८३ प्रतिशत हकप्रद पछि श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । ८३ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ थियो ।
एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १०%ले घट्यो, लगानीकर्ताले एकैदिन २४३ रुपैयाँ गुमाए
काठमाडौं । चुक्ता पुँजी बढाउन ६ सय प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नपाउने भएपछि एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य घटेको छ । मंगलबार एभरेष्टका लगानीकर्ताले प्रतिकित्ता २४३ रुपैयाँ गुमाएका छन् । एभरेष्टको सेयर मूल्य १० प्रतिशत घटेको छ । सोमबार एभरेष्टको सेयर मूल्य २ हजार ४३३ रुपैयाँ थियो । मंगलबार घटेर २ हजार १९० रुपैयाँ भएको छ । लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएपछि एभरेष्टको सेयर मूल्य एकै दिन १० प्रतिशत घटेको हो । एकै दिनमा १० प्रतिशत भन्दा बढी सेयर मूल्य घट्न पाउदैन् । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । हाल सबै साधारण सेयरधनी रहेका एभरेष्ट इन्स्योरेन्सले गत असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभा गरी २० प्रतिशत बोनस सेयर र ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । संस्थापक सेयरलाई साधारण बनाउने व्यवस्था भएपनि हालसम्म साधारण सेयरलाई संस्थापक बनाउने व्यवस्था छैन् । कम्पनीमा नयाँ लगानीकर्तालाई संस्थापक सेयरधनीका रुपमा प्रवेश गराउनै पर्ने बाध्यात्मक अवस्था सृजना भएपछि कम्पनीका लगानीकर्ताले पूर्व घोषित ६ सय प्रतिशत हकप्रद सेयर नपाउने भएका हुन् । धितोपत्र बोर्ड पनि भदौ २३ गते नै आवेदन दिएको कम्पनीको हकप्रद सेयर निष्काशन सम्बन्धी प्रस्तावलाई अझै स्वीकृत दिएको छैन् । कम्पनीले साधारण सभाको निर्णय अनुसार भदौ २३ गते ७२ करोड ९० लाख मूल्यको हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको थियो ।
बोनस सेयरपछि तीन कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । आइतबार मात्रै विभिन्न तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सो दिन अपी पावर कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकको बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । अपी पावरको ८ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४११ रुपैयाँ रहेको थियो । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको ४.७८२ प्रतिशत बोनस पश्चात कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ रहेको छ । त्यसैगरी, कञ्चनको पनि १२.३३ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २१० रुपैयाँ रहेको छ ।
बोनस सेयर पछि जानकी फाइनान्स र गुहेश्वरी मर्चेन्टको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार मात्रै जानकी फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समोयोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले यी दुबै कम्पनीको बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । जानकी फाइनान्सको १८ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि यस संस्थाको सेयर मूल्य प्रतिकित्ता १८९ रुपैयाँ रहेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंकको पनि १५.७९५ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको थियो ।
२० प्रतिशत बोनस पछि जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार यस कम्पनीको सो मात्राको बोनस पछिको सेयरको मूल्य समायोजन गराएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १९७५ रुपैयाँ रहेको थियो ।
ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता मूल्य कति?
काठमाडौं । सोमबार मात्रै ज्योति विकास बैंक र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन यी दुई कम्पनीको बोनस र हकप्रद पछि मूल्य समायोजन गरेको हो । ज्योति विकास बैंकको १० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६२ रुपैयाँ रहेको छ । जसको आधारमूल्य प्रतिकित्ता १९७ रुपैयाँ रहेको थियो । त्यस्तै, नेप्सेले ग्रीन डेभलपमेन्ट बैंकको ४०० प्रतिशत हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । समायोजन पछि यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७ रुपैयाँ रहेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९५०
काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले बैंकको सेयर मूल्य समायोजन गरेर प्रतिकित्ता ९५० रुपैयाँ कायम गरेको हो । बैंकको सेयर मूल्य घटेर आइतबार ३ अंकमा आएको छ । गत बिहीबार अन्तिम दिन बैंकको २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
एभरेष्ट बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ८१६
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले एभरेष्ट बैंकको सेयर मूल्य समायोजन गरेको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दिने भएपछि बैंकको सेयर मूल्य १ हजार १७४ रुपैयाँबाट घटेर ८१६ रुपैयाँ पुगेको छ ।
नयाँ नेपाल लघुवित्तको सेयर मूल्य समायोजन, प्रतिकित्ता १२२७
काठमाडौं । नयाँ नेपाल लघुवित्त विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत बोनस सेयर दिने भएपछि नेपाल स्टकएक्सचेन्ज लिमिटेडले संस्थाको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता १ हजार ३२७ रुपैयाँ कायम भएको छ ।
४ कम्पनीको सेयर मूल्य समायोजन, हेर्नुस कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले ४ वटा बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले जनता बैंक, हिमालयन बैंक, किसान माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड र साइन रेसुङा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन गरेको हो । जनताले १४.४ प्रतिशत बोनस सेयर दिने भएपछि सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ कायम भएको छ । यसैगरी साइन रेसुङलाले २५ प्रतिशत बोनस सेयर दिने भएपछि उसको पनि सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ३१३ रुपैयाँ कायम भएका छ । हिमालयनले २५ प्रतिशत बोनस सेयर दिने भएपछि उसको सेयर मूल्य ६७१ र किसानको प्रतिकित्ता १ हजार ९२१ रुपैयाँ काम भएको छ ।
३ कम्पनीको सेयर मूल्य समायोजन, हेर्नुस कसको कति ?
