जनउत्थान लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण गर्ने, अधिकृत पूँजी ३० करोड पुर्याउने

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा असार ३० गते हुने भएको छ । असार ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तोकेको हो । साधारण सभा बुटवल उपमहानगर ९ स्थित होटल न्यू इरामा बिहान ११ बजे हुनेछ । साधारण सभामा सञ्चालक समितिले शिफारिस गरे बमोजिम आव २०७४/०७५ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी २ करोड ८८ लाखको २० प्रतिशतले हुन आउने ५७ लाख ६० हजार बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरिने भएको हो । त्यसका लागि कर प्रयोजनार्थ ३ लाख ३ हजार १ सय ५७ रुपैयाँ नगद लाभांश स्वीकृत गरिने छ । त्यसैगरी संस्थाको अधिकृत पूँजी १० करोडबाट बृद्धि गरी ३० करोड पुर्याउने विशेष प्रस्तावका रुपमा प्रस्तुत गरिने कम्पनीले जनाएको छ । साथै बोनस शेयर पश्चात कायम हुन आउने चुक्ता पूँजीको ६ करोड ३३ लाख ६० हजारको १ः२ अर्थात १ कित्ता बराबर २ कित्ताको अनुपातमा १२ करोड ६७ लाख २० हजार रुपैयाँको हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गरिंदैछ । वार्षिक साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब असार १८ गते बन्द गरिने भएकोले असार १७ गतेसम्म कायम रहेका शेयरधनीहरु सभामा भाग लिन पाउने कम्पनीले जनाएको छ ।

एनबीआई र ईआईबीएफएसबीच रणनीतिक अभ्यास स्थापित गर्ने समझदारी

काठमाडौं ।नेशनल बैंकिङ इन्टिच्यूट (एनबीआई) र इमिरेट्स इन्टिच्यूट फर बैकिङ एण्ड फाइनान्सियल स्टडी ( ईआईबीएफएस) बीच आज आइतबार तालिम, शिक्षा र अनुसन्धानको क्षेत्रमा रणनीतिक अभ्यास स्थापित गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुबई स्थित ईआईबीएफएस कार्यालयमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नेशनल बैंकिङ इन्टिच्यूटका प्रमूख कार्यकारी अधिकृत सञ्जीब सुब्बा र ईआईबीएफएस महाप्रबन्धक जमल अह्मेद अल जस्मीद्धारा हस्ताक्षर गरिएको छ । दुई संस्थाबीचको रणनीतिक सम्बन्धले सम्बन्धले बैंक तथा वित्तीय संस्थाहरूका लागि आयोजना गरिने सभा, सम्मेलन, गोष्ठी तथा सामूहिक छलफल जस्ता कार्यक्रमहरूलार्ई प्रभावकारी बनाउन थप अवसर सिर्जना गर्ने विश्वास लिइएको छ ।

एनआईशी एशिया बैंकमा डिम्याट खाता छ ? अनलाइनबाटै यसरी तिर्नुस् ‘मेराे शेयर’काे शुल्क

काठमाडौं । एनआईसी एशिया क्यापिटलले अनलाइनबाटै मेरो शेयरको शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको छ । एनआईशी एशिया क्यापिटलमा हितग्राही खाता खोलेका ग्राहकलाई इसेवाको प्रयोगद्वारा त्यस्तो भुक्तानी गर्ने व्यवस्था मिलाएको क्यापिटलले जनाएको छ । यसले आफ्ना ग्राहकहरुलाई थप सहज तरिकाले सेवा प्राप्त गर्ने सुनिश्चितता प्राप्त हुने क्यापिटलले विश्वास लिएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेडले शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धक, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ । साथै एनआईसी एशिया म्युचुअल फण्ड अन्तरर्गतको पहिलो योजनाएनआई सी एशियाग्रोथ फण्ड संचालन गरिरहेको छ । मेराे शेयर प्रयाेगकर्ताहरूले प्रत्येक वर्ष नवीकरण शुल्कबापत १०० रूपैंया सीडीएस एण्ड क्लियरिङ (सीडीएससी) लिमिटेड लाई तिर्नुपर्छ । सीडीएससीले सो रकम सम्बन्धित हितग्राही खाता खोल्ने मर्चेन्ट बैंकरमार्फत् नै उठाउने गरेको छ ।