स्वास्थ्य बीमा कार्यक्रम ४२ जिल्लामा बिस्तार, साढे १६ लाखले गराए बीमा

<p>काठमाडौ । स्वास्थ्य बीमा बोर्डले ४२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गरेको छ । अहिलेसम्म देशभरबाट साढे १६ लाख जना स्वास्थ्य बीमा कार्यक्रममा सामेल भएका छन् । स्वास्थ्य बीमा बोर्डका प्रमुख रमेशकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढेको बताए । २०७२ साल चैत २५ गते स्वास्थ्य बीमा बोर्डको स्थापना भएको हो । मध्यम [&hellip;]</p>


काठमाडौ । स्वास्थ्य बीमा बोर्डले ४२ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार गरेको छ । अहिलेसम्म देशभरबाट साढे १६ लाख जना स्वास्थ्य बीमा कार्यक्रममा सामेल भएका छन् ।

स्वास्थ्य बीमा बोर्डका प्रमुख रमेशकुमार पोखरेलले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी ढंगले अघि बढेको बताए । २०७२ साल चैत २५ गते स्वास्थ्य बीमा बोर्डको स्थापना भएको हो । मध्यम वर्गीय परिवारका मानिसहरुलाई स्वास्थ्य बीमाको अपरिहार्यता रहेको उनले बताए ।

सरकारको योजना अनुसार यस आर्थिक बर्षमा बीमा विस्तार गर्ने भनिएपनि सहज ढंगले अघि बढ्न भने सकेको छैन । स्वास्थ्य बीमा बोर्डका प्रमुख पोखरेलका अनुसार इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टमको आधारमा बोर्डले काम गरिरहेको छ । बोर्डमा दक्ष कर्मचारीहरुको वृद्धी गर्दै जाने हो भने भोलिका दिनमा स्वास्थ्य बीमाका क्षेत्रमा निकै प्रगति हुने उनले बताए ।

सरकारले हालै ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक निःशुल्क बीमा गरिदिने निर्णय गरेको छ । सामाजिक सुरक्षाका हिसाबले राज्यले गरेको निर्णय ज्येस्ठ नागरिकहरु प्रतिको सम्मानपनि भएको उनले बताए ।

Share News