यी हुन् २ घण्टामै सर्किट लेवलमा सेयर मूल्य घट्ने ६० कम्पनी
काठमाडौं । आइतबार सेयर बजार उच्च रुपमा घट्दा ६० वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ । आइतबार नेप्से ५ प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेकाे छ । नेप्से ५ प्रतिशतले ले घट्दा १३९ अंककाे गिरावट आएकाे हाे भने २७८७.९९ अंकमा सेयर बजार कामयम भएकाे छ । सेयर बजारमा ६० वटा कम्पनीहरुमध्ये ३२ वटा कम्पनीमा नेगेटिभ सर्किट लागेको छ भने अन्य ३० वटा कम्पनीहरु सर्किट लेभलमै पुगेका छन् । नेपाली सेयर बजारमा इतिहासमै यो उच्च गिरावट भएकाे बताइएकाे छ । यो समाचार तयार पार्दासम्म बजारमा १ करोड ३४ लाख ८४ हजार कित्ता सेयर किनबेचबाट कुल ६ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । यी हुन् सर्किट लेभलमा घट्ने ६० कम्पनी
अपि पावरसहित चार कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा अपि पावरसहित चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । एकैदिन अपि पावर, ङादी ग्रुप पावर, एनएबी ५० र एनएमबि हाइब्रिड फण्ड एल १ को मूल्य समायोजन भएको हो । जसमध्ये अपि पावरको १०.५ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । प्रतिकित्ता ५२९ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ४७८.७३ रुपैयाँ कायम भएको छ । त्यस्तै, ङादी ग्रुपको २० प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ८०७.५० रुपैयाँ कायम रहेको छ । यसअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९६९ रुपैयाँ रहेको थियो । त्यस्तै, एनएमबि५० को ३० प्रतिशत नगद लाभांशपछि मूल्य समायोजन भएको हो । प्रतिईकाई १५.५३ रुपैयाँ रहेको फण्डको मूल्य समायोजन पछि १२.५३ रुपैयाँ कायम भएको छ । त्यसैगरी, एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाइब्रिड फण्ड एल १ को पनि नगद लाभांश पछिको मूल्य समायोजन भएको छ । यससँगै उक्त फण्डको मूल्य प्रतिइकाई ११.८० रुपैयाँ रहेको छ ।
साताको सेयर बजार: ९५ अर्बको कारोबार, जलविद्युत कम्पनीको सेयर मूल्यमा उछाल
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक यस साता उतारचढावपूर्ण अवस्थामा रह्यो । उल्लेख्य मात्रामा नेप्सेमा परिवर्तन नभए पनि कारोबार रकमसमेत ठूलो परिमाणमा वृद्धि भयो । अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्य वृद्धि भयो । कमजोर भनिएका जलविद्युत् कम्पनीको शेयर मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि विद्युत् नियमन आयोगसमेत बोल्नुपर्ने अवस्थामा पुग्यो । प्रतिफलसमेत असाध्यै कम दिन सक्ने भनेर प्रक्षेपण गरिएका जलविद्युत् कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । सङ्घीय संसद्को अर्थ समितिमा नेपाल धितोपत्र बार्ड र नेपाल स्टक एक्सचेन्जका प्रमुखहरुले गैरकानूनी रुपमा खरिद गरिएको भनिएको एक कम्पनीको शेयरका बारेमा राम्रै बहस भयो । यद्यपि शेयर बजारमा भने केही कीर्तिमानसमेत कायम भयो । नेप्सेले तीन हजार दुई सयको विन्दु पछ्यायो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको सामान्य प्रभावमा बजारमा देखियो । बैंकले शेयर खरिदमा प्राप्त गर्दै आएको मार्जिन लेन्डिङको सीमामा कडाइ गरेको छ । यस्तै सिडी रेसियोमा पनि नयाँ व्यवस्था गरेको छ । कारोबारको अन्तिम दिन नेप्से दोहोरो अङ्कले घट्यो भने अन्य दिन सामान्य रुपमा मात्रै वृद्धि भए । कारोबार रकम औसतमा १८ अर्बको हाराहारीमा रहन पुग्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता कूल दुई सय २९ कम्पनीको १५ करोड ७१ लाख २६ हजार चार सय ८४ कित्ता शेयर ९५ अर्ब नौ करोड ५८ लाख १३ हजार पाँच सय ९२ मूल्यमा खरिद–बिक्री भए । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटे पनि कारोबार रकममा भने नयाँ कीर्तिमान कायम ग¥यो । त्यस दिन नेप्से २४.