अन्य बैंकसँगको मर्जरको हल्लाले एक सातामै ८२ रुपैयाँले घट्यो नबिलको सेयर मूल्य

काठमाडौं । पछिल्लो एक सातामै नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ८२ रुपैयाँले घटेको छ । २०७७ चैत ३१ गते १३८० बिन्दुमा पुगेको कम्पनीको सेयर मूल्य २०७८ बैशाख ९ गतेसम्म घटेर १२९८ रुपैयाँमा झरेको छ । नयाँ वर्षदेखि यता (बैशाख ९ गतेसम्म) ६ कार्यदिन सेयर कारोबार भएको छ । यो अवधिमा बैंकको सेयर मूल्यमा निरन्तर जसो गिरावट आएको छ । यो अवधिमा बैंकको सेयर न्युनतम १२९५ रुपैयाँ र अधिकतम १३८० रुपैयाँमा कारोबार भएको थियो । २०७७ को अन्तिम कारोबार अर्थात चैत ३१ गते कम्पनीको सेयर मूल्य एक महिना यताकै उच्च अर्थात १३८० रुपैयाँ पुगेको थियो । तर, त्यसपछिको कारोबारमा भने उक्त उचाई कायम रहन सकेन । बैंकको भाउ घट्यो । नयाँ वर्षपछि खुलेको पहिलो कारोबारमा बैंकको सेयर मूल्य १० रुपैयाँले घटेको थियो । अघिल्लो दिन प्रतिकित्ता १३८० रुपैयाँमा भएको बैंकको अन्तिम कारोबार सो दिन अर्थात बैशाख २ गते बिहीबार प्रतिकित्ता १३७० रुपैयाँमा सेयर किनबेच भएको छ । त्यस्तै, बैशाख ५ गते आइतबार पनि बैंकको सेयर मूल्य घट्यो र प्रतिकित्ता १३३५ रुपैयाँमा सेयर कारोबार भएको थियो । त्यसपछि सोमबारको बजारमा प्रतिकित्ता १३१८ रुपैयाँ, मंगलबार १३१५ रुपैयाँ र बुधबार झनै घटेर प्रतिकित्ता १२९५ रुपैयाँमा सेयर किनबेच भएको थियो । बुधबारको तुलनामा गत बिहीबार (बैशाख ९ गते) कम्पनीको सेयर मूल्यमा भने सामान्य सुधार देखिएको छ । सो दिन कम्पनीको सेयर प्रतिकित्ता १२९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जुन अघिल्लो दिनको तुलनामा ३ रुपैयाँले बढी हो । आज (बैशाख १२ गते) पनि बैंकको सेयर मूल्य निरन्तर रुपमा घटिरहेको छ । यो समाचार तयार पार्दासम्म बैंकको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ४० रुपैयाँले घटिसकेको छ । दिउँसो साढे १ बजेसम्मको कारोबारमा बैंकको सेयर प्रतिकित्ता १२५८ रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३.०८ प्रतिशतले घटी हो । किन निरन्तर घट्यो बैंकको सेयर मूल्य ? पछिल्लो समय बजारमा नबिल बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मर्ज गर्ने भन्ने हल्लाहरु सुनिँदै आएको छ । नबिलले जुन बैंक मर्ज गर्ने भन्ने हल्ला आएको हुन्छ सो दिन उक्त बैंकको सेयर मूल्य उकालो लागेको हुन्छ । नबिल बैंकसँग कहिले एनसीसी बैंक, कहिले सिभिल बैंक त कहिले कुनै वित्तीय संस्था मर्ज हुन लागेको हल्ला बजारमा व्यापक रुपमा बढ्न थालेको छ । पछिल्लो समय कुनै कम्पनीको मूल्यमा चलखेल गर्नको लागि नबिल बैंक हतियार भएको बजारमा जानकारहरु बताउँछन् । उदाहारणको लागि हालै गत बैशाख ९ गतेको बजारमा मात्रै एनसीसी बैंकको सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लागेको थियो । र, बैंकको कारोबार पनि उच्च भएको थियो । जुन, नबिल बैंकसँग मर्ज हुने हल्लाले नै त्यसको प्रभाव एनसीसी बैंकको सेयरमा परेको एक लगानीकर्ताले बताएका थिए । बैंकको सेयर मूल्य बढाउने हतियार बन्यो ‘नबिलसँग मर्जर हुँदै’को हल्ला, आज उछालियो एनसीसी तर, बजारमा नबिलले कुनै कम्पनी मर्ज गर्ने भन्ने हल्ला फैलिएसँगै नबिल आँफैको सेयर मूल्य भने निरन्तर रुपमा घटिरहेको माथिको तथ्यांकले पुष्टि गरेको छ । यद्यपि, नबिल बैंकले भने हालसम्म यो बैंकसँग मर्जर गर्न वा नगर्ने भन्ने बारेमा कुनै औपचारिक रुपमा निर्णय गरेको छ । यससँगै बजारमा बैंककाे सेयर मूल्य निरन्तर किन घट्याे भन्ने कारण त छैन । तर पनि पछिल्लाे समय सेयर बजारकाे समग्र नेप्से परिसूचकमा गिरावट आएसँगै बैंककाे सेयर मूल्य पनि घटेकाे हाे की भन्ने अनुमान भने गर्न सकिन्छ ।

