सबै नाकामा ल्याव राखेर खाद्यन्य, तरकारी र फलफूलकाे गुणस्तर जाँच हुँदैछ, अब आयात पनि नियन्त्रण हुन्छ
बन्दाबन्दी वा निषेधाज्ञाको नाममा विगत पाँच महिनादेखि बजार अस्तव्यस्त छ । देशभित्र मात्र होइन, देश वाहिर पनि सार्वजनिक यातायात प्रभावित भएको छ । यो अवस्था कहिलेसम्म रहने हो, अनुमान गर्न कठिन छ । यस्तो अवस्थामा खाद्यन्य तथा अत्यावश्यकीय बस्तुको आपूर्ति व्यवस्थ कसरी भईरहेको छ ? मूल्य र गुणस्तरको नियमन सरकारले कसरी गरिरहेको छ ? प्रस्तुत छ यस विषयमा केन्द्रीत भई विकासन्युजका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसादसँग गरिएको कुराकानी । बन्दाबन्दी वा निषेधाज्ञाको अवस्थामा अत्यावश्यक बस्तु तथा सेवाको आपूर्ति कस्तो छ ? हामी अहिले अप्ठ्यारो अवस्थामा छौं । निषेधाज्ञा लागू भएको दोस्रो सातामा छौं हामी । तर निषेधाज्ञा आपूर्ति प्रणाली नबिग्रने सर्तमा लागू भएको छ । उत्पादित अत्यावश्यक बस्तु बजारसम्म पुर्याउन ढुवानीमा कुनै समस्या नहुने व्यवस्था गरिएको छ । यद्यपी केही ठाउँमा किसानका उत्पादन बजारमा पुर्याउन कठिन भएको समाचार आएका छन् । त्यसलाई पनि सहजीकरण गर्ने काम भएको छ । अरु शोखको कुरा, हिडडुल गर्ने, मनोरञ्जन लिने विषयमा भने समस्या नै छ । पर्यटन सेवा बन्द छ । सबैलाई थाहा छ कि हवाई र सार्वजनिक यातायत सेवा बन्द नै छ । सेवातर्फ बैकिङ, बीमा, सहकारीले दिने सेवा नियमित बनाउने प्रयास भएको छ । शिक्षा सेवा लकडाउन भएदेखि नै बन्द छ । स्वास्थ्य सेवामा पनि केही समस्या छन् । तसर्थ सेवाको हकमा केही खुला छन् भने केही बन्द छन् । तर अत्यावश्यक बस्तुको आपूर्तिमा समस्या छैन । तर बजारमा खाद्यन्यको मूल्य वृद्धि भइरहेको छ, तरकारी, फलफूल, माछा, मासु जस्ता अत्यावश्यक बस्तुको अभाव र मूल्यवृद्धि चरम छ नि ? तरकारी र फलफूलमा केही हलचल आएको छ । बीचमा मूल्य निकै बढेको थियो । अहिले आपूर्ति पनि बढेको छ र मूल्य पनि घट्न थालेको छ । हार्वेस्टिङ सिजनको कारण पनि यस्तो समस्या देखिएको छ । कही ढुवानीको समस्या छ । कही कामदारको समस्या छ । महामारीको बेलामा म काम गर्दिन भनेर कामदारले काम गर्न नचाहेको, परिवारका सदस्यले काममा नजान भनेको अवस्था पनि छ । त्यसले पनि आपूर्तिमा केही समस्या देखिएको हो । तर अभाव नै भएको भने छैन । सरकारले मूल्य तोक्ने बस्तुहरु पेट्रोलियम पदार्थ, नुन, चिनीको मूल्य बढेको छैन । दाल, गेडागुडी, चामल लगायत बस्तु जसको मूल्य बजारले नै निर्धारण गर्छ, त्यसका थोरै मूल्य वृद्धि भएको छ । ढुवानी महँगो हुने, कामदारको ज्याला महँगो हुने भएकोले ५/६ प्रतिशत मूल्य वृद्धि भएको छ । त्यसलाई धेरै मूल्य वृद्धि भयो भन्न मिल्दैन । विल विजकमा उल्लेख नभई मूल्य बढाएर बेचिएको रहेछ भने हामी कारवाही गर्छौ । कोभिडपछि माक्स, स्यानिटाईजर, पञ्जाको आपूर्ति र मूल्य कस्तो छ ? अहिले पञ्जाको अभाव छ । आयातमा पनि समस्या छ । यसमा सरकारको तर्फबाट सहजीकरण गर्नुपर्ने अवस्था छ । तर माक्स, स्यानिटाइजर, थर्मलगन लगायत मेडिकल सर्जिकलका सामान आपूर्ति राम्रो छ । १००० रुपैयाँ पर्ने एन९५ मास्क अहिले ३०० रुपैयाँ भन्दा कम छ । पहिला ७/८ हजारमा बेचिएका थर्मलगन अहिले ३/४ हजार मै बिक्री भईरहेका छन् । मास्क, स्यानिटाइजर त नेपालमा नै उत्पादन हुन थालेपछि मूल्य निकै घटेको छ । १००० रुपैयाँ पर्ने एन९५ मास्क अहिले ३०० रुपैयाँ भन्दा कम छ । पहिला ७/८ हजारमा बेचिएका थर्मलगन अहिले ३/४ हजार मै बिक्री भईरहेका छन् । मास्क, स्यानिटाइजर त नेपालमा नै उत्पादन हुन थालेपछि मूल्य निकै घटेको छ । तर भारतमा उत्पादित बहुराष्ट्रिय ब्राण्ड ‘डेटोल’ स्यानिटाईजर २०० मिलिलिटरको मूल्य भारु ३० (४८ रुपैयाँ नेपाली) मा बजारमा किन्न पाइन्छ । तर नेपालमा बनेको ‘अरु सेफ’ ब्राण्डको २०० मिलिलिटरको स्यानिटाईजरको मूल्य १६० रुपैयाँ छ । यो मूल्य कति जायज हो ? तपाईले पाएको सूचना मलाई जानकारी दिनुहोला । त्यसमा हामीले अध्ययन गर्छौ । लागतको आधारमा मूल्य निर्धारण हुनुपर्छ । हामीले नेपाल औषधि लिमिटेडले उत्पादन गरेको र जडिबुटीले उत्पादन गरेको स्यानिटाईजर प्रयोग गरेका छन् । यिनको मूल्य अस्वभाविक लागेको छैन । तपाईहरुले अनुगमन गर्दा मूल्यलाई जोड दिनु भएको छ कि गुणस्तरलाई ? हामीले बस्तुको उपलब्धता, गुणस्तर, मिति, मूल्य, कम्पोजिशन लगायत पक्षको अनुगमन गर्छौ । बस्तुको गुणस्तर र कम्पोजिशन आँखाले देखेर भन्न नसकिने भएकोले हामी प्रयोगशालामा लगेर त्यसको परीक्षण पनि