५७ अङ्कले घटेर तीन हजार १५४.३३ मा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.९० विन्दुले घटेर ५८९.२८ मा पुग्यो । कूल दुई सय २२ कम्पनीको तीन करोड ५५ लाख ५० हजार ६ सय ८८ कित्ता शेयर २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लागेको छ भने १० उपसमूहको शेयर भने ओरालो लाग्यो । कारोबारका आधारमा त्यस दिन नेपाल बैंक शीर्ष स्थानमा रही एक अर्ब पाँच करोड ४६ लाख ७८ हजार आठ सय १५ बराबरको कारोबार भयो । आइतबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । त्यसमा खानीखोला हाइड्रोपावर, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्सुरेन्स कम्पनी थिए । साताको दोस्रो दिन सोमबार नेप्सेमा झिनो सुधार भयो भने कारोबार रकम १५ अर्ब ९३ करोडमा सीमित भयो । त्यस दिन नेप्से परिसूचक झिनो अङ्कले उकालो लाग्यो । आइतबारको तुलनामा नेप्से सम्हालिएर ५.७२ विन्दुले वृद्धि हुँदा तीन हजार १६०.०५ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५६ विन्दुले बढेर ५९२.९३ मा पुग्यो । कूल दुई सय २७ कम्पनीको दुई करोड ८६ लाख १७ हजार आठ सय पाँच कित्ता शेयर १५ अर्ब ९३ करोड आठ लाख ९७ हजार नौ सय ३८ मूल्यमा खरिद–बिक्री भए । सोमबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब १४ अर्ब ११ करोड १० लाख पाँच हजार बराबर पुग्यो । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लाग्यो भने सात उपसमूहको शेयर उकालो लाग्यो । त्यस दिन कारोबारका आधारमा सोमबार नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रही ७४ करोड ९७ हजार चार सय ५६ बराबरको कारोबार गर्याे । सोमबार पनि विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीमा नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जीवन विकास थिए । साताको तेस्रो दिन मङ्गलबार विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । नेप्से ०.२३ विन्दुले बढेर तीन हजार १६०.३१ मा पुग्यो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ विन्दुले बढेर ५९३.२८ मा पुग्यो । कूल दुई सय २१ कम्पनीको तीन करोड छ लाख १३ हजार चार सय ३९ कित्ता शेयर १८ अर्ब २० करोड ४९ लाख ३९ हजार दुई सय ३७ मूल्यमा खरिद–बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुग्यो । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो । कारोबारका अपी पावर कम्पनी शीर्ष स्थानमा रही ८६ करोड ३८ लाख २४ हजार सात सय १७ बराबरको शेयर खरिद–बिक्री भयो । मङ्गलबार विभिन्न १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । कारोबार हुने साताको चौथो दिन बुधबार नेप्से ३२.०४ विन्दुले बढेर तीन हजार १९२.३५ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.३८ विन्दुले बढेर ५९६.६६ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड १४ लाख ३१ हजार आठ सय ५५ कित्ता शेयर १८ अर्ब ८१ करोड ३१ लाख ६४ हजार नौ सय ९५ मूल्य बराबरको कारोबार भए । कारोबार भएका १३ उपसमूहमध्ये चार उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्य बढ्यो । बुधबारको कारोबारपछि बजार पूँजीकरण ४४ खर्ब ६८ अर्ब ५० करोड ५३ लाख ९२ हजार ९१ बराबर पुग्यो । कारोबारका आधारमा नेशनल हाइड्रोपावरक कम्पनी शीर्ष स्थानमा रही ७८ करोड ८७ लाख तीन हजार पाँच सय २० बराबरको शेयर खरिद–बिक्री भयो । त्यस दिन विभिन्न छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । लगातार कीर्तिमान कायम राख्दै आएको नेप्सेमा शेयर कारोबार हुने साताको अन्तिम बिहीबार भने करेक्शन देखियो । त्यस दिन नेप्सेमा १८.२४ विन्दुले गिरावट आई तीन हजार १८०.७८ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.३३ विन्दुले घटेर ५९०.१५ विन्दुमा सीमित भयो । कूल दुई सय २९ कम्पनीको तीन करोड नौ लाख १२ हजार ६ सय ९७ कित्ता शेयर २० अर्ब ४९ करोड ९२ लाख १० हजार सात सय ६७ मूल्यमा खरिद–बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भयो भने आठ उपसमूहको शेयर ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण काबेली शीर्ष स्थानमा रही एक अर्ब १६ करोड ७८ लाख ३२ हजार चार सय ३५ बराबरको शेयर खरिद–बिक्री भयो । बिहीबार कारोबारका आधारमा जीवन विकास लघुवित्तको शेयरमा १० प्रतिशतले मूल्यवृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । रासस
कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट, किन्नेको ओइरो
काठमाडौं । बुधबार नियमित कारोबार खुलेको दुई मिनेट नबित्दै अरुण काबेलीको सेयर मूल्यमा सर्किट लागेको छ । ११ बजेर २ मिनेट नबित्दै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । बुधबार कम्पनीको सेयर कारोबार प्रतिकित्ता ७४३.८० रुपैयाँमा खुलेको थियो । त्यसको केही अवधिमै सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८०२.२० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ७२.९० रुपैयाँले बढी हो । मंगलबारको बजारमा कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता ७२९.३० रुपैयाँमा भएको थियो । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर बेच्नेको भन्दा किन्नेको ओइरो लागेको छ । हालसम्म ११ लाख ८० हजार ७९१ कित्ता सेयर किन्नेको चाप देखिएको छ । कम्पनीले सेयरधनीलाई लाभांश र लाभांशपछि हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । बुधबार बिहान एक सूचना प्रकाशित गर्दै कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, उक्त बोनस सेयरको लागि कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी, १७ प्रतिशत बोनस सेयर पछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने कम्पनीको विशेष प्रस्ताव रहेको छ । उक्त प्रस्तावलाई कम्पनीको साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको आगामी वार्षिक साधारणसभा भदौ २६ गते बिहान ११ बजे जुम मार्फत बस्दै छ । सभामा जाने प्रयोजनको लागि आगामी भदौ १५ गतेदेखि भदौ २५ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५८ करोड रुपैयाँ रहेको छ । १७ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ८५ करोड रुपैयाँ कायम हुने छ । त्यसपछि कायम हुने उक्त चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्ने छ ।
अपि पावरमा झुम्मिए लगानीकर्ता, एकैदिन १६ कम्पनीको सेयर मूल्यमा सर्किट
काठमाडौं । मंगलबारको सेयर बजारमा अपि पावर कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ८६ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । रकमको आधारमा मात्रै नभई सबैभन्दा बढी कित्ता सेयर किनबेच हुनेको अग्रस्थानमा पनि अपि पावर नै रहेको छ । मंगलबार मात्रै कम्पनीको १३ लाख ४१ हजार २४० कित्ता सेयर खरिद बिक्री भएको छ । कम्पनीले लाभांश र हकप्रद सेयर घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएका हुन् । कम्पनीले चुक्ता पुँजीको १०.५ प्रतिशत बोनस र बोनस पछि ३९.३६ प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेसँगै कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । कारोबारसँगै कम्पनीको सेयर मूल्यमा पनि वृद्धि भएको छ । सो दिन कम्पनीको अन्तिम सेयर कारोबार प्रतिकित्ता ६४० रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा ८.२० रुपैयाँले बढेको हो । दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य न्यूनतम ६३४ रुपैयाँदेखि अधिकतम ६७० रुपैयाँसम्ममा किनबेच भएको थियो । बोनस र हकप्रद पारित गर्न अपि पावरले डाक्यो साधारणसभा समग्रमा मंगलबारको बजार सामान्य ०.२३ अंक अर्थात ०.०१ प्रतिशतले बढेर ३१६०.