बोनसपछि रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन

काठमाडौं । रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २६२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २८८ रुपैयाँमा किनबेच भएको थियो ।

बैंकको सेयर मूल्य बढाउने हतियार बन्यो ‘नबिलसँग मर्जर हुँदै’को हल्ला, आज उछालियो एनसीसी

काठमाडौं । आज सेयर बजारमा भएको कुल कारोबारको १०.५३ प्रतिशत रकम बराबरको सेयर खरिद बिक्री नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी बैंक) को मात्रै भएको छ । समग्र बजारमा कूल ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार रुपैयाँको कारोबार भएकोमा एनसीसी बैंकको मात्रै ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनसीसी बैंकको १८ लाख ४० हजार ९८० कित्ता सेयर कारोबार भएको छ । जसमध्ये सबैभन्दा बढी सुमेरु सेक्युरिटी अर्थात ३९ नम्बर ब्रोकरबाट खरिद भएको छ । उक्त ब्रोकरमार्फत मात्रै २६ करोड ७८ लाख २३ हजार रुपैयाँ बराबरको ७ लाख ९० हजार ३६६ कित्ता सेयर खरिद भएको छ । त्यस्तै, श्वेता सेक्युरिटीज अर्थात २५ नम्बर ब्रोकरबाट १ लाख ८९९ कित्ता सेयर खरिद भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जानकारी दिएको छ । बैंककाे काराेबार रकमसँगसँगै सेयर मूल्यमा पनि उछाल देखिएकाे छ । बिहीबारकाे बजारमा बैंककाे सेयर मूल्यमा एकाएक सकारात्मक सर्किट लागेकाे छ । बैंकको सेयर मूल्य ९.८४ प्रतिशतले बढेर प्रतिकित्ता ३४६ रूपैयाँमा अन्तिम काराेबार भएकाे छ । जुन अघिल्लाे काराेबारकाे तुलनामा प्रतिकित्ता ३१ रूपैयाँले बढी हाे । आज बजारमा एनसीसी बैंकको सेयर एकाएक किन आकर्षणको केन्द्र बन्यो ? नबिल बैंकसँग एनसीसी बैंक मर्ज हुन लागेको हल्ला फेरि फैलिएपछि एनसीसी बैंकको सेयरमा आकर्षण बढेको एक लगानीकर्ताले बताए । ‘नबिल बैंकसँग एनसीसी बैंक मर्ज हुन लागेको हल्ला आज फेरि फैलियो, यही हल्लाको कारण एनसीसीको सेयर कारोबार पनि बढी भयो भने मूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेर सर्किट लाग्यो,’ एक लगानीकर्ताले भने । अर्का एक लगानीकर्ता भने पछिल्लो समय कुनै पनि बैंकको सेयर मूल्य बढाउन नबिल बैंकसँग मर्ज हुन लागेको हल्ला चलाउन थालिएको बताउँछन् । ‘कसैलाई कुनै बैंकको सेयर मूल्य बढाउनु पर्ने भयो भने फलानो बैंक नबिल बैंकसँग मर्ज हुन लागेको छ भन्ने हल्ला फैलाउन थालिएको छ, नबिलले कुनै एउटा बैंकसँग मर्ज नगरुन्जेल यस्तो प्रबृत्ति देखिने भयो, पछिल्लो समय नबिल बैंक अरु बैंकको सेयर मूल्य बढाउन वा घटाउनको लागि बजारमा चलखेल गर्ने हतियार जस्तै बनेको देखिन्छ,’ अर्का एक लगानीकर्ताले भने । यद्यपि, नबिल बैंकले औपचारिक रुपमा कुनै बैंकसँग मर्जर गर्न वा नगर्न लागेको केही बताएको छैन । नबिल बैंकसँग कहिले एनबी बैंक, कहिले एनसीसी बैंक, कहिले सिभिल बैंक त कहिले कुन बैंक मर्ज हुन लागेको हल्ला पछिल्लो समय व्यापक रुपमा बढ्न थालेको छ ।

