विद्युत लाइन काटिएपछि डिजेलले काम चलाउँदै शिवम् सिमेन्ट, संकटमा पनि सेयर मूल्य बढ्दै

काठमाडौं । देशकै ठूलो सिमेन्ट उद्योग शिवम् सिमेन्ट अहिले विद्युत् आपूर्तिको अभावका कारण ठूलो संकटमा परेको छ । नेपाल विद्युत् प्राधिकरणसँगको विवादका बीच प्राधिकरणले डेडिकेटेड फिडरको बक्यौता नतिरेको भन्दै शिवम् सिमेन्टको बिजुली लाइन काटेपछि अहिले उद्योग हाल डिजेल जनरेटरको सहारामा सञ्चालन भइरहेको छ । प्राधिकरणले लाइन काटेपछि उद्योगमा कार्यरत करिब ८ सय प्रत्यक्ष र हजारौं अप्रत्यक्ष रोजगारीमा असर पर्न थालेको गुनासो गरेको छ । शिवम् सिमेन्टका कम्पनी सचिव तथा प्रशासन प्रमुख लेखनाथ अर्यालका अनुसार उद्योगले कुनै पनि बिल एक दिन ढिला नगरी तिरेको भए पनि प्राधिकरणले प्रमाणबिनै बक्यौता रकम माग्दै उद्योगलाई संकटमा पार्ने काम गरेको छ ।  ‘हामीले हरेक बिल सात दिनभित्र भुक्तानी गर्दै २ प्रतिशत छुट लिँदै आएका छौं,’ उनले विकास न्यूजसँग भने, ‘तर अहिले बिना प्रमाण बक्यौता मागी उद्योगलाई जबरजस्ती संकटमा पारिएको छ ।’ अर्यालका अनुसार प्राधिकरणले फरक-फरक पत्रमा फरक रकम उल्लेख गर्दै बक्यौता देखाउने गरेको छ । उनले प्राधिकरणकै अदालतमा पेश गरिएको कागजातले पनि सो अवधिमा १२ देखि १७ घण्टासम्म लोडसेडिङ भएको प्रमाणित गर्ने दाबी गरे । विद्युत् आपूर्ति रोकिनुका कारण उद्योगले अहिले महँगो डिजेल प्रयोग गरी उत्पादन कायम राख्ने प्रयास गरिरहेको छ । तर, यो उपाय लामो समय टिक्ने स्थिति नरहेको अर्याल बताउँछन् । ‘डिजेलमा मेसिनरी चलाउँदा उत्पादन लागत अत्यधिक बढेको छ, मेन्टेनेन्स खर्च र मेसिन बिग्रने जोखिम पनि बढेको छ,’ उनले भने, ‘यस्तो अवस्थाले उद्योगलाई लामो समय टिकाइराख्न असम्भव हुन्छ ।’ विसं २०६६/०६७ मा स्थापना भई २०७०÷०७१ देखि व्यावसायिक उत्पादन थालेको शिवम् सिमेन्ट हेटौंडामा अवस्थित छ, जसले ५३ ग्रेडको उच्च गुणस्तरको ओपीसी सिमेन्ट उत्पादन गर्छ । कम्पनीले दैनिक ३००० टन सिमेन्ट र १९०० टन क्लिङ्कर उत्पादन गर्दै आएको छ । यसको बजार हिस्सा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा फैलिएको छ । शिवम् सिमेन्टले ९५ प्रतिशत कच्चा पदार्थ नेपालमै उत्पादन गर्छ, जसले आयात प्रतिस्थापनमार्फत राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पु–याएको छ । १०० प्रतिशत नेपाली लगानीमा स्थापनाको साथै यसले २०१९ मा एनएस क्वालिटी अवार्ड प्राप्त गरेको पहिलो सिमेन्ट उद्योगको रूपमा पहिचान बनाएको छ । हाल उद्योगको वार्षिक कारोबार करिब १ हजार करोड रुपैयाँको हाराहारीमा छ भने चुक्ता पुँजी ५ अर्ब ४६ करोड रुपैयाँ छ । उद्योगले होंसी सिमेन्टमा पनि ३० प्रतिशत लगानी गरेको छ । तर, प्राधिकरणले ७७ करोड ८८ लाख रुपैयाँको बक्यौता देखाउँदै विद्युत् लाइन काटेपछि उद्योग थप समस्यामा परेको छ । अर्यालले भने, ‘यदि हामीले पैसा तिर्नुपर्ने प्रमाणित डाटा छ भने तुरुन्त तिर्न तयार छौं । तर बिना प्रमाण रकम माग्नु अन्याय हो ।’ उनले प्रधानमन्त्री र उद्योगमन्त्रीले पहल गरी विवाद समाधान गर्नुपर्ने माग गरेका छन् । ‘सरकारले लगानीमैत्री नीति ल्याएर औद्योगिक वातावरण सिर्जना गर्नुपर्छ,’ उनले जोड दिए । शिवम् सिमेन्टले गत आर्थिक वर्षमा खुद नाफा २०५.८५ प्रतिशत बढाएर ७९ करोड ४१ लाख ८ हजार रुपैयाँ रुपैयाँ कायम गरेको थियो । कम्पनीले अघिल्लो वर्ष २५ करोड ९६ लाख ३७ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  गत वर्ष कम्पनीको सञ्चालन आम्दानी ०.७८ प्रतिशत बढेर ७ अर्ब ७६ करोड ४२ लाख ९६ हजार रुपैयाँ, अन्य आम्दानी ३०.७८ प्रतिशत घटेर १३ करोड ९४ लाख रुपैयाँ र कुल नाफा ६६.२९ प्रतिशत बढेर १ अर्ब ७२ करोड ९३ लाख ७८ हजार रुपैयाँ गरेको थियो ।  गत वर्ष कम्पनीको चुक्ता पुँजी ८.५४ प्रतिशत बढेर ५ अर्ब ४५ करोड ६८ लाख ८ हजार रुपैयाँ, सेयर प्रिमियम रिजर्भ ९५ करोड ६२ लाख ३३ हजार रुपैयाँ र अन्य जगेडा कोष १०.४६ प्रतिशत बढेर ३ अर्ब ८७ करोड ६७ लाख ५६ हजार रुपैयाँ रहेको छ । गत असारसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४.५५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.५७ रुपैयाँ रहेको छ । यस उद्योगमा १२ प्रतिशत सेयर सर्वसाधारण र ८८ प्रतिशत सेयर प्रमोटरको छ । मंगलबार सेयर बजारमा प्रतिकित्ता ५८० रुपैयाँमा कारोबार भइरहेको छ । उद्योगमा लाइन काटिए पनि मंगलबार सेयर बजारमा यस उद्योगगको सेयर मूल्य बढिरहेको छ । पछिल्लो तीन कारोबार दिनदेखि यस उद्योगको मूल्य बढिरहेको छ । यस उद्योगको नेतृत्व गौरव गौयलले गरिरहेका छन् । 

आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट, १६३ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले बढेर २५०३ बिन्दुमा पुगेको छ ।  आज १६३ कम्पनीको मूल्य बढ्दा ७८ कम्पनीको मूल्य घटेको छ । ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२३ कम्पनीको ६१ लाख कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रियन्स्योरेन्सको २८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टीलरीको २५ करोड, युनियन हाइड्रोपावरको १६ करोड र सीइडीबी होल्डीङसको ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आइतबार विकास बैंक समूह ०.२१, म्युचुअल फण्ड ०.१३ र निर्जीवन बिमा समूह ०.३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।      बैंकिङ ०.८७, वित्त ०.५१, होटल तथा पर्यटन ०.७२, जलविद्युत् ०.७०, लगानी ०.७५, जीवन बिमा ०.३३, उत्पादन तथा प्रशोधन ०.९०, लघुवित्त ०.४७, व्यापार ०.९० र अन्य समूह १.१६ प्रतिशतले बढेको छ ।  