गर्छौ । सबैभन्दा धेरै मानिसलाई छुने मूल्यले नै हो । त्यसैले हामीले उत्पादन लागत विश्लेषण गरेर तोकिएका मूल्य बढी भए घटाउन लगाउँछौं । व्यापारीले २० प्रतिशतभन्दा बढी नाफा लिएको रहेछ भने कालोबजारी अन्तरगत कारवाही गरौं । वाणिज्य विभागले मूल्य अनुगमन गरेर कुन कुन बस्तुको मूल्य कति घटाउनु भएको छ ? सर्जिकल आईटमहरुमा धेरै मूल्य घटाउन सफल भएका छौं । सुपर मार्केटहरुमा अधिकतम बिक्री मूल्य भन्दा बढीमा बेचेको पायौं । त्यसलाई साइजमा ल्याएका छौं । पानी, औषधि, खाद्यन्य सबैको मूल्यमा प्रभाव परेको छ । माग र आपूर्तिले मूल्य निर्धारण भईरहेको छ कि वाणिज्य विभागको हस्तक्षेप ? माग र आपूर्तिबाट नै मूल्य तय भएको हुन्छ । तपाईले कुखुराको मूल्यको कुरा गर्नुभयो । अहिले मूल्य घटिरहेको छ । अहिले गोलभेडा महँगो छ । किन भने अहिले टनेल गोलभोडा मात्र आउँछ । यसको लागत नै धेरै हुन्छ । मौसमी तरकारी बजारमा आउन थालेपछि यसको मूल्य पनि घट्छ । माग र आपूर्तिले नै मूल्य निर्धारण गर्छ भने तपाईहरुले मूल्यमा अनुगमन गर्नुको अर्थ के ? हामीले मूल्य निर्धारणको मापदण्ड बनाउँछौं । मूल्य किन बढ्यो, कसरी बढ्यो हामी हेर्छौ तर यति नै हुनुपर्छ भनेर हामीले तोक्दैनौ । आयल निगमले पेट्रोलियम पदार्थको वा साल्ट ट्रेडिङले नूनको मूल्य निर्धारण गरे झै हामीले ठ्याक्कै मूल्य निर्धारण गर्दैनौं । शिक्षित, अशिक्षित सबैले मूल्य सुनेर किन्न वा नकिन्ने निर्णय गर्न सक्छ । तर बजार उपलब्ध औद्योगिक उत्पादनको कम्पोजिसन हेरेर सहि छ वा गलत छ जानकारी लिन सकिदैन । आम उपभोक्ताले चामलको बोरा, ग्यासको सिलिण्डर, तेल वा दुध पाकेट नजोखिकन किन्न वाध्य छन् । तोकिए अनुसार तौल छ वा छैन भन्ने अनिश्चिताबीच किन्नु परेको छ । यस्तो बजारमा तपाईहरु गुणस्तर, तौलमा जोड नदिएर किन मूल्यमा जोड दिनुहुन्छ ? गुणस्तर हेर्न वाणिज्यसँग प्राविधिक जनशक्ति नै छैन । यसको लागि नाप तौल तथा गुणस्तर विभागले काम गरिरहेको छ । खाद्य गुणस्तर विभागले हेरेको हुन्छ । २५ केजी हुनुपर्नेमा २४ केजी रहेछ भने हामी कारवाही गछौं । २० लिटर भनेको ठाउँमा १९ लिटर छ भने हामी कारवाही गर्छौ । खान योग्य छ छैन, प्रयोग गर्न योग्य छ छैन हामी हेर्छौ । हामी निरिक्षणमा जाँदा जिल्ला प्रशासनको प्रतिनिधि, प्राविधिक पक्ष हेर्ने निकायको प्रतिनिधि र वाणिज्य विभागको निरीक्षण अधिकृतको टोली गएको हुन्छ । त्यस टोलीले व्यवसायिक संस्थाको दर्ता, नविकरण देखि बस्तु तथा सेवाको मूल्य, गुणस्तर सबै पक्षको अध्ययन गर्छ । तपाईहरु उपभोक्ताको हित मात्र हेर्नुहुन्छ कि व्यवसायिक वातावरण बनाउने, व्यापार प्रवद्र्धन गर्ने दिशामा पनि काम गर्नुहुुन्छ ? व्यवसायीहरु पनि देश, समाजको विकासको काम गरिरहेका हुन्छन् । उनीहरुलाई व्यापार व्यवसाय गर्न सहज बनाउनेतर्फ पनि हामीले काम गरिरहेका छौं । अहिले अनलाईनबाट दर्ता निवेदन दिने, नविकरण गर्ने, अनलाईनबाट बैंक खातामा राजश्व बुझाउने व्यवस्था गर्दैछौं । आयात निर्यातको लागि पनि अनुमति पनि अनलाईनबाट गर्न पाउने व्यवस्था गरेका छौं । तपाईको बुझाईमा बजारमा फेयर विजनेज छ कि अनफेयर ? औसत । म अनफेयर भन्दिन । सूचना संकलन र पद्दति निर्माणमा केही कमजोरी छन् । एक पटक खराव गर्ने व्यवसायीले फेरी पनि खराव गरेको पनि पाइएको छ । उनले गरेको खराव कामको सूचना पाउने उचित मेकानिजम हामीले बनाउन सकेका छैनौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षरण विभागको आफ्नै क्षमता कस्तो छ ? हामीले हाम्रो क्षमता विकास पनि जरुरी छ । संस्थागत संरचनाको सुधार, जनशक्ति विकासमा काम गरिहेका छौं । हामी आफै नैतिक र अनुशासित बन्नुपर्छ भनेर हामीले आफ्नै आचारसंहिता बनाइरहेका छौं । यहि महिनाभित्र आचारसंहिता सार्वजनिक गर्नेछौं । बजार अनुगमन कार्यविधि बनाउँदैछौं । बजारको तह र मूल्य निर्धारण विधिको निर्देशिका तयार हुँदैछ । अत्यावश्यक बस्तुहरुको सूचि परिमार्जन गर्दैछौं । यी विषय सुधार भएपछि हाम्रो पद्धति राम्रो बन्नेछ । तपाईको शब्दमा वाणिज्य विभागसँग आचारसंहिता छैन । बजार अनुगमन कार्यविधि छैन । बजारको तह र मूल्य निर्धारण विधि छैन । यस्तो अवस्थामा तपाईहरुले गर्ने बजार अनुगमन र कारवाही सम्बन्धि निर्णय कसरी स्वच्छ हुनसक्छ ? हामीले निजामति कर्मचारीको आचारसंहिता पालना गरेका हुन्छौं । अनुगमनमा जाने अधिकृतहरुले लोभ लालच गर्न नहुने, अरुले दिएको उपहार स्वीकार गर्न नहुने भन्नेछ । हामीले नैतिकता र अनुशासनको बारेमा