सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक
काठमाडौं । सोन्ना अमात्यको ‘डाली चरी’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । सोन्ना अमात्यको स्वरमा रहेको सो गीतको लय तथा संगीत शशि विक्रम थापाले गरेका हुन् । अभिनयमा सोन्ना अमात्यका साथमा निरज बराललाई देख्न सकिन्छ । नविन अवालले उक्त म्युजिक भिडियो निर्देशन गरेका थियो । भिडियो हेर्न तल क्विल गर्नुहोस् ।
सुनिल गिरी र पुनम मिश्रको “कोसेली” बजारमा
काठमाडौं । गायक सुनिल गिरी र पुनम मिश्रको नयाँ गीत भिडियो सहित सार्वजनिक भएको छ ।गीतको लय तथा संगीत सुनिल गिरीकै रहेको सो गीतमा गिरीलाई अभिनयमा अन्जली मगरले साथ दिएकी छन् । सर्जन थापा मगरले निर्देशन गरेको सो म्युजिक भिडियो अनिल मानन्धरले क्यामेरामा कैद गरेका थिए । ‘को होला त्यो’, ‘देउराली’, ‘परदेशी’ ‘सोल्टीना’ आदि चर्चित गीत निकालेका गिरीले “कोसेली” गीतको भिडियो युट्युबमा सार्वजनिक भएको छ । भिडियो हेर्न तल क्लिक गर्नु होस् ।
बुद्ध लामाको चौथो गीत ‘सोल्टीनी सोल्टीनी’ भिडियो सहित सार्वजनिक
काठमाडौं । नेपाल आइडल पहिलो सिजनका विजेता बुद्ध लामाको नयाँ गीत ‘सोल्टीनी सोल्टीनी’ म्यूजिक भिडियोका साथ सार्वजनिक भएको छ । एपिवानद्धारा निर्मित दोस्रो गीतमा आशुसेन लामाको शब्द तथा संगित रहेको छ । चर्चित रियालिटी शो नेपाल आइडल पहिलो सिजनको विजेता बुद्ध लामा अर्काे म्युजिक भिडियो बजारमा आएको छ । अनिल के मनान्दरको निर्देशनमा रहेको म्युजिक भिडियोमा लामा र अलिसा राईको अभिनय रहेको छ । आइडलको यात्रा पछि लामाको ४ ओटा गीत बजारमा आइसकेका छन्, ती सबै गितहरु दर्शकले रुचाएका छन् । भिडियाे हेर्न तल क्लिक गर्नुहोस् ।