फेसबुकले लण्डनमा खोल्यो नयाँ कार्यालय, ८ सय जना कर्मचारी माग
लण्डन । सामाजिक सञ्जाल कम्पनी फेसबुकले आज बेलायतको लण्डनमा नयाँ कार्यालय खोलेको छ । यहाँ कम्पनीको अमेरिकाबाहिरकै सबैभन्दा ठुलो इञ्जिनियरिङ सेन्टर हुनेछ । कम्पनीको यो कार्यालय शहरको पश्चिमान्त क्षेत्रको अक्सफोर्ड सडकको नजिक छ । यसमा करीब ८ सय वटा तहका लागि जागिरको अवसर पनि खुल्दैछ । जसको आधा क्षेत्र इञ्जिनियरिङसँग सम्बन्धित छ । फेसबुकले १० वर्षपहिले यहाँ दर्ता गरेको थियो । कम्पनीका अनुसार नयाँ कार्यालयमा स्थानीय स्तरबाट अर्को वर्षसम्म २३ सय जना कर्मचारी भर्ना गर्नेछ । कम्पनीका उपाध्यक्ष (यूरोप, पश्चिमी एशिया तथा एशिया) निकोल मेन्डलशनले ब्रिटेनको प्रेस एसोसिएशनलाई भने, ‘पछिल्लो एक दशकमा यो देश फेसबुककव यात्राको निकै ठुलो हिस्सा बनेको छ । अब हामी ब्रिटेनका लागि अझै अधिकरुपमा प्रतिबद्ध छौं ।’
गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको कम्पनी संचालक समितिकोे बैठकले दुगडलाई कम्पनी संचालकमा नियुक्त गरेको हो । कम्पनीको १४२ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट नवनियुक्त दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त गरेको छ ।
यूनिलिभरको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त
काठमाडौं । यूनिलिभर नेपालको प्रबन्ध निर्देशकमा आशिष राई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले राईलाई प्रबन्ध निर्देषकमा नियुक्त गरेको हो । बैठकले मंसिर १२ गतेदेखि नै लागू हुने गरि राईलाई कम्पनीको निर्देषकमा नियुक्त गरेको हो ।