तेलको मूल्य बढ्दा विश्वभरका सेयर बजारमा गिरावट
काठमाडौं । विश्वभरका सेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकासहित विश्वका प्रमुख सेयर बजारहरू दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको सेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकाको एस एन्ड पी ५ सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १.२ प्रतिशतले घटेको छ । त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क ५३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकाङ्क करिब १.५ प्रतिशतले घटेको बताइएको छ । पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीहरूको सेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो । कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रमुख कम्पनीका रूपमा चिनिएको एनभिडियाको सेयर मात्रै ४.४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको सेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो । त्यस्तै माइक्रोन टेक्नोलोजीको सेयर ६.६ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष कम्पनीको सेयर मूल्य अझै पनि करिब १५४ प्रतिशतले माथि रहेको बताइएको छ । विश्लेषकहरूले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्याए पनि आगामी दिन सहज नहुने चेतावनी दिइएको छ । यसबीच मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलडमरूमध्य बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको छ । तेल ट्याङ्करहरू आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ । तेल मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको जनाइएको छ ।
सेयर बजारमा ३ अर्ब २९ रुपैयाँको कारोबार
काठमाडौं । बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.०७ अंकले घटेर २७३० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८० कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३३७ कम्पनीको ७९ लाख कम्पनीको ३ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, साहस ऊर्जाको १८ करोड ७७ लाख, एसवाई प्यानलको १८ करोड ५४ लाख, युनियन हाइड्रोपावरको १४ करोड र माउन्टेन इनर्जीको ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.२२ प्रतिशत र झपा इनर्जीको सेयर मूल्य ४.१४ प्रतिशतले बढेको छ । १३ वटा उपसूचक मध्ये ३ वटाको सूचक बढेका छन् । लाइफ इन्स्योरेन्स ०.०१ प्रतिशत, म्युचल फन्ड ०.०८ प्रतिशत र ट्रेडिङको ०.३२ प्रतिशतले बढेका छन् ।
सेयर बजारमा २ अर्बको कारोबार
काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४.१५ अंकले घटेर २७४० बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७६ कम्पनीको सेयर मूल्य घटेको छ । १२ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बुधबार ३३९ कम्पनीको ५ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावरको ९ करोड ८५ लाख, साहस ऊर्जाको ९ करोड ५८ लाख, सोलु हाइड्रोको ८ करोड ३५ लाख र रिलाइन्स स्पिीनिङको ८ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । एसिएन हाइड्रोपावरको सेयर मूल्य ११.४२ प्रतिशतले बढेको छ ।
२७ अंकले बढ्यो सेयर बजार, ३ अर्बको कारोबार