काठमाडौं । विभिन्न ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ ।सेयर मूल्य समायोजन भएको कम्पनीमा सिर्जना फाइनान्स लिमिटेड, नेरुड लघुवित्त विकास बैंक र सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् । सिर्जना फाइनान्सले साढे ३२ प्रतिशत बोनस सेयर निष्कासन गर्ने भएपछि नेपाल स्टक एक्सचेन्जले उसको सेयर मूल्य समायोजन गरेको प्रतिकित्ता ३२८ रुपैयाँ कायम गरेको छ । यस्तै नेरुडले १३ प्रतिशत बोनस सेयर दिने भएपछि उसको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ९५९ र सुर्योदयको १९ प्रतिशत बोनस सेयर जारीपछि प्रतिकित्ता ६०४ रुपैयाँ कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बोनसपछि तीन कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौं । शुक्रबार मात्रै तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले एकैदिन रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर, मुक्तिनाथ विकास बैंक र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । रुरल माइक्रोफाइनान्सको ५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१२ रुपैयाँ रहेको छ । त्यस्तै, मुक्तिनाथ विकास बैंकको पनि २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५५ रुपैयाँ रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो । त्यसैगरी, सिभिल लघुवित्तको पनि ४.५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४६ रुपैयाँ रहेको छ ।
प्राइम कर्मसियल बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ३३१ रुपैयाँ
काठमाडौं । बुधबार मात्रै प्राइम कर्मसियल बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २७ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ४१६ रुपैयाँ रहेको थियो ।
मितेरी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार मात्रै दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले मितेरी डेभलपमेन्ट बैंकको बोनस सेयर पछि र सेन्ट्रल फाइनान्स कम्पनीको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । मितेरी डेभलपमेन्ट बैंकको ३१.४७८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३७३ रुपैयाँ रहेको छ । त्यस्तै, सेन्ट्रल फाइनान्सको पनि ५० प्रतिशत हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४८ रुपैयाँ रहेको छ ।
एनएलजी इन्स्योरेन्सले २५ प्रतिशत बोनस सेयर दिने, सोमबार सेयर मूल्य बढ्यो
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश वितरण गर्न लागेको हो । सोमबार बसेको कम्पनी सञ्चालक समितिको २३८ औं बैठकले उक्त निर्णय गरेको कामु प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले जानकारी दिए । सञ्चालक समितिको निर्णयलाई बीमा समितिको स्वीकृति र साधारणसभाको अनुमोदन गरेपछि सेयरधनीले उक्त बोनस पाउने छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४७० रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको सेयर सोमबार प्रतिकित्ता १४ रुपैयाँले मूल्य बढेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५१ करोड २३ लाख रुपैयाँ रहेको छ । बोनस सेयरपछि यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी ६४ करोड ४ लाख रुपैयाँ हुनेछ ।
बजार सामान्य अंकले ओरालो, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि
काठमाडौं । बिहीबारको सेयर बजार सामान्य ०.५९ अंकले ओरालो लागेर १५२० अंकमा अडेको छ । बजारमा ४५ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीको १४ लाख ८४ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकको ३ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७७२ रुपैयाँ रहेको छ । सामान्य अंकले ओरालो लागेको बजारमा तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ । बजारमा सबैभन्दा बढी कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कुबेर मर्चेन्ट फाइनान्स र ललितपुर फाइनान्सको सेयर मूल्य क्रमशः ९.७६ र ९.७४ प्रतिशतले बढेको छ । बिहीबार होटल समूहको परिसूचक सबैभन्दा बढी २७ अंकले राताम्मे भएको छ । त्यस्तै, हाइड्रोपावर र बीमा समूहको परिसूचक क्रमशः २३ र २० अंकले राताम्मे भएका छन् । उता, अन्य समूहको परिसूचक भने १३ अंकले उकालो लागेको छ ।
सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता २४४ रुपैयाँ
काठमाडौं । सहयोगी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । यस कम्पनीको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ रहेको छ । जसको आधार मूल्य २९८ रुपैयाँ रहेको थियो ।
८० प्रतिशत हकप्रद पछि सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन
काठमाडौं । बुधबार सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले बैंकको ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३० रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २९८ रुपैयाँ रहेको छ ।
बोनस सेयर पछि गुडविल फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । सोमबार गुडविल फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको १०.१९२८ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता २१३ रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७९ करोड ९९ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर प्रतिकित्ता १५८ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ ।
२९ प्रतिशत बोनस सेयर पछि शिखर इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको २९ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७८ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १५२५ रुपैयाँ रहेको थियो ।