हाइड्रोको सेयर मूल्य र जलविद्युत प्रवर्द्धकको धारणा

इप्पान ऊर्जा उत्पादकहरूको छाता संगठन हो । ऊर्जा उद्यमीका समस्याको पहिचान गरी त्यसको समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने इप्पानको मुख्य उद्देश्य रहेको हो । इप्पानमा अहिले ५७० भन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरू सदस्यका रूपमा आवद्ध रहेका छन् । देशको विद्युत उत्पादन क्षमता करिब ३ हजार ७०० सय मेगावाट पुग्दा निजी क्षेत्रबाट निर्माण भएका आयोजनाको क्षमता करिब ३ हजार ५० मेगावाट पुगेको छ भने निजी क्षेत्रबाट करिब ५ हजार ४ यस १६ मेगावाट क्षमताका विभिन्न आयोजनाहरू निर्माणाधीन छन् । यसका अलावा पीपीएको लागि आवेदन गरेको करिब ९ हजार मेगावाट छन् भने आयोजनाको सम्भाव्यता अध्ययनका क्रममा रहेका १२ हजार मेगावाटका आयोजना छन् ।  निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा निजी क्षेत्रको लगानी करिब १५ खर्ब रुपैयाँ भैसकेको छ भने आगामी दश वर्षमा थप ३० खर्ब रुपैयाँ लगानी गर्नेछ । तर विगत २८ महिनादेखि आईपीओ र राइट सेयर हकप्रद सेयर निष्काशन धितोपत्र बोर्डका कारणले ढिलाइ भएर निजी क्षेत्रका लगानीकर्तालाई निरुत्साहित गरेको मात्रै छैन । आयोजना निर्माणमा स्थानीय अवरोधसमेत सिर्जना भएको छ ।  आयोजनाले विद्युत उत्पादन गरेपछि मात्र आईपीओ दिने व्यवस्थापनको कार्यान्वयनको भएको खण्डमा स्थानीयको लगानी आयोजनामा समयमै नहुँदा स्थानीय समस्या विकराल बन्दै जाने कुरा पछिल्लो समयमा स्थानीयहरूको नाममा १० प्रतिशत सेयर मागेर एक महिना विद्युत उत्पादन बन्द गरेको ४५ मेगावाटको भोटेकोशी आयोजनाको घटनाले पुष्टि गरेको छ । यसले इप्पानले विगत देखि नै जलविद्युत आयोजनाको सेयर निष्काशन आयोजना निर्माणको क्रममा नै हुनेगरी तत्काल अगाडि बढाउन धितोपत्र बोर्ड र नेपाल सरकारलाई दिँदै सुझाव कार्यान्वयनको अपरिहार्यत पुष्टि गरेको छ ।  निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनामा भोटेकोशी गाउँपालिका जेन्जी समूहको नाममा १० प्रतिशत निःशुल्क सेयर लगायतका माग राखेर २०८२ साल भदौ २५ गतेदेखि विद्युत उत्पादन नै बन्द गरिएको थियो । भोटेकोशी जलविद्युत कम्पनीले यही कारण १ महिना २ दिन उत्पादन बन्द भई करिब ३२ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।  तर २०८२ साल असोज २६ गते सिन्धुपाल्चोकको भोटेकोशीका स्थानीय बासिन्दाहरूको प्रतिनिधित्व गर्ने भोटेकोशी जेनजी पब्लिक लिमिटेड र भोटेकोशी पावर कम्पनी प्राइभेट लिमिटेडबीच सेयर बिक्री गर्ने गरी सहमति भएको छ । भोटेकोशी कम्पनीले भोटेकोशी जेनजी पब्लिक कम्पनीको नाममा अंकित मुल्य १०० रुपैयाँमा १० प्रतिशत सेयर कम्पनीको नाममा दिने र सो बराबरको रकमको लागि कम्पनीले ऋण लिनका लागि जमानतको रुपमा मात्रै भोटेकोशी कम्पनी बस्ने सहमति भएको छ ।  आज हामीले मुख्य तीन विषयमा विशेष ध्यान केन्द्रित गरेका छौं । पहिलो र सर्वाधिक चर्चाको विषय, जुन अहिले सञ्चारमाध्यममा व्याप्त छ । त्यो हो १० प्रतिशत सेयर निःशुल्क दिने भन्ने धारणा । यसले निकै चर्चा पाएको छ । तर यस विषयमा इप्पानको तर्फबाट प्रस्ट्याउनु आवश्यक छ ।  र यो हाम्रो पहिलो मुख्य एजेन्डा हो ।  दोस्रो, महत्त्वपूर्ण विषय जसले विगत २९ महिनादेखि हामीलाई सताएको छ । त्यो पनि १० प्रतिशत सेयरसँगै सम्बन्धित छ । नेपालमा २०७२ सालमै कानुन बनाएर स्थानीय प्रभावितहरूलाई १० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था छ । तर विडम्बना, यो कानुन बनेको २९ महिना बितिसक्दा पनि सेबोनमा आवेदन दिएका ३७ वटा आयोजनाहरूले स्थानीयलाई १० प्रतिशत सेयर जारी गर्न सकेका छैनन् ।  उदाहरणका लागि, भोटेकोशी जलविद्युत आयोजनाको प्रभाव स्पष्ट छ । परियोजना सम्पन्न भई बिजुली बल्न थालेको छ । तर पनि स्थानीयलाई सेयर वितरण गरिएको छैन । यो हाम्रो चाहनाले मात्र नहुने विषय हो ।  किनकि यसमा सेबोनको स्वीकृति आवश्यक पर्छ । बाँकी अन्य विषयहरूमा पनि यहाँहरू जानकार हुनुहुन्छ । यस क्षेत्रमा विद्यमान पीडाहरू, निवर्तमान सरकार, संसद, लगायतका निकायहरूले दिएका निर्देशनलगायतका छन् । टेक एण्ड पेको मुद्दा, लेखा समितिका निर्देशनहरू र विद्युत् उत्पादन भएपछि मात्रै सेयर खुल्ला हुनुपर्छ भन्ने महत्त्वपूर्ण माग हामीले उठाएका छौं । हाम्रो विशेष जोड यही १० प्रतिशत सेयरमा केन्द्रित छ । १० प्रतिशत सेयरसम्बन्धी सम्झौताको अध्ययन गर्दा मैले त ‘निःशुल्क’ भन्ने शब्द कहीँकतै भेटिनँ । पछिल्लो समय स्वयं भोटेकोशी कम्पनीले पनि यो निःशुल्क नभएको स्पष्ट पारिसकेको छ । उदाहरणका लागि २०७२ सालमा ६ प्रतिशत सेयर दिने सम्झौता भएको थियो ।  तर २०७२ देखि हाल २०८२ सालसम्मको १० वर्ष अवधिमा त्यो सेयर प्राप्त हुन सकेको छैन । अब थप ४ प्रतिशत थपिएर त्यो कुल १० प्रतिशत सेयर स्वतः प्राप्त हुन्छ भन्ने होइन । त्यसमा विभिन्न सर्तहरू छन् । यदि राम्रोसँग अध्ययन गर्ने हो भने प्रभावित ८/९ वटै वडाका सर्वपक्षीय सहमतिमा कम्पनी गठन गर्ने र यदि नयाँ कम्पनीलाई बैंकले ऋण नपत्याएमा, भोटेकोशी कम्पनीले नै जमानी बस्ने जस्ता महत्त्वपूर्ण प्रावधानहरू छन् । यही जमानी बस्ने प्रावधानले नै यो निःशुल्क सेयर होइन भन्ने कुरालाई थप प्रष्ट पार्छ ।  यस विषयमा अन्य धेरै कुराहरू पनि सार्वजनिक भइसकेका छन् । कम्पनीले इप्पानलाई लेखेको पत्रमा पनि यो सेयर निःशुल्क नभएको स्पष्ट उल्लेख छ । आशा छ, यसबाट यहाँहरू अझ प्रस्ट हुनुभयो होला । अन्य विविध विषयहरूमा पनि चर्चा भइसकेको छ । म यहाँ एउटा महत्त्वपूर्ण कुरा भन्न चाहन्छु, जुन हामी सधैं भन्दै आएका छौं।  देशलाई समृद्ध बनाउने प्रमुख आधार कृषि, पर्यटन र ऊर्जा, विशेषतः जलविद्युत नै हो । यस विषयमा हामी सधैं दृढ छौं । जलविद्युत आयोजनाहरूले सेयर निष्कासन गरेकै कारण धेरै लगानीकर्ताहरूले कारोबार गरी नाफा कमाएका छन् ।  कतिपय साथीहरू विकासकर्ता नभईकन पनि सेयर कारोबारमा मात्रै संलग्न भई लाभान्वित भएका छन् । अहिले सेयर बन्द गरिनुपर्छ भन्ने आन्दोलन पनि भइरहेको छ । यसमा पनि सहमति हुनसक्छ । यदि फाइदा देखियो र यो फाइदाजनक छ भने लगानी गरौंला, परियोजना अगाडि बढाउँला । यदि फाइदा नहुने भए बन्द गरे पनि हुन्छ । तर सेयर बजार बन्द गर्दा पुँजी बजारमा कस्तो असर पर्छ र यसमा कारोबार गरिरहेका साथीहरूलाई कस्तो प्रभाव पर्छ भन्ने विषयमा पनि गहन रूपमा सोच्न म यहाँहरूलाई अनुरोध गर्दछु ।  यदि कसैले १०० रुपैयाँ अंकित मूल्यमा सेयर किनेर डुबेको छ भने हाम्रा ५००/६०० सदस्यहरूसहित सम्पूर्ण इप्पान परिवारको तर्फबाट भन्न चाहन्छु कि हामी त्यसको जवाफ दिन र जिम्मेवारी लिन तयार छौं । तर बजारमा ५००/७०० मा किनेर १२०० मा बेच्दा चुपचाप बस्ने अनि ३०० मा झर्दा चाहिँ विद्युत् उत्पादन नै बन्द गर्नुपर्छ भन्ने तर्क कुनै पनि हालतमा तर्कसंगत हुन सक्दैन ।  (स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले राखेको विचार)

कामना सेवा र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन, कतिमा हुनेछ कारोबार ?

काठमाडौं । कामना सेवा विकास बैंक र यूनिभर्सल पावरको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज ८ गते एक दिनका लागि बुक क्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कामना सेवा विकास बैंकको १० प्रतिशत र यूनिभर्सल पावर कम्पनीको ९ प्रतिशत बोनस सेयरमूल्यमा समायोजन गरेको हो । समायोजनपश्चात कामनाको सेयर मूल्य ४७७.७३ रुपैयाँ र यूनिभर्सल पावरको ३८०.२८ रुपैयाँ कायम भएको छ । यहि मूल्यमा नै सेयर कारोबार खुल्नेछ ।  नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो दिन अर्थात मंगलबार कामनाको सेयर मूल्य प्रतिकित्ता ५२५.५० रुपैयाँ र यूनिभर्सलको ४१४.५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५१ करोड ८ लाख ४६ हजार रुपैयाँको १० प्रतिशतका दरले ३५ करोड १० लाख ८४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.७८ प्रतिशतका दरले २० करोड ३२ लाख ६० हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले असोज २४ गते काठमाडौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको छ । यस्तै, यूनिभर्सल पावर कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले असोज २३ गते बिहान १० बजे ललितपुरमा वार्षिक साधारण सभा बोलाएको छ ।

हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट, ३९ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५ अंकले घटेर २७२६ बिन्दुमा झरेको छ ।  आज ३९ कम्पनीको सेयर मूल्य बढ्दा २१३ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनियन हाइड्रोपावरको भएको छ । य्नियनको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, लिर्बटी फाइनान्सको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २६ करोड, हिमालयन रिइन्स्योरेन्सको २४ र पञ्चकन्या माइ हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

२२८ कम्पनीको सेयर मूल्य घट्यो, ६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१ घटेर २७४९ बिन्दुमा झरेको छ । आज २१ कम्पनीको सेयर मूल्य बढ्दा २२८ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्सको भएको छ । नेपाल रिइन्स्योरेन्सको ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै, हिमालयन रिइन्स्योरेन्सको २८ करोड, हिमालयन डिस्टीलरीको २६ करोड, नेपाल रिपब्लीक मिडियाको २१ करोड र पिपुल्स पावरको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा विकास बैंक समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले घटेको छ । बैंकिङ ०.८८, फाइनान्स १.३०, होटल तथा पर्यटन १.०७, हाइड्रोपावर १.४७, लगानी १.०४, जीवन बीमा १.००, उत्पादन तथा प्रशोधन १.०१, माइक्रोफाइनान्स १.३८, निर्जीवन बीमा १.१३, अन्य १.२४ तथा व्यापार ०.३८ प्रतिशतले घटेका छन् ।

५३ अंकले बढ्यो नेप्से, विकास हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५३ अंककले बढेर २८१९ बिन्दुमा पुगेको छ । आज २३२ कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको सेयर मूल्य घटेको छ । बुधबार ३२१ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्सको ५० करोड, ग्रीन भेन्चरको ४६ करोड, हिमालयन डिस्टीलरीको ४३ करोड र नेपाल रिपब्लीकको २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ १.३८, विकास बैंक ३.४०, वित्त १.९८, होटल तथा पर्यटन १.६६, जलविद्युत् १.८५, लगानी २.१९ र जीवन बिमा समूह २.२१ प्रतिशतले बढेको छ ।  त्यस्तै, उत्पादन तथा प्रशोधन २.६९, लघुवित्त १.०९, म्युचुअल फण्ड ०.४७, निर्जीवन बिमा १.६८, व्यापार २.६८ र अन्य समूह  २.१४ प्रतिशतले बढेको छ । आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी केबिएल डिबेञ्चर–२०८६ को सेयर मूल्य ५.७९ प्रतिशतले घटेको छ ।

विकास हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट, ५९ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ अंकले घटेर २७७७ बिन्दुमा झरेको छ । आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छ । बुधबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको २१ करोड, चन्द्रागिरी हिल्सको १९ करोड, युनाइटेड मोदीको १२ करोड ५५ लाख र राधी विद्युतको १२ करोड र २१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज विकास हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  बुधबार होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढेको छ भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशतले घटेको छ । बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रहेको छ । बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशतले घटेका छन् ।  

