नेशनल माइक्रो फाइनान्सले सिरहामा गर्यो वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ । नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि.ले सिराहा जिल्लाको मिर्चैया नगरपालिकामा समूह अध्यक्षहरुको वार्षिक कार्यशाला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । फुलवरिया शाखाले गरेको कार्यक्रमको अध्यक्षता समुह न.४७ की अध्यक्ष श्रीमति रतनदेवी साहुले गरेकी थिइन भने प्रमुख अतिथिको रुपमा नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लि.केन्द्रीय कार्यालयको संचालन विभागका विभागीय प्रमुख सिताराम पंडित रहेका थिए । कार्यक्रममा समाजसेवी, अभिभावक, धारापानी शाखाका शाखा प्रमुख र समुह अध्यक्षहरु गरी कुल १२० जनाको उपस्थिति रहेको थियो । संस्थाले प्रदान गर्दै आएका सेवाहरु, संस्थागत प्रगति, गोष्ठीको महत्व, समुह अध्यक्षको भुमिका जिम्मेवारी, कर्जा सदुपयोगिताको महत्व, बचतको महत्व, लघुबीमाको महत्व, असल समूहका बिशेषताहरु र वित्तीय साक्षरताको बारेमा कार्यक्रममा छलफल भएको थियो । समापनका अवसरमा प्रथम, द्धितीय, तृतीय र चौथो हुनेसमुह अध्यक्षहरुलाई सम्मान र पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

ग्रामीण विकास लघुवित्तले तोक्यो बुक क्लोजको मिति, ५० प्रतिशत हकप्रद जारी गर्दै

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आगामी चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन संस्थाको बुक क्लोज गर्न लागेको हो । संस्थाले चुक्ता पुँजीको ५० प्रतिशतको दरले हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।

शिवम् सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । शिवम् सिमेन्टले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५.७९ प्रतिशत नगद लाभांश सेयर दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव चैत १३ गते बसेको संचालक समितिको बैठकले करसहित सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षकाे नाफाबाट लाभांश वितरण गर्न लागेकाे हाे । कम्पनीकाे साधारणसभा बैशाख ९ गते हुँदैछ ।