कतारी जहाजलाई इरानले दिएको ग्रिन सिग्नल र विश्वको नजर
काठमाडौं । होर्मुज जलडमरूमध्य वरिपरि शनिबार तुलनात्मक रूपमा शान्त अवस्था देखिएको छ । केही दिनयता छिटफुट तनाव र झडप भइरहे पनि अमेरिका इरानबाट युद्ध अन्त्य गर्ने र शान्ति वार्ता सुरु गर्नेसम्बन्धी आफ्नो पछिल्लो प्रस्तावको जवाफको प्रतीक्षामा रहेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोलेले शुक्रबार वासिङ्टनले केही घण्टाभित्रै इरानको प्रतिक्रिया आउने अपेक्षा गरेको बताएका थिए । तर त्यसको एक दिन बितिसक्दा पनि तेहरानबाट कुनै संकेत देखिएको छैन । उक्त प्रस्तावअनुसार इरानको आणविक कार्यक्रमलगायत विवादास्पद विषयमा वार्ता अघि बढाउनुअघि औपचारिक रूपमा युद्ध अन्त्य गरिनेछ । रुबियोले शनिबार मियामीमा कतारका प्रधानमन्त्री मोहमद बिन अब्दुलरहमन अल थानीसँग भेटवार्ता गरेका थिए । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार उनीहरूले ‘मध्यपूर्वभरि खतरालाई रोक्न तथा स्थायित्व र सुरक्षालाई प्रवर्द्धन गर्न सहकार्य जारी राख्ने’ विषयमा छलफल गरेका थिए । उक्त वक्तव्यमा इरानको नाम भने स्पष्ट रूपमा उल्लेख गरिएको थिएन । समाचार संस्था एक्सियोसका अनुसार अमेरिकी दूत स्टिभ विटकफ पनि उक्त भेटमा सहभागी थिए । यो जानकारी विषयमा जानकार दुई स्रोतलाई उद्धृत गर्दै दिइएको हो । एलएसईजी शिपिङ डाटाअनुसार कतारको तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको एक ट्यांकर शनिबार पाकिस्तानतर्फ जाँदै होर्मुज जलडमरूमध्यतर्फ अघि बढिरहेको थियो । स्रोतहरूका अनुसार कतार र पाकिस्तानप्रति विश्वास निर्माण गर्न इरानले उक्त यात्रालाई स्वीकृति दिएको हो । यी दुवै देश युद्धमा मध्यस्थकर्ताको भूमिकामा छन् । यदि यो यात्रा सफल भयो भने युद्ध सुरु भएयता होर्मुज जलडमरूमध्य पार गर्ने यो पहिलो कतारी एलएनजी जहाज हुनेछ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी साता चीन भ्रमणमा जाने तयारीमा रहेकाले युद्ध अन्त्य गर्न दबाब बढ्दै गएको छ । यो युद्धले ऊर्जा बजारमा अस्थिरता ल्याएको छ भने विश्व अर्थतन्त्रमा समेत जोखिम बढाएको छ । हालैका दिनमा युद्धविराम सुरु भएयता जलडमरूमध्य आसपास सबैभन्दा ठूला झडप भएका छन् । शुक्रबार संयुक्त अरब इमिरेट्समाथि पुनः आक्रमण भएको थियो । युद्धविरामको परीक्षा फेब्रुअरी २८ मा अमेरिका–इजरायलले इरानभरि हवाई आक्रमण गरेपछि सुरु भएको युद्धयता तेहरानले जलडमरूमध्यबाट गैर-इरानी जहाजहरूको आवागमन ठूलो मात्रामा अवरुद्ध गरेको छ । युद्धअघि विश्वको कुल तेल आपूर्तिको पाँचौं हिस्सा यही साँघुरो समुद्री मार्गबाट हुँदै आएको थियो । इरानको अर्ध(सरकारी समाचार संस्था फार्सका अनुसार शुक्रबार जलडमरूमध्यमा इरानी सेना र अमेरिकी जहाजबीच छिटफुट झडप भएको थियो । पछि तस्निम समाचार संस्थाले एक इरानी सैन्य स्रोतलाई उद्धृत गर्दै स्थिति शान्त भएको जनाएको थियो, तर थप झडप हुन सक्ने चेतावनी पनि दिएको थियो । अमेरिकी सेनाले भने इरानी बन्दरगाह प्रवेश गर्न खोजेका इरानसँग सम्बन्धित दुई जहाजलाई निशाना बनाएको जनाएको छ । अमेरिकी लडाकु विमानले ती जहाजको धुवाँ निस्कने भागमा प्रहार गरेपछि जहाजहरू फर्किन बाध्य भएका थिए । अमेरिकाले गत महिना इरानी जहाजमाथि नाकाबन्दी लगाएको थियो । तर सीआईएको एक मूल्यांकनअनुसार इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दीबाट इरानलाई गम्भीर आर्थिक दबाब महसुस हुन अझै करिब चार महिना लाग्न सक्छ । यसले तेहरानमाथि ट्रम्प प्रशासनको प्रभाव कति बलियो छ भन्नेबारे प्रश्न उठाएको छ । यो युद्ध अमेरिकी मतदाता र अमेरिकी सहयोगी राष्ट्रहरूबीच लोकप्रिय छैन । एक वरिष्ठ गुप्तचर अधिकारीले वासिङ्टन पोस्टले पहिलोपटक सार्वजनिक गरेको सीआईए विश्लेषणसम्बन्धी ‘दाबीहरू’ गलत भएको बताएका छन् । झडप केवल समुद्री क्षेत्रमा सीमित रहेन । संयुक्त अरब इमिरेट्सले शुक्रबार इरानबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक मिसाइल र तीनवटा ड्रोनलाई आफ्नो वायु प्रतिरक्षा प्रणालीले निष्क्रिय बनाएको जनाएको छ । घटनामा तीन जना मध्यम घाइते भएका थिए । इरानले अमेरिकी सैन्य अड्डा रहेका यूएई तथा अन्य खाडी मुलुकहरूलाई बारम्बार निशाना बनाउँदै आएको छ । ट्रम्पले जलडमरूमध्यमा जहाजलाई सुरक्षा दिने ‘प्रोजेक्ट फ्रिडम’ घोषणा गरेपछि इरानले यस साता आक्रमण बढाएको थियो । ट्रम्पले भने ४८ घण्टापछि उक्त योजना रोकिएको बताएका थिए । ट्रम्पले बिहीबार अप्रिल ७ मा घोषणा गरिएको युद्धविराम झडपका बाबजुद कायम रहेको बताएका थिए । तर इरानले अमेरिका स्वयंले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ। इरानका विदेशमन्त्री अब्बास अराघ्चीले शुक्रबार भने, ‘हरेक पटक कूटनीतिक समाधानको सम्भावना आउँदा अमेरिका लापरवाह सैन्य साहसिकतामा उत्रिन्छ ।’ कूटनीति र प्रतिबन्ध दुवैमा अमेरिकी जोड यो संघर्षमा अमेरिकाले अन्तर्राष्ट्रिय समर्थन खासै पाउन सकेको छैन । इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको भेटपछि रुबियोले इटाली तथा अन्य सहयोगी राष्ट्रहरूले जलडमरूमध्य पुनः खोल्ने अमेरिकी प्रयासलाई किन साथ नदिएको भनेर प्रश्न उठाए । उनले इरानलाई अन्तर्राष्ट्रिय समुद्री मार्ग नियन्त्रण गर्न दिइए खतरनाक नजिर बस्ने चेतावनी दिए । स्टकहोममा बोल्दै जर्मन चान्सलर फ्रेडरिक मर्जले युरोपेली देशहरूको उद्देश्य इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनु रहेको बताए । साथै उनले वासिङ्टनसँग मतभेद कम गर्न प्रयास भइरहेको जानकारी दिए । बेलायतले फ्रान्ससँग मिलेर जलडमरूमध्यको अवस्था सामान्य भएपछि सुरक्षित जहाज आवागमन सुनिश्चित गर्ने प्रस्तावमा काम गरिरहेको छ । शनिबार बेलायतले यस्तो बहुराष्ट्रिय अभियानको तयारीस्वरूप मध्यपूर्वमा एक युद्धपोत पठाउने घोषणा गरेको छ। कूटनीतिक प्रयास जारी राख्दै अमेरिकाले इरानमाथि थप दबाब सिर्जना गर्न प्रतिबन्ध पनि कडा बनाएको छ । ट्रम्प चीन भ्रमणमा गई राष्ट्रपति सी जिनपिङसँग भेट्नुअघि अमेरिकी अर्थ मन्त्रालयले शुक्रबार १० व्यक्ति तथा कम्पनीमाथि प्रतिबन्ध घोषणा गरेको छ । तीमध्ये केही चीन र हङकङका कम्पनीहरू पनि छन् । उनीहरूले इरानको सेनालाई तेहरानका शाहेद ड्रोन निर्माणमा प्रयोग हुने हतियार तथा कच्चा पदार्थ जुटाउन सहयोग गरेको आरोप लगाइएको छ । (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
इरान युद्धले आगामी दिन थप कष्टकर