२६ अंकले घट्यो नेप्से, सीटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६ अंकले बढेर २७९६ बिन्दुमा झरेको छ ।  आज २४ कम्पनीको सेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२३ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, लुम्बिनी बिकास बैंकको २० करोड, हिमालयन रिइन्स्योरेन्सको २३ करोड, बुटवल पावर कम्पनीको १९ करोड र शिवम् सिमेन्टको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह १.३२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ ०.९४, विकास बैंक ०.७६, वित्त १.५३, जलविद्युत् १.२६, लगानी ०.६६, जीवन बीमा १.०६ र उत्पादन तथा प्रशोधन समूह १ प्रतिशतले घटेको छ । लघुवित्त १.४९, म्युचुअल फन्ड ०.२४, निर्जीवन बिमा ०.८१, व्यापार ०.८६ र अन्य समूह ०.६२ प्रतिशतले घटेको छ । आज सीटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

एनभीडीयाको सेयर मूल्य दोब्बर, माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले अगाडि

काठमाडौं । एआई चिप बनाउने कम्पनी एनभीडीयाका सेयरहरूमा तीव्र वृद्धि जारी छ । सोमबार कम्पनीको सेयर झन्डै २ प्रतिशतको वृद्धिसँगै १७६.७७ डलरमा पुगेको छ । यससँगै कम्पनीको मार्केट क्याप (बजार मूल्य) ४.३ ट्रिलियन डलरमा पुगेको छ । यससँगै एनभिडियाको बजार मूल्य विश्वकै दोस्रो ठूलो कम्पनी माइक्रोसफ्टभन्दा ५०० अर्ब डलरले बढी भएको छ । अहिले विश्वमा एआई क्रान्तिको सुरुआत भएको छ । जसअनुसार आगामी दिनहरूमा एआईको प्रयोग बढ्दै जाँदा एनभीडीया र अरू चिप बनाउने कम्पनीहरूको सेयर मूल्यमा अझै तीव्रता आउने प्रक्षेपण गरिएको छ ।  जानकारहरू भन्छन्, ‘आगामी दुई वर्षभित्र एनभिडियाको सेयर मूल्य ३०० डलरसम्म पुग्न सक्छ ।’ पछिल्ला केही महिनामै कम्पनीका सेयरहरूमा ठूलो उछाल आएको छ । अप्रिलमा यसको मूल्य करिब ९५ डलर आसपास थियो भने हाल यो १७५ डलर आसपास पुगिसकेको छ । पछिल्ला १२ महिनामा एनभीडीयाको आम्दानी झन्डै दोब्बर भएको छ । पछिल्ला तीन वर्षमा कम्पनीको आम्दानी वार्षिक औसतमा ६९ प्रतिशतले बढेको छ । यदि कम्पनीले आगामी दुई वर्षमा आफ्नो आम्दानी ६० प्रतिशतभन्दा बढीको दरले वृद्धि गर्न सक्यो भने वित्तीय वर्ष २०२७ सम्ममा यसको आम्दानी ३३४ अर्ब डलर पुग्न सक्छ । यदि यस्तो भयो भने कम्पनीको सेयर मूल्यमा समेत उल्लेखनीय वृद्धि हुनेछ ।

साढे २१ अर्बको कारोबार, ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३२ अंकले बढेर २८७० बिन्दुमा पुगेको छ । आज १०५ कम्पनीको सेयर मूल्य बढ्दा १४४ कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार कारोबार रकम भने बढेको छ । ३१६ कम्पनीको ५ करोड कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६४ करोड, हिमालयन रिइन्स्योरेन्सको ५६ करोड, न्यादी गुप्रको ५० करोड र सानिमा माइ हाइड्रोको ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ समूह १.३८, विकास बैंक ०.०८, वित्त २.२६, जलविद्युत् ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, लघुवित्त ०.०२ र व्यापार ०.५० प्रतिशतले घटेको छ । बाँकी सबै समूहको उपसूचक बढेको छ ।  होटल तथा पर्यटन समूह १.२४, जीवन बीमा १.४०, म्युचुअल फन्ड ०.२५, निर्जीवन बीमा १.३७ र अन्य समूह ३.३६ प्रतिशतले बढेको छ । आज ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । उन्नती सहकार्य लघुवित्त र सानभी इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । ट्रेड टावर र शिभा श्री हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

१४ अर्बको कारोबार, १९३ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३७ अंकले बढेर २७ सय ९७ बिन्दुमा पुगेको हो । आज १९३ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको सेयर मूल्य घटेको छ ।  बुधबार ३३० कम्पनीको ४ करोड कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ३९ करोड, लुम्बिनी बिकास बैकको ३४ करोड र साहस ऊर्जाको ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज २ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । १०% केबीएल डिबेन्चर र थ्री स्टार हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट, ५ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.३३ अंकले घटेर २६ सय बिन्दुमा झरेको  छ । आज ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।  बुधबार ३११ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनीको भएको छ । बुटवलको ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ३६ करोड, राधी विद्युतको २४ करोड, सानिमा माइ हाइड्रोको २० करोड र चन्द्रागिरी हिल्सको १७ करोड रुपैयाँ बढीको करोबार भएको छ । आज मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  

नेप्सेमा सामान्य सुधार, १२३ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ अंकले बढेर २६०० विन्दुमा पुगेको छ । आज १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२४ कम्पनीको सेयर मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३२५ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५२ करोड रुपैयाँ बराबरको करोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ४२ करोड, न्यादी गुप्रको ३३ करोड, सानीमा माइ हाइड्रोको २८ करोड र हिमालयन पावर पार्टनरको २६ करोड रुपैयाँको कारोबार भएको छ । आज जोशी हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ अंकले घटेर २६५६ बिन्दुमा झरेको छ ।  आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको मूल्य घटेको छ ।  मंगलबार ३०६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सानीमा माइ हाइड्रोको भएको छ । सानिमाको ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ६० करोड, न्यादी गुप्रको ४६ करोड, राधी विद्युतको ३८ करोड र सोल्टी होटलको ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

