वाणिज्य बैंकको सेयर मूल्य १०० रुपैयाँ नजिक ! सबैभन्दा कम सिभिलको, हेर्नुस कसको कति ?

<p>काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि वाणिज्य बैंकको सेयर मूल्य साधारणको दर (आईपीओ) को हारहारीमा आइपुग्न लागेको छ ।पछिल्लो समयमा ४ वटा वाणिज्य बैंकको सेयर मूल्य अंकित मूल्य नजिक आइपुगेका छन् । बजार केही दिन घटेमा सिभिल बैंक, सेन्चुरी कमर्शियल बैंक, जनता बैंक र मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ हारहारीमा आउने देखिएको [&hellip;]</p>

काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि वाणिज्य बैंकको सेयर मूल्य साधारणको दर (आईपीओ) को हारहारीमा आइपुग्न लागेको छ ।पछिल्लो समयमा ४ वटा वाणिज्य बैंकको सेयर मूल्य अंकित मूल्य नजिक आइपुगेका छन् ।

बजार केही दिन घटेमा सिभिल बैंक, सेन्चुरी कमर्शियल बैंक, जनता बैंक र मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ हारहारीमा आउने देखिएको छ । सबैभन्दा सस्तो सेयर सिभिल बैंकको छ । सिभिलको सेयर प्रतिकित्ता १५१, जनताको १५९ र सेन्चुरीको १७० र मेगाको १७५ रुपैयाँमा झरेको छ । केही साताअघि मात्र कारोबार खुलेको मेगाको सेयर मूल्य प्रतिकित्ता २२८ मा कारोबार भएकोमा घट्दै गएको हो ।

सबैभन्दा बढी सेयर मूल्य नविल बैंकको छ । नविलको प्रतिकित्ता ९५५ रुपैयाँमा कारोबार भएको छ । स्ट्याडर्ड चाटर्ड बैंकको मूल्य प्रतिकित्ता ७७५ रुपैयाँ छ । वाणिज्य बैंकको सेयर मूल्य १००० भन्दा तल छ । अधिकाँश बैंकको सेयर मूल्य न्युनतम २०० देखि अधिकतम ५०० रुपैयाँसम्म छ ।८ अर्ब रुपैयाँ पुँजी भएका बैंकको सेयर मूल्य धेरै कम छ । करोडमा पुँजी भएका लघुवित्तीय संस्था, बीमा कम्पनीको सेयर मूल्य बढी छ ।

कृषि विकास बैंकको प्रतिकित्ता ३२३, एनआईसी एसिया बैंकको ३२२, नेपाल एसबीआई बैंकको ५०५, नेपाल इन्भेष्टमेन्ट बैंकको ६२८, नेपाल क्रेडिट एन्ड कमर्श बैंकको २४३, नेपाल बैंकको ३१३, नेपाल बंगलादेश बैंकको २१४, माछापुच्छ्रे बैंकको २१६, लक्ष्मी बैंकको २६७, कुमारी बैंकको २१६ र हिमालयन बैंकको ५६० रुपैयाँ रहेको छ ।

यस्तै ग्लोबल आईएमई बैंकको ३००, एभरेष्ट बैंकको ६८६, सिटिजन्स बैंकको २५०, बैंक अफ काठमाण्डुको ३१०, एनएमबी बैंकको ३७१, प्रभु बैंकको २०५, प्राइम कमर्शियल बैंकको २९४, सानिमा बैंकको ३३३, सिद्धार्थ बैंकको ३१३ र सनराइज बैंकको २२५ रुपैयाँमा झरेको छ ।

 

Share News