काठमाडौं । विश्वव्यापी व्यापारका लागि अमेरिका–इरान युद्धले ‘नयाँ चेतावनी संकेत’ सिर्जना गरेको मर्क्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भिन्सेन्ट क्लर्कले दावी गरेका छन् । बिहीबार सीएनबीसीसँग कुरा गर्दै आगामी महिनाहरूमा यसको प्रभाव अझ खराब हुन सक्ने चेतावनी दिएका छन् । मस्र्कले पहिलो त्रैमासिक आम्दानी प्रतिवेदन सार्वजनिक गरेपछि क्लर्कले कम्पनीले अत्यधिक लागत दबाब सामना गरिरहेको र त्यो अन्ततः ग्राहकहरूमाथि सार्नुपर्ने अवस्था आएको बताए । ‘हामी अत्यधिक ऊर्जानिर्भर उद्योग हौं र यसले हामीले सामना गर्नुपर्ने बिल्कुलै नयाँ परिस्थिति सिर्जना गरेको छ,’ उनले भने, ‘यसले दोस्रो र तेस्रो त्रैमासिकमा महत्वपूर्ण प्रभाव पार्नेछ ।’ मध्यपूर्वमा युद्ध तीव्र बन्दै जाँदा तेलको मूल्य आकासिएको छ । विशेषगरी हर्मुज जलडमरूमध्य बन्द रहने अनिश्चितताले तेलको मूल्य उच्च स्तरमै कायम राखेको छ । तेलको मूल्यवृद्धिले धेरै अर्थतन्त्रमा मुद्रास्फीति अझ बढ्न सक्ने चिन्ता पनि बढाएको छ । बिहीबार विश्वव्यापी मानक ब्रेन्ट क्रुड तेलको मूल्य २.२ प्रतिशतले घटेर प्रतिव्यारेल ९३.०१ डलरमा पुगेको थियो । वाशिङ्टन र तेहरानबीच शान्ति सम्झौता नजिक पुगेको आशाले बजारमा केही राहत देखिएको हो । ‘यो ऊर्जा झट्काले तेलको मूल्य प्रतिव्यारेल १०० डलर आसपास रहिरहँदासम्म हामीलाई मासिक करिब ५० करोड डलर अतिरिक्त खर्च थप्नेछ, जुन निकै ठूलो रकम हो,’ क्लर्कले सीएनबीसीसँग भने, ‘हामीले लागत घटाउन सक्ने सीमित उपाय मात्रै छन्, तर यी खर्च ग्राहकमा सार्नु अनिवार्यजस्तै भएको छ किनभने यति ठूलो लागतवृद्धि हामी आफैले मात्रै धान्न सक्दैनौं ।’ उनले यो द्वन्द्वले ढुवानी उद्योग र उपभोग क्षमता कति समयसम्म मजबुत रहन सक्छ भन्ने प्रश्न पनि उठाएको बताए। ‘यी अतिरिक्त लागत अन्ततः उपभोक्तासम्म पुग्दा उपभोक्ता तहमा माग घट्ने अवस्था आउँछ कि ? त्यसले वर्षको दोस्रो भागमा आपूर्ति शृंखलाभरि कमजोर मागको प्रभाव पार्छ कि ?’ उनले प्रश्न गरे । ‘हामी यसलाई अत्यन्त नजिकबाट हेरिरहेका छौं, किनकि यसले यो संकटले विश्वव्यापी आपूर्ति शृंखला र विशेषगरी हाम्रो उद्योगलाई कसरी असर गर्छ भन्ने सम्पूर्ण समीकरण नै परिवर्तन गर्न सक्छ,’ उनको भनाइ छ । विश्वव्यापी व्यापारको संकेतक मानिने डेनिस कम्पनी मर्क्सले वर्षको पहिलो तीन महिनामा ब्याज, कर, मूल्यह्रास तथा अमोर्टाइजेशनअघिको आधारभूत आम्दानी (ईबीआईटीडीए) १ अर्ब ७५ करोड डलर रहेको जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५ प्रतिशतले कम हो, तर एलएसईजीले तयार पारेको अनुमानसँग भने मेल खाएको छ । कम्पनीको राजस्व वार्षिक आधारमा २.६ प्रतिशत घटेर १३ अर्ब डलरमा झरेको छ, यद्यपि यो १२.५ अर्ब डलरको अपेक्षाभन्दा बढी हो । मर्क्सका अनुसार ढुवानी दर घट्नु र बढ्दो परिमाणका कारण लागत बढ्नुले यसको ‘ओसन डिभिजन’ मा दबाब सिर्जना गरेको हो । मर्क्सको सेयर मूल्य पछिल्लो कारोबारमा २.९ प्रतिशतले घटेको देखिएको थियो । इरान युद्ध सुरु भएको करिब एक सातापछि मर्क्सले मध्यपूर्वलाई एसिया र युरोपसँग जोड्ने दुई महत्त्वपूर्ण समुद्री ढुवानी मार्ग स्थगित गरेको थियो । कम्पनीले आफ्ना कर्मचारी र जहाजको सुरक्षाका लागि यस्तो निर्णय लिइएको जनाएको थियो । यद्यपि, कम्पनीले सन् २०२६ का लागि आफ्नो वार्षिक प्रक्षेपण यथावत् राखेको छ। मर्क्सले २०२६ मा आधारभूत ईबीआईटीडीए वृद्धि ४.५ प्रतिशतदेखि ७ प्रतिशतसम्म रहने अनुमान गरेको छ। कम्पनीका अनुसार नयाँ जहाज आपूर्तिका कारण उद्योगमा देखिएको अतिरिक्त क्षमता तथा यस वर्ष रातो समुद्र र हर्मुज जलडमरूमध्य कहिले पुनः खुल्ने भन्ने विभिन्न सम्भावनालाई ध्यानमा राखेर यस्तो प्रक्षेपण गरिएको हो । तर मस्र्कले आफ्नो सञ्चालन र विश्व अर्थतन्त्रमा इरान युद्धको प्रभाव दोर्होयाउँदै आपूर्ति शृंखला अझ मजबुत बनाउनुपर्नेमा जोड दिएको छ। ‘भू-राजनीति अहिलेको व्यापक आर्थिक परिदृश्य तथा व्यापार र लजिस्टिक्स वातावरणलाई आकार दिने प्रमुख शक्ति बनेको छ,’ कम्पनीले आफ्नो आम्दानी प्रतिवेदनमा उल्लेख गरेको छ । साथै इरान युद्धले ‘अनिश्चितताको थप तह’ सिर्जना गरेको पनि कम्पनीले जनाएको छ । फेब्रुअरी २८ मा द्वन्द्व सुरु भएयता व्यावसायिक समुद्री ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्दजस्तै बनेको छ । ‘हाल इरान र लेबनान दुवैमा नाजुक युद्धविराम कायम छन्, वार्ता सुस्त गतिमा अघि बढिरहेको छ र हर्मुज जलडमरूमध्यको यातायात लगभग ठप्प अवस्थामा छ । यस द्वन्द्वले बजार मनोबलमा पहिल्यै असर पारिसकेको छ । उपभोक्ता विश्वास कमजोर भएको छ,’ मर्क्सले बिहीबार जनाएको छ । कम्पनीका अनुसार यदि सन् २०२६ भर तेलको मूल्य प्रतिव्यारेल ९० देखि १०० डलरकै बीचमा रह्यो र द्वन्द्व चाँडै समाधान भयो भने पनि विश्वव्यापी कन्टेनर माग २ प्रतिशतदेखि ४ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ । तर कम्पनीले जोखिमको सन्तुलन ‘नकारात्मक दिशातर्फ’ रहेको र अझ खराब परिणामको सम्भावना नकार्न नसकिने पनि जनाएको छ । ‘हर्मुज जलडमरूमध्यमा ऊर्जा र ढुवानी अवरोधले विश्वव्यापी आपूर्ति शृंखलालाई तीव्र रूपमा पुनःआकार दिइरहेको छ,’ कम्पनीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ, ‘हालै अमेरिकी आयातमा लगाइएका शुल्कपछि यो द्वन्द्वले आपूर्ति शृंखला अझ लचिलो बनाउन नयाँ उपकरण र भविष्यका अवरोध कम गर्ने रणनीति विकास गर्न अर्को चेतावनी संकेत दिएको छ ।’ (सीएनबीसीबाट अनुदित तथा सम्पादित)
मध्यपूर्व तनावबीच पनि पर्यटक आगमन उत्साहजनक, मार्चमा भित्रिए १ लाख २० हजार बढी पर्यटक
काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बाबजुद पनि नेपालमा पर्यटक आगमन उत्साहजनक देखिएको छ । पर्यटन व्यवसायीहरूले द्वन्द्वको कारण पर्यटक आगमन कम हुने आँकलन गरेपनि मार्च महिनामा उल्लेखनीय पर्यटक भित्रिएका छन् । वसन्त ऋतुको सुरुवातसँगै हिमाल आरोहण, ट्रेकिङ र सांस्कृतिक पर्यटनप्रति आकर्षण बढ्दा पर्यटक आगमनमा कमी नदेखिएको हो । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को मार्च महिनामा १ लाख २० हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्षको तुलनामा थोरै कम देखिएपनि उत्साहजनक संख्या हो । गत वर्षको यही अवधिमा नेपालमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्षको तुलनामा नेपालमा पर्यटन आगमन १ प्रतिशतले घटेको छ । कोभिड १९ अघि अर्थात सन् २०१९ को तुलनामा भने सन् २०२६ को मार्चमा पर्यटक आगमन ५.४ प्रतिशतले घटेको छ । सन् २०१९ को मार्चमा नेपालमा १ लाख २७ हजार ३५१ पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२६ को फेब्रुअरीमा एक लाख ५ हजार ४४१ पर्यटक भित्रिएका थिए । तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ । तथ्यांकअनुसार मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् । श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट आउने पर्यटकको उच्च संख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाउँछ । त्यस्तै, अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन् । जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । समग्रमा ‘अन्य एसिया’ क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो । युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेखनीय वृद्धि नभए पनि स्थिर देखिएको छ । पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । यद्यपि एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरूको योगदान महत्त्वपूर्ण मानिन्छ । मार्च–अप्रिललाई मौसम, ट्रेकिङ सिजनलगायतका कुराले आगमन वृद्धि हुने महिनाको रूपमा हेरिन्छ । तर, यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किँदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरूले जारी गरेको ‘ट्राभल एड्भाइजरी’ ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन । विशेषगरी यो सिजनमा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने गर्दछ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि आगमन तथ्यांक निराशाजनक नभएको बताएका छन् । उनले भने, ‘युरोप र अमेरिकाबाट हुने आगमन केही घटे पनि भारतलगायत छिमेकी मुलुकबाट पर्यटक आगमन बढ्नु सकारात्मक संकेत हो । हामीले पनि छिमेकी बजारलाई क्यास गर्ने गरी प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । यसका साथै युरोप र अमेरिकाजस्ता उच्च खर्च गर्ने पर्यटक लक्षित बजारमा पनि हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय मार्टमार्फत सशक्त बनाउँदै लगेका छौं ।’ सीईओ जोशीले हालको तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नभए पनि ढुक्क भएर बस्ने स्थिति पनि नभएको बताएका छन् । उनले भने, ‘विशेषगरी पश्चिम एसियामा विकसित परिस्थिति अनिश्चित बन्दै जाँदा आगामी दिनमा विश्व पर्यटन बजारलाई नै असर पार्न सक्छ । त्यसैले नेपाल पर्यटन बोर्डले सन्तुलित र दिगो रणनीतिसहित वैकल्पिक बजार विस्तारका रणनीति बनाएको छ ।’