३२ बिन्दुमा पुगेको छ । दिनभरको कारोबारमा २२१ कम्पनीको कूल १८ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सामान्य अंकले बढेको बजारमा पनि १६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये पनि १२ कम्पनीको सेयर मूल्य १०/१० प्रतिशत र बाँकी ४ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । जसमध्ये अधिकांश हाइड्रो कम्पनी रहेका छन् । सो दिन सबैभन्दा बढी एनआईबिएल प्रगति फण्डको इकाई मूल्य ३.८६ प्रतिशतले घटेर प्रतिइकाई १३.४६ रुपैयाँमा झरेको छ । मंगलबार बैंकिङ्ग, होटल्स् एण्ड टुरिजम, जीवन बीमा, म्युचुअल फण्ड, निर्जीवन बीमा, अन्य सूचक र ट्रेडिङ्ग समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् ।
जीवन विकास लघुवित्तको सेयर मूल्य ११९ प्रतिशतले बढ्यो, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । जीवन विकास लघुवित्तको सेयर मूल्यमा निरन्तर सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सर्किट लागेको कम्पनीको सेयरमा आज पनि बजार खुलेको केही समयमै सर्किट लागिसकेको छ । यससँगै आज मंगलबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार रुपैयाँ माथि पुगेको छ । सो दिन कम्पनीको सेयर कारोबार प्रतिकित्ता १८५८ रुपैयाँदेखि कारोबार शुरु भएको थियो । यससँगै नियमित बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २००४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १० प्रतिशत अर्थात १८२.२० रुपैयाँ बढी हो । त्यस्तै, उक्त रकम कम्पनीको पहिलो कारोबारको तुलनामा ११९.३२ प्रतिशतले बढी हो । दोश्रो बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ९१४ रुपैयाँमा भएको थियो । कम्पनीले गत साउन १४ गतेदेखि दोश्रो बजारमा कारोबारमा शुरु गरेको हो । कारोबार शुरु गरेको दुई साता नबित्दै संस्थाको सेयरको भाउ दुई हजार माथि पुगिसकेको छ । सोमबारसम्मको संस्थाको चार्ट यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर किन्नेको उच्च चाप देखिएको छ भने बेच्ने कोही पनि देखिएका छैनन् । दिउँसो साढे १२ बजेसम्मको अवधिमा कम्पनीको ४ लाख १३ हजार ३९२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेको देखिन्छ । तर, बिक्रीकर्ता कोही पनि छैनन् । सोमबारको कम्पनीको बजार पुँजीकरण ११ अर्ब ८ करोड रुपैयाँ पुगेको थियो । जुन मंगलबारको बजारमा बढेर १२ अर्ब १९ करोड रुपैयाँ नाघ्ने छ । हाल संस्थाको चुक्ता पुँजी ६० करोड ८४ लाख रुपैयाँ रहेको छ । नेप्सेमा संस्थाको ६० लाख ८४ हजार कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये ६७.५० प्रतिशत अर्थात ४१ लाख ६ हजार ७०० कित्ता सेयर संस्थापकको स्वामित्व हो भने बाँकी ३२.५० प्रतिशत अर्थात १९ लाख ७७ हजार ३०० कित्ता सेयर सर्वसाधारणको रहेको छ ।
आइतबार ६ कम्पनीको सेयर मूल्यमा सर्किट, चार शीर्षकमा अपि पावर अगाडि
काठमाडौं । आइतबारको सेयर बजार सामान्य अंकले उकालो लागेको छ । सामान्य उतारचढाव देखिएको बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक पनि सामान्य ०.६६ अंकले उकालो लागेर ३१०८.१३ बिन्दुमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनमा ०.०२ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा पनि ६ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, अपि पावर, यूनिभर्सल पावर कम्पनी, ज्योति विकास बैंक, यूनियन लाइफ इन्स्योरेन्स कम्पनी र नाङ्दी ग्रुप पावरको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । आइतबारको बजारमा १४ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२७ कम्पनीको २ करोड ६९ लाख कित्ता सेयर खरिद बिक्री भएको हो । गत बिहीबारको जस्तै आइतबारकोको बजारमा पनि विभिन्न शीर्षकको अग्रस्थानमा अपि पावर रहेको छ । बढी कमाउने सहित बढी कारोबार गर्नेको अग्रस्थानमा अपि पावर नै रहेकाे छ । कम्पनीकाे एकैदिन ८१ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा ४ हजार ८४४ पटकमा कम्पनीको १३ लाख ८८ हजार ८९१ कित्ता सेयर खरिद बिक्री भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । आइतबार एनआईसी एशिया डिबेन्चर २०८३र८४ को मूल्य सबैभन्दा बढी अर्थात ७.३७ प्रतिशतले घटेको छ ।