बजार खुलेको ५ मिनेट नबित्दै बिशाल बजारको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । आज (बैशाख ९ गते) कारोबार खुलेको ५ मिनेट नबित्दै बिशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन ११ बजेर ५ मिनेटको अवधिमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । साढे ३ महिनापछि प्रतिकित्ता २८८० रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य बढेर ३१६८ रुपैयाँ पुगेको छ । जुन शुरुवाती मूल्यको तुलनामा २८८ रुपैयाँले बढी हो । यो समाचार तयार पार्दासम्म अर्थात ११ बजेर १५ मिनेट जाँदासम्म कम्पनीको ४२ हजार २९१ कित्ता सेयर माग देखिएको छ भने बेच्ने कोही पनि देखिएका छैनन् । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले साढे ३ महिना अवधिपश्चात बिशाल बजार कम्पनीको सेयर कारोबार आजदेखि  फुकुवा गरिदिएको हाे । कम्पनीकाे २०७७ माघ १८ गतेदेखि सेयर काराेबार रोक्का भएको थियाे । कम्पनीले भने बमोजिमको वित्तीय विवरणहरु पेश निर्देशन दिँदा पनि कम्पनीले पेश नगरेकोले नेप्सेले सेयर कारोबार रोक्का गरिदिएको थियो । सम्बन्धित समाचार साढे ३ महिनापछि नेप्सेले फुकुवा गरिदियो बिशाल बजारको सेयर कारोबार

बोनसपछि आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ७ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता ११७५ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ११७५ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १२५७ रुपैयाँमा किनबेच भएको थियो । आईएमई जनरल इन्स्योरेन्सले आगामी बैशाख १२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले लाभांश र हकप्रद सेयर प्रस्ताव पारित गर्न साे दिन सभा बाेलाएकाे हाे । सम्बन्धित समाचार लाभांश र हकप्रद पारित गर्न आईएमई जनरल इन्स्योरेन्सले बोलायो वार्षिक साधारणसभा

सारथी नेपाल र सूर्योदय लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । आज (चैत १९ गते) बिहीबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सारथी नेपाल लघुवित्तको ८.१३ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १५९६ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १७२६ रुपैयाँमा भएको थियो । त्यसैगरी, सूर्योदय लघुवित्तको १५.३५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता २२६१ रुपैयाँमा भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १९६० रुपैयाँ कायम भएको छ । यससँगै बिहीबारको बजारमा दुबै कम्पनीको कारोबार समायोजन पछिको सेयर मूल्यबाट शुरु भएको छ ।

७ महिनापछि कारोबार खुलेको एनआइसी एशिया लघुवित्तको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति ?

काठमाडौं । ७ महिनापछि कारोबार खुलेको एनआइसी एशिया लघुवित्तको सेयर मूल्य बढेको छ । पहिलो दिन नै संस्थाको सेयर मूल्य  प्रतिकित्ता ३० रुपैयाँले बढेको हो । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि प्रतिकित्ता ७६५.१२ रुपैयाँ रेञ्ज तोकिदिएको थियो । यससँगै संस्थाको सेयर कारोबार प्रतिकित्ता ७६५.१२ रुपैयाँमा खुलेको थियो । संस्थाको अन्तिम कारोबार प्रतिकित्ता ७९५ रुपैयाँमा भएको थियो । जुन नेप्सेले तोकिदिएको मूल्यको तुलनामा ३.९१ प्रतिशतले बढी हो । साथै, बुधबारकाे बजारमा टिएमएसमा समस्या देखिएकाले सेयर काराेबार गर्न समस्या भएकाे थियाे । यससँगै लगानीकर्ताहरू एक घण्टासम्म सेयर किनबेच गर्नबाट बञ्चित भएका थिए । उक्त समस्या समाधान भएसँगै नेप्सेले काराेबार समय अवधि थप एक घण्टा अर्थात ४ बजेसम्म बढाएकाे थियाे । मर्जर प्रकृयाका कारण संस्थाको गत साउन ३२ गतेदेखि सेयर कारोबार रोक्का रहेको थियो । स्वदेशी लघुवित्त वित्तीय संस्थासँग एक आपसमा मर्जर भई एकीकृत कारोबार भएपछि नेप्सले उक्त संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो । र, संस्थाको आज अर्थात चैत १८ गतेदेखि दोश्रो बजारमा ‘एनआइसीएलबीएसएल’को नामबाट सेयर किनबेच भएको हो । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच गत चैत ८ गतेदेखि एकीकृत कारोबार शुरु भएको थियाे । दुई संस्थााबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको हो । सम्बन्धित समाचार एनआईसी एशिया लघुवित्तको सेयर आजदेखि किनबेच गर्न पाइने एनआईसी एशिया लघुवित्तको सेयर कारोबार भोलिदेखि खुला, कतिमा हुन्छ पहिलो कारोबार ? एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार आजबाट शुरू, कर्जा लगानी १५ अर्ब नाघ्ने

दुई लघुवित्तको सेयर मूल्य समायोजन, कुनको मूल्य कति ?