हर्मुज स्ट्रेटमा इरानको ‘टोल’ योजना, युद्ध अन्त्यबारे नेतान्याहु र ट्रम्पको फरक मत
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक अमेरिकी टिभी च्यानलसँग कुरा गर्दै इरानसँगको युद्ध समाप्त हुने कुनै निश्चित मिति तोक्न नचाहेको बताएका छन् । प्रधानमन्त्री नेतान्याहुले अमेरिकी टिभी कम्पनी ‘न्यूजम्याक्स’ सँग भने, ‘इरानसँगको युद्ध कहिलेसम्म समाप्त हुने सम्भावना छ, म यसको कुनै मिति बताउन चाहन्नँ ।’ एएफपी समाचार एजेन्सीको रिपोर्ट अनुसार नेतान्याहुले निश्चित रूपमा ‘युद्ध आधाभन्दा बढी पूरा भइसकेको र इरानको इस्लामिक गणतन्त्र अन्ततः भित्रैबाट टुट्ने’ दाबी गरे । इरानसँगको युद्धलाई लिएर नेतान्याहुको यो टिप्पणी यस्तो समयमा आएको छ, जब डोनाल्ड ट्रम्प र ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले इरानसँगको युद्ध ‘केही हप्ता मात्र चल्नेछ, महिनौं होइन’ भन्दै लगातार जोड दिइरहेका छन् । यसैबीच होर्मुज स्ट्रेटमा ‘ट्रान्जिट टोल’ लगाउने योजनालाई इरानको संसदीय समितिले अनुमोदन गरेको सूचना आएको छ । केही दिनअघि ट्रम्पले होर्मुज स्ट्रेटको नाकाबन्दी खोल्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका थिए यद्यपि पछि त्यसलाई थप गरिएको थियो । यो साँघुरो जलमार्गबाट विश्वको २० प्रतिशत तेल व्यापार ओसारपसार हुने गर्छ । तर, २८ फेब्रुअरीमा इरानमाथि इजरायल–अमेरिकाको आक्रमण भएदेखि यो महत्त्वपूर्ण तेल मार्ग लगभग बन्द छ । समुद्री आवागमनमा नजर राख्ने फर्म ‘केप्लर’ का अनुसार युद्ध सुरु भएदेखि यस मार्गबाट जहाजहरूको आवतजावत ९५ प्रतिशतले घटेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) सँग सम्बन्धित ‘फर्स न्यूज एजेन्सी’ का अनुसार इरानको एक संसदीय समितिले होर्मुज स्ट्रेटमा टोल लगाउने योजनालाई स्वीकृति दिएको छ । रिपोर्टमा भनिएको छ कि राष्ट्रिय सुरक्षा आयोगका एक सदस्यले यो योजना पारित भएको पुष्टि गरेका छन् । यस योजनाअन्तर्गत अमेरिकी र इजरायली जहाजहरूलाई यो जलमार्गबाट जान प्रतिबन्ध लगाइनेछ । यसबाहेक इरानमाथि प्रतिबन्ध लगाउन साथ दिने देशहरूलाई पनि यो मार्ग प्रयोग गर्नबाट रोक लगाइनेछ । एएफपीले रिपोर्ट गरेअनुसार नयाँ टोल प्रणालीको घोषणा सरकारी टेलिभिजनमा गरिएको थियो, जसमा इरानले यो योजना ओमानको सहयोगमा लागू गर्ने बताइएको छ । यसैबीच, कुवेतले इरानले दुबई बन्दरगाहमा कच्चा तेलले भरिएको एक विशाल ट्याङ्करमा आक्रमण गरेको र त्यसमा आगलागी भएको जनाएको छ । कुवेत पेट्रोलियम कर्पोरेसनले यसलाई ‘बर्बर इरानी हवाई हमला’ भन्दै ट्याङ्करमा क्षति पुगे पनि कोही हताहत नभएको बताएको छ । यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले होर्मुज स्ट्रेटमा एउटा यस्तो प्रणाली बनाउन खोजिरहेको बताएका थिए, जहाँ उसले नै यो जलमार्गबाट को जान पाउने भन्ने निर्णय गर्नेछ । उनले भने, ‘इरानले होर्मुज स्ट्रेटमा नियन्त्रण र टोल प्रणाली बनाउने धम्की दिइरहेको छ। यस्तो हुन दिइने छैन ।’ इरानका विदेशमन्त्री अब्बास अराग्चीले साउदी अरबलाई ‘अमेरिकी सेना निष्कासन गर्ने समय आएको’ बताएका छन् । सोमबार एक्स (ट्विटर) मा एक पोस्ट गर्दै अराग्चीले लेखे कि इरानले साउदी अरबको ‘सम्मान’ गर्छ र उसलाई ‘भ्रातृराष्ट्र’ मान्छ । उनले इरानको यो अभियान एक ‘आक्रामक शत्रु’ विरुद्ध रहेको, जसले ‘अरब वा इरानीहरूका लागि कुनै सम्मान नराख्ने’ पनि बताए । अराग्चीले अमेरिकी वायुसेनाको एक दुर्घटनाग्रस्त विमानको तस्बिर राख्दै लेखेका छन्, ‘हेर्नुहोस्, हामीले उनीहरूको वायु कमान्डको के हाल गरिदियौं ।’ यसैबीच, बीबीसीको अमेरिकी मिडिया साझेदार ‘सीबीएस न्यूज’ का अनुसार अमेरिकी नेभी सिल्स (स्पेशल फोर्स), आर्मी रेन्जर्स र प्याराट्रूपर्स मध्य–पूर्व पुगिसकेका छन् । सीबीएसका अनुसार मध्य–पूर्वमा तैनाथ अमेरिकी विशेष बलहरूमा सयौं नेभी सिल्स र आर्मी रेन्जर्स सामेल छन् । यसबाहेक अमेरिकी मरिन्स र प्याराट्रूपर्स पनि त्यस क्षेत्रमा तैनाथ छन् । इरानको ऊर्जा संरचना नष्ट गरिदिनेछौंः ट्रम्प अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धम्की दिएका छन् कि यदि चाँडै कुनै सम्झौता भएन भने अमेरिकाले इरानका विद्युत केन्द्रहरू, तेलका कुवाहरू र डिसेलिनेशन प्लान्टहरू (पानी शुद्ध गर्ने केन्द्र) ‘पूर्ण रूपमा नष्ट’ गरिदिनेछ । ट्रम्पले इरानसँग ‘गम्भीर’ वार्ता भइरहेको दाबी पनि गरेका छन्, तर चेतावनी दिँदै भनेका छन् कि यदि सम्झौता भएन भने अमेरिकाले ती स्थानहरूलाई निशाना बनाउनेछ जसलाई उसले ‘जाने बुझेर पहिले कहिल्यै छोएको थिएन ।’ उनले खार्ग टापुमा रहेको मुख्य इन्धन निर्यात केन्द्रमा कब्जा गर्ने आफ्नो धम्कीलाई पनि दोहो¥याएका छन्। ट्रम्पको यो धम्कीलाई ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटले पनि समर्थन गरेकी छन् । एक प्रेस ब्रिफिङका क्रममा लेविटले अमेरिकाले हालसम्म इरानमा ११ हजार सैन्य ठेगानाहरूलाई निशाना बनाएको र १५० जहाजहरू नष्ट गरेर इरानी नेभीलाई ध्वस्त पारेको बताइन् । उनले ट्रम्पले इरानमा स्थलगत आक्रमणको सम्भावनालाई अस्वीकार नगरेको तर ट्रम्पको पहिलो प्राथमिकता कूटनीति नै रहेको बताइन् । लेविटले अमेरिका र इरानबीच वार्ता भइरहेको र यो जारी रहने कुरामा जोड दिइन् । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अल जजीरासँग कुरा गर्दै होर्मुज स्ट्रेटलाई जसरी पनि खुलाउनै पर्ने बताएका छन् । उनले अमेरिका आफ्नो युद्धको लक्ष्यमा केन्द्रित रहेको र यसलाई महिनौं होइन, केही हप्तामै पूरा गर्ने लक्ष्य रहेको बताए। उनले भने, ’यस समयमा अमेरिका लक्ष्य पूरा गर्न प्रतिबद्ध छ ।’ अमेरिका र इरानबीच वार्ता भएको छैनः इरान उता इरानले अमेरिकासँग कुनै पनि किसिमको वार्ता भएको कुरालाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकेईले फेरि एकपटक अमेरिकी अधिकारीहरूसँग कुनै पनि वार्ता भएको कुराको खण्डन गरेका छन् । प्रवक्ता बाकेईले युद्धको ३१ दिनमा इरानको अमेरिकासँग ‘कुनै कुराकानी नभएको’ बताए । उनले एक अनलाइन विज्ञप्तिमा भने, ‘जे भएको छ, त्यो केवल वार्ताका लागि अनुरोध र अमेरिकाको तर्फबाट केही प्रस्तावहरू पठाइनु मात्र हो, जुन हामीलाई पाकिस्तान लगायतका केही मध्यस्थकर्ताहरू मार्फत प्राप्त भएका छन् ।’ ‘हाम्रो अडान स्पष्ट छ । यस समयमा जब अमेरिकाको सैन्य हमला र आक्रमण पूर्ण तीव्रताका साथ जारी छ, हाम्रा सबै प्रयास र क्षमताहरू इरानको रक्षामा लागेका छन्,’ उनले थपे । उनले आफूहरूले कूटनीतिसँग भएको त्यो विश्वासघातलाई नबिर्सेको पनि बताए जुन एक वर्षभन्दा कम समयमा दुई पटक भएको थियो । होर्मुज स्ट्रेट नखोली नै ट्रम्प सैन्य अभियान अन्त्य गर्न तयारः रिपोर्ट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सहयोगीहरूसँग इरानविरुद्धको सैन्य अभियान अन्त्य गर्न तयार रहेको बताएका छन्, चाहे होर्मुज स्ट्रेट धेरै हदसम्म बन्द नै किन नहोस् । यो दाबी ‘वाल स्ट्रिट जर्नल’ को एक रिपोर्टमा गरिएको छ । अखबारले प्रशासनिक अधिकारीहरूलाई उद्धृत गर्दै लेखेको छ कि राष्ट्रपति ट्रम्प र उनका सहयोगीहरूले यो महत्त्वपूर्ण समुद्री मार्गलाई जबरजस्ती खोल्ने मिसनले युद्धलाई उनीहरूले तोकेको समयसीमा (चार देखि छ हप्ता) भन्दा अघि लैजाने आकलन गरेका छन् । रिपोर्टका अनुसार इरानको नौसेना र मिसाइल भण्डारलाई गम्भीर क्षति पुर्याएपछि अब अमेरिकाले इरानमाथि कूटनीतिक दबाब कायम राख्नेछ ताकि व्यापारिक प्रवाह पुनः सुरु हुन सकोस् ।
