अर्थतन्त्र, बजार तथा सूचीकृत कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गर्न सकिने गरि यस प्रणालीमा तथ्याङ्कहरु राखिने छन् । त्यस्तै, लगानीकर्ताहरुले आफ्नो कारोबारको सम्पूर्ण हरहिसाव तथा आफ्नो पोर्टफोलियो तथा नाफा घाटाको अवस्था पनि यसै प्रणाली मार्फत हेर्न पाउने व्यवस्था रहने एशोसिएशनले जनाएको छ । स्टप लस, टेक प्रफिट, आफ्टर मार्केट अडर, अल्गोरिदमिक वा हाई फ्रिक्वेन्सी ट्रेडिङ्ग जस्ता आदेश व्यवस्थापन बिशेषताले गर्दा कारोबार गर्न सहज हुने संस्थाले जानकारी गराएको छ ।

इमर्जिङ्ग नेपालले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले सर्वसाधारणमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर जारी गर्ने प्रकृया अघि बढाएको हो । उक्त सेयर निष्काशनको लागि संस्थाले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । संस्थाले एक सय अंकित दरका ५ लाख ५५ हजार ६ सय कित्ता सेयर निष्काशन गर्न लागेको हो । उक्त सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्रै संस्थाले सो मात्राको सेयर जारी गर्ने छ ।