काठमाडौं । चैत १८ गते बुधबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ८.८५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । यससँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १५३१ रुपैयाँ कायम भएको छ । यसअघि संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १६६७ रुपैयाँ भएको थियो । त्यसैगरी, उन्नत्ति सहकार्य लघुवित्तको १७.८१ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । अन्तिम कारोबार प्रतिकित्ता २७३० रुपैयाँमा भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २३१७ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा दुबै कम्पनीको पहिलो कारोबार समायोजन पछिको सेयर मूल्यबाट शुरु हुने छ ।

बोनसपछि तीन कम्पनीको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । चैत १७ गते मंगलबार मात्रै महिला लघुवित्त वित्तीय संस्था, नेपाल इन्स्योरेन्स कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर पछि मूल्य समायोजन भएको हो । जसमध्ये मिथिला लघुवित्तको १२ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको हो । प्रतिकित्ता १८३९ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १६४२ रुपैयाँमा झरेको छ । त्यस्तै, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको छ । यससँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७८१ रुपैयाँ कायम भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ८४३ रुपैयाँमा भएको थियो । त्यसैगरी, ग्रीन डेभलपमेन्ट बैंकको ३.८ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । प्रतिकित्ता १७५ रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता १६९ रुपैयाँ कायम भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकसहित दुई लघुवित्तको सेयर मूल्य समायोजन, कसको मूल्य कति ?

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत १० गते) एकैदिन सांग्रिला डेभलपमेन्ट बैंकसहित दुई लघुवित्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था र महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरपछि मूल्य समायोजन भएको छ । प्रतिकित्ता २१२ रुपैयाँ सेयर मूल्य रहेको कम्पनीको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २०२ रुपैयाँ कायम भएको छ । त्यसैगरी, डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७५० रुपैयाँ कायम भएको छ । जबकी सोमबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १९७८ रुपैयाँमा भएको थियो । त्यस्तै, महुली लघुवित्तको २० प्रतिशत बोनस पछि मूल्य समायोजन भएको हो । सोमबार प्रतिकित्ता २६२५ रुपैयाँमा कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता २१८८ रुपैयाँ कायम भएको छ । यससँगै, अबको कारोबारमा यी तीनवटै कम्पनीको कारोबार समायोजनपछि तोकिएको मूल्यबाट शुरु हुने छ ।

अरुण भ्याली हाइड्रोको सेयर मूल्य समायोजन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य २४२ रुपैयाँ तोकिएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ३१३ रुपैयाँमा भएको थियो । यससँगै अबको कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता २४२ रुपैयाँदेखि कारोबार शुरु हुने छ । थापाथलीमा केन्द्रिय कार्यालय रहेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५७ करोड रुपैयाँ रहेको छ । आइतबार कम्पनीको बजार पुँजीकरण ४ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।

बोनसपछि मिर्मिरे लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.१९९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १३७१ रुपैयाँबाटै शुरु हुने छ । यसअघि कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १४९७ रुपैयाँमा किनबेच भएको थियो । बनेपामा केन्द्रिय कार्यालय रहेको संस्थाको चुक्ता पुँजी ३९ करोड ६१ लाख रुपैयाँ रहेको छ । गत बिहीबार कम्पनीको बजार पुँजीकरण ५ अर्ब ९३ करोड रुपैयाँ थियो ।

महालक्ष्मी विकास बैंकसहित दुई कम्पनीको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आज (चैत ३ गते) मंगलबार महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्शको बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । जसमध्ये महालक्ष्मी विकास बैंकको ८.८० प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता २६९ रुपैयाँ कायम रहेको छ । जबकी संस्थाको पछिल्लो कारोबार प्रतिकित्ता २९३ रुपैयाँमा भएको थियो । त्यस्तै, नेपाल हाइड्रोको पनि १५ प्रतिशत बोनस पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ रहेको छ । यससँगै अबको कारोबारमा दुबै कम्पनीको सेयर कारोबार समायोजनपछि कायम भएको मूल्यबाट शुरु हुने छ ।

निफ्राका सीईओलाई प्रश्नः सेयर मूल्य किन घटिरहेको छ ?