जीवन विकाससहित चार कम्पनीको सेयर मूल्यमा सर्किट, अपरको उच्च कारोबार
काठमाडौं । बिहीबारको बजारमा विभिन्न ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । दोहोरो अंकको करेक्सन देखिएको बजारमा पनि जीवन विकाससहित ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो । सो दिन नेपाल फाइनान्स, कर्णाली डेभलपमेन्ट बैंक, जीवन विकास बैंक र यूनियन लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भएको हो । जसमध्ये फाइनान्स समूहको नेपाल फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२०.५० रुपैयाँ पुगेको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक र जीवन विकास लघुवित्तको सेयर मूल्य १०/१० प्रतिशतले बढेर प्रतिकित्ता ४४७.७० र १५०६.२० रुपैयाँ पुगेको छ । त्यसैगरी, यूनियन लाइफको सेयर मूल्य भने ९.९८ प्रतिशतले बढेर ४८२.७० रुपैयाँ पुगेको छ । बजारमा कूल २२६ कम्पनीको १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब ३२ करोड रुपैयाँले घटी हो । अघिल्लो दिनको बजारमा कूल १५ अर्ब ४५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ६५ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य अघिल्लो दिनको तुलनामा सामान्य ०.८० रुपैयाँले बढेर प्रतिकित्ता ७६२ रुपैयाँ पुगेको छ । समग्रमा बिहीबारको बजार दोहोरो अंकले ओरालो लागेको छ । सो दिन सेयर कारोबार मापक नेप्से परिसूचक १६ बिन्दुले घटेर ३१०७.४५ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५१ प्रतिशतले घटी हो । सो दिन विकास बैंक बाहेक सबै समूह राताम्मे देखिएका छन् । विकास बैंक समूह भने ११० अंकले बढेर ५०२२ बिन्दुमा पुगेको छ । राताम्मे हुनेमा हाइड्रोपावर समूह सबैभन्दा बढी अर्थात ७६.३९ बिन्दुले घटेको छ ।
एनआईसी एशियाको २४ वर्षे यात्राः सेयर मूल्य १३६ गुणाले बढ्यो, बिजनेसमा आक्रामक
काठमाडौं । एनआईसी एशिया बैंक २४औं वर्षमा प्रवेश गरेको छ । २०५४ साल साउन ७ गते स्थापना भई कारोबार शुरु गरेको यो बैंक आजबाट २४ वर्षमा प्रवेश गरेको हो । २४ वर्षसम्मको अवधिमा बैंकले देशकै सबैभन्दा बढी शाखा विस्तार गरी ग्राहकलाई सेवा दिन सफल भएको छ । बैंकले हाल ३५६ शाखा, ७० विस्तारित काउण्टर, ८१ शाखा रहित बैंकिङ्ग सेवा तथा ४७१ एटिएम मार्फत आफ्ना २७ लाख ३६ हजारभन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरु मार्फत ग्राहकलाई गुणस्तरिय सेवा प्रवाह गर्दै आइरहेको छ । यो अवधिमा बैंकले सेयरधनीलाई अप्टिमम् वेल्थ म्याक्सिमाईजेशन गरी लगानीमा उच्चतम प्रतिफल वितरण गर्न सकेको बैंकको दावी छ । सर्वसाधारण सेयरधनीको सुरुवाती एक कित्ता पब्लिक सेयरको मूल्य हाल १३ हजार ६ सय ६२ हुन पुगेको छ, जुन सुरुवाती लगानी रकमको करिब १ सय ३६ गुणाको वृद्धि हो । त्यसैगरी बैंकले स्थापना कालदेखि हालसम्ममा गरी प्रत्यक्ष र अप्रत्यक्ष १५ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गर्न सफल भएको छ । बैंकले कोभिड १९ बाट सृजित असहज परिस्थितिमा समेत यस बैंकले आर्थिक वर्ष २०७७/७८ मा कर्जातर्फ ५२ प्रतिशत (रु ८९ अर्ब ४१ करोड) तथा निक्षेपतर्फ ४२ प्रतिशत (रु ८८ अर्ब ९६ करोड) वृद्धि गर्न सफल भएको छ । कर्जा तथा निक्षेप वृद्धिमा बैंकले हासिल गरेको वार्षिक वृद्धि रकम नेपालको बैंकिङ्ग इतिहासकै ऐतिहासिक र सर्वाधिक धेरै रहेको कम्पनीको दावी छ । आर्थिक वर्ष २०७७/७८ मा समग्र बैंकिङ्ग क्षेत्र तर्फको कर्जा तथा स्वदेशी निक्षेपको वार्षिक वृद्धि रकमको क्रमशः १२.६६ प्रतिशत तथा १३.