काठमाडौं । शुक्रबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ अंकले बढेर २७४५ बिन्दुमा पुगेको छ । नेप्सेका अनुसार २३५ कम्पनीको सेयर मूल्य बढ्दा २६ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्य भने कुनै परिवर्तन आएको छैन । ३३५ कम्पनीको ७४ लाख कम्पनीको ३ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार होटल फोरेस्ट इनको भएको छ । होटल फोरेस्टको १३ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पिीनिङको १३ करोड, सोलु हाइड्रोको १२ करोड, न्यदी गुप्रको ११ करोड र रिडि पावरको १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्रिशुली जलविद्युतको सेयर मूल्य १० प्रतिशतले बढेकाे छ ।
युद्ध जोखिम बढ्दै : तेल मूल्य उकालो, सेयर बजार ओरालो
काठमाडौं । अमेरिका र इरानबीच हर्मुज जलडमरूमध्य क्षेत्रमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठूलो असर परेको छ । शुक्रबार तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमुख सेयर बजारहरू घटेका छन् । यस घटनाले युद्ध अन्त्य गर्ने सम्भावित सम्झौता र महत्त्वपूर्ण समुद्री मार्ग पुनः खोल्ने आशामा धक्का पुगेको छ । पछिल्ला केही हप्तादेखि बजारमा युद्ध चाँडै अन्त्य हुने र कच्चा तेल आपूर्ति सामान्य हुने अपेक्षामा सकारात्मक माहोल थियो, जसले गर्दा तेलको मूल्य पनि केही घटेको थियो । तर बिहीबार अमेरिका र इरानबीच पुनः तनाव चुलिएपछि स्थिति फेरिएको हो । अमेरिकी सेनाले तीन अमेरिकी युद्धपोतमाथि आक्रमण भएको प्रतिक्रियास्वरूप इरानी सैन्य लक्ष्यहरूमा हवाई हमला गरेको बताइएको छ । यो घटनाले एक महिनादेखि कायम रहेको युद्धविराम कमजोर बनाएको छ । इरानको सेनाले भने अमेरिका स्वयंले युद्धविराम उल्लङ्घन गर्दै तेल ट्याङ्कर र अर्को जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ । यसले दुवै देशबीचको तनाव झनै बढाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत चेतावनी दिँदै भने,'यदि उनीहरूले सम्झौता छिट्टै गरेनन् भने हामी अझ कडा र धेरै हिंसात्मक रूपमा जवाफ दिनेछौं ।' तर पछि उनले वासिङ्टनमा बोल्दै युद्धविराम अझै कायम रहेको दाबी गरे । उनका अनुसार, 'हो, युद्धविराम छ । उनीहरूले आज हामीलाई उक्साए, हामीले कडा जवाफ दियौं ।' यो झडप त्यतिबेला भयो जब ट्रम्प प्रशासनले युद्ध अन्त्य गर्ने सम्झौता नजिक पुगिएको सङ्केत दिएको थियो र हर्मुज जलडमरूमध्य पुनः खोल्ने सम्भावना छलफलमा थियो । यो समुद्री मार्गबाट विश्वको करिब पाँच भागको एक हिस्सा तेल र ग्यास आपूर्ति हुन्छ । यस्तै, अमेरिकी प्रशासनले ‘प्रोजेक्ट फ्रीडम’ नामक कार्यक्रम पुनः सुरु गर्नेबारे विचार गरिरहेको समाचार पनि आएको छ, जसको उद्देश्य वाणिज्य जहाजहरूलाई सुरक्षित मार्ग दिने हो । तर यसले इरानसँग थप तनाव बढाएको छ । तनाव बढेसँगै कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ । पछिल्ला तीन दिनमा भने तेलको मूल्य करिब १० प्रतिशत घटेको थियो । एशियाली बजारमा पनि गिरावट देखिएको छ । दक्षिण कोरियाको शेयर बजार १ प्रतिशतभन्दा बढी घटेको छ भने टोकियो, हङकङ, सिड्नी, साङ्घाई, सिंगापुर, वेलिङ्टन, ताइपेई, मनिला र जाकार्ता जस्ता प्रमुख बजारहरू पनि ओरालो लागेका छन् । यसै क्रममा अमेरिकी वाल स्ट्रिटमा पनि गिरावट आएको छ । एस एन्ड पी ५०० र नास्डाक सूचकाङ्क रेकर्ड उच्चबाट तल झरेका छन् । विश्लेषकहरूका अनुसार लामो समयको तीव्र वृद्धि पछि यस्तो गिरावट अस्वाभाविक होइन । बजार विश्लेषक क्रिस वेस्टनका अनुसार, 'यो द्वन्द्व समाधानतर्फको बाटो सीधा हुँदैन भन्ने कुरा फेरि स्पष्ट भएको छ । लगानीकर्ताहरूले परिस्थिति फेरि मूल्यांकन गर्न थालेका छन् ।' यसैबीच, ब्रिटिस मुद्रा पाउन्ड पनि अमेरिकी डलरको तुलनामा कमजोर भएको छ । युकेमा भइरहेका स्थानीय चुनावका कारण पनि लगानीकर्तामा अनिश्चितता बढेको छ । जापानमा भने सरकारले हालै यन (जापानी मुद्रा) स्थिर गर्न करिब ६४ अर्ब अमेरिकी डलर बराबरको हस्तक्षेप गरेको समाचार आएको छ । यन केही समयका लागि कमजोर भएर फेरि केही सुधार देखिएको छ । अर्कोतर्फ, लगानीकर्ताहरू अब अमेरिका रोजगारी सम्बन्धी नयाँ तथ्याङ्कको प्रतिक्षामा छन्, जसले युद्ध र बढ्दो मूल्य वृद्धिको असर अर्थतन्त्रमा कस्तो परेको छ भन्ने सङ्केत दिने अपेक्षा गरिएको छ । रासस