काठमाडौं । पछिल्लो समय नेपाली सेयर बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले निकै चर्चा पाएको छ । अझ स्पष्ट भनौं लगानीकर्ताको आकर्षण र प्राथमिकतामा सबैभन्दा बढी निफ्रा परेको छ । नेपाली सेयर बजारको इतिहासमा सबैभन्दा बढी सर्वसाधारणले आईपीओ भरेर पाएको एउटा मात्रै कम्पनीकाे रुपमा निफ्रा  परिचित छ । यसको आईपीओ भरेका सबैले ५० देखि ६० कित्तासम्म पाएका थिए । त्यसैले पनि अहिले निफ्राको सेयर मूल्य घट्नु र बढ्नुसँग धेरैको सरोकारको विषय बन्ने गरेको छ । साना लगानीकर्ता हुन् वा ठूलै लगानीकर्ता किन नहुन् हरेक ठाउँमै निफ्राकै सेयर मूल्यै र घटबढ्कै चर्चा हुन्छ । २० करोड कित्ता सेयर सूचीकृत भएको यस कम्पनीको बजार पुँजीकरण १ खर्ब ४ अर्बको पुगेको छ । दोस्रो बजारमा कारोबार सुरू भएको दिनदेखि रफ्तारमा अगाडि बढिरहेको यस कम्पनीको सेयर मूल्य पछिल्लो केही दिन यता भने घट्दै गएको छ । प्रतिकित्ता ५ सय ६० रुपैयाँसम्म सेयर मूल्य कायम गरेको यस कम्पनीको आज (आइतबार)को सेयर मूल्य भने ५ सय २३ रुपैयाँ मै सीमित भयो । कम्पनीको सेयर मूल्यले निरन्तर आरालो यात्रा तय गरेसँगै अहिले धेरै आशंका र कतिपयमा निराशा पनि उत्पन्न भएको छ । धेरै सर्वसाधारण लगानी यस कम्पनीमा भएकाले पनि अब यसकाे सेयर मूल्य कता जाला भन्ने अड्कलवाजी पनि धेरैले गरेका छन् । सेयरमूल्य घट्दै गएपनि सेयर खरिद बिक्रीको चाप भने बढेकै छ । आज मात्रै ५ लाख २१ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । सेयर मूल्य घटिरहेको बेला निफ्राका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले भने सेयर मूल्य घटबढ्लाई त्यति ठूलो असरका रुपमा नलिन आग्रह गर्छन् । ‘सेयर मूल्य निर्धारण हुने माग र आपूर्तिले नै हो, ससर्ती हेर्दा १०/१२ लाखसँग ब्रोकर एकाउण्ट नै छैन, निश्चित मानिससँग मात्रै ब्रोकर एकाउण्ट भएको कारणले पनि मार्केट अलिकति माथि गयो, विस्तारै मानिसहरुले ब्रोकर एकाउण्ट पनि खोलिरहेका छन्, यसले गर्दा मार्केटमा सेयरको फ्लो बढ्दै गएको छ, कम्पनीको सेयर मूल्य निर्धारण गर्ने नै मार्केट हो, यसलाई कम्पनीको फण्डामेन्टल्स वा अन्यसँग जोड्न त्यति धेरै आवश्यक पनि हुँदैन, बजार पनि २६ सयमा पुगेको थियो अहिले २४ सयमा झरेकाे छ भने पछि यो त सेयर मूल्य न हो, अहिले सबै कम्पनीको सेयर घटी नै रहेको छ, यसको मात्रै घट्याे भन्ने पनि हुँदैन । ’ उनले भने । दैनिक कम्पनीको सेयर मूल्य बढ्नु नै पर्छ भन्ने पनि नभएको उनको तर्क छ । यस्तै, उनले कम्पनीले तत्काल रिटर्न दिन सक्ने अवस्था नरहेको बताए । हामीले तत्काल रिटर्न दिने अवस्था छैन, यसका लागि समय नै लाग्छ, प्रयाप्त रिटर्नका लागि कि रिजर्भ हुुनु पर्यो, हामीसँग २ अर्बको रिजर्भ छ । इन्टरनेश्नल रुपमा हेर्दा पनि यस्ताे खालको बैंकको तत्कालै रिटर्न दिन सक्ने अवस्था हुँदैन,’ उनले भने । सम्बन्धित सामग्री निफ्राले लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्ने