प्रशिक्षण दिएका छौं । अनुगमनमा जानुपूर्व सूचना दिने व्यवस्था पहिला रहेछ, अहिले त्यो हटाइएको छ । बजारमा पुगेपछि आफ्नो परिचय खुलाउनुपर्छ । नरम र सभ्य भाषामा कुराकानी गर्नुपर्छ । तर वाणिज्य विभागका कर्मचारीले घुस मागे भनेर व्यवसायीलाई कोट समाचार आउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य विभागको कर्मचारीलाई घुस खाँदाखाँदै पक्रेको छ । यसले त वाणिज्य विभागको कार्यशैलीप्रति प्रश्न र अविश्वास पैदा गरेन ? म वाणिज्य विभाग आउनुपूर्व के भएका थिए, त्यसबारे मैले जवाफ दिन सक्दिन । २०७६ मंसिरमा म वाणिज्य विभागमा आएपछिको जिम्मा लिन्छु । एक जना नासुलाई अख्तियारले पक्राउ गरेको छ, त्यसमा व्यक्ति जिम्मेवार देखिन्छ, संस्था होइन । म अहिले पनि भन्छु वाणिज्य विभागका कर्मचारीले व्यापारीसँग गलत काम गरे भने त्यसको सजाँय म भोग्न तयार छु । तर हालै मात्र एक व्यापारिक फर्ममाथि अनुगमन र कारवाही गर्दै गर्दा तपाईले प्रहरीको दुरुपयोग गर्नुभयो भनेर एसएसपी श्यामलाल ज्ञवालीले विभागलाई सघाउन खटाएको प्रहरी नै फिर्ता गरे । यस्तो अवस्था किन आयो त ? म अहिले यतिमात्र भन्छु, लकडाउन अवधिमा उपभोक्ता संरक्षणका काम गर्ने एउटा छुट्टै सेल बनाएका थियौं । त्यसमा निजामति र प्रहरी दुबै छन् । निरिक्षण अधिकृतले एक पटक कल गरेपछि प्रहरीले फलोअप कल गरेको हो । तर त्यसमा एसएसपीसावले बास्तविकता नबुझि प्रहरी फिर्ता गर्नुभयो । जसले कानुनको पालना नगरी व्यापार व्यवसाय गर्छ, कानुनले उसलाई अपराधी भन्छ । कानुनी रुपमा व्यवसाय गराउने क्रममा प्रहरीले एक कल फोन गर्नु गलत हो ? यसलाई त्यसरी लिनु हुदैथ्यो । यस विषयमा मैले गृहसचिवलाई भेटेर कुरा राखेको छु । प्रहरीको असहयोगपछि विभागले कसरी काम गर्छ ? म यसलाई असहयोग भन्दिन । हामीलाई आवश्यक पर्दा सम्बन्धित प्रहरी चौकीबाट सहयोग लिन्छौं । सीडीयो अफिसका कुरा गरेपछि हामीलाई आवश्यक ठाउँमा प्रहरी आएर सहयोग गर्छ, गरिरहेको छ । एसएसपी ज्ञवालीले तपाईमाथि लगाएको आरोप झूटो हो त ? उहाँको आरोप म स्वीकार गर्दिन । सहि पनि होइन । उहाँले मसँग परामर्श लिएर वा सिडियोसँग परामर्श लिएर फिर्ता लिनुपर्ने थियो । उहाँले स्वविवेकमा जे निर्णय गर्नुभयो, त्यो गलत छ । त्यो उहाँको अहमता हो । बाढी पहिरोको कारण जुन जिल्लामा सडक सम्बन्ध विच्छेद भएका छन्, त्यस क्षेत्रमा अत्यावश्यक बस्तुको आपूर्ति कसरी भईरहेको छ ? म हालका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा पनि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छु । त्यो सरकारी कम्पनीको तर्फबाट सिल्धुपाल्चोक, जाजरकोट, बाजुरा, बजाङ, दार्जुला लगायत जहाजबाट, खच्चडबाट वा बैकल्पिक मार्गबाट अत्यावश्यक बस्तु ढुवानी गरिरहेका छौं । वाणिज्य विभागको काम आयात निन्त्रण पनि हो । यसतर्फ कति काम भएको छ ? हामीले आन्तरिक उत्पादनलाई वृद्धिमा जोड दिएका छौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ग्रामिण क्षेत्रमा सामान पुर्याएर फर्कदा कृषि उत्पादनहरु बजारमा ल्याउने नीति लिएका छौं । त्यस्तै, सरकारले कृषि उपजहरुको समर्थन मूल्य तोकेको छ । त्यसको नतिजा आउँदै छ । दोस्रो हामीले तरकारी, फलफूल, खाद्य पदार्थकाे आयात हुँदा हरेक नाकामा गुणस्तर तथा विषादी जाँचको तयारी गर्दैछौं । प्रधानमन्त्री कार्यालयको समन्वयमा उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, कृषि तथा पशु विकास मन्त्रालय र हामीले हरेक नाकामा फलफूल तथा तरकारीको गुणस्तर, विषादी जाँचको ल्याव स्थापना गर्ने तयारी गरिरहेका छौं । माघ महिनासम्म सबै नाकामा यस्तो ल्याव सञ्चालन गर्ने लक्ष्यसहित काम भईरहेको छ । त्यसपछि विषादीयुक्त वा अखाद्य बस्तु आयात राेकिने छ । आयात पनि कम हुनेछ । भिडियाे हेर्नुहाेस
आईपीओ महँगिने, व्यक्तिगत लगानीकर्ताका लागि अवसर खुम्चने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले जारी गरेको बुक विल्डिङ विधिबाट सर्वसाधारणमा सेयर निष्काशन गर्न इच्छुक कम्पनीका प्रर्वद्धक उत्साहित भएका छन् । तर उक्त सेयर सर्बसाधारणका लागि महँगो हुनुको साथै लगानीको अवसर पनि खुम्चिने देखिएको छ । बुक विल्डिङ विधिबाट साधारण सेयर निष्काशन (आईपीओ) जारी गर्दा सेयरको मूल्य १०० रुपैयाँ भन्दा बढी हुन्छ । अंकित मूल्य १०० रुपैयाँ भएपनि त्यसमा प्रिमियम मूल्य जोडर सेयर निष्काशन हुनेछ । विगतमा एफपीओ निष्काशन हुँदा प्रिमियम मूल्य राखे झै अब साधारण सेयर निष्काशन