रोपाइँको समयमा मलको अभाव हुने चिन्ता
काठमाडौं । मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच जारी तनावका कारण अन्तर्राष्ट्रिय बजारमा अनिश्चितता बढ्दै गएको छ, जसको प्रभाव नेपालमा रासायनिक मल आपूर्तिमा पर्ने देखिएको छ । किसानहरूले अरू बेला पनि मल अभाव झेल्दै आएका छन् भने यस पटक उक्त समस्या झन् गम्भीर बन्ने संकेत देखिएको छ । नेपालमा भित्रिने अधिकांश मल चीन, भियतनामलगायत पश्चिम एसियाली मुलुकबाट आउने गर्छ । तर युद्धका कारण आपूर्ति श्रृंखलामा अवरोध हुँदा मूल्यवृद्धि र उपलब्धतामा समस्या झन् बढ्ने देखिएको छ । नेपालमा मनसुनी वर्ष सुरु भएसँगै धान रोपाइँ सुरु हुन्छ । त्यो बेला रासायनिक मल युरिया, डीएपी र पोटासको माग उच्च मात्रामा बढ्छ । धान रोपिसकेको तीन महिनापछि पनि रासायनिक मल बढी खपत हुन्छ । मलखाद व्यवसायी संघका अध्यक्ष ईश्वर डल्लाकोटीले मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण नेपालमा असारको धान रोपाइँका बेला रासायनिक मलको अभाव हुने देखिएको जानकारी दिए । उनका अनुसार सरकारी तवरबाट मलको मौज्जात पर्याप्त भएको भनिएतापनि वास्तविकतामा मल पर्याप्त छैन । मकै तथा असारको धानखेतीका लागि मात्रै १ लाख ५० हजारदेखि २ लाख मेट्रिक टनसम्म मल आवश्यक पर्ने उनले बताए । डल्लाकोटीका अनुसार अहिलेको द्वन्द्वका कारण मल बोकेका केही पानीजहाज, बाटोमै रोकिएका छन् भने केही अझै प्रस्थान गर्न सकेका छैनन् । उनले भने, ‘मल बोकेका भेसेलहरू बाटोमै रोकिएका छन् भने कतिपय हिँड्नै पाएका छैनन्, यसले गर्दा नेपालमा आवश्यक पर्ने समयमा किसानले मल पाउँछन् भन्ने निश्चित हुन सकिँदैन।’ डल्लाकोटीका अनुसार नेपालमा प्रयोग हुने नाइट्रोजन, फस्फोरस र पोटासियमयुक्त सबै प्रकारका रासायनिक मल विदेशबाट आयात गरिन्छन्, जसमा सरकारबाट अनुदान उपलब्ध हुन्छ । हाल आयात प्रणालीअनुसार कुल मलमध्ये करिब ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङले ग्लोबल टेन्डरमार्फत ल्याउने गरेका छन् । विशेषगरी असारपछि धानको गोडमेल गर्ने समयमा पनि युरिया मलको माग उच्च हुने भएकाले त्यतिबेला अभाव झनै चर्किन सक्ने उनले जानकारी दिए । यस्तो अवस्थामा सरकारले वैकल्पिक आपूर्तिका लागि चीन र बंगलादेशसँग समयमै पहल गर्नुपर्ने उनले सुझाव दिएका छन् । द्वन्द्वले मल अभाव मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । डल्लाकोटीका अनुसार अहिले प्रति मेट्रिक टन मलको मूल्य १५० देखि २०० अमेरिकी डलरसम्मले वृद्धि भएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय बजारमै पोटास अभाव भएको कारण उपलब्ध हुने सम्भावना अति नै न्यून बन्दै गएको छ । वैकल्पिक आपूर्तिको खोजी नेपाल रासायनिक मलका लागि पूर्ण रूपमा आयातमा निर्भर रहँदै आएको छ । यहाँ प्रयोग हुने मल भारतबाट आपूर्ति हुन्छ, तर भारतले पनि ठूलो परिमाणमा कच्चा पदार्थ तथा तयार मल मध्यपूर्वी देशहरूबाट आयात गर्ने भएकाले त्यसको प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ । मलखाद व्यवसायी संघका अध्यक्ष डल्लाकोटीका अनुसार भारतबाट मल आउने सम्भावना एकदमै कम छ, किनभने भारत आफैलाई वार्षिक ३५० लाख मेट्रिक टन मल चाहिन्छ र उनीहरू पनि कतारजस्ता देशहरूसँगको जीटुजीमा निर्भर छन् । डल्लाकोटीका अनुसार वर्तमान अन्तर्राष्ट्रिय आपूर्ति संकटको अवस्थामा नेपालका लागि चीन र बंगलादेश प्रमुख वैकल्पिक स्रोतका रूपमा देखिएका छन् । बंगलादेशमा युरिया उत्पादन गर्ने कम्तीमा दुई ठूला कारखाना सञ्चालनमा छन्, नेपालले विगतमा पनि त्यहाँबाट मल आयात गरिसकेको अनुभव रहेको उनले सुनाए । भौगोलिक रूपमा नजिक भएकाले बंगलादेशबाट युरिया ल्याउँदा ढुवानी लागत तुलनात्मक रूपमा कम पर्ने डल्लाकोटीको भनाइ छ । त्यस्तै, चीनबाट डीएपी आयात गर्न सकिने सम्भावना रहेको उनले औंल्याएका छन् । ‘कोभिडको समयमा पनि नेपालले त्यहाँबाट ५२ हजार ५ सय मेट्रिक टन मल ल्याएको अनुभव छ,’ डल्लाकोटी भन्छन्, ‘बंगलादेश नजिक भएकाले त्यहाँबाट युरिया ल्याउँदा महँगो पर्दैन भने चीनबाट डीएपी ल्याउन सकिने सम्भावना छ ।’ भदौसम्म मलको अभाव हुँदैन : मन्त्रालय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने मध्यपूर्वी तनावको अवस्था भएपनि नेपाली बजारमा रासायनिक मलको अभाव नहुने तर्क गरेका छन् । कृषि मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. जानुका पण्डितका अनुसार हाल सरकारी गोदाममा १ लाख ३७ हजार मेट्रिक टन मल मौज्दात छ । यो स्टकले जेठ महिनासम्म मल पर्याप्त हुने अनुमान गरिएको छ । डा. पण्डितका अनुसार मलको लागि माघ र फागुन महिनामा टेन्डर भइसकेको छ । यदि सो टेन्डरअनुसार मल समयमै आइपुग्यो भने भदौसम्म आपूर्ति पर्याप्त रहने उनले जानकारी दिइन् । मन्त्रालयले भदौपछिका लागि आवश्यक मलको स्रोत बजेटमार्फत सुनिश्चित गरेपछि अर्को टेन्डर प्रक्रिया अघि बढाउने योजना बनाएको उनले उल्लेख गरिन् । डा. पण्डितले भनिन्, ‘हाल मल रोकिएको अवस्था छैन । भदौसम्म अभाव नहुनेमा निश्चित देखिन्छ, तर मल आयात गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय परिस्थिति वा बाह्य कारणले आपूर्ति रोकिएमा अवस्था नियन्त्रण बाहिर जान सक्छ ।’ पछिल्लो पाँच वर्षमा मल आयात तथ्यांक नेपालमा रासायनिक मलको आयात पछिल्ला पाँच वर्षको तथ्यांक हेर्दा उतार–चढावपूर्ण देखिएको छ । एक वर्ष अस्वाभाविक रूपमा उच्च आयात हुने र अर्को वर्ष उल्लेख्य गिरावट आउने प्रवृत्तिले आपूर्ति प्रणालीमा अस्थिरता देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४८ करोड ४१ लाख रुपैयाँ बराबरको १ करोड ७९ लाख केजी मल आयात गरेको थियो । आव २०७८/७९ मा मल आयातमा वृद्धि भएको देखिन्छ । उक्त आवमा १ अर्ब २८ करोड ४७ लाख रुपैयाँ बराबरको ४ करोड ७५ लाख केजी आयात भएको छ । आव २०७९/८० मा ४१ करोड ६५ लाख रुपैयाँ बराबरको ८० लाख २८ हजार केजी, आव २०८०/८१ मा ७२ करोड ७५ लाख रुपैयाँको १ करोड २२ लाख केजी र आव २०८१/८२ मा ५६ करोड ४३ लाख रुपैयाँको १ करोड ४७ लाख केजी आयात भएको छ । तथ्यांकअनुसार पछिल्लो पाँच वर्षमा ३ अर्ब ४७ करोड रुपैयाँ बराबरको रासायनिक मल आयात भएको देखिन्छ । चालु आव २०८२/८३ को फागुनसम्ममा मात्रै ८ करोड १८ लाख रुपैयाँ बराबरको मल आयात भएको छ ।
जापान र कोरियाको सेकेन्ड ह्यान्ड गाडी बजार थला