नेप्से परिसुचक ४६ अंकले घट्यो, १५२ कम्पनीको सेयर मूल्य ओह्रालो

काठमाडौं । पुँजी बजार मापक नेप्से परिसुचक करिब ४६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार परिसुचक ४५.८७ अंकले घटेको छ । यो समाचार तयार पार्दासम्म (१ बजेर २७ मिनेट जाँदा) सुचिकृतमध्ये १५२ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ४ वटा कम्पनीको सेयरमूल्य परिवर्तन भएको छैन भने १९ वटा कम्पनीको सेयर मूल्य बढेको छ । घटेको बजारमा पनि चन्द्रागिरी हिल्स (९.९५ प्रतिशत), अपर तामाकोशी (९.८५ प्रतिशत), घलेम्दी हाइड्रो (९.७२ प्रतिशत) र पन्चकन्या माई हाइड्रोको सेयर मूल्य भने बढेको छ । नेप्सेका अनुसार अहिले चन्द्रागिरी हिल्सको ६ लाख ६८ हजार ७४३ कित्ता, नेसनल हाइड्रोपावरको ३ लाख ८४ हजार ८०६ कित्ता, अरुणभ्याली हाइड्रोपावरको ३ लाख २७ हजार ९२८ कित्ता र नेपाल इन्फ्रास्टक्चर बैंकको २ लाख १० हजार ७९७ कित्ता सेयरको माग छ । यो समाचार तयार पार्दासम्म नेप्सेमा ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बोनसपछि शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । बुधबार शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो । मूल्य समायोजन पछि संस्थाको सेयर मूल्य प्रतिकित्ता २०५२ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २६२२ रुपैयाँ तोकिएको छ ।

दोश्रो बजारमा चन्द्रागिरीको यात्राः ४१३ प्रतिशतले बढ्यो सेयर मूल्य, बजार पुँजीकरण १० अर्बमाथि