धितोपत्र बजारमा सुशासन : सूचीकृत कम्पनीका सञ्चालक र सेयर मूल्यमा प्रभाव

धितोपत्र बजार हस्तान्तरणीय योग्य वित्तीय उपकरणहरूको कारोबार गरिने बजार हो । यो बजार वित्तीय बजारको एउटा महत्त्वपूर्ण अंश हो जहाँबाट प्रत्यक्ष रूपमा वित्तको व्यवस्था गरिन्छ । यस बजारमा मध्यस्थकर्ताको माध्यमबाट माग पक्षले धितोपत्र निष्काशन गरी बचतकर्तासँग रहेको वित्तलाई प्राप्त गर्दै उक्त लगानीयोग्य पुँजीलाई वास्तविक सम्पत्तिमा परिचालन गरी वस्तु तथा सेवा उत्पादन गरिन्छ । धितोपत्र बजारलाई प्राथमिक र दोस्रो बजार गरी दुई भागमा वर्गीकरण गरिएको छ । प्राथमिक र दोस्रो बजार दुवैमा विभिन्न बजार सहभागीहरू रहेका हुन्छन् । धितोपत्र बजारमा सहभागी संस्थाहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सरोकारवालाहरूप्रति उत्तरदायी बनाउनका लागि संस्थागत सुशासन आवश्यक हुन्छ । संस्थागत सुशासनले यस्ता संस्थाहरूलाई निर्देशित, नियमित र नियन्त्रित गर्दछ । संस्थागत सुशासनको ढाँचा भित्र संचालक समिति, व्यवस्थापन, सेयरधनीहरू र अन्य सरोकारवालाहरूको अधिकार र उत्तरदायित्व तोकिएको हुन्छ । यसले एउटा संस्था कसरी आफैंमा  संचालित र शासित हुने भन्ने जनाउँछ । यसले उपयुक्त ढंगबाट संस्था सञ्चालनको लागि व्यवस्था गरिएका नियम कानून, एवं कार्यविधिलाई प्रतिबिम्बित गर्दछ । संगठित संस्था भित्र उत्तरदायित्व, जवाफदेहिता, पारदर्शिता, कानूनी व्यवस्थाको पूर्ण पालना, उच्चस्तरको नैतिकता, उद्देश्यप्रति इमान्दारिता र सरोकारवाला प्रमुखहरुसँगको सुमधुर सम्बन्ध भए मात्र संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयन भएको मान्न  सकिन्छ । संस्थाको संचालक समिति, सेयरधनी तथा व्यवस्थापनको सम्बन्ध तथा जिम्मेवारी निर्धारण गर्न एवं लगानीकर्ताहरूको हित संरक्षण गर्ने वृहत्तर प्रयोजनको लागि संस्थागत सुशासन कायम हुन अति नै जरुरी हुन्छ ।  धितोपत्र बजार मुलुकको विकासको लागि आन्तरिक पूँजी परिचालन गर्ने सबैभन्दा सशक्त र प्रभावकारी माध्यम हो । दीर्घकालीन पूँजीको प्रभावकारी सञ्चालन गर्न, सरकारलाई आवश्यक दीर्घकालीन पूँजी जुटाउन, बचत परिचालन तथा लगानीमा वृद्धि गर्न, देशको औद्योगीकरण तथा पूर्वाधार विकास गर्न, देशको अर्थतन्त्रको विकास–विस्तारको प्रतिफल सर्वसाधारणमा समान रुपमा वितरण गर्न, वित्तीय बजारको सन्तुलित एवं एकीकृत विकास गर्न, कम लागतमा पूँजी प्राप्ति गर्न तथा खुला बजार अर्थतन्त्रलाई सबलीकरण गर्न धितोपत्र बजारको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । पब्लिक कम्पनीहरूले  धितोपत्रको प्राथमिक बजारमार्फत सर्वसाधारणमा धितोपत्र निष्काशन गरेका हुन्छन् । त्यसैगरी, प्राथमिक बजारमा निष्काशन भएका धितोपत्रहरू धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री हुने गर्दछ । स्टक एक्सचेन्ज, केन्द्रीय निक्षेप कम्पनी, सामूहिक लगानी कोष,  क्रेडिट रेटिङ कम्पनी, मर्चेण्ट बैंकर, योजना व्यवस्थापक तथा डिपोजिटरी, धितोपत्र दलाल व्यवसायी, निक्षेप सदस्य, सूचीकृत कम्पनी तथा आस्वा सदस्य बजार सहभागीको रूपमा रहेका हुन्छन् । धितोपत्र बजार सहभागीहरूको कामकारवाहीलाई नियमित तथा व्यवस्थित गरी धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न नियामक निकायको समेत व्यवस्था गरिएको हुन्छ ।  संस्थागत सुशासनको लागि संस्थाभित्र आन्तरिक र बाह्य अनुगमन एवं आन्तरिक नियन्त्रण प्रणालीको आवश्यकता पर्दछ । आन्तरिक नियन्त्रणको लागि संचालक समितिको अनुगमन र आन्तरिक लेखा परीक्षण प्रणालीको व्यवस्था आदि हुनु पर्दछ । बाह्य नियन्त्रण प्रणाली संस्थागत सुशासन सम्बन्धी सशक्त कानुनी व्यवस्था र यसको पालना भए नभएको अनुगमन, प्रभावकारी पुँजीबजार मार्फत नियन्त्रण हुनुपर्ने हुन्छ ।  संस्थागत सुशासनमा नेपाल धितोपत्र बोर्डको भूमिका अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पूँजीबजारलाई स्वच्छ एवं पारदर्शी रूपमा सञ्चालन गरी संस्थागत सुशासन कायम गर्न नियामक निकायको महत्वपूर्ण भूमिका रहेको हुन्छ । धितोपत्र बजारको नियमन तथा सुपरिवेक्षण गर्ने, लगानीकर्ताको हित संरक्षण गर्ने, पूँजी बजारलाई स्वच्छ, पारदर्शी, प्रभावकारी एवं प्रतिस्पर्धी बनाई पूँजी परिचालनकर्ता तथा लगानीकर्ताहरूका लागि पहुँचयोग्य र विश्वसनीय बनाउने, पूँजी बजारमा संलग्न संस्था तथा निकायहरूको व्यावसायिकता तथा संस्थागत सुशासन अभिवृद्धि गर्ने र पूँजी बजारको प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले धितोपत्र सम्बन्धि ऐन अनुसार वि.सं २०५० जेठ २५ गते धितोपत्र बजारको नियामक निकायको रुपमा नेपाल धितोपत्र बोर्डको स्थापना भएको हो । यसरी धितोपत्र बजारमा संलग्न संस्था तथा निकायहरूको व्यावसायिकता तथा संस्थागत सुशासन अभिवृद्धि गर्ने उद्देश्य समेत लिई स्थापना भएको नेपाल धितोपत्र बोर्डले ऐन, नियम तथा निर्देशिका  बमोजिम धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न नियमन र सुपरीवेक्षण गर्ने गरेको छ । धितोपत्र बजारमा बोर्डले प्रत्यक्ष तथा परोक्षरूपमा नियमन तथा सुपरिवेक्षण गर्ने संस्थाहरुको दायरा दिन प्रति दिन बढ्दै गइरहेको सन्दर्भमा बोर्डको नियमन तथा सुपरिवेक्षण क्षेत्राधिकार भित्र देहाय बमोजिमका बजार सहभागीहरू रहेका छन् : पछिल्लो समयमा धितोपत्र बजारको आकार तथा गहिराइमा वृद्धि हुँदै गएको सन्दर्भमा बोर्डले बजार सुपरीवेक्षण व्यवस्था थप प्रभावकारी रूपमा बढाउँदै लैजानुपर्ने देखिन्छ । धितोपत्र व्यवसायीहरूको लागि जोखिममा आधारित सुपरिवेक्षण मोडलको विकास गरी सोही अनुसार सुपरीवेक्षण कार्य गर्नुपर्ने देखिएको छ भने नेप्से तथा सीडीएससीको प्रणाली संपरीक्षण गर्ने व्यवस्थालाई थपस्तरीय बनाउँदै सूचना प्रविधिको प्रयोग हुने अन्य सेवा प्रदायकको प्रणालीको समेत संपरीक्षण गराउने व्यवस्था गर्नुपर्ने देखिन्छ । साथै धितोपत्र बजारमा कारोबार हुने सूचीकृत कम्पनी, कारोबार रकम, कारोबार हुने धितोपत्र, सम्बन्धित व्यवसायी तथा भित्री कारोबार जस्ता धितोपत्र सम्बन्धी कसूर न्यूनीकरणको लागि अलर्ट जेनेरेटिङ रियल टाइम सर्भिलेन्स गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको अटोमेटेड मार्केट सर्भिलेन्स सिस्टमको विकास गरी कार्यान्वयनमा ल्याउनु जरुरी देखिएको छ । यसका साथै सूचीकृत कम्पनीहरू त्था धितोपत्र व्यवसायीहरूले बोर्डमा पेश गर्नुपर्ने विवरणहरूको ढाँचाको विकास गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ । धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत जारी भएका नियमावली तथा निर्देशिकामा विभिन्न व्यवस्था गरिएका छन् । धितोपत्र बजारको नियमकारी निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ र धितोपत्र व्यवसायी (मर्चेण्ट बैंकर) नियमावली, २०६४ मा धितोपत्र व्यवसायीले व्यवसायीक मर्यादा तथा आचारसंहिता सम्बन्धी निर्देशिकाको पालना गर्नुपर्ने भनी उल्लेख गरेको छ । त्यसै गरी धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ सूचीकृत संगठित संस्थाहरूले सूचना, जानकारी तथा विवरणको प्रकाशन सम्बन्धी व्यवस्था गरिएको छ । यसका साथै धितोपत्र बजारमा सूचीकृत संगठित संस्थाहरूको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरू प्रति उत्तरदायी बनाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यासहरूलाई समेत समावेश गरी नेपाल धितोपत्र बोर्डले सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ लागू गरेको छ । सुशासनको पहिलो शर्त त्यसलाई लागू गर्ने निकाय र पदाधिकारी आफू नियममा बाँधिनु पर्दछ । उच्च नैतिकता, इमान्दारी र सदाचारमा बस्नुपर्दछ भन्ने यथार्थलाई आत्मसाथ गरेर  नेपाल धितोपत्र बोर्डले आफ्ना कर्मचारीहरू तथा बोर्ड सदस्यहरूको लागि समेत आचारसंहिता लागू गरिसकेको छ ।  धितोपत्र सार्वजनिक रुपमा निष्काशन गर्न सक्ने गरी स्थापना भएको संगठित संस्थाको धितोपत्र दर्ता गर्ने, दर्ता भएको धितोपत्रको निष्काशन, हस्तान्तरण, बिक्री र विनिमयलाई नियमित तथा व्यवस्थित गर्ने, धितोपत्र बजार सञ्चालन गर्न चाहने संगठित संस्थालाई ऐन, नियम तथा विनियमका अधीनमा रही धितोपत्र बजार सञ्चालन गर्न अनुमति दिने, धितोपत्र बजारको काम कारबाहीको नियमन तथा अनुगमन गर्ने, धितोपत्र बजारले ऐन, नियम तथा विनियम बमोजिम काम कारबाही गरे नगरेको हेर्ने र नगरेको पाइएमा धितोपत्र बजारको अनुमतिपत्र निलम्बन वा खारेज गर्ने, धितोपत्र व्यवसाय सञ्चालन गर्न चाहने कम्पनी वा संस्थालाई ऐन, नियम तथा विनियमका अधीनमा रही धितोपत्र व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र दिने, धितोपत्र व्यवसायीको काम कारबाहीको नियमन तथा अनुगमन गर्ने, सामूहिक लगानी योजना तथा लगानी कोष कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने तथा सोको नियमन र अनुगमन गर्ने, धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरूको विनियम स्वीकृत गर्ने र पूँजी बजारको विकास तथा धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न धितोपत्र बजार तथा धितोपत्र कारोबारमा संलग्न धितोपत्र व्यवसायसँग सम्बन्धित संस्थाहरूको विनियममा आवश्यकता अनुरूप संशोधन गर्न आदेश दिने, धितोपत्र