५८ प्रतिशत बजार हिस्सा हासिल गर्न बैंक सफल भएको छ । २४औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विद्युतीय भुक्तानीमा २४ प्रतिशतसम्मको क्यासब्याक योजना ल्याएका छ । जस अन्तर्गत यस बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी पीओएस तथा ई कमर्शमा भुक्तानी गर्दा तथा एनआईसी एशिया मोबैंक मार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्दा २४ प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म क्यासब्याक योजना प्राप्त गर्न सकिने छ । यो सुविधा साउन ७ गते कार्ड वा एनआईसी एशिया मोबैंकबाट कारोबार गर्ने पहिलो एक हजार ग्राहकले पाउन सक्नेछन् । हाल डिजिटल फर्ष्टको रणनीति अङ्गीकार गर्दै डिजिटल माध्यमलाई पहिलो प्राथमिकता दिई आफ्ना बैंकिङ्ग सेवा तथा सुविधाहरू प्रदान गर्दै आइरहेकोमा यसलाई थप विस्तारित बनाउँदै जाने बैंकले बताएको छ । बैंकले जुनसुकै स्थानबाट, जुनसुकै समयमा पनि बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प तथा लाईफ स्टाइल बैंकिङ्गको अवधारणा अङ्गीकार गर्ने रणनीति अख्तियार गरेको समेत बताएको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा ठोस डिजिटल रुपान्तरणको लक्ष्य लिएको छ । बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका दुर्गम जिल्लाहरू मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान आदि तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाको उपस्थीति नरहेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा समेत शाखा सञ्जाल विस्तार गरी वित्तीय पहुँच विस्तारमा समेत गर्न उल्लेख्य योगदान पुर्याएको छ । बैककाे व्यवस्थापन र सञ्चालक समितकाे अथक प्रयास र मिहिनतले बैंक याे अवस्थामा पुगेकाे बैंककाे भनाई छ । हाल बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) राेशन कुमार न्याैपाने र बैंककाे अध्यक्षमा तुल्सीराम अग्रवाल छन् ।
नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेको इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको १५.५० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४२९ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४२९ रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १६५० रुपैयाँमा भएको थियो ।
सगरमाथा इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १४०० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १४०० रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १५५४ रुपैयाँमा भएको थियो ।
बोनसपछि राधी विद्युतको सेयर मूल्य समायोजन
काठमाडौं । आज(असार १५ गते) मंगलबार राधी विद्युत कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३६.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य ८२१ रुपैयाँ कायम भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ११२० रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर कारोबार प्रतिकित्ता ८२१ रुपैयाँदेखि शुरु हुने छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३६.५० प्रतिशत बोनस सेयर(कर बाहेक) वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी १५औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । कम्पनीकाे सभा असार २९ गते बिहान ११ बजे बस्दै छ । हाल कम्पनीको चुक्ता पुँजी ४७ करोड ३५ लाख रुपैयाँ रहेको छ । ३६.५० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँ पुग्ने छ । र, बोनसपछि कायम भएको चुक्ता पुँजीको १४७.५२ प्रतिशत हकप्रद जारी गर्ने सञ्चालक समितिले प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश गत दुई वर्षयताकै उच्च हो । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ मा १० प्रतिशत र २०७३/७४ को नाफाबाट सेयरधनीलाई १०.६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
