३१ वटा कन्सल्टेन्सीविरुद्ध मुद्दा, दर्ता नभएका धेरै

दुई महिनाको सूक्ष्म अनुसन्धानले कन्सल्टेन्सी तानिए

काठमाडौं । काठमाडौं उपत्यकाका ३१ वटा कन्सल्टेन्सी सञ्चालकविरुद्ध मुद्दा चलाइएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लिखतसम्बन्धी कसुर, ठगी र शिक्षा ऐन, २०२८ अनुसार तीनवटा कसुरमा ३१ जनाविरुद्ध मुद्दा चलाएको छ ।

केही दिनअघि मात्र कार्यालयले गैरकानुनी रूपमा ठगी कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ९५ वटा कन्सल्टेन्सीमा छापा मारी ६९ जना सञ्चालकलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो । 

३७ जनालाई भने अनुसन्धान गर्ने गरेर हाजिरी जमानीमा छाडिएको कार्यालयका प्रमुख सन्तोष खड्काले जानकारी दिए । 

उनका अनुसार कन्सल्टेन्सी दर्ता नभएका, ठगी र सरकारी छाप किर्ते गरेर चलाएकाहरू कारबाहीमा परेका हुन्।

ठगी कसुरमा बानेश्वरको सावित्री एबरोड एजुकेशन प्रालिका सञ्चालक रुपाली पटेललाई मुद्दा चलाइएको छ । लिखत सम्बन्धी कसुरमा अक्सफोर्ड स्मार्ट एजुकेशन प्रालिका सञ्चालक आशिक श्रेष्ठ र नविन श्रेष्ठविरुद्ध मुद्दा चलाइएको खड्काले बताए ।

कार्यालयले मुद्दा चलाएका सबैलाई ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको खड्काले बताए । अनुमति बिना चलाएका धेरै कन्सल्टेन्सी पाइएको उनले जानकारी दिए ।

उपत्यकाका तीनवटा जिल्लामा करिब २ महिना लगाएर अनुसन्धान गरिएको उनले जानकारी दिए। अधिकांश कन्सल्टेन्सीहरू बिना दर्ता चलेको पाइएको उनले उल्लेख गरे । 

उनले कानुनी प्रक्रिया पुर्याएर सञ्चालनमा आएका कन्सल्टेन्सी आत्तिनु पर्ने अवस्था नरहेको जानकारी दिए ।

‘निवेदन दिने तर बिना प्रक्रिया कन्सल्टेन्सी चलेको पाइएको छ,’ उनले भने, ‘पढ्ने भिसामा पठाएर काम पाइने प्रलोभनमा नेपाली विद्यार्थीलाई विदेश पठाउनेलाई कारबाही गरिएको छ ।’

विद्यार्थी पठाउने भनेर खोल्ने तर कामकै लागि मात्र नेपाली विदेश पठाउनेहरू पनि कारबाहीको दायरामा तानिएको खड्काले प्रस्ट पारे ।

null

null

कोरिया जाँदा ६ दर्जन बढी कन्सल्टेन्सीले पौने १ अर्ब ठगेको भन्दै उजुरी, कुन-कुन कन्सल्टेन्सी परे ?
 

Share News