काठमाडौं । सेयर बजारमा गिरावट जारी रहँदा १० वटा कम्पनीको सेयर मूल्य १०० भन्दा कममा झरेको छ । दुई दर्जन कम्पनीहरुको सेयर मूल्य १०० नजिक रहेको छ । १० रुपैयाँ अंकित मूल्य रहेका इक्वीटी फण्डहरुको हालत झन् खराब छ ।
१०० रुपैयाँ अंकित सेयर अंकित मूल्यभन्दा कम हुनेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । १०० रुपैयाँ नजिक मूल्य हुने कम्पनीमा जिल्ला स्तरीय विकास बैंक र फाइनान्स कम्पनी बढी रहेका छन् ।
नेशनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य सबैभन्दा कम भएको छ । यसको सेयर प्रतिकित्ता ७० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, छ्याङदी हाइड्रोको ९८ रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकको ९८ रुपैयाँ, कर्पोरेट डेभलपमेन्ट बैंकको ९७ रुपैयाँ, गोर्खा फाइनान्सको ९८ रुपैयाँ, जेविल्स् फाइनान्सको ९७ रुपैयाँ, खानीखोला हाइड्रोपावरको ९६ रुपैयाँ, रिडी हाइड्रोपावरको ९८ रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको सेयर मूल्य ९७ रुपैयाँमा झरेको छ ।
दुई दर्जन कम्पनीको सेयर मूल्य १२५ रुपैयाँ भन्दा कम भएको छ । त्यसमा जलविद्युत कम्पनी, विकास बैंक र फाइनान्स कम्पनी रहेका छन् । यूटाइटेड मोदी हाइड्रोपावर पनि १२४ रुपैयाँमा झरेको छ । पञ्चकन्या माई हाइड्रोपावरको ११६ रुपैयाँमा, बरुण हाइड्रोपावरको मूल्य ११२ रुपैयाँमा, सप्तकोशी हाइड्रोपावरको मूल्य ११३ रुपैयाँमा, अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य १०७ रुपैयाँमा, रैराङ हाइड्रो पावरको मूल्य १०६ रुपैयाँमा, कालिका पावर १०१ रुपैयाँमा कारोबार भएको छ ।
देवः विकास बैंकको मूल्य १२५ रुपैयाँमा झरेको छ । भार्गव विकास बैंकको १२४ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकको सेयर मूल्य १२० रुपैयाँमा झरेको छ । सिन्धु विकास बैंकको सेयर १२० रुपैयाँमा, कन्काई विकास बैंकको ११८ रुपैयाँमा, ग्रीन डेभलपमेन्ट बैंकको ११० रुपैयाँमा सेयर कारोबार भइरहेको छ ।
गुडविल फाइनान्स १२३ रुपैयाँमा झरेको छ । रिलाईन्स फाइनान्सको ११६ रुपैयाँमा, हाथवे फाइनान्सको ११८ रुपैयाँमा, सेन्ट्रल फाइनान्सको ११० रुपैयाँमा, सिटी एक्स्प्रेस फाइनान्सको सेयर १०७ रुपैयाँमा सेयर किनबेच भईरहेको छ ।
इक्वीटी फण्डको हालत झन् खराव
१० रुपैयाँ अंकित मूल्यका इक्वीटी फण्डहरुको मूल्य पनि सीमाभन्दा तल झरेका छन् । एनआईबीएल समृद्धि फण्ड ९ रुपैयाँमा, एनआईसी एशिया ग्रोथ फण्ड ८ रुपैयाँ ८५ पैसामा, एनएमबी हाईब्रिड फण्ड ८ रुपैयाँ ८० पैसामा, सिटिजन्स म्यूचल फण्ड ८ रुपैयाँ ७४ पैसामा, सिद्धार्थ इक्वीटी फण्ड ८ रुपैयाँ ६९ पैसामा, सानिमा इक्वीटी फण्ड ८ रुपैयाँ ६८ पैसामा, नबिल इक्वीटी फण्ड ७ रुपैयाँ ९२ पैसामा, लक्ष्मी इक्वीटीको मूल्य ७ रुपैयाँ ७० पैसा कारोबार भएका छन् ।
धेरै वाणिज्य बैंकहरुको सेयर मूल्य २०० भन्दा तल आएका छन् । प्रमोटर सेयर १०८ रुपैयाँसम्ममा कारोबार भएको छ । गत साता मेघा बैंकको प्रमोटर सेयर १०८ रुपैयाँमा किनबेच भएको थियो ।