गर्दा प्रिमियम मूल्य जोडिने छ । प्रिमियम मूल्य निर्धारण गर्ने विधि भने अन्तराष्ट्रिय अभ्यासमा आधारित र यथार्थ परक हुने जानकारहरुले बताएका छन् । लगानीकर्ताको लागि अवसर पनि खुम्चने भएको छ । बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्दा सर्बसाधारणलाई बिक्री गर्ने सेयरको ४० प्रतिशत संस्थागत लगानीकर्ताको लागि छुट्याउनु पर्नेछ । ६० प्रतिशत मात्र सर्वसाधारणमा वितरण गर्नु पर्ने भएको छ । बुक विल्डिङ विधि प्रक्रियामा कम्तिमा १० वटा कम्पनी भाग लिनु पर्ने र उनीहरुको लागि ४० प्रतिशत सेयर बेच्नुपर्ने व्यवस्था गरिएको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए । त्यस्तै, यसअघि १० कित्ता सेयर किन्न निवेदन गर्न पाउने नीति परिवर्तन गरी कम्तिमा ५० कित्ता सेयरकाे लागि निवदेन गर्नुपर्ने व्यवस्था गरिएकाे छ । ‘अरु देशमा संस्थागत लगानीकर्तालाई ७० प्रतिशत र सर्बसाधारणमा ३० प्रतिशत वितरण गर्ने व्यवस्था गरिएको छ । तर हामीले सर्वसाधारणलाई ६० र संस्थालाई ४० प्रतिशतको व्यवस्था गरेका छौं’ विकासन्युजको यूट्युव च्यानलमा कुरा गर्दै गिरीले भने । अन्तराष्ट्रिय अभ्यासमा बुक विल्डिङ विधिबाट तय भएको मूल्य नै संस्थागत तथा सर्बसाधारणको लागि लागू हुने भए पनि नेपालमा संस्थागत लगानीकर्ताले कटअफ प्राइसमा किन्नु पर्ने तर सर्बसाधारणको लागि कटअफ प्राइसभन्दा १० प्रतिशत कम मूल्यमा बिक्री गर्नु पर्ने उनले बताए । कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्दा संकलन हुने प्रिमियम कोषको बाँडफाँड अहिलेको व्यवस्थाअनुसार नै हुने गिरीले बताए । बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्दा कम्पनीको प्रवद्र्धकको मिहेनत र लगानीले उचित प्रतिफल पाउने उनले बताए । १०० मा निष्काशन गरेको साधारण सेयर नेप्सेमा सूचिकृत भई कारोबार हुँदा सातामा ३/४ सय रुपैयाँ पुग्ने गरेको उदाहरण दिदै गिरीले १०० रुपैयाँको सेयर ४०० मा किनबेच भयो भने प्रवद्र्धकले प्रतिकित्ता ३०० रुपैयाँ गुमाउनु परेको बताए । पुँजी बजारको विकासका लागि कम्पनीको सेयर भ्यालु फेयर बनाउनु पनि नियामकको जिम्मेवारी भएको गिरीको भनाई छ । बुक विल्डिङ विधि अन्तराष्ट्रिय अभ्यासका आधारमा नै तयार गरिएको र यो विधि लागू भएपनि उत्पादन मुलक क्षेत्रका कम्पनीहरुको सेयर सर्वसाधारणमा निष्काशन हुने क्रम बढ्ने धितोपत्र बोर्डको विश्वास छ । ‘बुक विल्डिङ विधि लागू भएपछि पहिला सेयर निष्काशन नगरेका राम्रा कम्पनीहरुले अब सेयर निष्काशन गर्न सक्छन् यसले लगानीको अवसर वृद्धि गर्छ’ गिरीले भने । डिस मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले बुक विल्डिङ विधि राम्रो भएको बताए । बुक विल्डिङ विधि आएपछि कम्पनीको थप सेयर निष्काशन गर्न सक्ने सम्भावना उनले व्यक्त गरे । बुक विल्डिङ विधिमा धेरै कुरा राम्रो भएकोले त्यसमा प्रश्न र शंका गर्नुनपर्ने भनाई आचार्यको छ । यस विधिले सेयरको फेयर प्राइस तय गर्ने उनले बताए । कम्पनीले यसअघि साधारण प्रकियाबाट १० प्रतिशत सेयर निष्काशन गर्न लागेको थियो । ‘कम्पनीको नेटवर्थ धेरै राम्रो छ । तर सर्वसाधारणलाई १०० रुपैयाँमा नै बेच्नु पर्ने भएकोले हामीले १० प्रतिशत सेयर मात्र सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रिया अगाडि बढाएका थियौं’ आचार्यले भने–‘धितोपत्र बोर्डले बुक विल्डिङ विधि जारी गरेकोले अब १० प्रतिशतभन्दा बढी सेयर निष्काशनको सम्भावना बढेको छ । तर कम्पनीमा यस विषयमा छलफल हुन बाँकी छ ।’ डिसहोम प्रवृतिको सेवा मुलक कम्पनी वा उत्पादन मुलक कम्पनीहरुले बुक विल्डिङ विधिबाट सेयर निष्काशन गर्न इच्छुक भएमा यसअघिको प्रक्रिया फिर्ता गरेर नयाँ प्रक्रियामा जान सक्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक गिरीले बताए । तर बैंक, विकास बैंक, फाइनान्स, बीमा, लघुवित्त लगायत वित्तीय क्षेत्रले भने प्रतिकित्ता १०० रुपैयाँमा साधारण सेयर निष्काशन गर्नुपर्ने उनले बताए । ‘नियामकबाट १०० मा सेयर निष्काशन गर्ने सर्त स्वीकार गरेका कम्पनीहरु बुक विल्डिङ विधिमा जान सक्दैनन’ गिरीले भने–‘बैकिङ र बीमा क्षेत्रले यस्तो सर्त स्वीकार गरेर लाइसेन्स लिएका हुन्छन् ।’ यसअघि श्री फाइनान्सले प्रिमियम मूल्यमा सेयर निष्काशन गर्न चाहेपनि धितोपत्र बोर्डले स्वीकार नगरेको उदाहरण पनि उनले पेस गरे । धितोपत्र बोर्डको यो नियमसँगै साधारण सेयर निष्काशनका सर्त र विधिमा विविधता देखिएको छ । वित्तीय क्षेत्रले साधारण सेयर निष्काशन गर्नुपूर्व प्रर्वद्धकले लाभांश वितरण गर्न पाउँदैनन् । अन्य कम्पनीहरुका प्रवद्र्धकले कम्पनीको नाफा लिएपछि पनि साधारण सेयर निष्काशन गर्न पाउने व्यवस्था छ । बुक विल्डिङ विधिपछि नयाँ मापदण्ड र सर्तहरु बनेका छन् ।