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेड दोश्रो बजारमा प्रवेश गरेको एक महिना पुरा भएको छ । यो अवधिमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा बढिरहेको छ । स्थानिय तथा सर्वसाधारणलाई सेयर निष्काशन गरि बाँडफाँड पश्चात कम्पनी गत माघ २३ गते दोश्रो बजारमा प्रवेश गरेको हो । बजारमा प्रवेश गरेकाे पहिलो दिन अर्थात पहिलाे कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँमा कारोबार भएको थियो । जुन नेप्सेले तोकेको अधिकतम रेञ्ज भन्दा १२९ रुपैयाँ कम हो । नेप्सेले कम्पनीलाई न्युनतम प्रतिकित्ता ९६.६९ रुपैयाँ र अधिकतम २९०.०७ रुपैयाँ तोकेको थियो । अधिकांश लगानीकर्ताले कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९० रुपैयाँबाट शुरु हुन्छ भन्ने अनुमान लगाएका थिए । तर, बजारमा लगानीकर्ताको अनुमान विपरित भइदियो । र, कम्पनीको सेयर प्रतिकित्ता १६१ रुपैयाँदेखि कारोबार शुरु भयो । सोहि दिन अन्तिम कारोबारसम्ममा कम्पनीको सेयर मूल्य ३ रुपैयाँले बढेर प्रतिकित्ता १६४ रुपैयाँ पुग्यो । त्यसपछिको बजारमा कम्पनीको सेयर मूल्य निरन्तर बढ्दै गइरहेको छ । समग्र सेयर बजार घटोस् या बढोस् कम्पनीको सेयर मूल्य भने निरन्तर रुपमा बढ्दै गएको छ । उच्च उतारचढाव देखिएको बजारमा पछिल्लो एक सातामा कम्पनीको सेयरमा निरन्तर सकारात्मक सर्किट लागिरहेको छ । आज (फागुन २३ गते) पनि समग्र सेयर बजार २१.५८ घटेको छ । तर कम्पनीको सेयर मूल्य भने बढेर सर्किट लेभलमा कारोबार भएको छ । आइतबार प्रतिकित्ता ६०५ रुपैयाँमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेर प्रतिकित्ता ६६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । जुन शुरुवाती मूल्यभन्दा ४१३.०४ प्रतिशतले बढी हो । किन बढ्दै छ कम्पनीको सेयर मूल्य ? कम्पनीको सेयर मूल्य लगानीकर्ताले अनुमान लगाएको रेञ्जसम्म नपुगेकोले त्यसको मूल्य निरन्तर बढीरहेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । ‘कुनै पनि कम्पनीको आईपीओको दोश्रो बजारमा कारोबार भएपछि सेयर मूल्य यति पुगेपछि प्रफिट बुक गर्छु भन्ने लगानीकर्ताको सोचाईं हुन्छ । र, उक्त लेभलमा पुगेपछि उनीहरु बेच्न शुरु गर्छन् । यता चन्द्रागिरीको केसमा लगानीकर्ताले एक्स्पेक्ट गरेको अनुसार सेयर मूल्य पुग्नै बाँकी छ । त्यसैले जस जसलाई चन्द्रागिरीको आईपीओ परेको छ, उनीहरुले अहिले बेच्न चाहेका छैनन् । र, मूल्य निरन्तर बढीरहेको छ’, अध्यक्ष रौनियारले विकासन्युजसँग भने । त्यस्तै, बजार पुँजीकरण १० अर्ब २० करोड रुपैयाँ नाघेको छ । नेप्सेमा कम्पनीको एक करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर सूचीकृत भएको कम्पनीको चुक्ता पुँजी एक अर्ब ५३ करोड रुपैयाँ रहेको छ । दाेश्राे बजारमा कम्पनीकाे ‘हाेटल्स एण्ड पर्यटन’ समूह अन्तर्गत काराेबार भइरहेकाे छ । आइतबार उक्त समूह ५०.१५ अंकले बढेर २२८४.८३  बिन्दुमा पुगेकाे छ । जुन पछिल्लाे काराेबारकाे तुलनामा २.२४ प्रतिशतले बढेकाे छ । यस्ता छन् कम्पनीको योजना कम्पनीले लगानीकर्तालाई लक्षित गरेर केवुलकारमा २५ प्रतिशतसम्म छुट दिइरहेको छ । कम्पनीले हालै निष्काशन गरेको आईपीओमा आवेदन दिने (आईपीओ परेका नपरेका) सबै आवेदकलाई लक्षित गरि माघ ५ गतेदेखि उक्त योजना सार्वजनिक गरी सञ्चालनमा ल्याएको हो । र, यो योजना एक वर्षसम्म अर्थात २०७८ माघ ५ गतेसम्म लागू हुनेछ । हाल सञ्चालन भइरहेको यो योजनामा लगानीकर्ताको आकर्षण बढ्दै गएको चन्द्रागिरीका महाप्रबन्धक अभिषेक सिंह बताउँछन् । ‘यो योजना अन्तर्गत दिनमा ५० देखि १०० जनाले चन्द्रागिरीको अवलोकन गर्न आउनुहुन्छ । शनिबार भने अलि बढी अर्थात २ सयदेखि ३ सय जना अवलोकन गर्ने गरेका छन् ।’ त्यस्तै, कम्पनीको मूख्य लक्ष्य भनेको आन्तरिक पर्यटकलाई बढाउनु रहेको सिंह बताउँछन् । पहिलाको तुलनामा अहिले आन्तरिक पर्यटकको आगमन बढ्दै गएको उनको भनाई छ । ‘पहिला शनिबारको दिन एक हजारदेखि १२ सयले अवलोकन गर्नुहुन्थ्यो भने अहिले ३/४ हजारले गर्नुहुन्छ । यसलाई अझै बढाउने लक्ष्य रहेको छ’, सिंहले भने । साथै, कम्पनीले आउँदै गरेको शिवरात्रीलाई लक्षित गरेर नयाँ स्किम ल्याउने तयारी गरिरहेको महाप्रबन्धक सिंह बताउँछन् । परियोजनाको रिसोर्ट/होटल पूर्ण रुपमा संचालन भईसकेको छ । त्यसको औपचारिक उद्घाटन/शुभारम्भ २०७८ वैशाख मसान्त सम्ममा गर्ने कम्पनीको लक्ष्य रहेको छ । त्यसको लागि कम्पनीले परियोजना सम्पन्न गर्न आफ्नो काम कारवाहीलाई तीव्र रुपमा अगाडि बढाई रहेको छ । सहायक कम्पनीहरुको हकमा मल्टी पोखरा डेभलपमेन्ट प्रा.लि. को नाममा रहेको जग्गामा चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन संरचना बनाउन उपभोग गरिएको र भावी दिनमा उक्त कम्पनीलाई चन्द्रागिरी हिल्स लिमिटेडमा नै गाभ्ने रणनीति लिएको छ । चन्द्रागिरी हिल्स प्याराग्लाईडिङ्ग लि.को हकमा निकट भविश्यमा नै कम्पनीको उद्देश्य अनुरुप प्याराग्लाईडिङ्गको सम्भाब्यता अध्ययन गरी सेवा सञ्चालन गर्ने रणनीति रहेको छ ।

एक घण्टामै ६० अंकले बढ्यो नेप्से, चन्द्रागिरीको सेयर मूल्यमा सर्किट, प्रतिकित्ता कति पुग्यो ?

