काठमाडौं । कोरोनाकाे रिपोर्ट नदेखाई संसद बैठकमा प्रवेश नपाइने भएकाे छ ।
वैशाख २६ गते सुरु हुने संसद अधिवेशनमा सहभागी हुने सांसदले आफूलाई कोरोना संक्रमण नभएको रिपोर्ट देखाएपछि मात्र बैठकभित्र प्रवेश गर्न पाउने भएका छन् ।
पीसीआर विधिबाट गरिएकाे कोरोनाको परीक्षण रिपोर्ट देखाएरमात्र बैठक हलभित्र प्रवेश गर्न दिने निर्णय भएकाे हाे । सभामुख अग्नि सापकोटाको अध्यक्षतामा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
समिति अधिवेशन सुरु भएपछि सासदहरु काठमाडौं बाहिर पनि जान नपाउने निर्णय पनि गरेकाे छ ।
संघीय संसदका दुवै सदनका सांसदहरुको बिहीबार कोरोना परीक्षणका लागि स्वाब संकलन भइरहेको छ । काठमाडौं बाहिर रहेका सांसदहरुको स्वाब संकलन शुक्रबार विहानैदेखि हुनेछ ।