तेलको मूल्य घट्दा अमेरिकी सेयर बजारमा सुधार
काठमाडौं । मध्यपूर्वको द्वन्द्व अन्त्यतर्फ उन्मुख हुन सक्ने सङ्केत र प्रविधि कम्पनीहरूको बलियो आम्दानी प्रतिवेदनले लगानीकर्ताको मनोबल बढाएपछि बजारमा उत्साह देखिएको हो । अमेरिकाको प्रमुख औद्योगिक सेयर सूचक ६१२ दशमलव ३४ अंकले बढेर ४९ हजार ९१० दशमलव ५९ बिन्दुमा पुगेको छ । त्यस्तै, व्यापक बजार सूचक १०५ दशमलव ९० अंकले बढेर ७ हजार ३६५ दशमलव १२ बिन्दुमा बन्द भयो भने प्रविधि केन्द्रित सेयर सूचक ५१२ दशमलव ८१ अंकले उकालो लाग्दै २५ हजार ८३८ दशमलव ९४ बिन्दुमा पुगेको छ । ११ प्रमुख क्षेत्रमध्ये ९ वटा क्षेत्रमा वृद्धि देखिएको थियो । औद्योगिक र प्रविधि क्षेत्र सबैभन्दा धेरै लाभमा रहेको छ । औद्योगिक क्षेत्र २ दशमलव ६० प्रतिशत र प्रविधि क्षेत्र २ दशमलव ५६ प्रतिशतले बढ्यो । ऊर्जा र सार्वजनिक सेवा क्षेत्र भने क्रमशः ४ दशमलव ०७ प्रतिशत र १ दशमलव ४५ प्रतिशतले घटेका छन् । अमेरिका र इरानबीच मध्यपूर्व युद्ध अन्त्य गर्न समझदारीतर्फ प्रगति भइरहेको समाचार सार्वजनिक भएपछि बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । यसले तेलको मूल्य घटाएको छ भने लगानीकर्ताको विश्वास पनि बढाएको छ । यससँगै कम्पनीहरूको अपेक्षाभन्दा राम्रो नाफा विवरणले पनि बजारलाई थप बलियो बनाएको छ । प्रतिवेदन सार्वजनिक गरेका प्रमुख कम्पनीहरूमध्ये करिब ८५ प्रतिशतले अपेक्षाभन्दा बढी नाफा कमाएका छन् भने करिब ७७ प्रतिशत कम्पनीको आम्दानी अनुमानभन्दा राम्रो रहेको जनाइएको छ । प्रविधि क्षेत्रमा चिप निर्माता र उपकरण निर्माता कम्पनीहरूको सेयर उल्लेखनीय रूपमा बढेका छन् । त्यस्तै, सवारी सेवा प्रदायक, स्वास्थ्य सेवा कम्पनी र मनोरञ्जन क्षेत्रका कम्पनीहरूको सेयर पनि उल्लेखनीय रूपमा बढेका छन् । औषधि क्षेत्रका केही कम्पनीको सेयर बढ्दा फास्टफुड व्यवसायसँग सम्बन्धित कम्पनीको सेयर भने घटेको छ ।अर्धचालक डिजाइन कम्पनीको सेयर आम्दानी प्रतिवेदन सार्वजनिक हुनुअघि १३ दशमलव ६३ प्रतिशतले बढेको थियो । अब लगानीकर्ताहरूले बिहीबार सार्वजनिक हुने रोजगारीसम्बन्धी नयाँ तथ्यांकलाई नजिकबाट हेरिरहेका छन् । रासस
सेयर बजारमा ४ अर्बको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २७३८ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । बिहीबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिलाइन्स स्पिनिङको भएको छ । रिलाइन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युतको २१ करोड, नेसनल हाइड्रोको १९ करोड, शिवम् सिमेन्टको १७ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
२५.८१ अंकले घट्यो सेयर बजार
काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से०का अनुसार सूचक २५.८१ अंकले घटेर २७४४.४५ विन्दुमा रोकिएको छ । आज १ करोड २१ लाख कित्ता किनबेचपछि ४ अर्ब ९८ करोडको कारोबार भएको छ। बुधबार ३० वटा सेयर बढ्दा २३५ वटा घटेका छन् भने ४ वटाको मूल्य स्थिर छ । आज शिखर पावरको मूल्य सबैभन्दा धेरै ९.९२ प्रतिशत घट्यो । पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ७.७९, त्रिशुली जलविद्युतको ६.९८ तथा झापा इनर्जीको ५.