कारोबार सम्बन्धी हिसाब राफसाफ गर्ने कामलाई व्यवस्थित गर्ने, धितोपत्र व्यवसायीले धितोपत्र व्यवसाय गर्दा तोकिए बमोजिमको आचरण कायम राखेको छ, छैन हेर्ने र त्यस्तो आचरण कायम राखेको नपाइएमा धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र निलम्बन वा खारेज गर्ने जस्ता काम, कर्तव्य र अधिकार नेपाल धितोपत्र बोर्डमा रहेका छन् । त्यसैगरी धितोपत्र बजार तथा धितोपत्र व्यवसायीहरुले बार्षिक तथा त्रैमासिक प्रतिवेदनहरु पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै धितोपत्र कारोवारलाई स्वच्छ तथा पारदर्शी रुपमा संचालन गर्न धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसुर तथा दण्ड सजाय सम्बन्धी व्यवस्था समेत गरिएको छ । पछिल्लो समयमा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूको बजारप्रतिको विश्वास अभिबृद्धि गर्न तथा बजारमा संस्थागत सुशासन कायम गर्न बजारको नियमन तथा सुपरीवेक्षण कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाईएको छ । बोर्डले धितोपत्र सम्बन्धि ऐन नियमको पालना सम्बन्धमा धितोपत्र बजार र धितोपत्र व्यवसायीहरुको काम कारवाही तथा गतिविधिहरुको स्थलगत तथा गैरस्थलगत सुपरीवेक्षण गर्दै आइरहेको छ । गैर-स्थलगत सुपरीवेक्षणअन्तर्गत धितोपत्र व्यवसायी, नेपाल स्टक एक्सचेञ्ज तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाहरुले बोर्डसमक्ष पेश गर्नुपर्ने वार्षिक प्रतिवेदन/वित्तीय विवरण, त्रैमासिक वित्तीय विवरण, अर्धवार्षिक वित्तीय विवरणको प्रवाह नियममा तोकिएको समयभित्र गरे/नगरेको सम्बन्धमा निरन्तर अनुगमन गर्ने गरिएको छ । बोर्डको निरन्तर अनुगमनबाट विवरणहरू समयावधि भित्र पेश गर्ने सूचीकृत कम्पनीहरूको संख्यामा सुधार हुँदै गएको छ । धितोपत्रको सार्वजनिक निष्काशन गरेका संगठित संस्थाहरूले नियमावलीमा भएको व्यवस्थाअनुरूप धितोपत्रको निष्काशन, बाँडफाँट, फिर्ता भुक्तानी तथा सूचीकरण गरे/नगरेको अनुगमन गर्ने गरिएको छ । लगानीकर्ताहरुको हक हित संरक्षणका लागि धितोपत्र बजारमा स्वच्छता कायम राख्न बोर्डमा सर्वसाधारण लगानीकर्ताहरुका तर्फबाट प्राप्त हुने धितोपत्र कारोबार सम्बन्धी गुनासो तथा उजुरीहरूको आवश्यकताअनुसार छानबिन तथा समाधान निरन्तर रूपमा गरिएको छ ।  संस्थागत सुशासनको आवश्यकता संस्थागत सुशासन धितोपत्र बजारलाई पारदर्शी, जोखिमरहित एवम् प्रभावकारी तवरवाट सञ्चालन गर्ने संयन्त्र हो जसबाट मुलुकको आर्थिक विकास तथा स्थायित्वमा महत्वपूर्ण योगदान पुग्दछ । धितोपत्र बजारमा संस्थागत सुशासन कायम भएमा सरोकारवालाहरूको हित संरक्षण हुने, बजार सहभागि संस्थाहरुको दिगोपना बढ्ने, बजारमा संस्थाको विश्वसनीयता बढ्ने , संस्थाभित्र विसंगति र विकृतिहरू मौलाउन नपाई बजार दिगो रुपमा विकास हुन्छ । जब संस्थाको व्यवस्थापन र स्वामित्व फरक फरक व्यक्ति वा समूहको हातमा हुन्छ संस्थागत सुशासनको आवश्यकता हुन्छ । सर्वसाधारणमा धितोपत्र निष्काशन गरेका संस्थाहरूले प्राप्त वित्तीय साधनलाई जथाभावी प्रयोग गरेमा कुनै बेला पनि पनि लगानीकर्ताहरुको लगानी जोखिमम पर्न सक्दछ । त्यसकारण धितोपत्र सार्वजनिक निष्काशन गर्ने संस्थाका सञ्चालकहरूमाथि लगानीकर्ताहरूको हित संरक्षण गर्ने विशेष जिम्मेवारी रहेको हुन्छ । पेशागत, स्वस्थ र पारदर्शी ढंगबाट सञ्चालन हुने संस्थाबाट नै सरोकारवालाहरूको हितको संरक्षण सम्भव हुन्छ । लगानीकर्ताको लगानी सुरक्षित गर्दै संस्थालाई व्यवस्थित ढंगबाट सञ्चालन गर्न संस्थागत सुशासनको आवश्यकता  पर्दछ । धितोपत्र बजारमा संस्थागत सुशासनको आवश्यकता देहायका बुदाँहरूबाट थप स्पष्ट गर्न  सकिन्छ । (क) लगानीकर्ताको हित संरक्षण गर्नः धितोपत्र बजार सूचनामा आधारित बजार हो । लगानीकर्ताहरूमा सूचनामा पहुँच सहज रुपमा भएमा तथा सूचनाको दुरुपयोग नभएमा बजारमा हुने छलकपट रोक्न सकिन्छ । सूचीकृत कम्पनीहरूबाट प्रवाह हुने आर्थिक विवरण,मूल्य संवेदनशील सूचना र अन्य महत्त्वपूर्ण सूचनामा सरल र सहज रुपमा लगानीकर्ता समक्ष पहुँच भएमा लगानीकर्ताहरूलाई लगानी सम्बन्धी निर्णय लिन सहयोग पुग्दछ । संस्थागत सुशासनले कम्पनीहरूले यस्ता सूचना तथा जानकारीहरू समयमै लगानीकर्ताहरूमाझ पुर्‍याउने तथा धितोपत्र सम्बन्धी कसुर सम्बन्धमा हुने दण्ड सजाय सम्बन्धी व्यवस्थामा जोड दिई लगानीकर्ताको हित संरक्षण गर्न मद्दत पुर्‍याउँछ ।  (ख) प्रणालीगत जोखिमको न्यूनीकरण गर्न: धितोपत्र बजारमा संस्थागत सुशासन कायम भएमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीहरूको प्रणालीगत संपरीक्षण, धितोपत्र व्यवसायीहरूको लागि आचारसंहिता, धितोपत्र व्यवसायीहरूको योग्यता, विवरण प्रवाह सम्बन्धी तथा क्रेडिट रेटिङ्गको जस्ता व्यवस्था गरिएको हुन्छ जसले धितोपत्र बजारमा प्रणालीगत जोखिमलाई न्यूनीकरण गर्न सहयोग गर्दछ । (ग) स्वनियमनका लागिः नियमनकारी निकायबाट निर्देशित नभएको अवस्थामा समेत प्रचलित कानुनी तथा नीतिगत व्यवस्थाहरुको पालना गरी कानुनी रूपमा सञ्चालन हुनु नै स्व: नियमनको हो । सूचीकृत कम्पनीहरूलाई सक्षम, सुदृढ र वित्तीय अनुशासनमा राखी सञ्चालक तथा उच्च व्यवस्थापन स्व:नियमनका लागि संस्थागत सुशासनको आवश्यकता रहेको हुन्छ । (घ) पारदर्शिताका लागि: सूचीकृत संगठित संस्थाहरू सम्बन्धी पर्याप्त जानकारी लगानीकर्ताहरूले समयमै प्राप्त गरेको खण्डमा लगानीको निर्णय लिन सहयोग पुग्छ ।  संस्थागत सुशासनले संगठित संस्थालाई पारदर्शी भई कार्य गर्ने र जसले गर्दा समयमै वित्तीय विवरण प्रकाशित गर्ने, साधारण सभा सम्पन्न गर्ने, त्रैमासिक तथा वार्षिक विवरणहरू अद्यावधिक रुपमा प्रकाशित गर्ने कार्यको विकास हुन्छ । (ङ) आन्तरिक नियन्त्रणका लागि: आन्तरिक नियन्त्रण सुशासनको एक महत्त्वपूर्ण पक्ष हो । सूचीकृत संस्थाहरूको आन्तरिक नियन्त्रण प्रभावकारी हुन जरुरी छ । नियमित आन्तरिक लेखापरीक्षण भई यसका सुझावहरू कार्यान्वयन भई आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत बनाउन संस्थागत सुशासनको अति नै महत्व रहेको छ । (च) सञ्चालक समिति र उच्च व्यवस्थापनवीच समन्वयका लागिः सञ्चालक समिति र व्यवस्थापन विच सुमधुर सम्बन्ध हुन सकेमा मात्र संगठित संस्था आफ्नो उद्देश्य अनुरूप सञ्चालन भई लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिन सक्षम हुन्छ । केही सूचीकृत संस्थामा प्रमुख कार्यकारीलाई सम्पूर्ण अधिकार दिइएको र निजले सञ्चालक समितिसँग उचित समन्वय विना आफ्नै ढंगले कार्य गरेको पाइन्छ भने कतिपय संगठित संस्थाहरूमा अध्यक्ष नै कार्यकारी प्रमुखको रहने व्यवस्था हुने गरेकोमा अन्य सञ्चालकहरूसँग कुनै समन्वय नगरी एकतर्फी रूपमा संस्था सञ्चालन गरेको पाइन्छ । यसरी व्यवस्थापन र सञ्चालक समितिबीच राम्रो समन्वय नगरी संस्था संचालन गर्दा सञ्चालन जोखिम बढ्न गई संस्था धराशायी समेत हुन जाने हुनाले संस्थागत सुशासनले यस्ता कार्यहरुलाई रोकि संचालक समिति र उच्च व्यवस्थापनबीच समन्वय गराउँछ । सूचीकृत कम्पनीहरूको लागि संस्थागत सुशासन सम्बन्धी विद्यमान कानूनी तथा नीतिगत व्यवस्था प्रचलित कानुन बमोजिम स्थापना भइ धितोपत्र सम्बन्धी ऐन, २०६३ र सो ऐन अन्तर्गत बनेका नियमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गरी स्टक एक्सचेन्जसँग सम्झौता गरी धितोपत्र सूचीकरण गराएका संगठित संस्था नै सूचीकृत संगठित संस्था हुन् । हाल धितोपत्र बजारमा अधिकांश सूचीकृत कम्पनीहरू बैंक तथा वित्तीय संस्था र बीमा संस्थाहरू रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरू र बीमा कम्पनीहरूका प्रत्यक्ष नियमनकारी निकायहरू रहेका छन् र यी निकायहरूले आफूले नियमन गर्ने संस्थाहरुको लागि संस्थागत सुशासन सम्बन्धमा विभिन्न निर्देशन तथा निर्देशिका समेत जारी गरेका   छन् । तर धितोपत्र बजारमा सूचीकृत अन्य संस्थाहरूको प्रत्यक्ष नियमनकारी निकाय नभएको अवस्थामा यस्ता संस्थाहरूको लागि समेत संस्थागत सुशासन कायम गरी लगानीकर्ताको हक हित संरक्षण गर्न जरुरी देखिएको छ । यी संस्थाहरूमा भएका जोखिम न्यूनीकरण गरी स्वस्थ रूपले संस्था संचालन गर्न संस्थागत सुशासनको गहन महत्त्व रहेको छ । संस्थामा संस्थागत सुशासन लागू गर्ने र पालना गर्ने  प्रमुख जिम्मेवारी संचालक समिति र प्रमुख कार्यकारी अधिकृतको हो । नेपालमा संस्थागत सुशासन सम्बन्धी व्यवस्थाको लागि कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थाहरूको लागि नेपाल राष्ट्र बैंक तथा वीमा कम्पनीहरूको लागि बीमा समितिले संस्थागत सुशासन सम्बन्धी विभिन्न निर्देशनहरू जारी गरेका छन् । कम्पनीको संचालक समिति सम्बन्धी व्यवस्था, सञ्चालकको योग्यता, स्वतन्त्र संचालक सम्बन्धी व्यवस्था, साधारण सभा सम्बन्धी व्यवस्था लगायतका कम्पनी सञ्चालन सम्बन्धी व्यवस्थाहरू उल्लेख गरी कम्पनी ऐनमा संस्थागत सुशासन सम्बन्धी विभिन्न व्यवस्थाहरू गरिएका छन् । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूका लागि नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरी सो निर्देशिकाको निर्देशन नं.