नेपाल बैंकको सेयर मूल्य एफपीओको नजिक, एकै दिन १४ रुपैयाँ घट्यो

<p>काठमाडौं । नेपाल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । आइतबार बैंकको सेयर मूल्य १४ रुपैयाँ घटेर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार बैंकको १ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकले धितोपत्र बोर्डबाट प्रतिकित्ता २८० रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने स्वीकृति पाएको छ । बैंकको प्रतिसेयर १०० [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । आइतबार बैंकको सेयर मूल्य १४ रुपैयाँ घटेर प्रतिकित्ता ३०० रुपैयाँमा कारोबार भएको छ । आइतबार बैंकको १ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बैंकले धितोपत्र बोर्डबाट प्रतिकित्ता २८० रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने स्वीकृति पाएको छ । बैंकको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्कासन हुनेछ । एफपीओबाट बैंकले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन गर्नेछ ।

एफपीओ निष्कासनको हल्ला चलेपछि बैंकको सेयर मूल्यमा निरन्तर गिरावट आएको छ । बजार मूल्य भन्दा एफपीओ २० रुपैयाँ कम छ । घटदो क्रम नरोकिए केही दिनभित्र सेयर मूल्य एफपीओको हारहारीमा आउने छ । साधारण सेयर भन्दा एफपीओ मूल्य बढी भएमा बिक्री नहुने जोखिम रहन्छ । यद्यपी १०० प्रतिशत एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) भएकाले बाँकी मर्चेन्ट बैंकरले सकार्ने छन् । पछिल्लो समयमा सेयर मूल्य घट्दै गएपछि पुरै एफपीओ खरिदका लागि आवेदन पर्न छाडेको छ ।

बजारले बैंकलाई कसरी हेर्छ त्यसमा निर्भर रहने नेपाल बैंकका महाप्रवन्धक दुर्गाराज रेग्मी बताउछन् । विकास न्युजसंग कुरा गर्दै सार्वजनिक निष्कासन बजारले कस्तो रिस्पन्स दिन्छ हेर्न बाँकी रहेको बताए । इक्रा नेपालले बैंकलाई ३ प्लस रेटिङ दिएको उनले सुनाए । आईपीओको विवरणपत्रको काम सुरु भएको उनले जानकारी दिए ।
बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । मर्चेन्ट बैंकरले ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँको अण्डरराइटिङ गरेका छन् ।
बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुने छ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् ।

बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ । बैंकले ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ खुदनाफा गरेको छ ।

 

Share News