८३ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, पाल्पा सिमेन्ट इन्डस्ट्रिज, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र नेसनल हाइड्रोपावर छन् । व्यापार १.०९ तथा विकास बैंक ०.१४ प्रतिशत बढे । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै २.२४ प्रतिशत घट्यो । बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०।८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत घटे । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १३.८१ प्रतिशत बढ्यो । लक्ष्मी लघुवित्तको २.६६, धौलागिरि लघुवित्तको २.३३, भुजुङ हाइड्रोपावरको २.२६ प्रतिशत मूल्य बढ्यो ।
एकल अंकले बढ्यो सेयर बजार, ७ अर्ब ४६ करोडको कारोबार
काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार (आज) नेप्से एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार शुक्रबार नेप्से ५.३६ अंकले बढेर २८३८.४० बिन्दुमा कायम भएको छ । आज ३३५ स्टकको ९६ हजार ५७३ पटक कारोबारमा १ करोड ० लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ४६ करोड ६ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । शुक्रबार कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड ८६ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रोमा सोलु हाइड्रोपावरको ३७ करोड २६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ। आज ५ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुण्ड हाइड्रोपावर, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने रिज लाइन इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् ।
‘सेयर बजारमा सानो समूहले चलखेल गरिरहेको छ, इन्साइडर ट्रेडिङ भइरहेको छ’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा सीमित समूहको चलखेल र इन्साइडर ट्रेडिङ गरिरहेको आरोप लगाएका छन् । सोमबार अर्थ मन्त्रालयमा आर्थिक पत्रकारहरूसँग संवाद गर्दै उनले बजारमा कृत्रिम अफवाह फैलाएर लगानीकर्तालाई भ्रमित बनाउने प्रवृत्ति बढेको बताएका हुन् । उनका अनुसार स्टक मार्केटमा केही सानो समूहले चलखेल गर्न खोजिरहेको छ । इन्साइडर ट्रेडिङ र नियमविपरीत कारोबार गर्नेलाई सरकारले कडाइका साथ नियन्त्रणमा लिनेछ । उनले बजारलाई पारदर्शी र विश्वसनीय बनाउन सरकार क्रियाशील हुने बताए । अर्थमन्त्री वाग्लेले सरकारले आर्थिक सुशासनलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै राजनीतिक सुशासनसँगै आर्थिक सुधारलाई अगाडि बढाइने बताए । ‘हाम्रो लक्ष्य सामाजिक न्यायसहितको अर्थनीति हो । निजी क्षेत्रलाई चलायमान बनाउनेछौं, तर कानुनी र नियामकीय व्यवस्था कडाइका साथ लागू गरिनेछ,’ उनले भने । उनले आगामी जेठ १५ मा आउने बजेट आर्थिक रूपान्तरणमुखी हुने संकेत दिँदै लगानीमैत्री वातावरण निर्माणमा जोड दिने बताए । साथै, अनलाइन प्रणालीमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री कार्यालय सक्रिय रूपमा लागिरहेको जानकारी पनि दिए । विदेशमा समस्यामा परेका नेपालीको उद्धारबारे बोल्दै उनले सबैलाई फर्काउनेभन्दा पनि अति अप्ठ्यारो अवस्थामा रहेका नागरिकलाई प्राथमिकतामा राखेर काम भइरहेको स्पष्ट पारे । उनले एकै पटक २५ लाख नेपालीलाई फर्काउनेभन्दा पनि समस्यामा परेकोलाई फर्काउने योजना रहेको सुनाए । त्यसैगरी, लामो समयदेखि रोकिएका मुद्दालाई अगाडि बढाउने र अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट देशलाई बाहिर निकाल्न सरकार सक्रिय रहेको उनले बताए । अर्थमन्त्रीले गोरखकाली टायर लगायत केही सरकारी संस्थानको पुनर्संरचना र सञ्चालन मोडालिटीबारे पनि छलफल भइरहेको जानकारी दिँदै ती विषय आगामी बजेटमा समावेश हुने संकेत गरेका छन् ।