६ ले प्रमुख रूपमा सञ्चालकले पालना गर्नु पर्ने आचरण सम्बन्धी व्यवस्था, सञ्चालक÷सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्व, कार्यकारी प्रमुखको नियुक्ति सम्बन्धी व्यवस्था, कर्मचारीहरुले पालना गर्नु पर्ने आचरण सम्बन्धी व्यवस्थाहरु तोकेको छ भने बीमा समितिले बीमकको संस्थागत सुशासनको लागि “बीमकका संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७३” जारी गरेको छ । यस निर्देशिकामा सञ्चालक समितिको गठन, काम र कर्तव्य, सञ्चालकको आचरण, बीमकको आन्तरिक नियन्त्रण, कार्यकारी प्रमुख तथा विभागीय प्रमुखको नियुक्ति तथा जवाफदेहीता, लेखापरिक्षण आदि सम्बन्धी व्यवस्थाहरू उल्लेख गरिएको छ । सूचीकृत संगठित संस्थाहरूको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी सेयरधनी लगायत सरोकारवालाहरु प्रति उत्तरदायी बनाउनका साथै धितोपत्र बजारलाई व्यवस्थित, पारदर्शी तथा जवाफदेही बनाई संस्थागत सुशासन प्रवर्द्धन गर्नका लागि धितोपत्र बजारको नियमकारी निकाय नेपाल धितोपत्र बोर्डले संस्थागत सुशासन सम्बन्धमा आर्थिक सहयोग तथा विकास संगठनले संस्थागत सुशासनसँग सम्बन्धित कानुनी, नियमन तथा संस्थागत ढाँचाको मूल्यांकन तथा सुधारका सम्बन्धमा मुख्य ६ सिद्धान्तहरू सेयरधनी प्रतिको दायित्व, सेयरधनी बीच समान व्यवहार, जवाफदेहिता, पारदर्शीता र सूचना प्रवाह, सञ्चालक समितिको उत्तरदायित्व र सरोकारवालाहरू प्रतिको दायित्वलाई समेत मध्यनजर गरी सूचीकृत सङ्गठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७४ बनाई लागू गरेको छ । यस निर्देशिकामा सूचना तथा जानकारी प्रवाह, सञ्चालक समिति, संचालकको आचरण, संस्थाको हित विपरीत कार्य गर्न नहुने, पदको दुरुपयोग गर्न नहुने, संस्थाको जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणाली, संगठन संरचना र कर्मचारी सम्बन्धी व्यवस्था, संस्थाको लेखा तथा लेखापरीक्षण, सूचीकृत संस्थाले गर्न नहुने कार्य सहित संस्था संचालन सम्बन्धी व्यवस्थाहरू समावेश गरिएका छन् । यस निर्देशिकामा भएका प्रमुख व्यवस्थाहरू देहाय बमोजिम रहेका छन् " सूचना तथा जानकारी प्रवाह सम्बन्धमा: संस्थाले सूचना तथा जानकारी प्रवाह गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त ढाँचाको अनुसरण गर्न प्रोत्साहित गर्दे संस्थाको पूँजी तथा सेयरको संरचना, वित्तीय अवस्था तथा प्रचलित कानून बमोजिम सार्वजनिक गर्नु पर्ने सूचना, विवरण इत्यादि नियमित रूपमा सार्वजनिक गर्नु पर्ने । सञ्चालक समिति सम्बन्धमा: सञ्चालकहरूको नियुक्ति वा मनोनयन कम्पनी सम्बन्धी प्रचलित कानुनको अधीनमा रही संस्थाको साधारण सभाले गर्ने र सञ्चालकको कार्यकाल बढीमा चार वर्षको हुने, सञ्चालक समितिमा साधारण सभाबाट संस्थाको व्यवसायसँग सम्बन्धित विषयमा ज्ञान तथा अनुभव हासिल गरेको व्यक्तिलाई स्वतन्त्र सञ्चालक  नियुक्त गर्नुु पर्ने र सञ्चालक समितिमा एकाघर परिवारबाट एकभन्दा बढी सञ्चालक नियुक्त भएमा वार्षिक प्रतिवेदनमा उल्लेख गर्नु पर्ने । सञ्चालकको अयोग्यता सम्बन्धमा: धितोपत्र व्यवसायी संस्थामा स्वामित्व वा कुनै लाभको पदमा रहेको, कुनै सञ्चालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले दश वर्षको अवधि पूरा नभएको, धितोपत्रको सार्वजनिक निष्काशन गरी ऐन बमोजिम पेश गर्नु पर्ने विवरण वा जानकारी पेश नगरी सञ्चालनको अवस्था अज्ञात रहेको संस्थाको पदाधिकारी रहेको संचालकको लागि अयोग्य हुने । सञ्चालक समितिको काम, कर्तव्य र अधिकार सम्बन्धमा: संस्थाको समग्र जोखिम व्यवस्थापन गरी आफ्नो व्यवसाय संचालन गर्ने, संस्थागत सुशासन कायम गर्ने । साथै साना लगानीकर्ताको हित संरक्षण गर्न गराउन विशेष जोड दिइएको छ र असल संस्थागत सुशासन र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने व्यक्तिलाई सञ्चालक समितिले अध्यक्षको रूपमा नियुक्त गर्नु पर्ने । संचालकको आचरण सम्बन्धमा: प्रत्येक सञ्चालक नियुक्त भएको पन्ध्र दिनभित्र संस्थासँग निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले कुनै किसिमको करार गरेको वा गर्न लागेको भए सो को विवरण, निज वा निजको एकाघरको परिवारको कुनै सदस्यले संस्था वा सो संस्थाको मुख्य वा सहायक कम्पनीमा लिएको सेयर वा डिबेन्चरको विवरण, र अन्य कुनै सङ्गठित संस्थाको आधारभूत सेयरधनी वा सञ्चालक रहेको भए त्यसको विवरणको लिखित जानकारी संस्थालाई गराउनु पर्ने । संस्थाको हित विपरीत कार्य गर्न नहुने सम्बन्धमा: सञ्चालक आफूसँग वित्तीय स्वार्थ रहेको कुनै पनि कारोबारमा संलग्न नहुने, सञ्चालकले कुनै पनि प्रयोजनको लागि संस्थाको वित्तीय स्वार्थ रहेका सेयरधनी वा निजको एकाघर परिवारको स्वामित्वमा रहेको वा निजहरूको फर्म तथा कम्पनीसँग घर भाडामा लिई कारोबार गर्न नपाउने र कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल अन्य कुनै संस्थाको लेखा परीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, कर्मचारी, बीमा सर्भेयर, बीमा दलाल, बीमा अभिकर्ता वा तेस्रो पक्ष सहजकर्ता भई कार्य गर्न नपाउने व्यवस्था गरिएको छ । जोखिम व्यवस्थापन सम्बन्धमा: सम्भावित सङ्गठनात्मक तथा आर्थिक जोखिमलाई न्यूनीकरण गर्न जोखिम व्यवस्थापन समिति गठन गर्नु पर्ने र सो समितिमा संस्थाको जोखिम व्यवस्थापनको ढाँचा तथा नीतिहरूको पुनरावलोकन गर्ने काममा स्वतन्त्र सञ्चालकलाई समेत सहभागी गराउनुपर्ने । आन्तरिक नियन्त्रण प्रणाली सम्बन्धमा: प्रत्येक संस्थाले कम्पनीको पूँजीको सञ्चालन तथा व्यवस्थापनका विषयमा, कम्पनीका सञ्चालक, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको निजी स्वार्थ वा सरोकार बाझिने गरी काम कारबाही गर्न नहुने सम्बन्धमा, भ्रष्टाचार तथा आर्थिक अनियमितता नियन्त्रणको सम्बन्धमा आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नु  पर्ने । परिपालन (कम्प्लाइन्स) अधिकृत सम्बन्धमा: संस्थाले व्यवस्थापन, वाणिज्य शास्त्र, कानून विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि प्राप्त गरी कम्तीमा तीन वर्षको कार्यानुभव भएका अधिकृत कर्मचारीलाई परिपालन अधिकृत तोक्नु पर्ने र सो अधिकृतले ऐन, नियम तथा नियमनबाट जारी भएको निर्देशनहरू संस्थाबाट अद्यावधिक रूपमा पालना भएको सुनिश्चित गर्नु पर्ने र पालना भएको वा नभएको बारे वार्षिक प्रतिवेदनमा उल्लेख गरी लेखा परीक्षकबाट प्रमाणित गराउनु   पर्ने । लेखापरीक्षण सम्बन्धमा: संस्थाले सम्पूर्ण आय व्ययको लेखा, लेखाका मान्य सिद्धान्त बमोजिम दुरुस्त रूपमा लेखा राख्नु पर्ने तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक र स्वतन्त्र सञ्चालक सहित तीन जना सदस्य रहेको एक स्वतन्त्र लेखापरीक्षण समितिको गठन गर्नु पर्ने । सूचीकृत सङ्गठित संस्थाले गर्न नहुने कार्य सम्बन्धमा: सूचीकृत सङ्गठित संस्थाले सञ्चालक तथा निजको एकाघरका परिवारको वित्तीय स्वार्थ भएको व्यक्ति, बैङ्क तथा वित्तीय संस्थाबाट ऋण वा सापटी वा अन्य कुनै रूपमा रकम लिन वा दिन नहुने, वित्तीय स्वार्थ भएको कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्था वा आफ्नो कर्मचारी, सल्लाहकार, परामर्शदातासँग साझेदारीमा कुनै सम्पत्ति जोड्न नहुने तथा सम्पत्तिको अनधिकृत रूपमा भोगचलन गर्न नपाउने जस्ता व्यवस्थाहरू गरिएको छ । अन्य व्यवस्थाहरू अध्यक्ष र कार्यकारी प्रमुख अलग अलग व्यक्ति हुनु पर्ने । बैठक भत्ता तथा अन्य सुविधा संस्थाको साधारण सभाले निर्धारण गरे बमोजिम हुने । तलब, भत्ता इत्यादि सम्बन्धमा संस्थाले सम्बन्धित कर्मचारीलाई पूर्व जानकारी गराउनु पर्ने, खरिद प्रकृयालाई व्यवस्थित र पारदर्शी बनाउन प्रत्येक संस्थाले खरिद कार्यविधि बनाई लागू गर्नु पर्ने, प्रत्येक संस्थाले संस्था सम्बन्धी कानून र त्यसको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासका विषयमा आफ्ना सञ्चालकहरूलाई जानकारी दिन वार्षिक रूपमा सिकाई तथा पुर्नताजगी कार्यक्रम सञ्चालन गर्नु पर्ने, सञ्चालक समितिले सञ्चालक तथा संस्थामा कार्यरत कर्मचारीको सम्बन्धमा आचरण सम्बन्धी संहिता बनाई लागू गर्नु पर्ने ।  