अर्थमन्त्रीले आज बजेट प्रस्तुत गर्दै, स्वास्थ्य र रोजगारी प्राथमिकतामा

<p>काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्ने भएका छन् । उनले आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउन लागेका हुन्। काेराेना भाइरसले उत्पन्न लकडाउनकाे कारण आर्थिक गतिविधि ठप्प रहेका बेला उनले बजेट प्रस्तुत गर्ने भएका हुन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरेपछि भाइरसको संक्रमण रोक्न भन्दै सरकारले चैत ११ [&hellip;]</p>

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्ने भएका छन् । उनले आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउन लागेका हुन्।

काेराेना भाइरसले उत्पन्न लकडाउनकाे कारण आर्थिक गतिविधि ठप्प रहेका बेला उनले बजेट प्रस्तुत गर्ने भएका हुन् ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरेपछि भाइरसको संक्रमण रोक्न भन्दै सरकारले चैत ११ देखि लागू हुने गरी लकडाउन घोषणा गरेको थियो।

कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिकलगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउने गरी बजेट ल्याइनेछ ।कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिनेछ ।

यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ ।

बजेटमा  नयाँ, ठूला र महत्त्वाकांक्षी कार्यक्रम घोषणा नहुने र स्वास्थ्य पूर्वाधार विस्तार, रोजगारी सृजना, आयोजनाको पुन: प्राथमिकीकरण, आर्थिक पुनरुत्थानका कार्यक्रम, कृषिमा यन्त्रीकरण, कर तथा मौद्रिक छुटलगायत विषय केन्द्रित हुनेछन् ।

चालू आवको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको हो ।

Share News