अर्थमन्त्रीको सम्बोधनले सेयर बजारमा हरियाली : नेप्से ८३.३३ अंकले बढ्दा १० अर्ब ९२ करोडको कारोबार
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) नेप्सेमा हरियाली छाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजार सम्बन्धमा पहिलोपटक विस्तृत अभिव्यक्ति दिएसँगै बजारमा हरियाली छाएको हो । अर्थमन्त्री वाग्लेले पहिलो पटक लगानीकर्ताको मनोबल बढाउने गरी अभिव्यक्ति दिएसँगै बजारमा रौनक देखिएको सेयर विश्लेषकहरूको भनाइ छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज नेप्से ८३.३३ अंकले बढेर २७६०.०२ विन्दुमा कायम भएको छ ।आज ३४५ स्टकको १ लाख २४ हजार ९३ पटक कारोबारमा २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार कारोबारमा आएका सबै उपसमूह बढेका छन् । सबैभन्दा धेरे हाइड्रोपावरको ४.४९ प्रतिशतले बढेको छ । बैंकिङ ३.१८, विकास बैंक ३.६३, वित्त ४.०३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन १.५३, माइक्रोफाइनान्स २.४३, म्युचल फण्ड १.४०, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार २.४० प्रतिशतले बढेको छ । कारोबार रकमको आधारमा आज रिलायन्स स्पिलिङ मिल्सको सबैभन्दा धेरै कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँको कारोबार भएको छ । दोस्रो धेरै कारोबार भएको कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीको ५४ करोड ९२ लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चरको ४८ करोड १९ लाख १८ हजार रुपैयाँ, अपि पावर कम्पनीको ३१ करोड ५२ लाख ९८ हजार रुपैयाँ र रिदी पावर कम्पनीको ३० करोड ७ लाख रुपैयाँको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् । आज चार कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिदी पावर कम्पनी र नेशनल हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । त्यस्तै शिखर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । पुँजी बजारको वर्तमान अवस्था, सुधारका उपाय र बजार सुधार सम्बन्धी अर्थमन्त्री डा. वाग्ले र नेपाल स्टक ब्रोकर एशोसिएसनबीच सोमबार बिहान सिंहदरबारमा भेटघाट भएको थियो । भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले आफ्नो राजनीतिक दलले सेयर बजारका विषयमा स्पष्ट र उदार धारणा राख्दै आएको उल्लेख गर्दै हाल बजारमा अनावश्यक अफबाह फैलाएकोप्रति चिन्ता व्यक्त गरेका थिए । साथै उनले नेपालको अर्थतन्त्रका लागि अब ‘स्वर्णिम समय’ आउन लागेको दाबी गर्दै बजारमा फैलिएका हल्ला र गलत अफबाहको पछि नलाग्न सबैलाई आग्रहसमेत गरेका थिए । ब्रोकर व्यवसायीहरूसँग अर्थमन्त्रीले भने- स्वर्णिम समय आउँदैछ, हल्लाको पछि नलागौँ
सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरालाई टार्न सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्छ : सांसद रोकाय
काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सेयर बजारमा ठूला लगानीकर्ता बाहिरिने खतरा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सेयर बजारमा सरकारकै त्रासका कारण ठूला लगानीकर्ताहरू बाहिरिने खतरा रहेको औँल्याउँदै त्यसलाई रोक्न सरकारले कदम चाल्नुपर्ने उनको भनाई थियो । सोमबार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रोकायले सेयर बजारमा आएको गिरावटले लगानी कर्तामा नकारात्मक भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसलाई हटाउन सरकारले आवश्यक निर्णय लिनुपर्ने बताए । उनले भने, ‘सेयर बजारमा लगानी कर्ताले करिब ३ खर्ब गुमाएका छन् । नयाँ र बलियो सरकार आईसकेपछि उद्योगी, व्यवसायी उत्साही पनि थिए । तर सरकारले उद्योगी व्यवसायी माथि गरेको एक्सनले पुँजी बजार अव बढ्न पाउँदैन भन्ने नकारात्मक भाष्य सृजना भएकाले नेप्सेमा लगातार उच्च अंकको गिरावट देखिएको स्टक ब्रोकर एशोसिशनले जनाएको छ ।’ सांसद रोकायाले पूँजी बजार अब बढ्न नपाउने भन्ने आशंका पनि सरकारले तत्काल निवारण गर्नुपर्ने बताए ।