संस्थागत सुशासनको चुनौती संस्थागत सुशासनले कुनै पनि संस्थाको प्रतिस्पर्धी क्षमतामा अभिबृद्धि ल्याउँछ । नेपालको धितोपत्र बजारमा सहभागी कतिपय संस्थाहरूमा संस्थागत सुशासनको अवस्था प्रभावकारी रहेको भएता पनि धेरै जसो संस्थाहरूमा यसको कमी रहेको पाइन्छ । उपयुक्त शैक्षिक योग्यता र अनुभव नभएका व्यक्तिहरू संचालक जस्तो पदमा निर्वाचित हुने गरेको पाइन्छ  । संचालक समिति र व्यवस्थापनबीच कतिपय विषयमा मतभेद हुने गरेको जसले गर्दा संस्था स्वच्छ रुपमा संचालन हुन नसकेको अवस्था समेत रहेको छ । कम्पनीका वित्तीय विवरणहरू सही नहुने, कृत्रिम रुपमा बढी नाफा देखाउने प्रवृत्ति समेत पाइन्छ । संचालक तथा उच्च व्यवस्थापकहरुले संस्थाले धान्न नसक्ने गरी आर्थिक एवं गैर आर्थिक सेवासुविधाहरु लिने, उच्च जोखिमयुक्त क्षेत्रमा लगानी गर्ने, जोखिम विश्लेषण प्रभावकारी ढंगबाट नगर्ने आदि संस्थागत सुशासनलाई कमजोर बनाउने गतिविधिहरू केही संस्थाहरूबाट भइरहेका छन् । संस्थागत सुशासनको कमीका कारणले कतिपय सूचीकृत कम्पनीहरूको सेयर मूल्य अंकित मूल्य भन्दा पनि कम भएका छन् भने केही संस्थाहरू धराशायी समेत हुन पुगेका केही ज्वलन्त उदाहरणहरू हाम्रो सामु प्रष्ट छन् । नेपालको धितोपत्र बजारमा देखिएका संस्थागत सुशासन सम्बन्धी चुनौतिहरुलाई देहाय बमोजिम उल्लेख गरिएको छ । (क) कमजोर सूचना तथा जानकारी प्रवाहः सूचिकृत कम्पनी लगायत धितोपत्र बजार सहभागी संस्थाहरूले वित्तीय विवरण लगायत संस्थासँग सम्बन्धित विभिन्न सूचनाहरू प्रवाह गर्नुपर्ने कानूनी तथा नीतिगत व्यवस्था भएता पनि कतिपय संस्थाहरूले संस्थाको पूँजी तथा सेयरको संरचना, वित्तीय अवस्था, प्रचलित कानून बमोजिम सार्वजनिक गर्नुपर्ने सूचना, संस्थाको धितोपत्रको मूल्यमा असर पर्न सक्ने संवेदनशील निर्णय तथा जानकारी नियमित रूपमा समयमै सार्वजनिक गर्ने गरेका छैनन् । धितोपत्र बजार सूचनासँग संवेदनशील बजार भएको सन्दर्भमा सूचीकृत कम्पनीहरूबाट बजारमा हुने सूचना प्रवाहलाई थप पारदर्शी र व्यवस्थित बनाउनुका साथै ती कम्पनीहरूको संस्थागत सुशासनमा अभिबृद्धि गर्दै धितोपत्र कारोबारमा कसुरको रुपमा रहेको भित्री कारोबारलाई थप एवं स्पष्ट कानूनी व्यवस्थामार्फत् न्यूनीकरण गरी स्वच्छ, स्वस्थ र विश्वासिलो धितोपत्र बजार विकास गर्ने कार्य चुनौतीपूर्ण रहेको छ । (ख) अयोग्य तथा अनुभवहीन व्यक्तीको संचालक समितिमा प्रतिनिधित्व: कुनै पनि संस्थालाई प्रभावकारी रुपमा संचालन गर्न संचालक समितिको महत्वपूर्ण योगदान हुने गर्दछ । संस्थाको समग्र जोखिम व्यवस्थापन गरी आफ्नो व्यवसाय संचालन गर्ने, संस्थागत सुशासन कायम गर्ने, साना लगानीकर्ताको हित संरक्षण गर्ने, संस्थागत व्यवस्थापनको काम कारबाहीको नियमित रूपमा अनुगमन तथा विश्लेषण गरी आवश्यक निर्देशन दिने र संस्थाका उद्देश्य तथा लक्ष्यहरू प्राप्त गर्न समूहगत प्रयास गर्ने जस्ता कार्यहरू संचालक समितिले गर्नुपर्ने हुन्छ ।  संचालक समितिमा योग्य तथा अनुभव भएका व्यक्तिबाट संचालित संस्थाले संस्थागत सुशासन कायम गरी बजारमा आफ्नो अस्थित्व कायम राख्दै लगानीकर्ताहरुलाई प्रत्येक बर्ष उचित प्रतिफल दिने गरेका छन् । साथै यस्ता संस्थाहरूको सेयरको बजार मूल्य समेत बढेको देखिन्छ । तर कतिपय संस्थाहरूमा संस्था संचालन गर्न आवश्यक ज्ञानको कमि हुने तथा अनुभवहीन ब्यक्तीहरुको संचालक समितिमा प्रतिनिधित्व हुने गरेकोले यस्ता संस्थाहरुमा संचालक संचालक विच विवाद हुने, सर्वसाधारणको लगानीमा हिनामिना गर्ने जस्ता कार्य गरी संस्थानै धरायसी हुने गरेका छन् । उचित तथा योग्य व्यक्ति संचालक समितिमा प्रतिनिधित्व नहुनु पनि धितोपत्र बजारमा संस्थागत सुशासनको चुनौती रहेको छ । (ग) सेयरधनी प्रतिको दायित्व तथा जवाफदेहिताको कमी: कुनै पनि संस्था आफ्ना सेयरधनी प्रति जवादेही हुनुपर्दछ । सेयरधनीहरूले कम्पनीमा गरेको लगानीको उचित प्रतिफल दिने दायित्व समेत रहेको हुन्छ । तर पछिल्लो समयमा सूचीकृत कम्पनीहरू सेयरधनीहरूको लगानीलाई जथाभावी प्रयोग गरी उनीहरुको लगानीलाई जोखिममा पारेका उदाहरण समेत देख्न सकिन्छ जुन पूँजी बजारमा संस्थागत सुशासन कायम गराउने चुनौतीको रुपमा रहेको छ । (घ) जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था नहुनु: कुनै कारणबाट आउन सक्ने सम्भावित सङ्गठनात्मक तथा आर्थिक जोखिमलाई न्यूनीकरण तथा व्यवस्थापन गर्ने प्रयोजनको लागि संस्थाले जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था गरिएको हुन्छ । नेपालको धितोपत्र बजारमा सहभागी कतिपय संस्थाहरूले जोखिम व्यवस्थापन सम्बन्धी कुनै पनि व्यवस्था गरिएको हुँदैन जसले गर्दा भविष्यमा आईपर्ने चुनौतिहरुलाई सामना गर्न संस्था सक्षम हुँदैन र संस्थाको अस्थित्व नै संकटमा पर्न जान्छ । (ङ) कमजोर आन्तरिक नियन्त्रण प्रणाली: आन्तरिक नियन्त्रण संस्थागत सुशासनको एक महत्वपूर्ण अंग  हो । तर कतिपय संस्थाहरूको आन्तरिक नियन्त्रण प्रणाली प्रभावकारी हुनसकेको छैन । कतिपय कम्पनीहरूमा, पूँजीको सञ्चालन तथा व्यवस्थापनका विषयमा, कम्पनीका सञ्चालक, अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत लगायतको निजी स्वार्थ वा सरोकार बाझिने गरी काम कारबाही गर्न नहुने सम्बन्धमा, भ्रष्ट्राचार तथा आर्थिक अनियमितता नियन्त्रणको सम्बन्धमा आन्तरिक नियन्त्रण प्रणाली तयार गरी लागू गर्नुपर्नेमा सो नगरेको अवस्था छ । त्यसै गरी संस्थाको वित्तीय र कारोबार स्थितिसँग तालमेल नमिल्ने गरी संचालक समितिको भत्ता तथा सुविधा, कार्यकारी प्रमुखको पारिश्रमिक तथा सुविधा निर्धारण गर्ने गरेका छन् । यसबाट संस्थाको मुनाफामा समेत प्रतिकूल असर पर्ने हुन्छ । अतः कमजोर आन्तरिक नियन्त्रण प्रणाली धितोपत्र बजारमा संस्थागत सुशासनको चुनौतीको रुपमा रहेको  छ । (च) ऐन, नियम पालनामा कमजोरीः धितोपत्र बजारमा सहभागिहरुको काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी संस्थागत सुशासन प्रवद्र्धन गर्न ऐन, नियम तथा निर्देशिकाहरुमा विभिन्न व्यवस्थाहरू गरिएको भएता पनि कतिपय संस्थाहरुबाट यी ऐन तथा नियमहरूको पालना गरेको देखिदैन् । पछिल्लो समयमा ऐन नियम पालना नगर्ने संस्थाहरूलाई नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डबाट विभिन्न कारवाहीहरुले समेत धितोपत्र बजार सहभागिहरुको ऐन, नियम पालनामा कमजोर रहेको तथ्यलाई प्रष्ट  गर्दछ । यसरी विद्यमान कानूनको पालनामा कमजोरी धितोपत्र बजारमा संस्थागत सुशासन कायम गराउने चुनौती रहेको छ । (छ) उपयुक्त संगठन संरचना तथा योग्य कर्मचारीहरूको अभाव: सुशासनको अवस्थाले संस्थाभित्र रहेका मानव संशासधन र यसको व्यवस्थापनलाई पनि उतिकै  प्रभाव पार्छ । प्रतिस्पर्धी र क्षमतायुक्त मानव संशाधन रहेको संस्थामा सुशासनमा ग्यारेन्टी भएमा त्यस्ता संस्थाहरूको प्रतिस्पर्धी क्षमतामा समेत तीव्र बृद्धि हुन्छ । मानव संसाधनका कारण नै अनुसन्धान, विकास र नवीन खोज सम्भव हुन्छ । त्यसै गरी योग्य कर्मचारीहरू व्यवस्थापनको लागि उपयुक्त संगठनात्मक ढाँचाको पनि महत्वपूर्ण भूमीका रहेको  हुन्छ । नेपालको धितोपत्र बजारमा सहभागी संस्थाहरू मध्ये केही संस्थाहरूमा उपयुक्त संगठनात्मक संरचना र सोही अनुरुपका योग्य कर्मचारीहरु भएता पनि अधिकांश संस्थाहरूमा संगठन ढाँचा नै नहुनुका साथै योग्य र अनुभव कर्मचारीहरुको अभाव समेत देखिएको छ जुन संस्थागत सुशासनमा चुनौतीको रुपमा रहेको छ । (ज) समयमै बार्षिक साधारण सभा तथा लेखापरीक्षण नहुनु: संस्थागत सुशासन राम्रा भएका संस्थाहरूले समयमै लेखापरीक्षण सम्पन्न गर्ने तथा प्रत्येक बर्षको वार्षिक साधारण सभा समेत समयमै गर्ने गरेका छन् । तर कतिपय संस्थाहरूले दशौं बर्षको लेखापरीक्षण र वार्षिक साधारण सभा समेत नगरेको देखिएको छ भने कतिपय संस्थाहरूले समयमै साधारण सभा तथा लेखापरीक्षण गर्ने गरेका छैनन् जुन संस्थागत सुशासनको अर्को चुनौतीको रुपमा रहेको छ । उपसंहार कुनै पनि मुलुकको विकास आफ्नो आन्तरिक स्रोत, साधन, पूँजी र जनशक्ति परिचालन गरेर मात्र संभव हुन्छ भन्ने तथ्यलाई मनन गरी पछिल्लो समय  नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार विकास तथा विस्तार र बजारमा संस्थागत सुशासन कायम गर्न विभिन्न कार्यहरू अगाडि बढाइरहेको छ । धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही बनाई यस बजारमा संस्थागत सुशासन कायम गर्न सकेमा मात्र बजार प्रति लगानीकर्ताहरु आकर्षित हुन्छन् । पछिल्लो समय नेपालको धितोपत्र बजारमा गैर आवासीय नेपाली तथा विदेशी संस्थागत लगानीकर्ताहरुलाई प्रवेश गराउन तथा धितोपत्र बजारलाई क्रस बोर्डर लिष्टिङ्ग र ट्रेडिङ्गमा सहभागी गराउन विभिन्न पहलहरू भैरहेको सन्दर्भमा बजारमा संस्थागत सुशासन कायम हुनु अतिनै आवश्यक रहेको छ । बोर्डबाट धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न ऐन नियम तथा निर्देशिकामा भएका व्यवस्थाहरुलाई कडाइका साथ कार्यान्वयन गर्दै जानुपर्दछ । हाल सूचीकृत संस्थाहरुको हकमा संस्थागत सुशासन निर्देशिका लागू भएता पनि अन्य बजार सहभागीहरूको लागि यस सम्बन्धी व्यवस्था नभएकोमा अन्य बजार सहभागिहरुको लागि समेत संस्थागत सुशासन निर्देशिकाको आवश्यक व्यवस्था गर्नुपर्ने तथा सूचीकृत संगठित संस्थाहरूको लागि जारी गरिएको विद्यमान निर्देशिकालाई समेत परिमार्जन गरी बजारमा संस्थागत सुशासनको अवस्थामा सुधार गर्नुपर्ने देखिन्छ । धितोपत्र बजारमा संस्थागत सुशासन महत्वपूर्ण चुनौतीको रुपमा रहेको छ । कतिपय संस्थाहरूले यसलाई प्रभावकारी तवरबाट कायम गरेता पनि अधिकांश संस्थाहरूले यसको मर्मलाई आत्मसात गर्न सकेका छैनन् । संस्थागत सुशासन लगायतका नियमहरुलाई प्रभावकारी किसिमबाट पालना नहुने हो भने वित्तीय अराजकता र प्रणालीगत जोखिम बढ्न गई देशको धितोपत्र बजारमात्र नभई समग्र अर्थतन्त्र नै धरापमा पर्ने कुरा निर्विवाद छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा संस्थागत सुशासन कायम गर्न ऐन, नियम तथा निर्देशिकामा भएका व्यवस्थाहरुको कडाईका साथ कार्यान्वय गर्दै गइरहेको छ भने कतिपय नियम तथा निर्देशिकाहरुमा समसामयिक सुधार गरिएका छन् । यसरी बजार सहभागिहरुका काम कारबाहीलाई नियमित तथा व्यवस्थित गरी बजारमा संस्थागत सुशासन कायम गर्न विविध प्रयासका बाबजुद बजारलाई अझ स्वस्थ, पारदर्शी, भरपर्दो, प्रतिस्पर्धी एवं लगानीकर्ता मैत्री बनाई स्तरोन्नति गर्दैै लैजाने चुनौती भने कायमै रहेको छ । (लेखक नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक हुन् ।)  