काठमाडौं । गत महिना इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणले मध्यपूर्वलाई संकटमा धकेलेसँगै जापानस्थित उमर अली हैदर अलीको प्रयोग भइसकेका (सेकेन्ड ह्यान्ड) सवारीसाधन व्यवसायमा पनि वाधा पुर्याएको छ । दुई दशकदेखि जापानमा बस्दै आएका हैदर अलीले आफ्नो जापानबाट दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकातर्फ प्रयोग भइसकेका सवारीसाधन पठाउँदै आएका छन् । जापानका कडा नियमअनुसार नियमित निरीक्षण र मर्मतसम्भार गरिएकाले ती गाडीहरू टिकाउ र तुलनात्मक रूपमा राम्रो अवस्थामा हुने भएकाले अत्यधिक मागमा छन् । युद्ध सुरु भएको केही दिनपछि उनले थाहा पाए कि ५०० भन्दा बढी गाडी बोकेको एउटा जहाज समुद्रमै अड्किएको छ, दुबईबाट मोडिएको कार्गोले बन्दरगाह भरिएपछि जहाज श्रीलंकामा प्रवेश गर्न सकेको थिएन । ‘हामीले श्रीलंकातर्फ पठाइसकेका गाडीहरू समुद्रमै रोकिएजस्तै थिए, किनकि भित्रिने ठाउँ नै थिएन,’ उनले भने । उनका अनुसार ती गाडीहरू अन्ततः गत साता हम्बनटोटा बन्दरगाहमा उत्रिए, जुन निर्धारित समयभन्दा १० दिनभन्दा बढी ढिलो हो । हैदर अलीका समस्याले देखाउँछ कि मध्यपूर्वको संकट र होर्मुज जलडमरूमध्य लगभग बन्दजस्तै हुँदा जापान र दक्षिण कोरियाका प्रयोग भइसकेका सवारीसाधन व्यापारीहरू प्रायजसो साना व्यवसायहरू निकै प्रभावित भएका छन्, यिनै साना व्यवसायीहरू मिलेर नै विश्वव्यापी ठूलो उद्योग बन्छ । हैदर अलीका अनुसार बन्दरगाहमा भएको भीडले केही जापानी ढुवानी कम्पनीहरूमा ‘त्रास’ सिर्जना गर्यो, जसका कारण कतिपयले ढुवानी नै रद्द गरे । अरूले कार्गो पाकिस्तान वा चीनतर्फ मोड्ने प्रस्ताव गरे । एउटा कम्पनीले प्रत्येक गाडीमा ५ हजार डलर निक्षेप माग्यो । उनका केही गाडीहरू पुनः जापान फर्किन सक्ने उनले बताए । उनको योकोहामा आधारित कम्पनी ‘कोबे मोटर’ ले वार्षिक करिब १८ हजार गाडी पठाउँछ । उनले विशेषगरी आफ्नो देश श्रीलंकातर्फ बढी गाडी पठाउँछन्, जहाँ साना टोयोटा र होन्डा गाडीहरू लोकप्रिय छन् । हाल उनका करिब ५० वटा प्रयोग भइसकेका लक्जरी गाडीहरू रोल्स–रोयस, ल्याम्बोर्गिनी र फरारी लगायत श्रीलंका र चीनमा उतारिएका छन्, किनकि जहाजहरू दुबई पुग्न सकेनन् । हैदर अलीका अनुसार केही ग्राहकका लागि हवाई ढुवानी विकल्प हुन सक्छ, तर यसको अत्यधिक लागतले गर्दा यो केवल धनी वर्गका लागि मात्र सम्भव हुनेछ । गत वर्ष जापान र दक्षिण कोरियाले संयुक्त रूपमा १९ अर्ब डलर बराबरका प्रयोग भइसकेका गाडी निर्यात गरेका थिए, जसमा जापानको हिस्सा आधाभन्दा बढी थियो । व्यापार तथ्यांकअनुसार दक्षिण कोरियाले निर्यात गरेका ८ लाख ८३ हजार गाडीमध्ये एक-तिहाइभन्दा बढी मध्यपूर्वतर्फ गएका थिए । गत वर्ष संयुक्त अरब इमिरेट्स जापानका लागि सबैभन्दा ठूलो गन्तव्य थियो, जहाँ २ लाख २४ हजार गाडी पठाइएका थिए, जुन कुल निर्यातको करिब १५ प्रतिशत रहेको अर्थ मन्त्रालयको तथ्यांकले देखाउँछ । इरान र ओमानबीच रहेको होर्मुज जलडमरूमध्य दुबईमार्फत जाने ढुवानीका लागि महत्त्वपूर्ण संकुचित मार्ग हो । यदि युद्ध लम्बियो भने निर्यातकर्ताहरूले तेल र ढुवानी लागत बढ्ने, मुद्रा उतारचढाव, लिलामी मूल्य घट्ने तथा ढुवानी मार्ग कटौती हुनेजस्ता थप दबाब झेल्नुपर्नेछ । दक्षिण कोरियाबाट ढुवानी रोकिने अवस्था दक्षिण कोरियामा यो द्वन्द्वका कारण प्रयोग भइसकेका गाडी व्यापारीहरूको सबैभन्दा व्यस्त मौसममै ढुवानी रोकिएको छ । सामान्यतया मार्चदेखि सेप्टेम्बरसम्म मध्यपूर्व तथा अन्य क्षेत्रहरूमा यात्रा र निर्माण गतिविधि बढ्ने भएकाले माग उच्च हुन्छ । ढुवानी कम्पनीका अधिकारी काङ ताए-याङले बताएअनुसार इन्चोन बन्दरगाहस्थित सवारी भण्डारण केन्द्रमा गतिविधि निकै घटेको छ । यहाँबाट सामान्यतया करिब ८० प्रतिशत गाडीहरू मध्यपूर्वतर्फ जाने गर्छन् । ताए-याङले हाल आफ्ना ७० प्रतिशतभन्दा बढी गाडीहरू भण्डारणमै अड्किएको जानकारी दिए । समुद्रमा रहेका केही जहाजहरूले यात्रा रोकेका छन् वा गन्तव्य परिवर्तन गरेका छन् । इन्चोनमा भण्डारण गरिएका गाडीहरू यातायात अवरोधका कारण चल्न सकेका छैनन् र जहाजमा लोड गरिएका गाडीहरू पनि निर्धारित गन्तव्यमा पुग्न सकेका छैनन् । केही जहाजहरूले होर्मुज जलडमरूमध्यबाट जोगिन मध्यपूर्वका वैकल्पिक स्थान वा अझ टाढाका बन्दरगाहहरूमा कार्गो उतार्ने योजना बनाएका छन् । व्यापारीहरूका अनुसार यस्तो निर्णय प्रायः ढुवानी कम्पनीहरूले गर्ने गरेका छन् र व्यापारीहरू वैकल्पिक उपायबारे छलफलमा छन् । ‘जब युद्ध सुरु हुन्छ, हामीसँग प्रतीक्षा र रोक्ने बाहेक विकल्प हुँदैन,’ प्रयोग भइसकेका गाडी व्यापार कम्पनी अटोमोबाइल इन्टरनेशनलका अध्यक्ष जिन जे–वूङले भने । ह्युन्डाईको एमडी र कियाको केथ्रीजस्ता मोडेलहरू मध्यपूर्वका ग्राहकहरूबीच लोकप्रिय छन् । जिनका अनुसार मूल्य बढ्न सुरु हुने समयमा नै द्वन्द्व सुरु भएको हो । दक्षिण कोरियामा किनिसकेका गाडीहरू भण्डारण गर्न उनको कम्पनीले महिनामा करिब ४ करोड वोन खर्च गरिरहेको उनी बताउँछन् । उनले बजार सुस्त हुँदा गाडीहरू अगावै खरिद गर्ने योजना बनाएका छन् । द्वन्द्व अन्त्य भएपछि माग पुनः बढ्ने अपेक्षा उनको छ । केही निर्यातकर्ताहरू वैकल्पिक बजार खोजिरहेका छन्, तर विकल्प सीमित छन् । ‘तपाईं सजिलै अफ्रिका वा ल्याटिन अमेरिकातर्फ ढुवानी मोड्न सक्नुहुन्न,’ भेन्टस अटोका अध्यक्ष युन सुङ–ह्युनले भने । ती बजारहरूमा थप बिक्री सम्हाल्ने पर्याप्त माग नभएको उनले बताए । उनको कम्पनीले जनवरी अन्त्यतिर पठाएका कन्टेनरहरू मार्चको सुरुवातमै दुबईको जेबेल अली बन्दरगाह पुग्ने योजना थियो, तर अझै ढिलो भइरहेको छ । दक्षिण कोरियाको एचएमएम कम्पनीद्वारा सञ्चालन गरिएका जहाजहरू भारतको पश्चिमी तट नजिक मुम्बई आसपास अड्किएका छन् । तेलको मूल्य बढ्दा ढुवानी शुल्क पनि बढेको उनले बताए । भेन्टस अटोको वार्षिक ६.६ अर्ब वोन आम्दानीमध्ये आधाभन्दा बढी यूएईसँग जोडिएको भएकाले यो अवरोध ठूलो जोखिम बनेको छ । भारतमा २० प्रतिशतसम्म बढ्यो बोतलको मूल्य
भारतमा २० प्रतिशतसम्म बढ्यो बोतलको मूल्य
काठमाडौं । इरान–इजरायल युद्धका कारण ग्यास अभाव बढ्दै जाँदा भारतमा सञ्चालनरत अन्तर्राष्ट्रिय बियर उत्पादक कम्पनीहरूले काँचका बोतल र क्यान उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको आपूर्तिमा अवरोध आएको भन्दै मूल्यवृद्धि र आपूर्ति संकटको चेतावनी दिएका छन् । इरान युद्धका कारण ग्यासको अभाव बढ्दा काँचका बोतलको लागत बढेको छ भने क्यान बनाउन आवश्यक एलुमिनियम आयातमा ढिलाइ भइरहेको छ । विश्वको चौथो ठूलो प्राकृतिक ग्यास आयातकर्ता भारत इन्धन आपूर्तिमा विशेष रूपमा संवेदनशील छ, जहाँ करिब ४० प्रतिशत ग्यास कतारबाट आयात गरिन्छ । इरानी आक्रमणले कतारको निर्यात क्षमतामा आंशिक अवरोध ल्याएपछि भारतीय उद्योगहरूका लागि ग्यास आपूर्ति थप कडा बनेको छ । भारतको ब्रुअर्स एसोसिएसन (हेइनिकेन, एन्हाउजर–बुस इनबेभ र कार्ल्सबर्गजस्ता कम्पनीहरू आबद्ध छन्) ले रोयटर्सलाई बताएअनुसार काँचका बोतलको मूल्य करिब २० प्रतिशतले बढेको छ भने कागजी कार्टुनको मूल्य दोब्बर भएको छ । साथै लेबल र टेपजस्ता अन्य प्याकेजिङ सामग्रीको लागत पनि उल्लेख्य रूपमा बढेको छ । ग्यास उत्पादन प्रक्रियाका लागि अत्यावश्यक भएकाले यसको अभावले धेरै काँच बोतल उत्पादकलाई आंशिक वा पूर्ण रूपमा उत्पादन बन्द गर्न बाध्य बनाएको छ । एलुमिनियम क्यान आपूर्तिकर्ताहरूले पनि भारतमा बियर बिक्री बढ्ने गर्मी मौसम सुरु हुन लाग्दा आपूर्ति घट्न सक्ने चेतावनी दिएका छन् । ब्रुअर्स एसोसिएसनका महानिर्देशक विनोद गिरीका अनुसार उद्योगले १२–१५ प्रतिशतसम्म मूल्य वृद्धि गर्नुपर्ने अवस्था आएको छ र सदस्य कम्पनीहरूलाई राज्य सरकारसँग अलग–अलग रूपमा मूल्य समायोजनका लागि पहल गर्न सुझाव दिइएको छ । बढ्दो उत्पादन लागतले केही व्यवसाय सञ्चालन नै असम्भव हुने अवस्था सिर्जना गरिरहेको उनले बताए । भारतमा हेइनिकेनको युनाइटेड ब्रुअरीज, एन्हाउजर–बुस इनबेभ र कार्ल्सबर्गले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । २०२४ मा ७.