एकैदिन नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा एकैदिन दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (असार ८ गते) नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था दुबैको बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात कोषको सेयर मूल्य प्रतिकित्ता ३७४३ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ४०८० रुपैयाँमा भएको थियो । त्यस्तै, नेपाल एग्रो लघुवित्तको १४ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । सोमबार प्रतिकित्ता ६२६ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ५४९ रुपैयाँ कायम भएको छ । यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजन पछिको मूल्यबाट शुरु हुने छ ।
राताम्मे बजारमा एनटीसीसहित १७ कम्पनीको सेयर मूल्य बढ्यो, नारायणीको मूल्यमा सर्किट
काठमाडौं । उच्च गिरावट देखिएको मंगलबारको बजारमा पनि १७ कम्पनीको सेयर मूल्य बढेको छ । २२७ कम्पनीको कारोबार भएको बजारमा १७ कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा बढेको छ । जसमध्ये नारायणी डेभलपमेन्ट बैंकको सेयर सर्किट लेभलमा कारोबार भएको छ । ७१ अंकले घटेकोे घटेको बजारमा पनि बैंकको सेयर मूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ७१७ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ६५ रुपैयाँले बढी हो । कम्पनीले हकप्रद जारी गर्ने प्रकृया अघि बढाएसँगै लगानीकर्ता एकाएक संस्थाको सेयरमा झुम्मिएका हुन् । संस्थाले हिजो मात्रै शतप्रतिशत हकप्रद जारी गर्नको लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । बाेर्डले स्वीकृति दिएसँगै संस्थाले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने छ । त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल दुरसञ्चार कम्पनी(एनटीसी) र बरुण हाइड्रोपावर कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर मूल्य ४.३३ प्रतिशतले बढेर ७१७ रुपैयाँ पुगेको छ । एनटीसीको सेयर मूल्य १.७३ प्रतिशतले बढेर प्रतिकित्ता १२९४ रुपैयाँ पुगेको छ । र, बरुण हाइड्रोको सेयर मूल्य १.५६ प्रतिशतले बढेर प्रतिकित्ता ५२० रुपैयाँमा अन्तिम कारोबार भएको छ । सेयर बजार राताम्मे: एकैदिन २.४६ प्रतिशतले घट्यो नेप्से, साढे ११ अर्बको कारोबारमा पुनर्बीमा कम्पनीको उच्च सोमबार विभिन्न १० वाणिज्य बैंकको ऋणपत्रको सेयर मूल्य बढेको छ । १०.२५ प्रतिशत एनबीबीएल डिबेन्चर २०८५, १०.२५ प्रतिशत एसबीएल डिबेन्चर २०८३, १० प्रतिशत नबिल डिबेन्चर २०८२, १० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर २०८६, १० प्रतिशत प्रभु बैंक डिबेन्चर २०८४, १०.२५ प्रतिशत सनराइज बैंक डिबेन्चर २०८३, १०.२५ प्रतिशत ग्लोबल आईएमई बैंक डिबेन्चर २०८०/८१, ११ प्रतिशत एनआईसी एशिया डिबेन्चर ०८२/८३, ९.५ प्रतिशत मञ्जुश्री फाइनान्स डिबेन्चर २०८५ र ८.५ प्रतिशत सानिमा डिबेन्चर २०८७ को सेयर मूल्य सामान्य प्रतिशतले बढेको छ । त्यसैगरी, म्युचुअल फण्डमध्ये ३ वटाको इकाई मूल्य सामान्य प्रतिशतले बढेको छ । जसमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी म्युचुअल फण्डको इकाई मूल्य १.८९ प्रतिशतले बढेर प्रतिइकाई १३.४५ रुपैयाँ पुगेको छ । त्यस्तै, कुमारी इक्विटी फण्डको १.७६ प्रतिशत र सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य ०.६० प्रतिशतले बढेको छ । अघिल्लो दिनको तुलनामा २२७ कम्पनीमध्ये १९८ कम्पनीको सेयर मूल्य घटेको छ । जसमध्ये पोखरा फाइनान्स र यूनिभर्सल पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.२६ र ९.१२ प्रतिशतले घटेको छ । त्यस्तै, बाँकी कम्पनीको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ९ प्रतिशतभन्दा कमले घटेको छ ।
११ दिनपछि कारोबार भएको खानी खोला हाइड्रोको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति ?
