अर्थमन्त्री भन्छन्ः मैले ल्याएको बजेटले ६० अर्बको राहत दिन्छ, ८ लाखले रोजगारी पाउँछन्

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट ६० अर्ब रुपैयाँ जतिको राहत प्रदान गर्ने र करिब ८ लाख जनाले रोजगारी पाउने बताएका छन् । बजेट सार्वजनिक भएपछि नेपाल टेलिभिजनबाट पत्रकार सम्मेलनको नाममा डा. खतिवडाले दिएको मन्तव्यमा राहतमा ६० अर्ब रुपैयाँ जति खर्च हुने बताए । ‘विद्युतमा ८ अर्ब रुपैयाँ जतिको विभिन्न [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट ६० अर्ब रुपैयाँ जतिको राहत प्रदान गर्ने र करिब ८ लाख जनाले रोजगारी पाउने बताएका छन् ।

बजेट सार्वजनिक भएपछि नेपाल टेलिभिजनबाट पत्रकार सम्मेलनको नाममा डा. खतिवडाले दिएको मन्तव्यमा राहतमा ६० अर्ब रुपैयाँ जति खर्च हुने बताए ।

‘विद्युतमा ८ अर्ब रुपैयाँ जतिको विभिन्न छुट छ, हवाई क्षेत्रमा १ अर्ब २५ करोड रुपैयाँ छुट छ, सामाजिक सुरक्षा कोषमा आवद्ध कामदारको रोजगारदाता र कामदारले गर्नुपर्ने योगदान रकममा १ अर्ब २५ करोड रुपैयाँ, सहुलियतपूर्ण कर्जामा दिइएको व्याज अनुदानमा करिब १४ अर्ब रुपैयाँ, नेपाल राष्ट्र बैंकले संचालन गरेको १ खर्ब रुपैयाँको पुनरकर्जा कोषमा पाइने कम व्याजबाट २० अर्ब रुपैयाँ, अन्य विभिन्न प्रकारका कर छुटमा ६ अर्ब रुपैयाँ र खाद्यान्नमा १० प्रतिशत छुट दिँदा करिब ५० करोड रुपैयाँ खर्च हुँदैछ, यो सबै गरेर करिब ६० अर्ब रुपैयाँ जतिको राहत सरकारले दिएको छ,’ मन्त्री खतिवडाले भने ।

उनले यो बजेटमा रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको दाबी गरे । बजेटमा समावेश गरिएका कार्यक्रम कार्यान्वयनबाट करिब ८ लाखले रोजगारी पाउने उको भनाइ छ ।

यस्तै कृषि क्षेत्रका लागि बजेट कम देखिए पनि सिंचाई मन्त्रालय अन्तरगत पनि पर्ने र धेरै कार्यक्रमहरु प्रदेश र स्थानीय तहमार्फत पनि कार्यान्वयन हुने उनको भनाइ छ ।

Share News