टेस्लाको सेयर मूल्यमा भारी गिरावट, १५० अर्ब डलर बजारबाट गायब

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका अरबपति सीईओ एलन मस्कबीच सार्वजनिक विवाद भएपछि बिहीबार टेस्लाका सेयरमा भारी गिरावट आएको छ । मस्कले आफूलाई ट्रम्पको 'पहिलो साथी' भनेर घोषणा गरे पनि अब उनीहरूबीचको विवादले बजारमा ठूलो असर पारेको हो । लगानीकर्ताहरू मस्कको व्यापारिक साम्राज्यमाथि यस विवादले पार्न सक्ने असरप्रति चिन्तित देखिएका छन् । टेस्लाको सेयर बिहीबार १४ प्रतिशतले घट्यो जसले गर्दा कम्पनीको बजार मूल्यबाट १५० अर्ब डलर गायब भयो जबकि टेस्लासम्बन्धी अन्य कुनै ठूलो समाचार आएको थिएन । टेस्लाको सेयर मूल्य मस्कले जुलाई २०२४ मा ट्रम्पलाई समर्थन गरेपछि माथि चढेको थियो- मिड-डिसेम्बरसम्म १६९ प्रतिशतले उकालो लागेको थियो ।  त्यसपछि टेस्लाविरोध बढेसँगै अप्रिलसम्म ५४ प्रतिशतले घट्यो । डजको नेतृत्व र ट्रम्पसँगको सम्बन्धले केही ग्राहकहरूलाई टाढा बनाएको छ, जसको असर यूरोप, चीन र अमेरिका-विशेष गरी क्यालिफोर्नियाको बिक्रीमा देखिएको छ । ट्रम्पको आलोचनालाई मस्कले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिँदै कर विधेयकप्रति कडा आलोचना गरेपछि टेस्लाको सेयर उच्च व्यापारिक गतिविधिमा बेचिएको हो । ट्रम्पले पनि प्रतिकार गर्दै भने, 'मस्क रिसाएका छन् किनभने नयाँ विधेयकले इलेक्ट्रिक गाडीका लागि दिइने कर छुट हटाउने प्रस्ताव गरेको छ ।' ट्रम्पसँग खुला विवादमा जानु टेस्ला र मस्कको सम्पूर्ण व्यापार साम्राज्यका लागि अनेक अवरोध सिर्जना गर्न सक्छ । अमेरिकी यातायात मन्त्रालयले गाडीको डिजाइन मापदण्ड नियमन गर्छ र टेस्लाले ब्रेक तथा स्टेयरिङबिनाको रोबोट्याक्सी उत्पादन गर्न पाउने नपाउने विषयमा उसकै ठुलो भूमिका हुनेछ । मन्त्रालयले टेस्लाको ड्राइभर सहायता सफ्टवेयर 'फुल सेल्फ–ड्राइभिङ' सम्बन्धमा एक घातक दुर्घटनापछि अनुसन्धान गरिरहेको छ। 'एलनको राजनीति सेयर मूल्यका लागि हानिकारक हुँदै आएको छ । पहिले उनी ट्रम्पसँग नजिकिए, जसले सम्भावित डेमोक्र्याटिक ग्राहकहरूलाई नकारात्मक असर पार्‍यो । अब उनी ट्रम्प प्रशासनविरुद्ध उभिएका छन्,' टेस्ला सेयरधनी डेनिस डिकले भने । पछिल्लो वर्ष इलेक्ट्रिक गाडीको बिक्री घटेपछि मस्कले टेस्लाको भविष्य स्वचालित रोबोट्याक्सीमा केन्द्रित गर्दै आएका छन् । गत वर्ष एक आम्दानी रिपोर्टमा मस्कले भनेका थिए, 'यदि तपाईंहरू विश्वास गर्नुहुन्न कि टेस्लाले ड्राइभरविहीन प्रविधि समाधान गर्छ भने तपाईंहरूले टेस्लाको सेयर बेच्नुपर्छ ।' विश्लेषक समूह वेडबशका अनुसार एआई र स्वचालित प्रविधिमा टेस्लाको अवसर मात्रले कम्पनीलाई १ ट्रिलियन डलर बराबरको बजार मूल्य दिलाउन सक्छ । मस्कले स्वचालित गाडीहरूका लागि एकीकृत संघीय अनुमोदन प्रक्रिया हुनुपर्ने माग गर्दै आएका छन्, जुन अहिले विभिन्न राज्यहरूको फरक-फरक नियमले जटिल बनाएको छ । लगानीकर्ता कम्पनी गेरबर कावासाकी वेल्थ एन्ड इन्भेस्टमेन्ट म्यानेजमेन्टका सीईओ रोस गेरबरका अनुसार ट्रम्पसँगको कलह 'टेस्लाका लागि नकारात्मक शक्ति' बनेको छ, जसले नियमनमा असर र थप सरकारी अनुसन्धानको खतरा निम्त्याउन सक्छ । विश्वकै धनी व्यक्ति मस्क हाल संघीय सरकारले सञ्चालन गरिरहेको खर्च कटौती योजना डजका प्रमुख पात्रमध्येका हुन् । उनले यसै हप्ता ट्रम्पको विधेयकको आलोचना गर्दै आफू अब ह्वाइट हाउसमा कम समय दिइ व्यवसायमा केन्द्रित हुने बताएका थिए । बिहीबारको सेयर गिरावटपछि फोब्र्सअनुसार मस्कको नेटवर्थ करिब २७ अर्ब डलरले घटेर ३८८ अर्ब डलरमा झरेको छ । ट्रम्पले बिहीबार आफ्नो ट्रूथ सोसल प्लेटफर्ममा लेखे, 'हाम्रो बजेटमा अर्बौं डलर जोगाउने सबैभन्दा सजिलो उपाय भनेको एलनलाई दिइएका सरकारी अनुदान र ठेक्का समाप्त गर्नु हो ।' जेपी मोर्गनका अनुसार टेस्लाले वार्षिक मुनाफामा १.२ अर्ब डलरको झट्का खान सक्छ, साथै क्यालिफोर्नियाको ईभी नियमविरुद्ध प्रस्तावित सिनेट विधेयकका कारण टेस्लाको नियामक क्रेडिट बिक्रीमा थप २ अर्ब डलरको घाटा हुन सक्छ । यद्यपि टेस्ला अझै पनि विश्वकै सबैभन्दा मूल्यवान कार निर्माता हो । बुधबारसम्म टेस्लाको बजार मूल्य झण्डै १ ट्रिलियन डलर थियो, जुन टोयोटाको २९० अर्ब डलरको तुलनामा धेरै माथि छ । टेस्ला अहिले नाफाको अनुमानको १५० गुणा मूल्यमा कारोबार भइरहेको छ, जुन अन्य ठूला प्रविधि कम्पनीहरू-जस्तै एनभिडियाभन्दा धेरै महँगो हो । किया इण्डियाबाट तीन वर्षमा १ हजार ८ इञ्जिन गायब, पूर्वकर्मचारी र स्क्र्याप डिलर अनुसन्धानको घेरामा टोयोटाको ३३ अर्ब डलरको ‘गेम चेन्जर’ सम्झौता  

ओम मेगाश्री फर्मास्युटिकल्स र पिअर इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको वृद्धि देखिएको छ । सोमबार नेप्से परिसूचक १.६० अंकले बढेर दुई हजार ६९४.६६ को विन्दुमा कायम भएको हो । आज ३१४ कम्पनीको दुई करोड २० लाख ३१ हजार ८८१ कित्ता सेयर ८३ हजार १६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २२ करोड ६३ लाख २२ हजार ९३३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । विकास बैंक ०.२९, वित्त ०.१८, होटल तथा पर्यटन २.३९, लगानी २.२८, जीवन बीमा ०.२३, म्युचुअल फन्ड ०.०१ र अन्य समूह ०.३६ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ ०.५९, जलविद्युत् ०.३५, उत्पादन तथा प्रशोधन ०.३८, लघुवित्त ०.१२, निर्जीवन बीमा ०.१६ र व्यापार ०.३५ प्रतिशतले घटेको छ । आजको कारोबारमा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड र पिअर इनर्जी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको रु ८७ करोड ४७ लाख ३८ हजार बराबरको २२ लाख दुई हजार ६७७ कित्ता सेयर किनबेच भएको छ ।  

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट, गुराँस लघुवित्तमा नकारात्मक

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले घटेर २६७४ बिन्दुमा झरेको छ । आज ९२ कम्पनीको सेयर मूल्य बढ्दा १५५ कम्पनीको मूल्य घटेको छ ।  सोमबार ३३७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, न्यादी गुप्रको ५६ करोड, युनिभर्सल पावर कम्पनीको ४५ करोड, कुमारी बैंकको २१ करोड, कुमारी बैंकको २१ करोड र एनआरएन इन्फ्राइस्ट्रक्चरको १८ करोड रुपैयाँको कारोबार भएको छ । आज ओम ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

सेयर बजारमा छायो हरियाली, चार कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ अंकले बढी २६२८.३६ विन्दुमा पुगेको छ । आज १८५ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज ३२४ कम्पनीको १ करोड ६२ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । कम्पनीकाे ५९ कराेड ७६ लाख बढीकाे काराेबार भएकाे हाे । यसैगरी, नेपाल रिइन्स्याेरेन्स कम्पनीकाे ५१ कराेड, हिमालयन रिइन्स्याेरेन्सकाे ४१ कराेड, न्याङदी पावर ग्रुपकाे २७ कराेड ३९ लाख र  युनिभर्सल पावर कम्पनीकाे २४ कराेड ९३ लाख बढीकाे काराेबार भएकाे नेप्सेले जनाएकाे छ ।  आज चारवटा कम्पनीकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आज हाेटल तथा टुरिजम्म सूचक बाहेक सबै सूचकमा हरियाली छाएकाे छ ।