८ अर्ब डलर बराबरको रहेको भारतीय बियर बजार २०३० सम्म दोब्बर हुने अनुमान गरिएको छ, जसमा हेइनिकेनको करिब आधा बजार हिस्सा छ भने एबी इनबेभ र कार्ल्सबर्गको करिब १९–१९ प्रतिशत हिस्सा रहेको बताइएको छ । ठूला कम्पनीसँगै बिएरा र सिम्बा जस्ता साना ब्रान्डहरू पनि बजारमा सक्रिय छन् । भारतमा सहरीकरण र युवा तथा आय आर्जन बढ्दै गएको जनसंख्यासँगै बियर र मदिराको खपत निरन्तर बढिरहेको छ । घरेलु कम्पनीहरूको प्रतिनिधित्व गर्ने कन्फेडेरेसन अफ इन्डियन अल्कोहोलिक बेभरेज कम्पनीजले ढुवानी, रसद र कच्चा पदार्थको बढ्दो लागत समायोजन गर्न विभिन्न राज्य सरकारसँग मूल्य वृद्धि अनुमति मागेको जनाएको छ । भारतमा मदिरा क्षेत्र कडाइका साथ नियमन गरिएको छ, जहाँ खुद्रा मूल्य बढाउन प्रायः राज्य सरकारको अनुमति आवश्यक पर्छ र २८ मध्ये करिब दुईतिहाइ राज्यले स्वीकृति दिनुपर्छ । मूल्यवृद्धि अनुमति नदिने राज्यहरूमा आपूर्ति कायम राख्न ब्रुअरहरूलाई कठिनाइ हुने चेतावनी पनि दिइएको छ । केही काँच बोतल उत्पादकहरूले आपूर्ति घट्ने संकेत दिँदै मूल्य बढाइसकेका छन् । उत्तर प्रदेशको फिरोजाबादस्थित फाइन आर्ट ग्लास वर्क्सका प्रमुख नितिन अग्रवालले ग्यास अभावका कारण आफ्नो उत्पादन ४० प्रतिशतले घटाएको र मूल्य १७–१८ प्रतिशतले बढाएको बताए । उनका ग्राहकमा मदिरा कम्पनीसँगै जुस र केचप उत्पादकहरू पनि रहेका छन् । यस अभावको असर भारतको ५ अर्ब डलर बराबरको मिनरल वाटर बजारमा पनि देखिन थालेको छ, जहाँ प्लास्टिक बोतल र ढक्कनको मूल्य बढेपछि केही उत्पादकहरूले ११ प्रतिशतसम्म मूल्यवृद्धि गरेका छन् । संकट अन्य क्षेत्रमा पनि फैलिन थालेको संकेत देखिएको छ । दक्षिण कोरियाली पेय पदार्थ कम्पनी लोट्टे चिलसुङ बेभरेजका एक अधिकारीले आफूहरूसँग प्लास्टिक बोतल र सम्बन्धित सामग्रीको तीन महिनासम्म मात्र मौज्दात रहेको बताउँदै अवस्था गम्भीर बन्दै गएको बताएका छन् ।
ट्रम्पको धम्की : इरानसँग युद्धविराम चाहँदैनौं तर सैन्य अभियान समाप्त गरेरै छाड्छौं
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरूलाई उनी इरानसँग युद्धविराममा रुचि नराख्ने बताएका छन् । ‘हामी संवाद गर्न सक्छौं, तर मलाई युद्धविराम गर्नु छैन,’ ट्रम्पले ह्वाइट हाउसको साउथ लनबाट फ्लोरिडा प्रस्थान गर्नुअघि भने, ‘जब तपाईं शाब्दिक रूपमा अर्को पक्षलाई ध्वस्त पार्दै हुनुहुन्छ, तब युद्धविराम गर्दैनन् ।’ ‘उनीहरूसँग नौसेना छैन । वायुसेना छैन । कुनै सैन्य सामग्री छैनन्,’ ट्रम्पले थपे । शुक्रबार दिउँसो ट्रुथ सोशलमा एक पोस्टमा ट्रम्पले दाबी गरेका छन् कि अमेरिका ‘मध्यपूर्वमा हाम्रो महान् सैन्य प्रयासलाई समाप्त गर्ने विचार गर्दै आफ्ना उद्देश्यहरू पूरा गर्ने नजिक पुगिसकेको छ ।’ विश्वको तेल व्यापारको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको जुन–जुन राष्ट्रहरूले प्रयोग गर्छन्, आवश्यकतानुसार उनीहरूले नै रक्षा र निगरानी गर्नुपर्ने उनको भनाइ छ । ‘यदि माग भयो भने हामी यी देशहरूलाई होर्मुजसम्बन्धी प्रयासमा सहयोग गर्नेछौं, तर इरानको खतरा निर्मूल भएपछि त्यो आवश्यक हुँदैन,’ ट्रम्पले लेखेका छन् । ट्रम्पका यी टिप्पणीहरू अमेरिका–इजरायल र इरानबीचको युद्ध सुरु भएको करिब तीन सातापछि आएका हुन्, जुन अहिले एउटा व्यापक क्षेत्रीय संघर्षमा परिणत भइसकेको छ । युद्ध सुरु भएदेखि नै इरानले जलसन्धि प्रभावकारी रूपमा बन्द गरेको छ । ट्रम्पले नाटो सहयोगीहरूलाई थप समर्थनका लागि दबाब दिँदै आएका छन् । शुक्रबार पनि उनले यो जलसन्धि अमेरिकालाई खासै महत्त्व नराख्ने बताएका थिए । जलसन्धिबाट हुने अधिकांश ऊर्जा ढुवानी एसियाली बजारतर्फ जान्छ । तर डालस फेडले शुक्रबार प्रकाशित एक रिपोर्टमा बन्दका आर्थिक प्रभावहरू अमेरिकासहित विश्वभर महसुस हुने बताएको छ । ट्रम्पले शुक्रबार जलसन्धि पुनः खोल्ने कार्यलाई सरल बताउँदै अन्य देशहरूको सहयोगसमेत खोजेका थिए । उनले चीन र जापानलाई पनि यसमा संलग्न हुन आह्वान गरे । हालै जापानी प्रधानमन्त्री सानाए ताकाइचीले ह्वाइट हाउसमा ट्रम्पलाई भेटेकी थिइन् । ट्रम्पले यसै साता भनेका थिए कि उनी इरानमा जमिनी सेना पठाउने छैनन् । तर शुक्रबार धेरै समाचार संस्थाहरूले पेन्टागनले मध्यपूर्वमा २ हजार ५०० सम्म मरिन सैनिक पठाउँदै गरेको रिपोर्ट गरेका थिए । गत एक सातामा यस्तो दोस्रो तैनाथी हो । इरान–इजरायल युद्धलाई लिएर अमेरिका र इजरायलबीचको सहकार्यमा दरार ! खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
इरान–इजरायल युद्धलाई लिएर अमेरिका र इजरायलबीचको सहकार्यमा दरार !
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एक ठूलो ग्यास फिल्डमा भएको हमलापछि आफ्नो चिरपरिचित शैलीमा एक अत्यन्तै कडा बयान जारी गरेका छन् । यो ग्यास फिल्ड इरान र कतार दुवैको बीचमा बाँडिएको छ । इजरायलले इरानको ‘साउथ पार्स’ (जुन विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रको एक हिस्सा हो) मा हमला गर्यो । यसको जवाफमा इरानले कतारस्थित एक ऊर्जा केन्द्रमा जवाफी हमला गर्यो । यी हमलाहरूपछि वैश्विक बजारमा तेलको मूल्यमा भारी वृद्धि भयो र ट्रम्पले यसप्रति आफ्नो असन्तुष्टि पनि व्यक्त गरे । यद्यपि आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा ट्रम्पले पुनः एकपटक इरानलाई धम्की दिए । साथै ट्रम्पले यो पनि भने कि उनलाई इजरायलको हमलाको योजनाबारे कुनै जानकारी थिएन । आउनुहोस् जानौं अमेरिकी राष्ट्रपति ट्रम्पले प्रयोग गरेको भाषाले हामीलाई युद्धको दिशाबारे के बताउँछ ? हामी यो पनि जान्ने कोसिस गर्नेछौं कि यो युद्धको रणनीति र लक्ष्यलाई लिएर अमेरिका र इजरायल कुन हदसम्म एकमत छन् ? अमेरिकालाई यी ‘हमलाहरूबारे केही थाहा थिएन’ राष्ट्रपति ट्रम्पका अनुसार अमेरिकालाई इजरायलको ‘यस विशेष हमलाको बारेमा केही थाहा थिएन ।’ ट्रम्पको यो बयान हमलापछि इजरायलका कैयौं पत्रिकाहरूको रिपोर्टभन्दा बिल्कुल विपरीत छ । सेन्ट्रिस्ट पत्रिका येदिओथ अहरोनोथको रिपोर्ट अनुसार हमलाको बारेमा ‘अमेरिकासँग पहिले नै छलफल गरिएको थियो र प्रधानमन्त्री बेन्जामिन नेतन्याहू तथा राष्ट्रपति ट्रम्पबीच यसमा सहमति बनेको थियो ।’ जहाँ दक्षिणपन्थी पत्रिका इजरायल हायोमले रिपोर्ट गर्यो, ‘राष्ट्रपति ट्रम्पले गत हप्ताको अन्त्यमा फारसको खाडीका तीन देशका नेताहरूसँग इरानको तटीय सहर असलुयेहमा हुने इजरायली हमलाका बारेमा छलफल गरे।’ राष्ट्रपति ट्रम्पका दाबीहरूमा अक्सर हुने गरे झैं यस मामलाको सत्यता के हो भनेर जान्न सजिलो छैन । इजरायली हमलाको बारेमा बताउन ट्रम्पले जुन शब्दहरूको प्रयोग गरेका छन्, त्यसले पनि केही संकेत दिन्छ । उनी भन्छन्, ‘इजरायलले क्रोधमा ग्यास फिल्डमा घातक हमला गर्यो ।’ यो त्यस्तो भाषा हो जुन अक्सर इरानका केही आक्रामक जवाफी हमलाहरूलाई वर्णन गर्न प्रयोग गरिन्छ । ट्रम्प कुनै नजिकको सहयोगीको तर्फबाट सोचेर गरिएको सैन्य अपरेशनका लागि यस्तो भाषा प्रयोग गर्दैनन् । इजरायलले ग्यास फिल्डमा ‘अब थप हमला गर्ने छैन’ राष्ट्रपति ट्रम्पले आफ्नो पोस्टमा कडा सन्देश दिनका लागि ‘क्यापिटल लेटर’ (ठूला अक्षर) प्रयोग गर्नु सामान्य कुरा हो । तर यस लामो पोस्टमा उनले एउटा मात्र वाक्यमा सबै अक्षरहरू क्यापिटलमा लेखेका छन् । उनले लेखे, ‘इजरायलले यस अत्यन्तै आवश्यक र बहुमूल्य साउथ पार्स फिल्डमा अब कुनै हमला गर्ने छैन, जबसम्म इरानले मूर्खतापूर्ण ढंगले कतारमा हमला गर्ने केटाकेटी निर्णय गर्दैन ।’ के सधैं सबै कुरामा आफ्नो नियन्त्रण देखाउन चाहने राष्ट्रपतिले बेन्जामिन नेतान्याहूलाई कुनै संकेत दिएका हुन् ? यद्यपि ट्रम्पको मामलामा यो भन्न कठिन छ । तर यसमा ती रिपोर्टहरूको झलक देखिन्छ कि ट्रम्प युद्धको सुरुवातमै इरानी तेल डिपोमा इजरायली हमलाबाट रुष्ट थिए । के इजरायल र अमेरिकाको युद्धको उद्देश्य फरक हुँदैछ ? यद्यपि राष्ट्रपति ट्रम्पको रातीको एउटा पोस्टबाट धेरै अर्थ निकाल्नु सायद गल्ती हुन सक्छ । इजरायली अधिकारीहरू दुवै देश पूर्ण रूपमा एकसाथ छन् भन्ने कुरामा जोड दिन चाहन्छन्, चाहे उनीहरू कहिलेकाहीँ अनजानमै केही मतभेदहरूतर्फ इशारा किन नगरून् । बिहीबार साँझ नेतान्याहूले एक पत्रकार सम्मेलन गरे । उनले ट्रम्पको बयानलाई दोर्होयाउँदै भने कि ग्यास फिल्डमा इजरायलले ‘एक्लै कारबाही गरेको थियो ।’ ट्रम्पले इजरायली सेनालाई यस्ता हमलाहरू अगाडि नगर्न भनेका थिए । उनले बारम्बार ट्रम्पसँग इरानको मुद्दामा आफू एकजुट रहेको र यसमा ट्रम्प नै मुख्य भूमिकामा रहेको देखाउन खोजे । नेतान्याहूले भने, ‘के साँच्चै कसैलाई लाग्छ कि कसैले राष्ट्रपति ट्रम्पलाई के गर्ने भनेर सिकाउन सक्छ ? मलाई लाग्दैन कि अरू कुनै दुई नेता राष्ट्रपति ट्रम्प र म जत्तिको तालमेलमा रहेका छन् । उहाँ नेता हुनुहुन्छ र तपाईंलाई थाहै छ म उहाँको सहयोगी हुँ ।’ बिहीबार बिहान लन्डनस्थित इजरायली दूतावासका प्रवक्ता एलेक्स ग्यान्डलरले बीबीसीलाई भने, ‘हामी इरानको इस्लामिक शासन, आईआरजीसी, उनीहरूको ब्यालिस्टिक र परमाणु कार्यक्रमसँग जोडिएका आफ्ना धेरैजसो वा सबै लक्ष्यहरूमा पूर्ण सहमत छौं र हामी दुवै एउटै कुरा चाहन्छौं ।’ तर जहाँ दुवै सहयोगी धेरै कुरामा स्पष्ट रूपमा सहमत छन्, त्यहीँ इरानमा सत्ता परिवर्तन हेर्ने आफ्नो इच्छालाई लिएर इजरायल लगातार बढी अडिग देखिएको छ । इजरायली सञ्चारमाध्यममा अधिकारीहरूलाई उद्धृत दिँदै छापिएका खबरहरूले ‘साउथ पार्स’ मा भएको हमलालाई इरानी शासनलाई कमजोर पार्ने प्रयासकै एक हिस्सा बताएका छन् । एक अधिकारीले भने, ‘सर्वसाधारणलाई हुने ग्यास आपूर्ति बन्द हुँदैछ र यसले विद्रोहको सम्भावना अझ बढाउनेछ।’ नेतान्याहूले इस्लामिक शासन उखेलेर फाल्ने आफ्नो दशकौं पुरानो इच्छा कहिल्यै लुकाएका छैनन् । उनी र अन्य धेरै इजरायलीहरू वर्तमान इरानी शासनलाई यहूदी राष्ट्र इजरायलको विरुद्धमा मान्छन् । अमेरिकाको निशाना र इजरायलको रणनीति जहाँ एकातिर अमेरिकाले आफ्ना धेरैजसो सैन्य प्रयासहरू इरानको मिसाइल र ड्रोन क्षमतालाई कमजोर बनाउन, उसको नौसेनालाई डुबाउन र हालका दिनमा इरानको लामो खाडी तटमा रहेका ठेगानाहरूमा हमला गर्न केन्द्रित गरेको छ । त्यहीँ अर्कोतर्फ इजरायलले इरानी नेताहरूको हत्या गर्न र शासनको नियन्त्रणमा रहेका चिजहरूमा हमला गर्न हरसम्भव प्रयास गरेको छ । अमेरिकाको निशानामा अर्धसैनिक ‘बसिज’ (अर्धसैनिक स्वयंसेवी संगठन जुन इरानमा सञ्चालन हुन्छ) इकाइहरू पनि छन्, जो यस वर्षको सुरुमा भएको विरोध प्रदर्शनका क्रममा भएको हिंसात्मक कारबाहीका लागि मुख्य रूपमा जिम्मेवार थिए । मध्यपूर्वका लागि अमेरिकाका पूर्व विशेष दूत डेभिड स्याटफिल्डले इजरायल र अमेरिकाका लक्ष्यहरू धेरै हदसम्म मिल्ने बताए तर यो लडाइँ कहिले रोक्ने भन्नेमा फरक हुन सक्छ । उनले बीबीसीलाई भने, ‘मेरो पक्का विश्वास छ कि उनी (ट्रम्प) जितको घोषणा गर्ने कुनै यस्तो भरपर्दो तरिका खोज्न चाहन्छन्, जुन खोक्रो नहोस् । उनी कुनै यस्तो काल्पनिक सत्ता परिवर्तनको लक्ष्य खोजिरहेका छैनन् जुन वास्तवमा कहिल्यै सम्भव छैन ।’ इरानलाई ‘हमलाको सही जानकारी थिएन’ आफ्नो पोस्टमा राष्ट्रपति ट्रम्पले जोड दिएर भने कि कतार न त यी हमलाहरूमा संलग्न थियो, न त उसलाई यसबारे पहिले नै केही जानकारी थियो । उनी लेख्छन्, ‘तर दुर्भाग्यवश इरानलाई यो कुरा थाहा थिएन र उसले बिना कुनै कारण गलत तरिकाले जवाफी हमला गर्यो ।’ ट्रम्पले यहाँ इरानलाई माफ गरिरहेका त छैनन्, तर उनले यस्तो संकेत पक्कै दिइरहेका छन् कि जब इरानले जवाफी हमला गर्यो, उसलाई पूरै कुरा थाहा थिएन र इरानले सायद गल्तीले कतार यस हमलामा संलग्न छ भन्ने सोच्यो । इरानको ‘ग्यास फिल्ड बर्बाद’ गर्ने चेतावनी ट्रुथ सोसल पोस्टका केही हिस्साहरू ट्रम्पको चिरपरिचित शैलीमा छन् । यसमा आफ्नो कुरा मनाउन अत्यधिक हिंसा प्रयोग गर्ने धम्कीहरू समावेश छन् । उनले चेतावनी दिएका छन्, ‘यदि इरानले फेरि कतारको एलएनजी (लिक्विफाइड नेचुरल ग्यास) केन्द्रहरूमा हमला गर्छ भने अमेरिकाले इजरायलको सहयोग वा सहमति विना नै साउथ पार्स ग्यास फिल्डलाई यति ठूलो शक्तिले उडाइदिनेछ जुन इरानले पहिले कहिल्यै देखेको वा अनुभव गरेको हुनेछैन ।’ ट्रम्प र उनका रक्षा सचिव पीट हेगसेथलाई यस्ता कुरा गर्न मन पर्छ । आफूलाई ‘शान्ति मन पराउने राष्ट्रपति’ भन्ने ट्रम्प अक्सर यस्ता बयानबाजी गरिरहन्छन् । डोनाल्ड ट्रम्पको ‘मेक अमेरिका ग्रेट अगेन’ अभियानका केही मानिसहरू पहिल्यैदेखि यो युद्धमा अमेरिकाले होइन, इजरायलले निर्णय लिइरहेको छ भन्ने मान्छन् । अर्कोतर्फ तेल र ग्यासको मूल्य फेरि बढिरहेको छ । होर्मुज स्ट्रेटको बाटो भएर जाने जहाजहरूको सुरक्षामा खासै प्रगति नदेखिँदा ट्रम्प केही बेचैन देखिएका छन् । यो युद्धले उनको सामु लगातार नयाँ चुनौतीहरू खडा गरिरहेको छ । इजरायलमा अहिले पनि युद्धका लागि समर्थन धेरै छ जबकि अमेरिकामा यो ५० प्रतिशतभन्दा कम छ । यो संघर्षले नेतान्याहूलाई अर्को कार्यकाल दिलाउन मद्दत गर्न सक्छ, तर नोभेम्बरमा हुने मध्यावधि चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीलाई यसले घाटा पुर्याउन सक्छ । इजरायल र अमेरिका नजिकका सैन्य सहयोगी हुन्, तर यो पहिलो पटक हो जब उनीहरू मिलेर कुनै युद्ध लडिरहेका छन् । तर हरेक बित्दो दिनसँगै यो युद्ध डोनाल्ड ट्रम्पले सोचेभन्दा बढी जटिल साबित भइरहेको छ ।(बीबीसीबाट अनुदित तथा सम्पादित) खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
हर्मुज जलडमरूमध्यमा इरानी नाकाबन्दी : कुन देशका जहाजले पाए अनुमति ? को अझै अलपत्र ?
काठमाडौं । इरानले हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) मा गरेको ‘डी फ्याक्टो’ (अघोषित) नाकाबन्दीले इतिहासकै गम्भीर विश्वव्यापी तेल आपूर्ति अवरोधको डर पैदा गरेको छ, जबकि मध्यपूर्वको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेको छ । द्वन्द्व सुरु हुनुअघि दैनिक १०० भन्दा बढी जहाजहरू आवतजावत गर्ने यस मार्गमा फेब्रुअरी २८ मा युद्ध सुरु भएदेखि हालसम्म मात्र २१ वटा ट्याङ्करहरूले यात्रा गरेका छन् । एस एण्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सका अनुसार यो नाकाबन्दीले ढुवानी यातायातलाई नगण्य (थोरै मात्र) बनाएको छ । धेरैजसो जहाजहरू हर्मुज बाहिरै रोकिएका देखिन्छन् भने खाडीका जहाजहरूमा हजारौं नाविकहरू अलपत्र परेका छन् । कतिपयले वैकल्पिक बन्दरगाहहरूमा छरिने विकल्पहरू पनि खोजिरहेका छन् । सामुद्रिक गुप्तचर संस्था ‘विन्डवार्ड’को आइतबारको प्रतिवेदन अनुसार ओमानको खाडीमा करिब ४०० जहाजहरू सञ्चालनमा देखिएका थिए, जहाँ चेकपोइन्ट नजिक जहाजहरूको ठूलो लाइन पर्खिरहेको थियो । छनोटपूर्ण अनुमति र सुरक्षित यात्रा इरानले जलडमरूमध्यमा कडा नियन्त्रण कायम राखे तापनि केही थोरै संख्यामा अन्य जहाजहरूले विभिन्न परिस्थितिमा सो मार्ग पार गरेका छन् । सामुद्रिक विश्लेषकहरूका अनुसार यसले तेहरानले वार्तामार्फत केही गैर–इरानी तेल कार्गोहरूलाई छनोटपूर्ण रूपमा सुरक्षित यात्राको अनुमति दिइरहेको बुझिन्छ । युद्ध सुरु भएदेखि यो महत्त्वपूर्ण ऊर्जा मार्ग प्रयोग गर्ने केही देशहरूको अवस्था यस्तो छ : चीन तेहरानले चीनसँग सम्बन्धित जहाजहरूलाई लक्षित गर्नबाट धेरै हदसम्म जोगिएको छ । विन्डवार्डका अनुसार खाडीमा सञ्चालित दर्जनौं जहाजहरूले आफ्नो अटोमेटिक आइडेन्टिफिकेसन सिस्टम (एआईएस)मार्फत गन्तव्य प्रसारण गर्दा चिनियाँ स्वामित्व वा चालक दलको उपस्थिति उल्लेख गरेका थिए । विन्डवार्डका विश्लेषकहरूले गत हप्ताको प्रतिवेदनमा भनेका छन्, ‘यो ढाँचाले अनौपचारिक पहुँच फिल्टरको सम्भावनालाई संकेत गर्दछ, जहाँ चिनियाँ स्वामित्व वा चालक दल भएको संकेत गर्ने जहाजहरूले तटस्थता देखाउन वा वर्तमान द्वन्द्वमा निशाना बन्नबाट बच्न खोजिरहेका हुन सक्छन् ।’ बेइजिङले कच्चा तेल र कतारी तरल प्राकृतिक ग्यास (एलएनजी) वाहकहरूलाई जलडमरूमध्यबाट जान दिन इरानसँग वार्ता गरिरहेको बताइएको छ । युद्ध सुरु भएदेखि इरानले चीनलाई लाखौं ब्यारेल कच्चा तेल पठाउन जारी राखेको छ । लोयड्स लिस्ट इन्टेलिजेन्सका अनुसार मार्च १ देखि १५ सम्म चीनसँग सम्बन्धित जम्मा ११ वटा जहाजहरू हर्मुज जलडमरूमध्य भएर गएका थिए, जसमा अधिकांश सामान्य कार्गो जहाजहरू थिए । यसै महिनाको सुरुमा चिनियाँ सरकारी स्वामित्वको ‘कोस्को शिपिङ’ले मध्यपूर्वका बन्दरगाहहरूका लागि सबै नयाँ बुकिङहरू स्थगित गरेको थियो । यति हुँदाहुँदै पनि चिनियाँ सम्बद्धता देखाउँदैमा सधैं सुरक्षित यात्राको ग्यारेन्टी भने हुँदैन । मार्च १२ मा ‘चिनियाँ मालिक’ भनी प्रसारण गरिरहेको एउटा चिनियाँ स्वामित्वको जहाज संयुक्त अरब इमिरेट्स (यूएई) को जेबेल अलीतर्फ जाँदै गर्दा छर्राले लागेर क्षतिग्रस्त भएको थियो । ग्रीस एथेन्सस्थित डायनाकम ट्याङ्कर्स म्यानेजमेन्टद्वारा सञ्चालित ग्रीक जहाज मालिकहरू यो मार्ग परीक्षण गर्ने पहिलो मुख्यधारका अपरेटरहरूमध्ये परेका छन् । डायनाकमद्वारा व्यवस्थित लाइबेरियाको झण्डा भएको ‘सेनलोङ’ ट्याङ्करले मार्च ८ को आसपास जलडमरूमध्य पार गरेको थियो, जसले करिब १० लाख ब्यारेल साउदी कच्चा तेल मुम्बई पुर्याएको थियो । भारत भारतीय विदेश मन्त्री एस। जयशंकरले तेहरानसँगको प्रत्यक्ष वार्तालाई फलदायी भनी वर्णन गरेका छन् । उनले फाइनान्सियल टाइम्सलाई भने, ‘म अहिले उनीहरूसँग कुरा गरिरहेको छु र मेरो कुराकानीले केही नतिजाहरू दिएको छ ।’ भारतीय ढुवानी निगम अन्तर्गत एलपीजी बोकेका दुईवटा भारतीय जहाजहरूलाई पनि आवतजावत गर्न अनुमति दिइएको थियो । यद्यपि कच्चा तेल र ग्यास बोकेका करिब २२ वटा जहाजहरू अझै पनि सुरक्षित यात्राको पर्खाइमा जलडमरूमध्यमा लङ्गर हालेर बसिरहेका छन् । पाकिस्तान र टर्की सोमबार मात्रै अबु धाबीबाट कच्चा तेल बोकेको पाकिस्तानको झण्डा भएको ‘एफ्राम्याक्स’ ट्याङ्कर आफ्नो स्थान प्रसारण गर्दै सो मार्ग पार गर्ने पहिलो प्रमाणित गैर–इरानी कार्गो जहाज बनेको छ । टर्कीका अधिकारीहरूले पनि इरानी बन्दरगाहमा रोकिएपछि एउटा टर्कीको स्वामित्वको जहाजलाई यात्रा अनुमति दिइएको पुष्टि गरेका छन्, तर अन्य १४ वटा टर्कीका जहाजहरू अझै अनुमतिको पर्खाइमा छन् । ‘अनियमित’ आक्रमण र मार्ग परिवर्तन तेहरानले जहाजहरूमा छिटपुट आक्रमण जारी राखेका कारण हर्मुज जलडमरूमध्य विश्वव्यापी ऊर्जा प्रवाहका लागि प्रभावकारी रूपमा बन्द नै रहेको छ । विश्लेषकहरूका अनुसार खाडीमा जहाजहरूमा भएका आक्रमणहरू ‘अनियमित’ देखिएका छन् र यसमा कुनै निश्चित ढाँचा छैन । यसको उद्देश्य कुनै खास देश वा जहाजको प्रकारलाई लक्षित गर्नु भन्दा पनि अन्यौल र अवरोध सिर्जना गर्नु रहेको देखिन्छ । अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का अनुसार यूएईको फुजैराह बन्दरगाह, इराकको खोर अल जुबैर बन्दरगाह र ओमानको खाडी नजिकमा कम्तीमा १६ वटा जहाजहरूमा आक्रमण भएको छ । जहाज मालिकहरूले वैकल्पिक मार्गहरू, आकस्मिक बन्दरगाहहरू वा स्थलमार्ग यातायात सञ्जालहरू सुरक्षित गर्न संघर्ष गरिरहेका छन् । युद्ध सुरु हुँदा हर्मुज जलडमरूमध्यका बन्दरगाहहरूका लागि हिँडेका ८१ वटा कन्टेनर जहाजहरूमध्ये ४३ वटाले अन्य खाडी बन्दरगाहहरूमा बाटो मोडेका छन् भने बाँकी यो क्षेत्रबाट पूर्ण रूपमा बाहिरिएका छन् । कार्गोहरूलाई अहिले जलडमरूमध्य बाहिरका बन्दरगाहहरू विशेष गरी यूएईको फुजैराह र खोर फक्कान तथा ओमानको सोहारमा पठाइएको छ र त्यहाँबाट ट्रक मार्फत गन्तव्यसम्म पुर्याइँदैछ । (सीएनबीसीबाट अनुदूति तथा सम्पादित) क्युबातर्फ ट्रम्पको नजर, अर्को द्वन्द्व सुरु गर्ने संकेत खार्ग टापु : अमेरिका–इरान द्वन्द्वको नयाँ ‘कुरुक्षेत्र’ के इरानले ‘स्ट्रेट अफ हर्मुज’ इजरायल र अमेरिकाका लागि मात्र बन्द गर्न सक्छ ? युद्धको रापबीच इरान–चीन तेल ‘कनेक्सन’ : हर्मुजको अवरोध छिचोल्दै करोडौं ब्यारेल बेइजिङतिर मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
मध्यपूर्व तनावका कारण तेलको मूल्य वृद्धि
काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वको आशंकाप्रति लगानीकर्ताहरूको प्रतिक्रियास्वरूप बिहीबार तेलको मूल्य वृद्धि भएको छ भने विशेषगरी प्रमुख सेयर बजारमा गिरावट आएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटहरूमा सम्भावित इजरायली आक्रमहरूबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो । अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट पाँच प्रतिशतभन्दा धेरैले बढेर प्रतिब्यारेल ७७ दशमलव ६२ डलर पुगेको छ भने अमेरिकी सम्झौता वेस्ट टेक्सास इन्टरमिडिएट पनि त्यसरी नै बढेको छ । प्रमुख अमेरिकी स्टक सूचकांकहरू दिनको अधिकांश समयमा नकारात्मक रहे । एसएन्डपी५०० शून्य दशमलव दुई प्रतिशतले घटेर बन्द भयो । लन्डन, पेरिस र फ्रेंकफर्टका सेयर बजार सबै रातो भएर बन्द भए । अमेरिकी डकवर्कर्सको हडताल र अमेरिकी फेडरल रिजर्भको आगामी ब्याजदर कदमबारेको अनुमानले पनि लगानीकर्ताहरूलाई प्रभावित गरेको थियो । शुक्रबार प्रमुख रोजगारी प्रतिवेदन आउने भएको छ । डलरको सुरक्षित आश्रय स्थितिले यसको मूल्य बढेको छ । बेलायती पाउन्ड डलरको तुलनामा एक प्रतिशतभन्दा बढीले घटेको छ । बैंक अफ इङ्ग्ल्यान्डका प्रमुख एन्ड्र्यु बेलीले बेलायती ऋण लागतमा तीव्र कटौतीको संकेत दिए । एसियामा येन कमजोर हुँदा टोक्यो दुई प्रतिशतले बढेर बन्द भयो । यसले जापानका निर्यातकर्ताहरूलाई सहयोग गरेको छ । चीनको कमजोर अर्थतन्त्रलाई प्रोत्साहित गर्न चालिएको साहसिक कदमका कारण भएको तीव्र वृद्धिपछि हङकङ एक साताभन्दा लामो समयमा पहिलो पटक घट्यो । यो साता इजरायलमाथि इरानको क्षेप्यास्त्र आक्रमणले इजरायलको गाजा र लेबनानमा तेहरान समर्थित समूहहरूसँगको द्वन्द्व व्यापक क्षेत्रीय युद्धमा परिणत हुनसक्ने डर बढाएको छ । ‘बजारहरू निलम्बित अवस्थामा छन्, इरानविरुद्ध इजरायलको अपेक्षित प्रतिशोधका लागि बजारहरू तयार छन्, यस्तो कदमले तेलको मूल्यलाई व्यापक रूपमा बढाउन सक्छ’, स्वतन्त्र बजार विश्लेषक स्टिफन इन्सले भने । लेबनानी लडाकू समूह हिजबुल्लाहलाई समर्थन गर्ने इरानले इजरायलले जवाफी आक्रमण गरे आफ्नो प्रतिक्रिया बढाउने बताएको छ । लेबनानमाथि इजरायली बमबारीमा अहिलेसम्म एक हजारभन्दा बढी मानिस मारिएका छन् । यसमा बेरुतमा भएका आक्रमणहरू पनि समावेश छन् । इजरायली सेनाले बिहीबार लेबनानको राजधानी बेरुतमा हिजबुल्लाहको खुफिया मुख्यालयमा आक्रमण गरेको बताएको छ । सैनिकहरू भने सीमा नजिक लडाकूहरूसँग लडिरहेका थिए र युद्धक विमानहरूले मुलुकभर उनीहरूका गढहरूमा बमबारी गरिरहेका थिए । यद्यपि विश्लेषकहरूले गत साता अमेरिकी भण्डारण अपेक्षाभन्दा बढेकाले तेलको मूल्य वृद्धि सीमित हुनसक्ने बताएका छन् । लिबियाको पूर्वी प्रशासनले पनि बिहीबार एक महिना लामो उत्पादन र निर्यात अवरोध अन्त्य गरेको घोषणा गरेको छ । साउदी नेतृत्वको ओपेक प्लस तेल कार्टेलले डिसेम्बरदेखि उत्पादन बढाउने तय गरेको छ । यसले आपूर्तिको चिन्तलाई अझ कम गर्नेछ । लगानीकर्ताहरूले शुक्रबार प्रमुख अमेरिकी गैर–कृषि पेरोल रोजगारी प्रतिवेदनमा ध्यान केन्द्रीत गर्दैछन् । यसले गत महिनाको चार वर्षमा पहिलो पटक कटौतीपछि फेडको ब्याजदर योजनाबारे संकेत दिन सक्छ । बुधबारको आँकडाले सेप्टेम्बरमा अमेरिकी निजी क्षेत्रको रोजगारीमा अप्रत्याशित वृद्धि देखाएको थियो । रासस