४.४५ अंकले घट्यो नेप्से, कारोबारका आधारमा सिभिल बैंक शीर्ष स्थानमा
काठमाडौँ । साताको पहिलो दिन नै आज सेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४५ बिन्दुले घटेर एक हजार २५६.०४ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १.११ बिन्दुले घटेर २७०.३५ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ । कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४ करोड पाँच लाख २९ हजार ४६५ मा खरीद बिक्री भए । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज छ उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर घटेको छ । बैंकिङ ६.७, व्यापार १.३५, जलविद्युत् ३.१६, अन्य ०.४६, लघुवित्त ९.०७, जीवन बीमा ५०.२४ बिन्दुले घटेका छन् । यस्तै होटल ६.८४, विकास बैङ्क ३.१५, वित्त २.६९, निर्जीवन बीमा ३८.३२, उत्पादन ११.०७ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज सिभिल बैङ्क शीर्ष स्थानमा पुगेको छ । सो बैंकको रु पाँच करोड ७९ लाख ८० हजार ७४८, मेगा बैंकको रु चार करोड ६९ लाख एक हजार ८८७, नेपाल बैंकको रु चार करोड १० लाख ६३ हजार २२, सेञ्चुरी बैंक रु तीन करोड २६ लाख सात हजार ६२, कुमारी बैंक दुई करोड ५४ लाख १९ हजार २५३ र प्रभु बैंक रु दुई करोड ११ लाख ४९ हजार ३०८ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयरधनीले ९.८६, दिव्यश्वेरी हाइड्रो पावरको ९.२३, रैराङ हाइड्रो पावर ४.६३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.३७, वेस्ट फाइनान्स कम्पनी ३.९६ र सांग्रिला डेभलपमेन्ट बैंकका शेयरधनीले ३.९५ प्रतिशतले कमाए । यस्तै जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका शेयरधनीले ११.३०, स्वरोजगार लघुवित्त विकास बैंक ४.७४, मिथिला लघुवित्त वित्तीय संस्था ४.७३, खानीखोला हाइड्रो पावर ४.०५ र नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले गुमाए ।
वोमी लघुवित्तको हकप्रद साउन ९ गतेदेखि खुल्ने, १ सेयर बराबर नयाँ १ सेयर पाइने
काठमाडौँ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । प्रति सेयर रु.१०० अंकित दरको १० लाख १० हजार ८ सय ८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार साउन ९ गते उक्त हकप्रद सेयर निष्काशन हुने र भदौ ११ गतेसम्म भर्न सकिने छ । उक्त कम्पनीको विद्यमान रु १० करोड १० लाख ८८ हजार चुक्ता पूँजीमा १ सेयर बराबर नयाँ एक (१ः१) सेयरको अनुपातमा १० लाख १० हजार ८ सय ७० कित्ता सेयर असार २७ गतेभन्दा अघिसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई कायम साविक सेयरधनीहरुका लागि निष्काशन गर्न लागिएको हो ।
आँधिखोलाको ३ लाख ७५ हजार कित्ता आइपीओ आजदेखि, २५ गतेसम्म भर्न सकिने
काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुलेको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र भएको आँधिखोलाको ४ लाख कित्ता सेयर खुलेको हो । जसमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई, ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । असार २२ गतेदेखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।