सेयर बजारमा १२ अर्बको कारोबार, ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अंकले घटेर २८३१ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार २६ कम्पनीको सेयर मूल्य बढ्दा २३७ कम्पनीको सेयर मूल्य घटेको छ । ५ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३४१ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ४३ करोड ८१ लाख, शिवम् सिमेन्टको ४३ करोड, एपीआई पावरको ३८ करोड र नेसनल हाइड्रोको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ मिल्स, भुजुङ हाइड्रो, रिडिज लाइन, होटल फोरेस्ट, सुपर खुदि र सुर्यकुन्ड हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
अष्ट्रेलियाली सेयर बजारमा गिरावट, तेल मूल्य वृद्धिको असर
काठमाडौं । अष्ट्रेलियाको सेयर बजार सोमबार प्रारम्भिक कारोबारमै १.४ प्रतिशतले घटेको छ । विश्वव्यापी तेल मूल्य निरन्तर बढ्दै गएपछि बजारमा दबाब परेको हो । एस एन्ड पीरएएसएक्स २०० सूचकांक सोमबार कारोबार सुरु भएको पहिलो घण्टामै १.४ प्रतिशतले घटेर ८ हजार ३९७ अङ्कमा झरेको छ । यो सूचकाङ्क शुक्रबारको बन्द अवस्थामा रहेको ८ हजार ५१६.३ अंकबाट तल आएको हो । सोमबार बिहानसम्म हेर्दा यो प्रमुख सूचकांक पछिल्लो एक महिनामा झण्डै ८.७ प्रतिशतले घटिसकेको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी तेलको मूल्य प्रति ब्यारेल १२० अमेरिकी डलर नजिक पुगेको छ, जसले सेयर बजारमा नकारात्मक प्रभाव पारेको विश्लेषकहरूले बताएका छन् । सोमबार बिहानको कारोबारमा विशेषगरी वित्तीय र स्वास्थ्य क्षेत्रमा बढी गिरावट देखिएको छ । रासस
७१ अंकले घट्यो सेयर बजार, १५ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१ अंकले घटेर २८७९ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार १० कम्पनीको सेयर मूल्य बढ्दा २५५ कम्पनीको सेयर मूल्य घटेको छ । १ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३३३ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको भएको छ । रिडिको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै न्यादी गुप्रको ५२ करोड, सोलु हाइड्रोको ४८ करोड, शिवम् सिमेन्टको ४७ करोड र नेसनल हाइड्रोको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
सेयर बजारमा हरियाली, २३ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५४ अंकले बढेर २९३१ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार १८३ कम्पनिको सेयर मूल्य बढ्दा ७३ कम्पनीको सेयर मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३६४ कम्पनिको ६ करोड कित्ता सेयर कारोबार हुँदा २३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ । कुमारीको ८५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, नेसनल हाइड्रोको ७७ करोड, शिवम् सिमेन्टको ७५ करोड, न्यादी गुप्रको ७२ करोड र हिमाल दोलखाको ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबारको कारोबारमा ६ वटा कम्पनिको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज १३ वटा उपसूचक मध्ये १२ वटाकाे समूह बढेको छ भने व्यापार समूह घटेको छ ।