बीमा बजार खाली छ, आफ्नो इच्छा जति छ त्यति लिन सकिन्छ-मनोज कुमार लाल कर्ण
मनोज कुमार लाल कर्ण, प्रमुख कार्यकारी अधिकृत, युनियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेड २०७४ सालमा बीमा समितिबाट १० वटा जीवन बीमा कम्पनीले लाइसेन्स पाए । त्यसमध्ये एक युनियन लाइफ इन्स्यारेन्स कम्पनीले असोज ४ गते बीमा समितिबाट बीमा व्यवसाय गर्न अनुमति पाएकाे थियाे । असोज ६ गते उद्घाटन गर्याे र असोज २२ गतेदेखि कारोबार सुरु गर्याे । काराेबार गरेकाे तीन वर्षमा वार्षिक झण्डै ३ अर्ब बीमा शुल्क संकलन गरेकाे छ । शाखा, उपशाखा विस्तार, अभिकर्ता परिचालनमा पनि कम्पनी धेरै अगाडि देखिएकाे छ । प्रमुख कार्यकारी अधिकत मनाेज कुमार लाल कर्ण ९० डिग्रीकाे भर्टिकल ग्रोथकाे लक्ष्य लिएकाे बताउँछन् । कसरी सम्भव छ ? प्रस्तुत छ विकासन्युजले गरेकाे विकास वहस । युनियन लाइफले धेरै वर्ष पुराना कम्पनीकै हाराहारीमा बीमा शुल्क संकलन, पोलिसी बिक्री र अभिकर्ता बनाउन लागेको छ, छोटो समयमा नै यो प्रकारको प्रगति कसरी सम्भव भयो ? मेरो काम गर्ने स्टायल नै यही हो । म जहाँ पनि एग्रेसिभ नै काम गर्छु । म जहाँ जहाँ गएको छु, त्यहाँ एग्रेसिभ्ली नै काम गरेको छु । र, यो एउटा प्रोसेस पनि हो । मैले हतार हतार काम गरेको मात्रै विजिनेस बढेको होइन । मुख्य कुरा त जीवन बीमाको बजार नै खाली छ । बजार खाली छ भने आफ्नो इच्छा जति छ, त्यति लिन सकिन्छ । वास्तवमै भन्नुहुन्छ भने हामीले जति बजार लिनुपर्ने हो, त्यति लिन सकेका पनि छैनौं । विजनेस अझै बढी हुनुपर्ने थियो । बजार खाली छ भनेर किन भन्नुभएको ? अहिले पनि २५/२६ प्रतिशत नेपालीले मात्रै जीवन बीमा गरेका छन् । अर्थात ७५ प्रतिशत बजार अझै खाली छ । अर्काे कुरा, २५ प्रतिशत नेपालीले जुन बीमा गरेका भनिएको छ, त्यसमा पनि ५/६ प्रतिशत पोलिसी दोहोरिएको होला । एउटै मान्छेले ४/५ वटा पोलिसी लिएको हुन्छ । त्यसैकारण वास्तविक रुपमा हेर्ने हो भने बढीमा २० प्रतिशत नेपाली मात्रै बीमा गरेका छन् । त्यसैकारण बजार खाली छ भनेको हुँ । सबैलाई बीमा चाहिन्छ, ८० प्रतिशत मान्छेले बीमा गराएका छैनन् भने बजार खाली नभएर के हो ? केही मान्छेले जसलाई हातमुख जोर्न समस्या भएको व्यक्तिले बीमा गर्न सक्दैन भन्छन् । तर, बीमाको दृष्टिकोणबाट हेर्ने हो भने बीमा गराउन नसक्ने व्यक्ति एक जना पनि छैनन् । दुई सय, चार सय वा हजार तिरेर पनि बीमा गराउन सकिन्छ । धेरै रकम तिर्न नसक्नेलाई बीमा गर्न नसक्ने व्यक्ति भनेर किटान गर्नुभएन । वास्तविक रुपमा हेर्ने हो भने बढीमा २० प्रतिशत नेपाली मात्रै बीमा गरेका छन् । त्यसैकारण बजार खाली छ भनेको हुँ । सबैलाई बीमा चाहिन्छ, ८० प्रतिशत मान्छेले बीमा गराएका छैनन् भने बजार खाली नभएर के हो ? बीमा ऐन आएर निजी क्षेत्रपनि खुल्ला गरिएको करिब ३ दशक हुन थाल्यो, यो अवधिमा पनि बीमाले समेटेको क्षेत्र २५ प्रतिशत मात्रै हुनुमा कसको कमजोरी देख्नुहुन्छ ? यसमा समग्र बीमा क्षेत्रकै कमजोरी छ । यसको हिस्सेदार म पनि हूँला । संचार क्षेत्र पनि होला । बीमाको बारेमा संचार क्षेत्रले कुरा उठाइरहनु पथ्र्याे होला । कम्पनीहरुले बीमामा समेटिने वातावरण बनाउनु पथ्र्याे होला । सरकारले पनि प्राथमिक तहदेखिकै शिक्षामा बीमा विषय अध्यायन गर्ने गराउने प्रबन्ध मिलाउनु पर्ने थियो होला । सबैको कमजोरीका कारण आज बीमाको अवस्था यस्तो भएको हो । युनियन लाइफ इन्स्योरेन्स कम्पनी संचालनमा आएपछि कति जना नयाँ अभिकर्ता बनाउनु भयो, कर्मचारी नयाँ कति जना र अन्य कम्पनीबाट कति जना थप्नुभयो ? हाम्रो कम्पनीको कुरा गर्दा अन्य कम्पनीमा काम गरेर आएका कर्मचारी र अभिकर्ताको संख्या निकै कम छ । गत असार मसान्तसम्ममा हाम्रो कम्पनीका करिब ३९ हजार अभिकर्ता छन् । यी करिब सबै नयाँ अभिकर्ता हुन् । हरेक कम्पनीले प्राय नयाँ अभिकर्ता नै बनाउने गरेका छन् । बीमाको दृष्टिकोणबाट हेर्ने हो भने बीमा गराउन नसक्ने व्यक्ति एक जना पनि छैनन् । दुई सय, चार सय वा हजार तिरेर पनि बीमा गराउन सकिन्छ । तपाईंको स्वभाव त शान्त जस्तै देखिनु हुन्छ, व्यवसाय जस्तै एग्रेसिभ हुनुहुन्न ? यो फरक कुरा हो । व्यक्तिगत जीवनमा म शान्त छु । बीमा क्षेत्रमा आउनुअघि करिब १० वर्षसम्म ट्युसन पढाएँ । त्योभन्दा अघि केही समय विद्यालयमा पढाएको पनि थिएँ । त्यसरी पढाउँदा पनि मलाई मेरा विद्यार्थीले विद्यालय तथा विश्वविद्यालय टप गर्नुपर्छ भन्ने मलाई लाग्थ्यो । तर, यो बीमा कम्पनीमा आउँदा यसलाई टप गराउँछु भन्ने मेरो दिमागमा छैन । मेरो दिमागमा के छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी ९० डिग्रीको बृद्धिदर हासिल गरेर अघि बढ्नुपर्छ भन्ने छ । रकेटको स्पीडमा अघि बढ्नुपर्छ । हामीले निश्चित अवधिको लागि पाएको जीवनमा स्लोली जानु हुन्न । जे काम गरेपनि एग्रेसिभ गर्नुपर्छ । जो व्यक्ति जुन ठाउँमा छ, उसले त्यो ठाउँमा राम्रो काम गर्नुपर्छ । मैले यो कम्पनीमा पनि भन्ने गरेको छु कि पोलिसी बेच्ने भन्दा पनि बीमाको बारेमा बुझाउने प्रयास गरौं । हामीले हाम्रो वरिपरी भएका, आफन्त वा छिमेकीमध्ये कसैको निधन भयो र बीमा नभएको कारण सो परिवारमा आर्थिक नोक्सानी परेर समस्या उत्पन्न भयो भने त्यसको जिम्मेवार हामी सबै जना हो । जुन बीमा कम्पनीमा गरेपनि बीमा गराउनु पर्यो, हाम्रो ध्यान यतातिर हुनुपर्छ । गत असार मसान्तसम्म कस्तो व्यवसाय भयो ? गत असार महिनामा मात्रै ७५ करोडको प्रिमियम संकलन भयो । असार मसान्तसम्मको कुरा गर्ने हो भने २ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । र, १ लाख ७० हजार पोलिसी विक्री गरेका छौं । अभिकर्ता ३९ हजार भए । १ सय ८६ वटा शाखा भएका छन् । नयाँ कम्पनीका लागि यो धेरै नै उपलब्धिमुलक काम हो । बजार हिस्सा करिब १० प्रतिशत पुग्यो । मेरो दिमागमा के छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी ९० डिग्रीको बृद्धिदर हासिल गरेर अघि बढ्नुपर्छ भन्ने छ । रकेटको स्पीडमा अघि बढ्नुपर्छ । कम्पनी संचालनमा आएको ३ वर्ष पनि नपुग्दै १० प्रतिशत बजार हिस्सा पुर्याउन सकिन्छ भन्ने लागेको थियो ? मलाई लागेको थियो । राम्रो टीम बनाएर सोही अनुसार मोटिभेट गर्न सकेको अबस्थामा यति उपलब्धी हासिल हुन्छ भन्ने मलाई लागेको थियो । यो कम्पनी सुरु हुनुअघि लाइसेन्सिङ प्रकृयामै रहेको बेलामा थापाथलीमा कार्यालय राखिएको थियो । त्यो बेला बीमा कै एकजना साथी मलाई भेट्न आउनु भएको थियो । असोज महिना लागिसकेको थियो । साथीले यो वर्ष लाइसेन्स पाउनु भयो भने कतिको व्यवसाय गर्नुहुन्छ भनेर सोध्नुभयो । मैले उहाँलाई ५० करोड रुपैयाँ जतिको गर्न सकिन्छ भनेर जवाफ दिएको थिएँ । उहाँले ‘दाइ यस्तो गफाडी कुरा नगर्नुस्, यति धेरै बीमा शुल्क ल्याउन सक्नुहुन्न’ भन्नुभयो । तर, त्यो वर्ष नै ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थियौं । उहाँले किन यस्तो भन्नुभएको थियो भने कुनै पनि बीमा कम्पनी खुलेको वर्ष ५० करोड रुपैयाँ बीमा शुल्क संकलन भएको थिएन । त्यसैले उहाँले शंका गर्नुभएको थियो । कारोबार सुरु गरेको पहिलो वर्षको ९ महिनामा नै ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन कसरी सम्भव भयो ? हामीले त्यही अनुसारको टीम बनाएका थियौं । एग्रेसिभ मार्केटिङ गरेका थियौं । त्यो बेला हाम्रो मात्रै होइन, अरुको पनि विजनेस बढेको थियो । सबैको बीमा शुल्क बढेको थियो । नयाँ कम्पनी आएपछि पुराना कम्पनीको पनि बीमा शुल्क बढ्यो । नयाँ १० वटा कम्पनीमध्ये युनियन लाइफ निकै अघि बढेको छ, यो कसरी सम्भव भयो ? सबै कम्पनीको आफ्नो आफ्नो रणनीति हुन्छ । आफ्नै किसिमले व्यवसाय विस्तार गरेको हुन्छ । त्यही अनुसार अरु कम्पनीले अलि विस्तारै अघि बढ्ने रणनीति बनाए होलान् । हामी एग्रेसिभ भएर अगाडि बढ्यौं । युनियन लाइफले छोटो समयमा नै जुन प्रकारको उपलब्धी हासिल गरेको छ, यसले संकट ल्याउने सम्भावना छ कि छैन ? छैन । समस्या कतिबेला आउँछ भने बीमा गरेपछि कुनै विन्दुमा पुगेर रोकियो वा तल झर्न लाग्यो भने समस्या आउने हो । युनियन लाइफ अहिलेसम्म भर्टिकल ग्रोथमा गएको छ । पहिलो वर्ष ८६ करोडको बीमा शुल्क संकलन भयो । दोस्रो वर्ष २ अर्ब ४९ करोड रुपैयाँ पुग्यो । र, अहिले २ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन भएको छ । हाम्रो ग्रोथ यो हिसावले गएको छ । हाम्रो ग्रोथ २ अर्ब ४९ करोडबाट ५ अर्ब रुपैयाँ पुगेको होइन । युनियन लाइफले गरेका बीमामध्ये कुन पोलिसीमा अलि बढी जोखिम छ भन्ने लाग्छ ? कुनै पनि पोलिसीमा जोखिम बढी हुदैन । किनभने सबै पोलिसी एक्चुरीले बनाएको हुन्छ । मनीब्याक पोलिसीमा बीच बीचमा रकम फिर्ता दिनुपर्छ । यस्तो पोलिसीको बीमा शुल्क नै