कोरोनासँगै मूल्यवृद्धिको मारमा परेको निर्माण क्षेत्रलाई ६५ अर्ब नोक्सान, विकासका काम २० प्रतिशत मात्रै

<p>काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको मारमा परेको निर्माण क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । करिब एक वर्षसम्म पूर्वाधार निर्माणको काम गर्न नपाएको निर्माण क्षेत्रले फेरि मूल्यवृद्धिको मार खेप्नु पर्दा ठूलो आर्थिक क्षति व्यहाेर्नु परेकाे हाे  । एक वर्षसम्म ठप्प रहेको विकास निर्माणका काम र अहिले विभिन्न निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले [&hellip;]</p>

काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको मारमा परेको निर्माण क्षेत्रले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । करिब एक वर्षसम्म पूर्वाधार निर्माणको काम गर्न नपाएको निर्माण क्षेत्रले फेरि मूल्यवृद्धिको मार खेप्नु पर्दा ठूलो आर्थिक क्षति व्यहाेर्नु परेकाे हाे  ।
एक वर्षसम्म ठप्प रहेको विकास निर्माणका काम र अहिले विभिन्न निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले निर्माण क्षेत्रलाई ठूलो नोक्सान भएको बताइएको छ ।

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिँहले लामो समयसम्म भएको लकडाउन र त्यसपछिका निशेधाज्ञा, सटडाउन र अहिले भएको मूल्यवृद्धिले निर्माण क्षेत्रमा ६५ अर्ब रुपैयाँ नोक्सान भएको बताए ।

‘हामीले एक वर्षसम्म भौतिक पूर्वाधार निर्माणका काम गर्न नपाउँदा धेरै ठूलो आर्थिक क्षति व्यहोर्नु पर्यो, फेरि अहिले उद्योगीहरुले आफुखुसी रुपमा निर्माण सामग्रीको मूल्य बढाए, त्यसको मारमा पनि हामी पर्यौं, हालसम्म हामीलाई ६५ अर्ब रुपैयाँ नोक्सान भइसकेको छ,’ उनले भने ।

उनका अनुसार अहिले निर्माण सामग्रीमा मूल्यवृद्धि हुँदा निर्माण व्यवसायीहरुले ठूलो आर्थिक क्षति व्यहोर्नु परेको छ । उनले निर्माण सामग्रीको मूलयवृद्धि सँगै विकास निर्माणका काममा पनि सुस्तता आएको बताए ।

सम्पूर्ण निर्माण सामग्रीको मूल्यवृद्धि भएसँगै निर्माण व्यवसायीहरु पनि समस्यामा परेको उनको भनाई छ । कोरोना भाइरसको कारण ठप्प भएको निर्माण क्षेत्रको काम अहिले पनि मूल्यवृद्धि हुँदा सुस्त नै छ ।

अध्यक्ष सिँहका अनुसार अहिले उद्योगीहरुले निर्माण सामग्रीको मूल्य आफुखुसी बढाएका हुन् । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य बढे पनि नेपालमा त्यो सामग्रीको मूल्य बढ्न साढे दुई महिना जति समय लाग्छ तर अहिले नेपालमा दिनप्रतिदिन मूल्यवृद्धि भइरहेको छ । हाल नेपालमा निर्माण सामग्रीकाे मूल्य ४० देखि ५५ प्रतिशतले बढेकाे छ ।

‘भारत वा अन्य देशमा निर्माण सामग्रीको मूल्य बढ्यो भने त्यसको असर नेपालमा साढे दुई महिनामा पर्छ, अहिले उद्योगीहरुले अन्तर्राष्ट्रिय रुपमा नै मूल्य बढेको भनेर बोलिरहेका छन्, जुन वास्तविक होइन, उनीहरुले निर्माण सामग्रीमा कार्टेलिङ गरिरहेका छन्,’ अध्यक्ष सिँहले भने ।

उनका अनुसार निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा निर्माणका काम गर्न समस्या भइरहेको छ । आफुहरुले सरकारसँग विभिन्न समयमा छलफल तथा आफ्ना मागहरु राखे पनि त्यसको सुनुवाई नभएको उनको भनाई छ ।

‘अहिले निर्माणको सिजन समय हो, मूलयवृद्धि भएपनि फेरि काम किन रोक्ने भनेर हामी जवरजस्ती काम गरिरहेका छौं, अहिले पनि काम गरेन भने यो वर्षको सिजन पनि जान्छ भनेर एकदमै तनाव लिएर काम गरिरहेका छौं,’उनले भने ।

उनका अनुसार राज्यले म्याद थप गरिदिने र भुक्तानी गरिदिने हो भने जुन काम गतिमा हुन सक्ने उनको भनाई छ । उनका अनुसार अहिले २० प्रतिशत काम भइरहेको छैन । आफुहरुले अर्थमन्त्री, भौतिक पूर्वाधार मन्त्रीलगायतसँग मूल्यवृद्धिको कूरा राखिसकेको भएपनि कसैले चासो नदेखाएको उनले बताए ।

‘नेपाल सरकारले दिनु पर्ने मूल्यवृद्धि अर्थात, इन्डेक्स पनि सहि रुपमा आउँदैन, इन्डेक्समा ५/६ प्रतिशतको वृद्धि देखाउँछ तर हामीले वृद्धिदर ४० प्रतिशत भोग्नु परेको अवस्था छ, सानो सानो समयावधिका अर्थात १५ महिनाभन्दा तलका आयोजनाको मूलयवृद्धि दिइ्ँदैन तर यो दुई महिनाको बिचमा कात्तिक र मंसिरको बिचमा मूल्यवृद्धि ४५ प्रतिशत भएको छ । यसलाई पनि सम्बोधन गर्नु पर्यो भनेर सकारसँग अुनरोध गरेका छौं,’ उनले भने ।

Share News