६ महिना बितिसक्दा पनि प्रदेशको बजेट खर्च न्यून, लुम्बिनीले २२ प्रतिशत खर्च गर्दा कर्णाली पुछारमा

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट खर्चमा प्रदेश सरकार सुस्त देखिएका छन् । चालु आवको ६ महिना बितिस सक्दा पनि प्रदेश सरकारको बजेट खर्च न्यून देखिएको हो । चालु आवको ६ महिना बित्दा सबैभन्दा बढी खर्च गर्ने लम्बिनी प्रदेश देखिएको छ भने सबैभन्दा कम खर्च गर्नेमा कर्णाली प्रदेश देखिएको छ । लुम्बिनी प्रदेशले [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट खर्चमा प्रदेश सरकार सुस्त देखिएका छन् । चालु आवको ६ महिना बितिस सक्दा पनि प्रदेश सरकारको बजेट खर्च न्यून देखिएको हो । चालु आवको ६ महिना बित्दा सबैभन्दा बढी खर्च गर्ने लम्बिनी प्रदेश देखिएको छ भने सबैभन्दा कम खर्च गर्नेमा कर्णाली प्रदेश देखिएको छ ।

लुम्बिनी प्रदेशले ६ महिना बितिसक्दा अर्थात पुस मासन्तसम्म २२.८ प्रतिशत खर्च गरेको छ भने कर्णाली प्रदेशले ८.३९ प्रतिशत खर्च गरेको हो । यो तथ्यांक मंगलबार अर्थमन्त्रालयले सार्वजनिक गरेको बजेटको अर्धवार्षिक मूल्यांक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेशले लुम्बिनी प्रदेशले ६ महिनाको अवधिमा ४ अर्ब ७४ करोड ७५ लाख रुपैयाँ चालु खर्च गरेको छ भने ३ अर्ब ५४ करोड २१ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । लुम्बिनीको कुल विनियोजित बजेट ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ हो ।

यस्तै, सबैभन्दा कम खर्च गर्ने कर्णाली प्रदेशले १ अर्ब ७१ करोड १३ लाख रुपैयाँ चालु खर्च र १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । यस प्रदेशको कुल विनियोजित बजेट भने ३३ अर्ब ७४ करोड १४ लाख रुपैयाँ हो ।
यस्तै प्रदेश नम्बर एकले कुल विनियोजित बजेटको १८.६८ प्रतिशत खर्च गरेको छ । यस प्रदेशकले कुल ४० अर्ब ८९ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा २ अर्ब ७८ करोड ५० लाख र पुँजीगत तर्फ ४ अर्ब ८५ करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । यो प्रदेश खर्च गर्नेमा दुई नम्बरमा परेको छ ।

यस्तै तेस्रो नम्बरमा बढी खर्चे प्रदेशका रुपमा गण्डकी देखिएको छ । पुस मसान्तसम्ममा गण्डकी प्रदेशल कुल बजेटको १५.१३ प्रतिशत खर्च गरेको छ । ३४ अर्ब ८४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरेको यस प्रदेशले चाुलतर्फ १ अर्ब ९६ करोड ११ लाख र पुँजीगत तर्फ ३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ खर्च गरेको छ ।

बढी खर्च गर्नेमा चौथो नम्बरमा बागमती प्रदेश देखिएको छ । यस प्रदेशले कुल बजेटको १५.३ प्रतिशतमात्रै खर्च गरेको छ । यस प्रदेशले चालुतर्फ ४ अर्ब ४७ करोड ४१ लाख रुपैयाँ र पुँजीगत तर्फ पुस महिनासम्ममा ३ अर्ब २५ करोड २९ लाख रुपैयाँ खर्च गरेको छ ।

यस्तै बढी खर्च गर्ने पाँचौं नम्बरमा सुदूरपश्चिम प्रदेश देखिएको छ । यस प्रदेशले पुस मसान्तसम्म १२.८२ प्रतिशत खर्च गरेको छ । कुल ३३ अर्ब ३८ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन भएकोमध्ये चालुतर्फ २ अर्ब २९ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ भने पुँजीगत तर्फ १ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ ।

प्रदेश नम्बर दुईले ९.५८ प्रतिशत खर्च गरेको छ । प्रदेश २ ले चालु खर्चतर्फ १ अर्ब ५९ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ भने पुँजीगत तर्फ १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ खर्च गरेको छ ।

Share News