केही महंगो हुन्छ । अवधि पूरा भएपछि भुक्तानी पाइने इन्डोमेन्ट पोलिसीको बीमा शुल्क सस्तो हुन्छ । तर, कुनै पनि प्रडक्ट बेच्दा पोटफोलियो मिलाउनु पर्छ । हामीले पोटफोलियो मिलाएका छौं । मनीव्याक र इन्डाेमेन्टमध्ये बीमा कम्पनीलाई कुन पोलिसी बढी फाइदाजनक हुन्छ ? हामीसँग करिब ३० प्रतिशत पोटफोलियो मनीव्याक छ । दुबै पोलिसीमा रकम भुक्तानी अवधिका आधारमा बीमा शुल्क तय गरिएको हुन्छ भनेर मैले अघि पनि भनिसकेको छु । यी दुई पोलिसीको तुलना नै गर्ने हो भने कम्पनीहरुका लागि मनीव्याक भन्दा इन्डोमेन्ट पोलिसी नै उत्तम हो । बीमा अभिकर्तालाई दिइने कमिसन बढी भएको कारण जीवन बीमाशुल्क महंगो भएको छ भन्ने गुनासो पनि आएको छ, यसमा तपाईंको धारणा के छ ? संसारभर नै जीवन बीमा भनेको अभिकर्ताको आधारमा चल्ने हो । अभिकर्ताले कमिसन पाउने विश्वव्यापी नियम नै हो । एक्चुरीले पनि अभिकर्ताले कमिसन आउने गरी दर तय गरेको हुन्छ । अभिकर्ताले १०/१५ चोटी गएर भनेपछि बीमा गर्ने गरिएको छ । अभिकर्ता गएन, अभिकर्तालाई कमिसन दिएन भने बीमा नै हुदैन । यो व्यवसायको प्रकृति नै यस्तै हो । प्रत्येक्ष बीमा गर्न सकिदैन ? बीमा कम्पनीको होर्डिङ बोर्ड देखेर बीमा गर्न आउने १ प्रतिशत पनि हुदैनन् । बीमालाई मान्छेले आवश्यकता वा अपरिहार्य हो भन्ने गरी सोचेकै छैनन् । विश्वभर नै जीवन बीमा भनेको एजेन्सी फोर्सबाट चल्ने व्यवसाय हो । सबै व्यवसायको आफ्नै प्रकृति हुन्छ । बीमाको प्रकृति नै यस्तै हो । दक्षिण एसियाली देशमा अभिकर्ता कमिसन दर कस्तो छ ? अरु देशमा त हाम्रोमा भन्दा पनि बढी कमिसन छ । कतिपय देशले बीमा अवधिभरको कमिसन दिने व्यवस्था पनि गरेका छन् । हाम्रो देशमा जम्मा १० वर्षसम्म मात्रै कमिसन पाइने व्यवस्था छ । कतिपय देशमा त एक वर्षको प्रिमियम अभिकर्ता कमिसनमै जाने व्यवस्था पनि छ । अभिकर्ता कमिसन घटाउन सक्ने हो भने बीमा शुल्क सस्तो पर्थ्याे, घटाउन सक्ने ठाउँ देख्नुहुन्छ ? म त त्यस्तो ठाउँ देख्दिनँ । घटाउनु पनि हुदैन । किनभने २० वर्षसम्मको लागि बीमा गरायो भने उसले पहिलो २ वर्षपछि त ५ प्रतिशतका दरले बाँकी ८ वर्षसम्म कर कटाएर कमिसन पाउने हो । तर उसले सेवा त २० वर्ष नै दिनुपर्छ । प्रत्येक्ष बीमा गर्न सकिने व्यवस्था सबै कम्पनीमा छ । तर, बीमा गराउँछु भन्दै कोही पनि आउँदैनन् । प्रत्येक्ष बीमा गराउन आउने व्यक्तिलाई अभिकर्ताले पाउने कमिसन छुट दिन सकिदैन ? अभिकर्ता बीचमा चाहिन्छ नै । एजेन्ट नै भएन भने पोलिसी ल्याप्स हुने सम्भावना बढेर जान्छ । यो व्यवसायमा शतप्रतिशत प्रत्येक्ष वा शतप्रतिशत अनलाइन गरेर सम्भव हुन्न । अहिले गाउँबाट बीमा आइरहेको छ । गाउँका मान्छे मेरो आवश्यकता हो भने बीमा गर्न कहाँ जान्छन् ? यसको लागि धेरै समय लाग्छ । अहिलेसम्म जम्मा २० प्रतिशत जनतालाई मात्रै बीमा गराउन सकेका छौं । अभिकर्ताले दैनिक गएर भनेका भन्यै छन् । अहिलेसम्म बीमा भएको भनेको नै फोर्सफुल्ली हो । बीमाको बारेमा १० चोटी नभनी कसैले बीमा गर्दैन । कर्मचारी राखेर बीमा गराऊ न त भन्यो भने योभन्दा पनि बढी खर्च हुन्छ । अभिकर्तामार्फत आएको बीमामा खर्च कम छ । त्यसैले घटाउनु हुदैन, बरु बढाउनु पर्छ । बीमा अवधिभरको कमिसन पाउने व्यवस्था गर्नुपर्छ । यसो भयो भने अभिकर्ता अझ सक्रिय भएर लाग्छ । बीमा अभिकर्ताको कमाईं त्यही कम्पनीका सिइओको भन्दा बढी हुन्छ भन्ने चर्चा सुनिन्छ, फेरि तपाईं अभिकर्ता कमिसन अझै बढाउनु पर्छ भन्नुहुन्छ ? विश्वमा ८० प्रतिशत मान्छेहरु विश्वविद्यालयको अध्ययनकै क्रममा सेलिङ प्रोफेसनमा आउँछन् । २० प्रतिशत मात्रै यताउता हुने हो । सेलिङ प्रोफेसनको विशेषता नै यस्तो हो कि जसले जति काम गर्न सक्छ त्यति नै कमाइ हुन्छ । जति मेहेनत गर्यो उति कमाइ हुन्छ । यस्तो कमाई तलबले होइन, कमिसनले निर्धारण गर्ने गरेको हुन्छ । अभिकर्ताहरु दिनरात, घामपानी, केही नभनी काम गरिरहेका हुन्छन् । उनीहरु दिनमा १६/१८ घण्टासम्म पनि काम गरिरहेका हुन्छन्, त्यसैले कमाउँछन् । अभिकर्ता मात्रै होइन, अन्य क्षेत्रमा पनि जसले धेरै मेहेनत गरेको हुन्छ, उसको कमाइ धेरै हुन्छ । यो कम्पनीको लागि तपाईं कति समय खट्नुहुन्छ ? मैले विहान ७ बजेदेखि राती १० बजेसम्म यही कम्पनीको लागि समय दिएको छु । यो कम्पनीका कर्मचारी कति समय काम गर्छन् ? शाखा कार्यालयहरुमा गएर हेर्नुभयो भने विहान ८ बजेदेखि राती १० वजेसम्म हाम्रा कर्मचारीहरु कम्पनीका लागि खटिरहेका पाउनु हुन्छ । तपाईंको कम्पनीमा कर्मचारी