सेयर बजार ६४.६७ अंक बढ्यो, २१.२२ अर्बको करोबार
काठमाडौं । साताको अन्तिम दिन पुँजी बजारमा दोहोरो अंकको बढोत्तरीसँगै कारोबार रकममा उच्च वृद्धि भएको छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २.२९ प्रतिशत अर्थात् ६४.६७ अंक बढेर २ हजार ८७७.०२ अंकमा पुगेर बन्द भएको छ । दिनभर बजारमा उतारचढाव हुँदा २१ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । नेप्सेका अनुसार आज ३४२ कम्पनीको ५ करोड ६९ लाख २० हजार ६०८ कित्ता सेयर १ लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार दिनभर कारोबारमा आएका कम्पनीहरूमध्ये २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । तर, विभिन्न २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार बिहीबार बैंकिङ समूह ३.१६ प्रतिशत, विकास बैंक समूह ३.९५ प्रतिशत, फाइनान्स समूह १.९४ प्रतिशत, होटल तथा पर्यटन समूह १.७५ प्रतिशत, जलविद्युत समूह २.२९ प्रतिशत, लगानी समूह १.७७ प्रतिशत, जीवन बीमा समूह २.७६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.८९ प्रतिशत, लघुवित्त समूह १.२४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०४ प्रतिशत, निर्जीवन बीमा समूह १.८० प्रतिशत, अन्य समूह १.९७ प्रतिशत र व्यापार समूह ०.१६ प्रतिशत बढेको छ । बिहीबार कर्पाेरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, होटेल फरेस्ट इनको सेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । नेप्सेका अनुसार ङादी ग्रुप पावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६७ करोड १६ लाख १६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यस्तै, नेशनल हाइड्रोपावरको ६६ करोड ९० लाख रुपैयाँ, रिडी पावरको ६२ करोड ६० लाख रुपैयाँ, आँखु खोला जलविद्युत कम्पनीको ५९ करोड ५७ लाख रुपैयाँ, अपर तामाकोशीको ५९ करोड ३३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
राजनीतिक र आर्थिक अवस्था हेरेर मात्रै सेयर बजारमा लगानी गर्न सेबोनको आग्रह
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा लगानी गर्दा देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ । ग्लोबल मनी वीक-२०२६ को अवसरमा युवा तथा सर्वसाधारण लगानीकर्तालाई सन्देश जारी गर्दै बोर्डले धितोपत्र बजारमा लगानी गर्दा सजग र विवेकशील बन्न सुझाव दिएको हो र बोर्डका अनुसार धितोपत्र बजारमा समय-समयमा उतारचढाव आउन सक्ने भएकाले लगानी निर्णय गर्दा यथार्थ र विश्वसनीय सूचना संकलन गरी संयमित रूपमा निर्णय लिनु आवश्यक हुन्छ । नवप्रवेशी लगानीकर्तालाई प्राथमिक बजारबाट लगानी सुरु गर्न बोर्डले सुझाव दिएको छ । प्राथमिक बजारमा लगानी गर्दा धितोपत्र निष्काशन गर्ने कम्पनीको आव्हान पत्र तथा विवरणपत्र अध्ययन गरी कम्पनीको संस्थापक र व्यवस्थापन पक्ष, वित्तीय अवस्था तथा क्रेडिट रेटिङजस्ता विषयको विश्लेषण गर्नुपर्ने बोर्डको भनाइ छ । यस्तै, दोस्रो बजारमा लगानी गर्दा सूचीकृत कम्पनीले सार्वजनिक गरेका कार्यसम्पादन विवरण, लाभांश घोषणा, हकप्रद सेयर, व्यवस्थापनमा परिवर्तन, भावी योजना, कम्पनीका आवधिक तथा वार्षिक प्रतिवेदन, वित्तीय सूचकांक तथा सेयर मूल्यको प्रवृत्तिजस्ता पक्ष अध्ययन गर्न पनि बोर्डले आग्रह गरेको छ । बोर्डले लगानी गर्दा कम्पनीको आधारभूत पक्ष जस्तै वित्तीय विवरण, व्यवस्थापन, उद्योग तथा व्यापारको अवस्था, कानुनी वातावरण, व्यापार मोडेल र प्रतिस्पर्धात्मक अवस्थाको पनि अध्ययन गर्नुपर्ने जनाएको छ । लगानी गर्नुअघि आफ्नो लगानीको उद्देश्य, समयावधि र अपेक्षित