दैनिक ८ घण्टा आराम गर्ने ओछ्यान कस्तो हुनुपर्छ ?
काठमाडौं । हामी दैनिक ६ देखि ८ घण्टा ओछ्यानमा सुत्छौं । मानिसले सबैभन्दा बढी समय आराम गर्ने ठाउँ ओछ्यान नै हो । झर्रा भाषामा ओछ्यान र चलनचल्तीको भाषामा बेड, विस्तारा, विछ्याउना, सयन कक्ष आदि इत्यादि । ‘हामीले सबैभन्दा बढी समय आराम गर्ने बेड साँच्चिकै आरमदायी हुनुपर्छ र स्वास्थ्यको लागि पनि हितकर हुनुपर्छ । यहि मान्यताका साथ हामीले गुणस्तरीय मेट्रेस उत्पादन गर्दै आएका छौं । साथै, फाइवर, माइक्रो फाइवरबाट बनेको हलुका र गुणस्तरीय सिरक, सिरानी, बेड कभर, पर्दा, टावेल उपलब्ध गराउँछौं’ क्लासिक इण्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रमेश काफ्लेले भने । बेडका साथै, सिरक, सिरानी पनि आरामदायी हुनु अनिवार्य भएको उनले बताए । बेड कस्तो हुनुपर्छ भन्नेमा विज्ञहरुकै राय फरक फरक छ । बेड लचक र कम्फर्टेवल हुनुपर्छ भन्ने विज्ञहरु पनि छन् । बेड कडा हुनुपर्छ भन्ने विज्ञहरु पनि छन्’ काफ्ले भन्छन्–‘बेड भनेको सर्फेस मिलेको हुनुपर्छ । बेड धेरै कडा भयो भने पनि राम्रो हुन्दैन । यी हाम्रा आधारभूत मान्यता हुन् ।’
नियामकीय जाेखिम सबैभन्दा ठूलाे हुन्छ, हामीसँग विकल्प हुनुपर्छ-प्रद्युमन पोखरेल
मौद्रिक नीति र त्यसपछिका राष्ट्र बैंकका निर्देशनहरुले सबैभन्दा बढी असर गरेको छ साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएका बैंक तथा वित्तीय संस्थाहरुलाई । साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएको बैंकहरु मध्ये एक हो मुक्तिनाथ विकास बैंक । अरु विकास बैंक र फाइनान्स कम्पनीहरुलाई पनि नयाँ नीतिले धेरै असर गर्ने बताइएको छ । राष्ट्र बैंकले लिएको नयाँ नीति र त्यसले पार्ने प्रभावका विषयमा केन्द्रीत भई विकास बैंकर्स संघका प्रथम उपाध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलसँग गरिएको विकास वहस यस पटक ।
तेजेन्द्र र वर्ता गन्धर्वको स्वरमा, गोकर्णको पहिलो गीत सार्वजनिक
काठमाडाैं। गोकर्ण रुपाखेती(शर्मा) को पहिलो गीत ‘म त गीत गाउँछु हजुर’ सार्वजनिक भएको छ । नेपालको वर्तमान परिस्थितिलाई औल्याउँदै रुपाखेतीको उक्त गीत सार्वजनिक गरेका हुन् । रियालिटी शो भ्वाईस अफ नेपालका तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्वको स्वर रहेको उक्त गीतलाई संगीतकार नवीन कार्कीले संगीत भरेका छन् । साईराम पिक्चर्सले बजारमा ल्याएको सो गीतमा समाजदेखि देशको गतिविधिलाई प्रष्ट पार्दै उक्त गीतमा गोकर्ण रुपाखेती(शर्मा), आरतीमणि, हरिराम कार्की, राजन थापा, रामचन्द्र घिमिरे, जनु कार्की, लक्ष्मण पौडेल, अप्सरा पौडेल, नविन कार्की, तेजेन्द्र गन्धर्व, वर्ता गन्धर्व लगायको अभिनय रहेको छ । भने माधव खरेलको निर्देशन राजन खरेलको सम्पादन र छायांकन रहेको उक्त भिडियोको निर्माण व्यवस्थापन राजन थापाले गरेका हुन् । कमला जोशीको कन्सेप्ट रहेकोे उक्त गीतको भिडियोको पोष्ट प्रोडक्सन पिम नेपाल, काठमाडाैंले गरेको हो ।