काठमाडौं । बिहीबारको सेयर बजार खुलेको एक घण्टामै नेप्से परिसूचक ६० अंकले उकालो लागेको छ । नियमित समयमा खुलेको बजारमा ११ बजेर ५८ मिनेटको अवधिमा परिसूचक ५९.८९ अंकले बढेर २४७५.८९ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.४८ प्रतिशतले बढी हो । त्यस्तै, यो समाचार तयार पार्दासम्म १९४ कम्पनीको एक अर्ब ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । यो अवधिमा २१ लाख ७० हजार ९०४ कित्ता सेयर किनबेच भइसकेका छन् । बिहीबार कारोबार खुलेको केही अवधिमै चन्द्रागिरी हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पछिल्लो केही दिनदेखि बजार घटेपनि बढेपछि पछिल्लो केहि दिनदेखि यता कम्पनीको सेयर मूल्यमा निरन्तर पोजेटिभ सर्किट लागिरहेको छ । बिहीबार पनि कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६०५ रुपैयाँ पुगेको छ । जुन बुधबारको तुलनामा ५५ रुपैयाँले बढी हो । त्यस्तै, म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् । जसमध्ये जीवन बीमा समूह ५३५ अंकले बढेकाे छ । म्युचुअल फण्ड समूह भने सामान्य ०.१५ अंकले घटेकाे छ । याे समाचार तयार पार्दासम्म सबैभन्दा बढी काराेबार हुनेकाे अग्रस्थानमा एनटीसी(नेपाल दुरसञ्चार कम्पनी) रहेकाे छ । कम्पनीकाे ९ कराेड ४६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भइसकेकाे छ । जसकाे सेयर मूल्य प्रतिकित्ता १२०३ रूपैयाँकाे हाराहारीमा खरिद बिक्री भइरहेकाे छ ।

बोनसपछि सिभिल लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ३.५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो । समायोजन पश्चात लुघवित्तको सेयर मूल्य प्रतिकित्ता ९६६ रुपैयाँ रहेको छ । पछिल्लो दिन अर्थात फागुन १९ गते संस्थाको अन्तिम कारोबार प्रतिकित्ता १००० रुपैयाँमा भएको थियो । यससँगै अबको बजारमा संस्थाको पहिलो कारोबार प्रतिकित्ता ९६६ रुपैयाँदेखि शुरु हुने छ ।

दुई घण्टामै ८४ अंकले घट्यो नेप्से, निफ्राको सेयर मूल्य १० प्रतिशतले घट्दा चन्द्रागिरीको बढ्यो

काठमाडौं । मंगलबारको सेयर बजारमा उच्च गिरावट देखिएको छ । बजार खुलेको २ घण्टाको अवधिमा नेप्से परिसूचक ८४ अंकले घटिसकेको छ । जुन अधिल्लो कारोबारको तुलनामा ३.२५ प्रतिशतले घटेर २५२२.८९ बिन्दुमा पुगेको छ । दिउँसो एक बजेर ४ मिनेट जाँदा बजारमा ५ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्ममा १९८ कम्पनीको ९९ लाख ७३ हजार ६२० कित्ता सेयर किनबेच भएका छन् । जसमध्ये सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर कारोबार भएको छ । बैंकको ६८ करोड ७६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । उच्च कारोबार भएको बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । दोश्रो बजारमा कारोबार शुरु भएदेखि निरन्तर सकारात्मक सर्किट लागेको निफ्राको सेयर मूल्यमा आजभने १० प्रतिशतले घटेर नेगेटिभ सर्किट लागेको छ । सोमबार प्रतिकित्ता ६६० रुपैयाँ पुगेको बैंकको सेयर मूल्य मंगलबार ६६ रुपैयाँले घटेर प्रतिकित्ता ५९४ रुपैयाँमा झरेको छ । त्यस्तै, बढी गुमाउनेको अग्रस्थानमा निफ्रा नै अगाडि रहेको छ । त्यस्तै, बाँकी ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले घटेको छ । नेपाल हाइड्रो डेभलपर्सको ९.९४, शिवश्री हाइड्रोको ९.२७ र आँखुखोला जलविद्युतको सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ । उता कमाउनेमा ६ वटा कम्पनी मात्रै रहेका छन् । सबैभन्दा बढी नेपाल फाइनान्सको सेयर मूल्य ९.९३ प्रतिशतले बढेको छ । त्यस्तै, चन्द्रागिरी हिल्सको ३.७३, अपि पावरको ३.३७ प्रतिशतले सेयर मूल्य बढेको छ । यो समाचार तयार पर्दासम्म सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये सबैभन्दा बढी जीवन बीमा समूह ६२० अंकले घटेको छ ।