आम्दानीबारे स्पष्ट हुन पनि बोर्डले सुझाव दिएको छ। धैर्यता, लगनशीलता र दीर्घकालीन दृष्टिकोण राखेर लगानी गर्नुपर्ने सन्देश बोर्डले दिएको छ । सामाजिक सञ्जालमार्फत फैलिने अपुष्ट अनुमान, प्रक्षेपण वा परामर्शको आधारमा मात्र लगानी निर्णय नगर्न बोर्डले चेतावनी दिएको छ। यस्ता माध्यमबाट हुने धोका, जालसाजी तथा छलकपटबाट बच्न लगानीकर्ताले स्वविवेक प्रयोग गर्नुपर्ने बोर्डले जनाएको छ । अरुको देखासिखी वा लहलहैमा लागेर लगानी नगर्न पनि बोर्डले सुझाव दिएको छ। लगानीका अवसरहरू स्वतन्त्र रूपमा अध्ययन गर्न, निर्णयमा हतार नगर्न तथा अत्यधिक नाफाको ग्यारेन्टी दिने प्रस्तावप्रति सतर्क रहन बोर्डले आग्रह गरेको छ । सेयर बजारमा मुद्रास्फीति, बैंकिङ प्रणालीको तरलता तथा ब्याजदरले प्रत्यक्ष प्रभाव पार्ने भएकाले लगानी गर्दा यस्ता पक्षलाई पनि ध्यानमा राख्नुपर्ने बोर्डको भनाइ छ । जोखिम व्यवस्थापनका लागि लगानी विविधीकरण गर्न, आपतकालीन कोष राख्न तथा जोखिमको उचित व्यवस्थापन गर्न बोर्डले सुझाव दिएको छ । साथै, भित्री सूचनाका आधारमा हुने कारोबार, कर्नरिङ वा अस्वाभाविक मूल्य उतारचढावजस्ता गतिविधिबाट टाढा रहन पनि लगानीकर्तालाई सचेत गराइएको छ । धितोपत्र कारोबार गर्दा रकमको लेनदेन बैंकमार्फत मात्र गर्न तथा धितोपत्र दलालले लिने शुल्कबारे कानुनी व्यवस्था बुझ्न पनि बोर्डले आग्रह गरेको छ। बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायीमार्फत मात्र कारोबार गर्न पनि सुझाव दिइएको छ।
सेयर बजारमा आज १४ अर्ब ३२ करोडको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार एकल अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले बढी २८२४.९० विन्दुमा पुगेको हो । नेप्सेका अनुसार आज १४ अर्ब ३२ करोडको कारोबार भएको छ । १२४ कम्पनीको मूल्य बढ्दा १३० को घट्यो भने ९ को स्थिर रहेको नेप्सेले जनाएको छ । आज सबैभन्दा धेरै ग्रिनलाइफ हाइड्रोपावरको कारोबार भएको छ । ग्रिनलाइफको ८१ करोडभन्दा बढी कारोबार भएको हो । त्यस्तै, रिडी पावर कम्पनीको ६७ करोड, नेशनल हाइड्रोपावर कम्पनीको ६२ करोड, हिमाल दोलखा हाइड्रोको ५५ करोड र राधी विद्युतको ४५ करोडको खरिदबिक्री भएको छ । आज सोलु हाइड्रोको १० प्रतिशत, सालपा विकास बैंक ९.९९ प्रतिशत, होटल फरेस्ट इन ९.९३ प्रतिशत, ग्रिनलाइफ हाइड्रो ९.५३ प्रतिशत र अभियान लघुवित्त ५।३१ प्रतिशतले बढेको छ। दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ नोक्सानी बेहोर्दा खानीखोला हाइड्रो, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, थ्रिस्टार हाइड्रो र हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य क्रमशः ५.१५, ३.६६, ३.३५ र ३.३० प्रतिशतले घटेको छ । आज होटल र पर्यटन, लगानी, जीवन बीमा, सामूहिक लगानीका सूचक घटे भने बाँकी बढेका छन् ।
सेयर बजारमा १३ अर्बको कारोबार, २ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४६ अंकले घटेर २७९७ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको सेयर मूल्य घटेको छ । ३ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बुधबार ३२९ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार रिडि पावर कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै आँखु खोला जलविद्युत कम्पनीको ५१ करोड, नेसनल हाइड्रो पावर कम्पनीको ४९ करोड, अपि पावर कम्पनीको ४४ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ । साल्पा विकास बैंकको १० प्रतिशत र नेसनल हाइड्रो पावर कम्पनीको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।