मौद्रिक नीतिपछि सेयर बजारमा लगातार गिरावट, आइतबार १३६ कम्पनीको सेयर मूल्य घट्यो

<p>काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । आइतबार  नेप्से परिसूचक १७ अंकले घटेर १२५२ राेकिएकाे छ । आज ४९ कराेड २६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । १६१ वटा कम्पनीको सेयर कारोबार भएकोमा १३६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । थोरै [&hellip;]</p>

काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । आइतबार  नेप्से परिसूचक १७ अंकले घटेर १२५२ राेकिएकाे छ । आज ४९ कराेड २६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ ।

१६१ वटा कम्पनीको सेयर कारोबार भएकोमा १३६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । थोरै कम्पनीको सेयर मूल्य स्थीर रहेको छ ।

यूनियन हाइड्रोपवर, युनाईटेड इन्स्योरेन्स, पाँचथर पावर, ग्लोवल आईएमई लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, लगायत जलविद्युत, फाइक्रो फाइनान्स र बीमा कम्पनीहरुको सेयर मूल्य बढी घटेको छ ।

बजारमा गिरावट उच्च भए पनि केही केही कम्पनीको सेयरधनीले राम्रो लाभ लिएका छन् । सिर्जना फाइनान्स, यूनिभर्वल पावर, नविल इक्वीटि फण्ड, एनएमबी इक्वाटी फण्डको सेयर मूल्य बढेको छ । एनएमबी इक्वाटी फण्डले आइतबार नै लाभांश घाेषणा गरेकाे छ ।

मौद्रिक नीति सार्वजनिक भएपछि दोस्रो दिन पनि बजारमा मन्दी देखिएको हो । राष्ट्र बैंकले मौद्रिक नीति गत साता बुधबार जारी गरेको थियो । विहीबार पनि १४ अंकले नेप्से घटेको छ ।

नयाँ मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष नकारात्मक असर पर्ने व्यवस्था गरेको छैन । तर बैंकहरुको आम्दानी नियन्त्रण गर्ने, बैंकास्योरेन्सलाई कडाई गर्ने, बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने व्यवस्था गरेकोले त्यसको नकारात्मक असर सेयर बजारमा परेको जानकारहरु बताउँछन् ।

Share News