काठमाडौं । खानी खोला हाइड्रोपावरको सेयर कारोबार आज (जेठ ३१ गते)देखि खुला भएको छ । गत जेठ २० गतेदेखि रोक्का भएको कम्पनीको सेयर कारोबार नेप्सेले आजदेखि फुकुवा गरिदिएको हो । नेप्सेले जेठ २० गते बिहीबार एक सूचना जारी गर्दै कम्पनीले वित्तीय विवरण नबुझाएको भन्दै कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको थियो । यससँगै कम्पनीले उक्त विवरणहरु नेप्सेको वेवसाइटमा अपलोड गरेकाे र आगामी दिनमा समयमै विवरणहरू पेश गर्न सचेत गराउँदै नेप्सेले आजदेखि कम्पनीको सेयर कारोबार फुकुवा गरिदिएको हो । कारोबार फुकुवा भएसँगै कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७५ रुपैयाँ पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २५ रुपैयाँले बढी हो । कम्पनीको पछिल्लो कारोबार प्रतिकित्ता २५० रुपैयाँमा भएको थियो । यो समाचार तयार पार्दासम्म संस्थाको सेयर खरिदकर्ताको चाप देखिएको छ भने बिक्रीकर्ता कोही पनि देखिएका छैनन् । सम्बन्धित समाचार अन्ततः नेप्सेले रोकिदियो खानीखोला हाइड्रोको सेयर कारोबार
हकप्रदपछि एचआईडीसीएलको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को सेयर मूल्य समायोजन भएको छ । संस्थाले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएसँगै मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४३ रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता ५८६ रुपैयाँमा कारोबार भएको थियो । कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीकाे शतप्रतिशत अर्थात ११ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्न लागेको हो । जसकाे लागि गत जेठ २७ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन् । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले प्रतिकित्ता १०० अंकित दरको ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो । बोर्डले गत जेठ ९ गते मात्रै संस्थालाई सो मात्राको हकप्रद जारी अनुमति दिएको हो ।
सिद्धार्थ र लुम्बिनी जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयरको मूल्य समायोजन भएको छ । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १२०५ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १३५० रुपैयाँमा भएको थियो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको ५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता ८३१ रुपैयाँमा कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजनपछि प्रतिकित्ता ७९१ रुपैयाँ कायम भएको छ । यससँगै, अबको बजारमा दुबै कम्पनीको सेयर कारोबार समायोजन पछिको मूल्यबाट शुरु हुने छ ।
एभरेष्ट इन्स्योरेन्स र अपि पावरको सेयर मूल्य समायोजन
काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज बैंशाख २९ गते एकैदिन एभरेष्ट इन्स्योरेन्स र अपि पावरको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये एभरेष्ट इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७२० रुपैयाँ कायम भएको छ । पछिल्लो कारोबारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७८ रुपैयाँ रहेको थियो । त्यस्तै, अपि पावरको २९.३८ प्रतिशत हकप्रद सेयर पश्चात मूल्य समायोजन भएको छ । पछिल्लो बजारमा प्रतिकित्ता ३५३ रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य प्रतिकित्ता २९६ रुपैयाँ कायम भएको छ ।
४९ प्रतिशत बोनसपछि जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ४९.४० प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ३६११ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३६११ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५३९५ रुपैयाँमा किनबेच भएको थियो । बुटवलमा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४९.४ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ११ करोड ८३ लाख रुपैयाँ नाघ्ने छ । हिजो अर्थात बैशाख २२ गते मात्रै कम्पनीको बजार पुँजीकरण ४ अर्ब २७ करोड रुपैयाँ थियो । सम्बन्धित समाचार जनउत्थान सामुदायिकले घोषणा गर्यो चार वर्ष यताकै उच्च लाभांश, बोनस मात्रै ४९% बढी
बोनसपछि प्रुडेन्सियल इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्च (नेप्से)का अनुसार कम्पनीको ८ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ७७१ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ७७१ रुपैयाँबाटै शुरु हुने छ । यसअघि इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता ८३३ रुपैयाँमा भएको थियो ।