टर्नओभर कत्तिको छ ? सुरुसुरुमा कर्मचारी आउने, जाने क्रम अलि बढी नै थियो । पछिल्लो एक वर्षयता त्य क्रम रोकिएको छ । अरु कम्पनीहरुबाट धेरै कर्मचारी ल्याएका पनि छैनौं । हामीले कलेज पढ्दै गरेका र विद्यालय पढाउँदै गरेका शिक्षक बढी ल्याएका छौं । नयाँ कर्मचारीले बढी व्यवसाय ल्याएका छन् । बैंक, सहकारी र शिक्षण पेशाबाट आएका कर्मचारीले बढी व्यवसाय ल्याएका छन् । पुरानोको तुलनामा नयाँ कर्मचारीले बढी विजनेस ल्याउन सक्नुको कारण के होला ? यसको मुख्य कारण भनेको हाम्रो तालिम नै हो । हाम्रो मोटिभेसन नै हो । चैतमा लकडाउन भएपछि मानिसहरुको मनमा त्रासदीको भयावह अवस्था थियो । यस्तै अवस्थामा चैत २० गतेदेखि मैले अनलाइन तालिम सुरु गरेँ । अनि मैले सबैको दिमागमा कोभिड–१०० भर्दिएँ । कोभिड–१९ भनेको डर, भय, त्रास सिर्जना गर्ने महामारी हो । कोभिड–१०० भनेको मास्क लगाउ, स्यानिटाइजर बोक, दुरी कायम गर र प्रफुल्लित मुद्रामा बाहिर जाऊ भन्ने हो । पैसा कमाऊ त्यो कोभिड–१०० हो भनेँ । त्यसैकारण युनियन लाइफले बैशाख महिनामा सबैभन्दा बढी पोलिसी बेच्यो । सबैभन्दा बढी प्रिमियम संकलन भयो । अनि बजार तरंगित भयो । युनियन लाइफले गर्न सक्छ भने हामीले किन नसक्ने भन्ने अन्य बीमा कम्पनीलाई पनि पर्यो । हामीले एकै दिमा ७ वटासम्म अनलाइन कन्फरेन्स गरेका छौं । कहिले शाखा प्रमुखलाई, कहिले प्रादेशिक प्रमुखलाई, कहिले सिनियर एजेन्सी म्यानेजरलाई, कहिले एमडीआरटी मेम्बरहरुलाई तालिम दिएका हुन्थ्यौं । त्यसपछि युनियन लाइफमा मात्रै होइन, जीवन बीमा बजारमा कोभिड–१०० आयो । कुन क्षेत्रबाट बढी बीमा आएको छ ? शहर तथा ग्रामीण दुबै क्षेत्रबाट बीमा आएको छ । प्रादेशिक रुपमा हेर्दा जनसंख्याको आधारमा करिब उस्तै बीमा आएको देखिन्छ । बीमा भनेको जनसंख्या, आम्दानी तथा सचेतना जस्ता कुराले निर्धारण गर्ने भएकोले १ देखि सुदूरपश्चिम प्रदेशसम्ममा जे जति व्यवसाय आएको छ, त्यो करिब उस्तै देखिन्छ । युनियन लाइफको गत आर्थिक वर्षको व्यवसायबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ? म सन्तुष्ट छु । असार महिनामा मात्रै हामीले ७५ करोडको प्रिमियम ल्यायौं । व्यक्तिगत बीमामा व्याकडेटिङ गर्न नपाउने भनेर बीमा समितिले निर्देशन जारी गर्यो । यो निर्देशन बीमा कम्पनीहरुका लागि बरदान सावित भयो । डबल बीमा गरिएको छ भने २ वर्षपछि र सिंगल बीमा गरिएको छ भने एक वर्षपछिदेखि नै ऋण लिन पाइने व्यवस्थाले बिमित र कम्पनी दुबै पक्षलाई फाइदा भयो । तर, गत आर्थिक वर्षमा कोभिड–१९ नआएको भए हामीहरुको विजनेस योभन्दा निकै धेरै हुन्थ्यो । कोभिड–१९ नआएको भए हामी गत आर्थिक वर्षसम्ममा ५ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गर्ने थियौं । म सन्तुष्ट छु भन्नुको अर्थ कोभिड–१९ को बेलामा जे जस्तो व्यवसाय भयो, त्यो राम्रो हो मात्रै भनेको हूँ । आइसीयुमा भएको विरामीले ३ चम्चा खाना खानु भनेको राम्रो हो । खुसीको कुरा हो । तर एउटा स्वस्थ मानिसले ३ चम्चा खाना खायो भनेर खुसी हुन सकिदैन । युनियन लाइफले कहिलसम्म मार्केट लिड गर्छ ? म मार्केट लिड गर्नेतिर दौडेकै छैन । यो मार्केट लिड गर्नेगरी अघि बढ्नुपर्छ भन्ने मेरो इन्टेन्सन पनि छैन । युनियन लाइफ हरेक घरमा जानुपर्छ । बीमा बजारको बृद्धि हो । हरेक जनजनले हरेक घरले बीमा गर्यो भने १५ वर्षपछि त सबै नागरिक लखपति हुन्छन् । अनि नेपाल पनि गरिब राष्ट्र बनिरहदैन । युनियन लाइफ इन्स्योरेन्स कम्पनीप्रति समकक्षी कम्पनीहरुले अलि बढी आलोचनात्मक दृष्टिकोण राख्छन्, किन होला ? कुनै बेला सबैभन्दा बढी आलोचना विश्वविद्यालयका प्रोफेसरको हुन्छ, प्राथमिक विद्यालयका शिक्षकको कम हुन्छ । बजारम एग्रेसिभ्ली गएपछि आलोचना हुनु स्वभाविक नै हो । त्यो आलोचना मेरो लागि बरदान हो । अरुले आलोचना गरेकै कारण म राम्रो ट्रयाकमा हिड्न वाध्य हुन्छु । यो कम्पनीको आइपीओ कहिले आउँछ ? यसमा केही प्राविधिक समस्याहरु छन् । यो कम्पनीले असोजदेखि कारोबार सुरु गरेको थियो । अर्काे वर्षको कात्तिकमा कम्पनीको साधारणसभा भयो । त्यसपछि आइपीओको लागि पठायौं । तर, धितोपत्र बोर्डले कारोबार गरेको एक वर्ष पूरा भएको हुनुपर्छ भन्यो । बोर्डको यस्तो भनाइपछि अर्काे वर्ष कुनुपर्ने वाध्यता आयो । अब एक्चुरी भ्यालुएसन भएर बीमा समिति पठाउने र स्वीकृति पाएपछि एजीएम गरेर आइपीओमा जाने हाम्रो योजना छ । क्रेडिट रेटिङको काम भइरहेको छ । यो आर्थिक वर्षको अन्त्यसम्ममा आइपिओ आइसक्छ ।