काठमाडाैं महानगरपालिकाकाे बजेट १६ अर्ब ४२ कराेड

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकाे छ। बुधबार महानगरकी उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७७/०७८ का लागि साे बजेट प्रस्तुत गरेकी हुन् । महानगरले बजेटमा आर्थिक विकासका लागि १७ करोड २३ लाख रुपैयाँ विनियोजन गरेकाे छ । यस्तै, पूर्वाधार विकास क्षेत्रको लागि ८ [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकाे छ। बुधबार महानगरकी उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७७/०७८ का लागि साे बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले बजेटमा आर्थिक विकासका लागि १७ करोड २३ लाख रुपैयाँ विनियोजन गरेकाे छ । यस्तै, पूर्वाधार विकास क्षेत्रको लागि ८ अर्ब ४३ करोड ४३ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

कुल बजेटमा अन्तरिक स्रोतबाट ६ अर्ब ७६ करोड ६५ लाख आम्दानी हुने प्रक्षेपण गरिएको छ भने बाह्य स्रोततर्फ निसर्त अनुदानबाट १ अर्ब ४२ करोड ४८ लाख ९५ हजार, ससर्त अनुदानबाट २ अर्ब ५७ करोड ५१ लाख ४७९० रुपैयाँ आम्दानी हुने अनुमान गरिएकाेे छ ।

कुल आम्दानीमा नपुग हुने रकम ३ अर्ब ५० करोड बैंक मौज्दातबाट ब्यहोर्ने बजेटमा उल्लेख छ ।

Share News